Saturday, August 31, 2013

Regional Coca-Cola Cup Football contest start in Pokhara क्षेत्रिय कोकाकोला फुटबल प्रतियोगिता पोखरामा सुरु

 एन्फा कास्की
पोखरा,१५ भदौ ,यूवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अन्र्तगत अखिल नेपाल फुटबल संघको आयोजनामा  शनिबार देखि पोखरामा दोस्रो चरणको क्षेत्रिय छनोट कोकाकोला अन्त्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
पश्चिम क्षेत्रीय प्रहरी गण पार्दीको खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा न्यू होराईजन रुपन्देहीले एक्स आर्मी स्कुल नवलपरासीलाई ४–१ गोल अन्र्तरले पराजित गदै विजयी सुरुआत गरेको छ । खेलको १० औ मिनेटमा न्यू होराईजनका लागी रोशन गुरुङले गोलको खाता खोले भने १६ औ मिनेटमा एलन थापाले, ३० औ मिनेटमा रोशन गुरुङ र दामोदर थपाले ३४ औ  मिनेटमा गोल गदै क्वाटरफाइलनको यात्रा सुनिश्चित गरे । यता एक्स आर्मीका तर्फबाट शुभम गुरुङले  खेलको २३ औ मिनेटमा एक मात्र सान्त्वना गोल गरे ।
दोस्रो खेलमा भवानी उच्च मावि गोर्खाले शिव उच्च मा.वि.नवलपरासीलाई ३–०गोल अन्र्तरले पराजित गदै क्वाटरफाइनलको यात्रा पक्का गरेको छ । भवानीको जितमा महेश गिरीले ४० औ, आशिष खरेलले ४३ औ र विकास नेपालीले ४६ औ मिनेटमा गोल गदै जित दिलाए ।
तेस्रो खेलमा खैरेनी उच्च मा.वि खैरेनीटारले न्यू होराईजन पाल्पालाई १–० गोलको अन्र्तरले पराजित ग¥यो । निकै प्रतिस्पधात्मक खेलको ५५ औ मिनेटमा खैरेनी उमाविका सिद्धार्थ गुरुङले गरेको गोल नै निर्णायक बनेपछि क्वटारफाइनलको यात्रा तय गर्न सफल भयो । प्रतियोगिता अन्र्तगत आइतबार पनि चार खेल हुने छन् । यसअधि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य गणेशबहादुर भटराईले गर्नु भएको थियो । उद्घाटनमा बोल्दै भटराईले विद्यलायस्तरमा लुकेर रहेका खेलाडिहरुको प्रतिभाहरुलाई बाहिर ल्याउने अवसर मिल्ने बताउनु भयो । प्रतिभावन खेलाडिले आफनो क्षमता प्रर्दशन गर्न पाउने र एन्फाले पनि क्षमतावान खेलाडि छनोट गर्न पाउने भएकाले यस्ता प्रतियोगिताले खेलकुदको विकासमा सहयोग पुयाउने विश्वास उहाँले ब्यक्त गर्नु भयो ।
एन्फा कास्कीका अध्यक्ष गोपिबहादुर भटराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष धर्मरबहादुर लामिछाने र सचिव ओम बस्नेतले बोल्नु भएको थियो ।
भदौ १८ गते सम्म संचालन हुने प्रतियोगितामा पश्चिमाञ्चलका नौ जिल्लाका छात्र ११ र छात्रा ४ टिम गरि १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत छात्रा तर्फको खेल भदौ १७ गतेबाट सुरु हुने एन्फा कास्कीका महासचिव राजन पौडेलले जानकारी दिनु भयो ।
प्रतियोगितामा छात्र तर्फ विजेता र उपविजेता तथा छात्रा तर्फ विजेताले काठमाडौमा हुने सर्वाधिक राशीको कोकाकोला राष्ट्रिय विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । काठमाडौमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले चार लाख र उपविजेताले २ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
Upload Photo by:Google

No comments:

Post a Comment

Please, comment about this article.