Tuesday, May 11, 2010

भारत बाहिरियो





पूर्व विजेता भारत वेष्ट इन्डीजमा जारी आईसीसी ट्वान्टी ट्वान्टी बिश्व कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियागिता अन्तर्गत गएराति भएको खेलमा वेष्ट ईन्डीजसँग १४ रनले पराजित भएपछि भारत प्रतियोगिताको अन्तिम आठबाटै बाहिरिएको हो । सुपर एटको पहिलो खेलमा भारत अष्ट्रेलियासँग पराजित भएको थियो । किङसटन ओभल बार बाडसमा घरेलु टोलीद्वारा प्रस्तुत १ सय ७० रनको विजय लक्ष्य पछ्याएको भारत निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा १ सय ५५ रनमै समेटिएको थियो । भारतका लागि सुरेश रैनाले सर्वाधिक ३२ तथा कप्तान महेन्द्र सिंह धोनीले २९ रनको योगदान गर्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यूसुफ पठान १७, गौतम गाम्भीर १५, हर्वजन सिंह १४ तथा युवराज सिंह १२ रनमा आउट भए । यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेष्ट ईन्डीजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै भारतसामु १ सय ७० रनको बिजय लक्ष्य पेश गरेको थियो । वेष्ट ईन्डीजलाई सम्मान जनक योगफलमा पुयाउन क्रिस गईलले सर्वाधिक ९८ रनको योगदान गरेका थिए । यस्तै सिभनारायन चन्द्रपउलले २३, ड्यारेन स्वामीले १९ तथा किरोन पोलार्डले १२ रनको योगदान गरेका थिए । प्रतियोगिता अन्तर्गत गए राति नै भएको सुपर एटको अर्काे खेलमा अष्ट्रेलियाद्वारा श्रीलंका ८१ रनले पराजित भएको छ । जितबाट अष्ट्रेलियाको सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनेको छ । प्रतियोगिता अन्तर्गत आज साबिकको बिजेता पाकिस्तान र दक्षिण अफ्रिका तथा इङल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् ।

No comments:

Post a Comment

Please, comment about this article.