Showing posts with label international. Show all posts
Showing posts with label international. Show all posts

Friday, May 4, 2018

विहान देखी नै पोखरामा सार्वजनिक गाडी ठप्प

Thursday, May 3, 2018

प्रदेश ४ का सांसदलाई सडक बनाउन ९ करोड ३६ लाख



पोखरा, २० वैशाख 
प्रदेश ४ मा आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई हरेक निर्वाचन क्षेत्रसँग जोड्ने गरी सडक निर्माण र स्तरोन्नती गर्न बजेट ब्यवस्था गरिएको हो ।
दामासायी हिसावले हरेक निर्वाचन क्षेत्रलाई २६ लाख पर्नेगरी बजेट भागबण्डा गरिएको छ । ‘सांसद ज्यूहरुलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याईएको हो । उहाँहरुकै सिफारिसका आधारमा योजना छनौट र कार्यान्वयन हुन्छ, अर्थ मन्त्रालयका सचिव विष्णुराज ढकालले भने–सरकार नयाँ भएकाले काम गर्ने संयन्त्र छैन । सांसद ज्यूहरुले आफ्नो क्षेत्रको कुनै सडक सिफारिस गरी टेण्डर निकाल्न सक्नुभयो भने अहिलेदेखि नै स्तरोन्नतीको काम हुन्छ ।’
सरकारले बजेट विनियोजन गरेपनि आर्थिक बर्ष सकिनै लागेकोले बजेट खर्च हुने सम्भावना निकै न्यून छ । यसले करिब १० करोड रुपैयाँ सोझै फ्रिज हुने देखिन्छ । यसबाहेकका पनि अधिकांश बजेट अमुर्त भएकोले कार्यान्वयन जटिल छ । सरकारको पहिलो बजेट योजना र कार्यक्रम भन्दा अध्ययन र गुरुयोजना निर्माणमा बढी छ ।

Tuesday, March 1, 2016

रेडियो गण्डकीले बार्षिकोत्सवमा साइकल ¥याली र विशेष कार्यक्रम गर्ने Pokhara News


         सामुदायिक संचार केन्द्र कास्कीद्धारा संचालित सामुदायिक रेडियो गण्डकी ९०.२ मेगाहर्जले आफ्नो नबौं बार्षिकोत्सवको अबसरमा साइकल ¥याली र शुभकामना आदान प्रदानसंगै गण्डकी पत्रकारिता पुरस्कार वितरण गर्ने भएकोछ । फागुन १९ गते बुधबार विहान ७ बजे साइकल ¥याली र  ११ बजेपछि विशेष समारोह हुने रेडियोले जनाएको छ ।
      रेडियोले बार्षिकोत्सवमा यस पटक साइकल ¥यालीको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष अग्निप्रसाद कँडेलले जानकारी दिनुभएको छ । ¥यालीमा   साइकल सिटीको संस्थागत सहभागिता रहनेछ भने पोखराका कलेज तथा विद्यालयका बिद्यार्थीहरु, सघसंस्था, बैकर, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, उधोगी ब्यबसायी, पर्यटन ब्यबसायी, समाजसेवी लगायतको सहभागिता रहने कँडेलले बताउनुभयो ।
मानिसलाई स्वास्थ्य राख्न र शुन्दर पोखरालाई स्वच्छ राख्न साइकल उपयोगी हुने भन्दै सञ्चार गृहका प्रबन्ध निर्देशक लक्ष्मण गुरुङले साइकल ¥यालीमा स्वतःस्फुर्त रुपमा पनि सवै सहभागी हुन सक्ने बताउनुभयो ।

Saturday, July 18, 2015

माईक्रो बस इकाई समितिको अध्यक्षमा फेरी :थापा-Pokhara-Nepal-Bus

पोखरा, ०२ साउन ।

ट्याक्सी व्यावसायी समिति पोखराद्धारा संचालित माईक्रो बस इकाई समितिको सातौ साधारण सभा तथा पाँचौ अधिवेसनले पुनः टिकाराम थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा गणेश कुमार कार्की, सह–सचिवमा हर्कसिं गुरु∙, कोषाध्यक्षमा प्रेम नारायण पाध्य र सह–कोषाध्यक्षमा पुर्ण बहादुर कार्की निर्विरोध चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा गोविन्द रानाभाट, भक्त श्रेष्ठ, रविन्द्र तिमिल्सीना गगन कुमारी गुरु∙ र बेग बहादुर गुरु∙लाई चयन गरिएको छ ।

यसअधि कार्यक्रमको उद्धघाटन गर्दै ट्याक्सी व्यावसायी समिति पोखराका अध्यक्ष गान्धिराज गीरीले पोखरामा विद्यमान ट्राफिक समस्याको समाधान हुन नसकेको बताउदै ट्राफिक सचेतना संगै सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । साथै व्यावसायीक एकतामा जोड दिदै उहाँले व्यवसायीक मर्यादाको ख्याल गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । २०४० सालदेखी समितिले सेवा प्रदान गर्दै आईरहेको उल्लेख गर्दै उहाँले सेवालाई समयसापेक्ष बनाउदै लैजाने तयारीमा आफुहरु हरेको जानकारी समेत दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक स्यामु अर्यालले पोखरामा ट्राफिक व्यवस्थापन विकराल बन्दै गैरहेको बताउनुभयो । विभिन्न क्षेत्रहरुबाट ट्राफिक नियमको उल्लघन भैरहेको बताउदै उहाँले सडक अनुसासनको पालना गर्न आम चालक तथा सहचालहरुलाई आग्रह गर्नुभयो ।

ट्याक्सी व्यावसायी समिति पोखराका वरिष्ठ उपाध्यक्ष प्रकाशमणी तिवारीले कानुन भन्दा माथी कोही नहुने भन्दै आन्तरीक विवादका कारण व्यावसायीक क्षमतामा ह्रास आउने सम्भावना रहेको तर्फ सचेत गराउनुभयो ।

यस्तै महासचिव पुर्ण बहादुर गुरु∙ले आफुहरुमाथी सिण्डीकेट लाद्ने जो कोहीलाई कुनै हालतमा नछोड्ने चेतावनी दिनुभयो । इकाईका संस्थापक अध्यक्ष दान बहादुर थापाले कठिन परिस्थतीहरुको सामना गर्दै समितिलाई अहिलेको अवस्थामा ल्याई पुर्याएको भन्दै अझै परिष्कृत बनाउदै लैजान सुझाव दिनुभयो ।

इकाइका संयोजक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यातायात मजदुर संगठन कास्कीका सदस्य अर्जुन खनाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु खत्री, अखि नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष सुुर्यमणी लामिछाने र ट्याक्सी व्यावसायी समितिका पुर्व वरिष्ठ उपाध्यक्ष निल बहादुर कार्की लगायतले यातायात मजदुरका समस्या र व्यावसायीक हितका बारेमा बोल्नु भएको थियो । इकाईका कोषाध्यक्ष प्रेमनारायण पाध्यले इकाइका गतिविधि सम्बन्धमा कोषाभ्यक्षको प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रमको संचालन सचिव गणेश कुमार कार्कीले गर्नुभएको थियो ।

मानव मिलन नारी जागरण नेपालको रक्तदान कार्यक्रम सम्पन्न-Pokhara-News-Nepal


साउन २, गते
पोखरा
मनव मिलन नारी जागरण नेपालले शनिवार आफ्नो वार्षिक कार्ययोजना अनुरुप रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रसन प्रजुले संस्थाले सामाजिकमा विभिन्न कार्यक्रम गरेकोमा प्रसंसा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेलले संस्थाले गरेका गतिविधिहरु अनुकरणीय रहेको बताउनुभयो । त्यस्तै बोडकास्टिङ्ग एशोसियसन अफ नेपाल बानका केन्द्रिय सचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले संस्था, समाजमा उदाहरणीय संस्थाको रुपमा विकसित हुँदै गएको बताउनुभयो । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले संस्थाले सवैलाई समेटेर काम गरेको बताउनुभयो । संस्थाका अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवाली, आर्दशसमाज राष्ट्रिय दैनिकका पत्रकार गुप्तप्रसाद शर्मा, टोल विकास संस्था समन्वय समिति पोखरा ७ का अध्यक्ष राममोहन आर्चाय, महिला क्लव पोखराका अध्यक्ष विष्णु पराजुली, रेडक्रस सोसाइटी उपशाखा पोखरा ७ का अध्यक्ष ठाकुर प्रसाद बराल, महिला विकासका लागि आमा समुहका अध्यक्ष मेनुका बराल लगायतले बोल्नुभएको थियो ।  संस्थाका सहसचिव कमला गिरीले संचालन गरेको कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष सविता बराल र कार्यक्रम बारेको जानकारी कार्यक्रम संयोजक मेनुका पोख्ररेलले गर्नुभएको थियो । कार्यक्रममा ७४ युनिट रगत संकलन भएको थियो । संस्थाले शिक्षा, स्वास्थ्य र मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

३५ भुकम्प पिडित परिवारलाई राहत वितरण:Pokhara News-Nepal


पोखरा, ०२ साउन
डाँडा गाँउले सोसाईटी हङ्कङ्को सहयोगमा कास्कीको हंसपुर गाविसका ३५ भुकम्प पिडित परिवारलाई राहत वितरण गरिएको छ । गाविसका पुर्व उपाध्यक्ष एंव नेपाली कांग्रेसका नेता चन्द्र बहादुर गुरुङ्ले प्रति परिवार ३ हजारका दरले पिडितहरुलाई राहत वितरण गर्नु भएको गाविसका सामाजिक कार्यकर्ता विमलबाबु न्यौपानेले रेडियो सपलतालाई जानकारी दिनुभयो । डाँडा गाँउले सोसाईटी हंशपुरका अध्यक्ष चिनु गुरुङ्, उपाध्यक्ष प्रविन गुरुङ र सचिव गम बहादुर गुरुङ् लगायतको सक्रियाता र संयोजनमा उक्त कार्यक्रम गरिएको न्यौपाने बताउनुभयो । तर केही सामाजिक संघ संस्थाहरुले राहत स्वरुप सहयोग गरेपनि राज्यका तर्फबाट कुनै सहयोग नपाएको पिडितहरुले गुनासो गरेका छन् ।

Saturday, June 6, 2015

विकाश र अनिल आरएमसी पोखरा ओपन टेनिसको उपाधीका लागि भिड्ने-News-Pokhara-Nepal Tennis


जेष्ठ २२, पोखरा

विकाश गुरुङ्ग र अनिल शाहि पोखरा रंगशालामा जारी आरएमसी पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विकासले नविन रानामगरलाई तथा अनिलले धरमसिंह लामिछानेलाई पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । प्रतिस्प्रधात्मक खेलमा विकासले नविनलाई ६–१,६–७ र सुपरटाईमा १०–५ ले पराजित गरेका थिए । त्यसअघि भएको पहिलो सेमिफाइनलमा अनिलले धरमलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेका हुन् ।

नौ वर्षदेखि टेनिस खेल्दै गरेका विकासले यसअघि लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा दशै कपको उपाधी जितेका थिए । सोही कोर्टमा सम्पन्न ओम फ्यामिली कपमा पनि उनी उपविजेता बनेका थिए । गत महिना भुकम्प प्रभावितहरुको सहयोगका लागि पस्र्याङ्गमा सम्पन्न प्रतियोगितामा पनि उनी सेमिफाइनल पुगेका थिए । त्यसैगरि हेटौडामा सम्पन्न सामरि ओपन राष्ट्रिय टेनिस प्रतियोगितामा ३५ वर्ष माथिको एकलमा सेमिफाइनल पुगेका थिए । त्यसैगरि दार्जलिङमा भएको अन्र्तराष्ट्रिय टेनिस प्रतियोगितामा पनि क्वाटरफाइनल सम्म पुगेका थिए । अर्का प्रतिस्पर्धी अनिल शाहिले भने पोखरामा भएका प्रतियोगिताका विभिन्न ११ वटा टाइटल जितिसकेका छन् । उनी हाल पोखराको शिर्ष बरियता खेलाडी हुन् ।

मेन्स सिंगल्सको ‘बि’ क्याटोगोरीतर्फ उपाधीका लागि लोक गुरुङ्ग र प्रदिप खड्का आमने सामने हुनेछन् । स्काइ माउण्ट टेनिस क्लवको आयोजनामा भएको प्रतियोगिता अन्र्तगत मेन्स डबल्सको उपाधी शक्ति शर्मा र शरण गुरुङ्गको जोडिले जितेको छ । धरमसिंह लामिछाने र गोपीबहादुर भट्टराईको जोडिलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै शक्ति शरण जोडिले सो उपाधी रक्षा गरेको हो । प्रतियोगितामा दुईवटा उपाधी जित्ने क्रममा शरणले नविन श्रेष्ठसंगको जोडिबाट मेन्स डबल्स ‘बि’ क्याटोगोरीको उपाधीपनि जिते । शरण र नविनको जोडिले पृथ्वीमान गुरुङ्ग र प्रदिप खड्काको जोडिलाई ६–३, ३–६ र १०–५ को सेटमा जित हाँसिल गर्दै उपधीमाथि कब्जा जमाएका हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने प्रतियोगिता संयोजक राजेन्द्र प्रसाद घिमिरेले जानकारी दिए । प्रतियोगितामा एकलतर्फको विजेताले नगद १० हजार र उपविजेताले ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने अन्य इभेण्टका विजेताले नगद ५ हजार र उपविजेताले ३ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

Wednesday, June 3, 2015

Let's go Pokhara-Nepal-Pokhara is the most famous tourist place in Nepal

Let's go Nepal-जाउ है नेपाल घुम्नलाई
Let's go Pokhara-जाउ है पोखरा घुम्नलाई
Pokhara is the most famous tourist place in Nepal, and is the 2nd largest city, a valley, after Kathmandu, the capital. Pokhara is the city.
Adventure Sports in Pokhara Nepal-
One of the must visit places during your Holidays
पोखरा किन घुम्नै पर्ने ठाऊ हो
Bungee Jump,Zipflyer,Paragliding,Rafting,Ultralight, and Canoeing

Zipflyer Pokhara Nepal
Bungee Pokhara Nepal
Paragliding Pokhara Nepal

Rafting Pokhara Nepal



Canoeing Pokhara Nepal

Ultralight Pokhara Nepal

Monday, June 1, 2015

दुईदिने उद्घोषण कला प्रशिक्षण कार्यक्रम-Pokhara-Nepal-News

पोखरा, १६ जेठ ।
ढिकालेथर जागृती दिदि बहिनी समुह ढीकालेथर १२ को आयोजना तथा रेडियो सफलता १०३.४ मेगाहर्जको सहकार्यमा दुईदिने उद्घोषण कला प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । समुहका ३५ महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रम निकै प्रभावकारी भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । चुलोचौकोमा सिमित महिलाहरुको ब्यक्तित्व विकासका लागि तालिम फलदायी भएको प्रशिक्षकहरुले बताएका हुन् । तालिममा रेडियो सफलताका प्रमिला बराल र हिमलाल पौडेलले सहजीकरण गर्नुभएको थियो । २ दीने उक्त तालिममा सहभागिहरुको उत्साहजनक सहभागीता र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन समेत आग्रह गरिएको छ । समुहकी अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा तालिमको समापन गरिएको हो ।

Monday, May 11, 2015

Earthquake Gorkha Barpak Nepal










News by:Hemant Grg
बैसाख १२ गाते सनिबारका दिन गोरखको बारपाकलाइ केंद्र बिंदु बनाएर गएको महाभूकंपामाँ ज्यान गुमाउने संपूर्ण नागरिक र घाइते हुनु भएका दसौ हजारौ नागरिकमाँ हामी पोखरा लिंकन इंटरनेशनल कॉलेज (BBA ) बिद्यार्थी हार्दिक श्रदा सुमनका साथ शीघ्र स्वास्थ लाभ को कामना गर्न चाहन्छौ |
यस प्राकृतिक महा बिपत्तिमा परेर आफ्नो घरबार बिहिन भएका गोरखा आरुघाटका जनतालाई केहि स्वास्थ सम्बन्धी जानकारी दिनको लगी हामी यस PLIC BBA 4th Semester का बिद्यार्थीहरु प्रत्यक्ष अवलोकन गर्न गएका थियौ | यसै क्रममा हामीले गोरखा सदरमुकाम बाट ५ घंटा दुरिमा रहेर पनी अति सामान्य स्वस्थ्य समन्धी कुराहरु जानकारी नपाएका जनतालाई प्रत्यक्ष भेटेर उनिहरुको गुनासो सुनने मौका पायौ | यसै सिलसिलामाँ १३०० घर धुरी रहेका यस आरुघाट क्षेत्रमाँ १२५-१५० सम्माका घरधुरिहरु अति निम्न बर्गीय पायौ | हामीले ती घरधुरीका पीड़ितलाई प्रत्यक्ष रुपमा भेटेर उनीहरुलाई सामान्य भन्दा सामान्य स्वास्थय समन्धी जानकारी गर्यौ | उनीहरूका अनुसार त्यस आरुघाट क्षेत्रमाँ पहुंच वालाहरुले मात्र राहत पयेका गुनासो सुन्यौ | यसै क्रममा हामीले त्येस क्षेत्रका जनतालाई स्वास्थय सम्बन्धी सामाग्रीहरु जस्तै मंजन, ब्रश, साबुन,मास्क,ग्लव्स,डेटोल,महिलहरुको लगी प्याड आदि त्यस ठाउँमा निम्न बर्गीय जनतालाई बितरण गरयौ | यसै सिलसिलामा १५ धुरीका जनतालाई ४ वटा अस्थाई सौचालय पनी निर्माण गर्यौ |

Wednesday, May 6, 2015

बाल यौन दुरव्यवहार न्युनिकरण गर्न जोड--News-Pokhara -Nepal


पोखरा, बैशाख २२ गते ।
 बालबालिका माथि हुने योन दुरव्यवहारको घटनाले तत्कालीन अवस्थामा मात्र नभएर द्धीर्घकालिन रुपमा नकरात्मक प्रभाव पर्ने भएकाले यस्ता घटनाहरु न्युनिकरण गर्न जनचेतना मुलक कार्यक्रम आवश्यक रहेको पोखरामा आज आयोजित कार्यक्रममा जोड दिइएको छ ।
अन्तरदृष्टि नेपाल पोखराको आयोजना तथा टोल विकास संस्था वडा समन्य समिति–११ को  व्यवस्थापनामा संञ्चालित बाल यौन दुरव्यवहार न्युनिकरण सम्बन्धी एक दिने सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले सो विषयमा जोड दिएका थिए ।
कार्यक्रममा समुदाय र विद्यालयमा बाल यौन दुरव्यवहार सम्बन्धी जनचेतना मुलक कार्यक्रम संञ्चालन गरी यौन दुरव्यवहारका घटनाबाट रोकथान गर्ने समुदायका सचेत नागरिकलाई सशक्तिकरण गर्दै अगाडि बढाउने र यौन दुरव्यवहार रहित समाजको निर्माण गर्ने कुरामा थप जोड दिइएको थियो ।
कार्यक्रममा बोल्दै टोल विकास संस्थाका अध्यक्ष एवम् प्रध्यापक बाबुराम केसीले समाज हुने नकरात्मक प्रवित्तिलाई न्युनिकरण गरेर लैजाने समाजकै दाहित्व रहेको बताउनु भयो ।
कार्यक्रममा भिम देवी शर्मा, मिठु गुरुङ, रेखा बाँस्तोला, गौंमाया भुजेल, रामचन्द्र लामिछाने लगायतले बाल यौन दुरव्यवहारका बारेमा बोल्नु भएको थियो ।

फरार महिला प्रतिवादी पक्राउ-Pokhara-News-Nepal

पोखरा बैशाख २२  गते ।
     मानव वेचविखन तथा ओसार पसार मुद्वामा फरार रहेकी जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं. २७ घर भई हाल पोखरा (९ नागढुंगा स्थित निरभाना रेष्टुरेण्टकी संचालिका बर्ष ४२ की कमला शेरचनलाई कास्की प्रहरीले आज मिति २०७२।०१।२२ गते पक्राउ गरेको छ । निजले आफ्नो होटलमा कार्यरत ४ जना युवतीहरुलाई ललाई फकाई रेष्टुरेण्टको साधरण काम तथा घर सफाईको काम गर्ने शर्तमा काम गर्न राखेका युवतीहरुलाई जवरजस्ती यौन धन्दामा लगाएको,  यौन ग्राहकसंग जान नमानेमा डरत्रास धम्की  दिई यौन कार्य गर्न बाध्य बनाएको भनी पिडित ४ जना युवतीहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा मानव वेच विखन तथा ओसारपसार मुद्वामा  छुट्टा छुट्टै जाहेरी दरखास्त दिएका छन् । प्रहरीले पिडित युवतीहरुसंग घटनाका बारेमा सम्मानित कास्की जिल्ला अदालतबाट बयान प्रमाणित गरी सकेको छ ।
    निज कमला शेरचनलाई आजै जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्वामा म्यादथप गरी अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्क
District Police Office Kaski, Pokhara

Monday, March 16, 2015

New. Nepali songs Rashami Kapal-Songs-Pokhara-Nepal

रेशमी कपाल


                                                                              Lyrics by: Rajesh Lamsal                   
By:Rajesh lamsal
New. Nepali songs Rashami Kapal

रेशमी कपाल फरफराउँदै जब
तिमी मेरो सामु आयौ....

प्रेमको मिठो आभाष बनी तिमी
मेरो जीवनमा छायौ......

गाँजलु ती तिम्रा आखाँ.....
गुलाबी तिम्रा ओठ......
स्वर्गकी हौ की परी....
तिमी हिमालकी छोरी....

रेशमी कपाल फरफराउँदै जब....
तिमी मेरो सामु आयौ.....

सारा संसार बिर्सिदिन्छु म....
समिप जब तिमी आउँदा....
मदहोस् हुन्छु म .....
साथ तिम्रो पाउँदा....

रेशमी कपाल फरफराउँदै जब
तिमी मेरो सामु आयौ.....

प्रेमको मिठो आभाष बनी तिमी
मेरो जीवनमा छायौ....




Monday, December 15, 2014

कल्पवृक्ष सहकारीको रकम लुटपाट गर्ने प्रहरी फन्दामा -Pokhara-News-Crime



पोखरा मंसिर २८ गते
पोखरा उपमहानगरपालिका वडा नं. ८ नयांबजार स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको रकम लुटपाट घटनामा संलग्न मानिसहरु कास्की प्रहरीको फन्दामा परेका छन् । मिति २०७०/०५/२८ गते बिहान १०:१५ बजेको समयमा पोखरा उ.म.पा.वडा नं. ४ चिप्लेढुंगा स्थित एपेक्स विकास बैंकबाट रकम झिकी ग.१ प ८१३० नं.को मोटरसाईकलमा चढी कार्यालय तर्फ जादै गरेका सहकारीका कर्मचारी शालिग्राम पौडेललाई बाटोमै रोकी हामी ट्राफिक प्रहरी हौं,गोलघरबाट आएका हौं, तपाईको मोटरसाईकलको बारेमा बुझ्नु छ भनी निज शालिग्राम पौडेललाई मोटरसाईकलबाट झारी निजले बैंकबाट लिई आएको नौ लाख रुपैया सहितको झोला जबर्जस्ती लुटी सोही मोटरसाईकलमा चढी गोलघरमा आउनु तपाईको झोला र मोटरसाईकल त्यही हुन्छ भनी फरार भएकोमा उक्त नं. को मोटरसाईकल जि.कास्की पोखरा उ.म.पा.वडा नं. ९ तुलसीघाट नजिकै वेवारिसे अवस्थामा सोही दिन फेला परेको र लुटेराहरुको खोजतलास गरिरहेकै अवस्थामा मेगा वचत तथा ऋण सहकारी संस्था घटनामा संलग्न नारायण राई र सुशिल कुमार दुलाललाई अनुसन्धानका क्रममा सोधपुछ गर्दा निजहरु सहितका बिकल्प भन्ने बिजय के.सी र बसन्त गिरी मिली योजनावद्व तवरले उक्त रकम लुटपाट गरेको खुल्न आएको छ ।
घटनामा संलग्न मध्ये हाल शुसिल कुमार दुलाल र नारायण राई प्रहरी हिरासतमा रहेका छन् भने अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।


जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Saturday, December 13, 2014

मृग शिकार गर्ने मानिसहरु हतियार सहित पक्राउ-Pokhara-News

पोखरा मंसिर २६ गते
             मिति २०७१/०८/२५ गते दिनको २०:०० बजेको समयमा  जिल्ला कास्की  निर्मलपोखरी गा.वि.स.वडा नं ६ फुस्रेखोला नजिकको जंगलमा अबैध रुपमा मृगको चोरी शिकारी हुने गरेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरी शिकार गर्नेहरुको खोज तलास गर्ने क्रममा जिल्ला कास्की भरतपोखरी गा।वि।स।वडा नं ६ स्थित फुस्रेखोलाबाट पोखरा तर्फ आउदै गरेको अबस्थामा जि।कास्की पोखरा-१७ बस्ने हेमन्त लामिछानेले चलाएको ग.८.प २९८७ नं. को मो.सा.चेकजांच गर्दा मो.सा.को पछाडि बस्ने मनोज सापकोटाले लिएको सेतो बोरा भित्र लुकाई ल्याउदै गरेको अबस्थामा रातो रङको भाले जातको मृत मृग फेला पारी सोघपुछ गर्दा उक्त मृग नजिकैको जंगलबाट शिकार गरी ल्याएको र शिकार गर्नमा प्रयोग भएको टुटु हतियार सो नजिकै झाडीमा लुकाई राखेको भनि बताए अनुसार उक्त टुटु हतियार मारेको मृग  र चोरी शिकारीमा संलग्न निम्न मानिसहरुलाई पक्राउ गरी आज मिति २०७१/।०८/२६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार खरखजना मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ भने मारिएको मृग आवस्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कास्कीमा पठाईएको छ  ।
       निजहरुलाई जिल्ला वन कार्यालय मार्फत वन्यजन्तुको अवैध चोरी शिकारीमा थप अनुसन्धान हुनेछ ।

पक्राउ परेका मानिसहरु:
  •    जि.कास्की पोखरा-१७ बस्ने बर्ष २३को हेमन्त लामिछाने,
  •    ऐ थुमाकोडाडां-७ बस्ने अर्जुन सापकोटा,
  •    ऐ ऐ बस्ने बर्ष १८ को मनोज सापकोटा
  •     ऐ ऐ बस्ने बर्ष १६ को सागर सापकोटा
मिति २०७१।०८।२६ गते ।                            
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Monday, September 15, 2014

पोखरामा बन्जी जम्पको सफल परिक्षण- Success with the trial jumps at the Bungee in Pokhara-Nepal

 
 सागर राज तिमिल्सिना
पोखरा, ३० भाद्र, साहासिक खेल बन्जी जम्पको कास्कीको हेम्जामा सफल परिक्षण भएको छ । हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा शुरु गर्न लागेको बन्जी जम्पको सफल परिक्षण भएको हो । पहिले ७० केजिको सामानलाई फालेर परिक्षण गरीएको र पाचँ दिन देखि प्राविधिक र कमचारीहरुलेले बन्जी जम्प गरेको प्रालिका अप्रेसन म्यानेजर दिनेश मर्हजनले गन्थन डटकमलाई जानकारी दिए ।
पोखरामा बन्जी जम्पको सफल परिक्षण, एक सातामा शुरु हुने
जिप फ्लायरको सफलतासंगै पोखरामा अर्को साहासिक खेल बन्जी जम्प संचालनमा ल्याउन लागेको हो । बन्जी जम्प निमार्णको काम सकिएको बताउदै मर्हजनले एक सातामा अथार्त सेक्टेम्बर २१ तारिकबाट सन्चालनमा आउनले बताए । करीब ७० फिट उचाइको टावरबाट बन्जी जम्प गर्न सकिने भएको छ । ७० फिट उचाइको टावर बनाउन करिब २० फिटको टावर बनाएको छ भने करीब १८ फिट गहिरो पौडी पोखरी बन्दै गरेको उनको भनाई छ । पोखरी स्थानीय खोलाको पानीलाई प्रयोग गरिएको छ ।
बन्जी जम्प निमार्ण गर्न करीब ७ करोड लगानी भएको छ भने यस अगाडी जिप लाइनका लागी करिब १३ करोड खर्च भएको थियो । पर्यटकीय क्षेत्र सराङकोटको डाँडाबाट कास्कीको हेम्जा याम्दीसम्म १ किलोमिटर ८ सय मिटरसम्मको दुरीमा जिपफ्लायरको दुरी रहेको छ । सराङकोटको टावरबाट हेम्जाको याम्दीमा रहेको अर्को टावरसम्म २ वटा केवल तन्काईएको र त्यसैबाट झर्ने ब्यवस्था मिलाईएको हो । तस्विर: राजेश लम्साल
http://www.rajeshlamsal.com.np/
News by:http://ganthan.com

Saturday, June 7, 2014

लागु औषध सहित विदेशी नागरिक पक्राउ - Spanish arrested for drugs

पोखरा जेष्ठ २३
   पोखरा,६ खहरेमा शंकास्पदरुपमा हिडी प्रहरीलाई देखि भाग्न लागेको अबस्थामा तत्काल पक्राउ गरी शरीर तलासी गर्दा स्पेनीश नागरिक बर्ष ४६ का डेविड गारसिया अरनाउ
(DAVID GARCIA ARNAU ) लाई लागु औषध चरेश ५०० ग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको छ । निजले उक्त परिणामको लागु पदार्थ आफुले लगाईरहेको हाफ पाईण्टमा लुकाई छिपाई राखेका थिए।
     निजलाई पक्राउ गरी सोधपुछ गर्दा निजले उक्त चरेश जिल्ला कास्की सराङकोट(७ सेती बगर बस्ने ईन्द्रदेवी परियारबाट रू २७,०००।( मा खरिद गरी लिएको भनि दिएको  बयानको आधारमा निज ईन्द्रदेवीको घरमा खानतलासी गर्दा दराज भित्र लुकाई राखेको अवस्थामा ५०० ग्राम तौल भएको लागु औषध चरेश र नगद रु २७,०००।( हजार रुपैया समेत बरामद गरी निज ईन्द्रदेवी परियारका पति श्याम नेपाली समेतलाई पक्राउ गरी लागु औषध मुद्दामा म्याद थप गरी थप अनुशन्धान भई रहेको छ ।
मिति २०७१/२/२३ गते ।  
District Police Office Kaski                  
जिल्ला प्रहरी कार्यालय कास्की।