Showing posts with label Nepal Problems. Show all posts
Showing posts with label Nepal Problems. Show all posts

Tuesday, May 17, 2016

लागू औषध नियन्त्रण एक हप्ते अभियान कार्यक्रमको उद्‌घाटन Pokhara News

पोखरा जेष्ठ-३ गते ।
    लागू औषध नियन्त्रण ब्यरो पोखराको संयोजकत्वमा सामुदायिक जिल्ला  समन्वय समिति कास्की तथा गेट वे फाउन्डेसनको सहकार्यमा आयोजित लागू औषध नियन्त्रण एक हप्ते अभियानू कार्यक्रम अन्तरगत आज मिति २०७३/०२/०३ गते १३:०० बजे अञ्चल प्रहरी कार्यालय गण्डकीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र पोखरेल ज्युको प्रमुख आतिथ्यता र लागू पदार्थ नियन्त्रण समाज सुधार आमा समुह नेपालका अध्यक्ष बिष्णु कुमारी गुरुङको अध्यक्षतामा पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा समुद्धघाटन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा लागू औषधको अवस्था, असर तथा रोकथाम सम्बन्धमा अ.प्र.का.गण्डकीका प्रमुख महेन्द्र कुमार पोखरेल, जि.प्र.का.कास्कीका प्रमुख प्र.उ. घनश्याम अर्याल, लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहका अध्यक्ष बिष्णु कुमारी गुरुङ, गेट वे फाउन्डेसनका अध्यक्ष बिष्णु गुरुङ, सामुदायिकका जिल्ला समन्वय समिति कास्कीका अध्क्षय बिष्णु बहादुर भट्टराई, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, तथा मानवअधिकारवादी टेकनाथ बरालले आ(आफ्नो मन्तब्य राख्नु भएको र उक्त कार्यक्रममा १५० जनाको उपस्थिती रहेको थियो ।
    साथै उक्त कार्यक्रममा संयोजकको तर्फबाट लागु औषध नियन्त्रण ब्युरोका प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्नुभएको थियो ।

मिति : २०७३।०२।०३ गते ।                                
 लागू औषध नियन्त्रण व्युरो पोखरा ।

Tuesday, May 10, 2016

सुनको सिक्री लुट्ने ब्यक्ति पक्राउ-Crime News Pokhara

पोखरा बैशाख, २७ गते 
    मिति २०७३/१/२६ गते बेलुका अं. ८:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ न्यूरोडमा बर्ष ८६ कि मन कुमारी भट्टचन आफनै घरमा रहेको होटल भित्र काउन्टरमा बसी रहेको अवस्थामा जिल्ला कास्की पुरन्चौर घर भई पोखरा ९ न्यूरोड बस्ने बर्ष ३१ को सुर्य बहादुर नेपालीले उक्त होटलमा पुगी काउन्टरमा रहेकी वृद्द महिलालाई आमा  काम छ तपाई एकछिन यता बाहिर आउनुहोस भनी बोलाई निज वृद्द महिलाले घांटीमा लगाएको अं. ५ तोलाको सुनको सिक्री तानी भागेकोमा प्रहरी घटनास्थलमा पुगी निजअभियुक्तलाई लुटी लगेको सिक्री सहित पक्राउ गरी आज मिति २०७३/१/२७ गतेसम्मानित कास्की जिल्ला अदालतबाट जवरजस्ती चोरी मुद्दामा म्याद थप लिई थप  अनुसन्धान कार्य भईरहेको ।
 
     अभियुक्तको नाम : सुर्य बहादुर नेपाली
     ठेगाना : जिल्ला कास्की पुरन्चौर घर भई हाल पोखरा ९ बस्ने ।
     उमेर : ३१ बर्ष

मिति : २०७३/१/२७ गते ।                       
जिल्ला प्रहरी कार्यालय कास्की

Friday, April 22, 2016

कालोबजारी गर्ने पक्राउ-Gas Cylinder

पोखरा बैशाख, ९ गते
    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ सृजनाचोकमा बिष्णु प्रसाद गौतमले संचालन गरेको  दाजु गौतम किचन स्टोर्समा बढी मुल्य लिईग्याँस सिलिन्डरहरु बिक्री बितरण गरीकालोबजारी गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०७३/१/९ गते बिहान ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटि गईनिजले संचालन गरेको पसलमा चेकजांच गर्दा अवैध रुपमा ग्यांसको जम्माखोरी तथा कालोबजारी गर्दै गरेको अवस्थामा फेला पारी लुकाई छिपाई राखेको भानु ग्यांस भरी सिलिण्डर  थान  ९ सहितउक्त पसलका संचालक बिष्णु प्रसाद गौतमलाई पक्राउ गरी कालो बजारी तथा अन्य केही सामाजिक अपराध मुद्धामा आजै सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ।

मिति २०७३/०१/०९गते ।       
 जिल्ला प्रहरी कार्यालय कास्की।

Monday, April 18, 2016

पोखरामा मोटरसाईकल चोरी गर्ने धादिङबाट पक्राउ-Motorbike Theft Arrest -Pokhara Nepal


  • पोखरा बैशाख, ५ गते 
      पोखरा तथा आसपासका ईलाकामा मोटरसाईकल चोरी गर्ने गिरोहलाई धादिङबाट पक्राउ गरिएको छ । मिति २०७२।/०८/२२ गते जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं.६ हल्लनचोक स्थित टेकनाथ भण्डारीको ग १० प ६७३३ नं. को बुलेट मोटरसाईकल चोरी गर्ने धादिङ जिल्ला झर्लाङ गा.वि.स. वडा नं. २बस्ने बर्ष २५ को राहुल तामाङ र ऐ ऐ बस्ने बर्ष २५ को अर्जुन तामाङ  तथा चोरीको उक्त मोटरसाईकल खरिद गर्ने रसुवा जिल्ला स्याफ्रुवेंशी-९ बस्ने आमोश तामाङलाई पोखराबाट मोटरसाईकल चोरी गरी धादिङ पु(याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङसंग समन्वय गरी मिति २०७३/०१/०४ गते धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ३ पुछारबजारबाट पक्राउ गरी पोखरा ल्याई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी मुद्वामा म्याद थप गरी थपअनुसन्धान भईरहेको छ।
        प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा पक्राउ प्रतिवादीहरु मध्येका अर्जुन तामाङ मोटरसाईकल चोरी मुद्वामा केन्द्रिय कारागारमा ४ बर्ष जेल सजाय भुक्तान गरी २०७१ असोज महिनामा छुटेकोभन्ने बुझिएको ।












Sunday, April 10, 2016

यौन व्यवसायमासंलग्न व्यक्तिहरु पक्राउ-Pokhara News

पोखरा- चैत्र २६गते ।   
    पोखरा नगर क्षेत्रमा यौन व्यवसाय फष्टाउदै गरेको भन्ने जनगुनासो तथा आम नागरिकहरुबाट प्राप्त सुचनाको आधारमापोखरा नगर क्षेत्रका जाल्पारोड स्थित परि खाजा घर, एम।वि। खाजा घर,मालिका खाजा घर,पोखरा बसपार्क स्थित मनकामना गेष्ट हाउस,नागढुंगा स्थितनिर्भाना रेष्टुरेण्ट,एयरपोर्ट स्थित नाम नभएको खाजा घर,बगालेटोल स्थित फाष्ट फुड मस्म, सृजनाचोक स्थित यूनिक खाजा घर लगायतका विभिन्न होटल, लज तथा खाजा घरहरुमाअवैध यौन व्यवसायमा संलग्न रहेका २६ जना व्यक्तिहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरु मध्ये २१ जना महिला र ५ जना पुरुष रहेका छन् ।निजहरु उपर यस कार्यालयबाट थप अनुसन्धान कार्य भईरहेको ।



मितिL:२०७२।१२।२६गते।                   
 जिल्ला प्रहरी कार्यालय कास्की।
               

Tuesday, March 29, 2016

लागू औषध सहित मानिस पक्राउ-Man arrested with Drugs-Pokhara,Nepal

 पोखरा,चैत्र १५ गते
    मिति २०७२/१२/१४ गते अं. १९:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ६ खहरे स्थित सडकमा ग.१.च. ६७९० को कारमा लागू औषध डाईजापाम समेत खरिद बिक्री गर्दै छन भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उक्त सवारी चेकजांच गर्दा डाईजापाम सि.सि. थान १३, लुपिजेसिक थान १३ र फेनेरागन थान १३ र ग.१.च. ६७९० नम्बरको सवारी साधन सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा आबश्यक अनुसन्धान कार्य भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    जिल्ला कास्की पोखरा १७ बस्ने बर्ष २५ को अरुण तामाङ ।
२.    जि. स्याङजा फेदीखोला गा.वि.स. वडा नं. ८ बस्ने बर्ष ३७ को मोहन गुरुङ ।
३.    जि. झापा दमक न.पा. वडा नं. १ बस्ने बर्ष २८ कि शर्मिला खजुम ।
   
मिति: २०७२/१२/१५ गते।                     
 जिल्ला प्रहरी कार्यालय कास्की
               

Wednesday, March 16, 2016

पेस्तोल देखाई रकम लुटपाट गर्ने पक्राउ-Man arrested with Pistol

पोखरा,चैत्र २,गते     आज मिति २०७२/१२/२ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ पृथ्वीचोकको शिवालय मार्गमा रहेको सभ्यता मनी ट्रान्सफरको कार्यालयमा अपरिचित ब्यक्ति मोटरसाईकलको हेल्मेट लगाई कार्यालय भित्र प्रवेश गरी  पेस्तोल देखाई डर, धम्की दिई नगद लुटपाट  गरी भागेको भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गई स्थानियबासीहरुको सहयोगमा लुटपाटमा संलग्न जिल्ला सुनसरी धरान नगरपालिका घर भई हाल पोखरा १० रामबजार बस्ने बर्ष ३७ को प्रशान्त थापा मगरलाई निजले लुटन प्रयोग गरेको एयर पेस्तोल १ नाल,  ऐ। को छर्रा १३ थान, बा।२४।प। ४०७९ नम्बरको मोटरसाईकल र लुटिएको नगदरु. रु. ६,४५,५००।( ९ अक्षरुपी छ लाख पैतालिस हजार पांच सय  सहित पक्राउ गरिएको ।
    पक्राउमा परेको प्रशान्त थापा मगरलाई आजै सम्मानित अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, March 12, 2016

उपमहानगरप्रति प्लाष्टिक उत्पादक र व्यवसायी असन्तुष्ट -Pokhara news


पोखरा, २८ फागुन 
 विकल्प नदिई पोखरा उपमहानगरपालिकाले पोखरालाई प्लाष्टिक झोला र कप मुक्त नगर घोषणा गर्न लागेको भन्दै त्यसको उत्पादन र कारोवार गर्ने व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।
पोखरामा रहेर विभिन्न किसिमका प्लाष्टिकका झोला तथा प्लाष्टिकजन्य सामान उत्पादन तथा बिक्री गर्दै आएका व्यवसायीहरुले छाता संस्था पोखरा उद्योग वाणिज्य संघ समक्ष उपमहानगरपालिकाले नागरिकको लगानी सुरक्षित नगराएको गुनासो समेत गरे । कुनै एक व्यक्तिले आफू हिरो हुन हचुवाको भरमा प्लाष्टिक मुक्त अभियान चािलएको  भन्दै उनीहरुले त्यसका विरुद्ध आन्दोलन नै गर्ने चेतावनी पनि दिए ।
‘प्लाष्टिक मान्छेको दैनिक जीवनमा प्रयोग हुन्छ, चुरोट, रक्सी बेच्नेलाई नियन्त्रण नगर्ने राज्य संयन्त्रले हामीलाई किन पेलियो, किन उद्योग बन्द गराउन खोजियो,किन विकल्प दिइएन ?’–प्लाष्टिक उत्पादकहरुले गठन गरेको संघर्ष समितिका संयोजक परमेश्वर आचार्यले प्रश्न गरे । प्लाष्टिकको पुन प्रयोग हुनुपर्ने, सफाइमा ध्यान दिँदै व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिकाले ध्यान नदिएको उनले गुनासो गरे ।
पोखरामा चारवटा प्लाष्टिक कम्पनी रहेका छन् । तर, उनीहरुको उत्पादनको बजार हिस्सा भने अत्यन्त सानो छ । उनीहरुको आशय उपमहामनगरपालिकाले लगानी सुरक्षित गर्ने समय दिओस् भन्ने रहेको छ ।
उनीहको कुरा सुनेपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले लगानीको सुरक्षाप्रति संघ संवेदनशील भएको बताए । पोखरालाई सफा र सुन्दर राख्नुपर्छ  भन्नेमा कसैको द्धिविधा नभएको जनाउँदै उनले लगानीको सुरक्षाप्रति उपमहागरपालिका संवेदनशील हुनुपर्ने बताए । यसको लागि संघले पहल गर्ने उनको भनाई थियो । संघका महासचिव रवीन्द्रबहादुर प्रजुले लगानीको सुरक्षा र विकल्प दिनको लागि उपमहागरपालिका तयार हुनुपर्ने बताए । कार्यक्रममा प्लाष्टिक उत्पादकको तर्फबाट हरिप्रसाद कर्मचार्य, मासु व्यवसायी ज्ञानहरि आचार्य,बिसाल बजार व्यवसायिक एसोसियसनका शिव शर्मा पौडेल,प्लाष्टिक व्यवसायी परमेश्वर आचार्य लगायतले मन्तव्य राखेका थिए । संघर्ष समितिले आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

Wednesday, December 16, 2015

पोखरामा बिहिबार गृहलक्ष्मीको ग्यास बाड्ने (कुन ठाउँबाट समेत)

१. मिति २०७२/९/२ गते कास्की जिल्ला पोखरा क्षेत्रका निम्नानुसारका अधिकृत विक्रेताहरुको र्फमबाट गृहलक्ष्मी ग्यास ७.१ के.जि. तौलको वितरण गर्ने निर्णय गरियो


सि.नं.

गृहलक्ष्मी ग्याँस
विक्रेताको नाम,थर
स्थान
kl/df0f
भक्त गौरी सप्लायर्स
मासवार
!!#
डि.एन. आर
डिहिकोपाटन
@!%
भण्डारी टे«डर्स
जरेवर
!%)
के.टि. हाउस
पस्र्याङ
!%*
घिमिरे स्प्लायर्स
मिलनचोक
*%
वि.के. टे«डर्स
छोरेपाटन
(*
कृष्ण सप्लायर्स
औद्योगिक क्षेत्र
@#*
लिला स्टोर्स
नयागाउ
$$
पे्रमकृष्ण
फुलवारी
%@
१०
सोनिय सप्लायर्स
विराटा
!)!
११
किरण तिवारी
नदिपुर
!&#
१२
सर्मा सेवा
सिमलचौर
$&
१३
विशाल रेष्टुरेण्ट
आखा अस्पताल
%)
१४
आकृति अविरल
धारापानी
!@%
१५
युवराज प्रोभिजनल
अर्चलवोट
@@*
१६
कृति ईन्टरप्राईजेज
रानीपौवा
()
१७
अनुप स्टोर्स
पुरनधारा
!!(
१८
अनिश ग्यास सप्लायर्स
सृजनाचोक
!#*
१९
पुजा सप्लायर्स
सिमलचौर
@@^
२०
पौडेल किराना
लामाचौर
#)
२१
वस्नेत किराना
बाटुलेचौर
&)
  २. ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउने ।
३. प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छ ।
४. ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी पहिचानको प्रमाण लिई वितरण गर्ने ।
५. उपरोक्त तालिका बमोजिमको वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने ।
६. दिप क्षेत्रमा यथार्थ विवरण लिई १०० थान सिलिण्डर गृह लक्ष्मी ग्यास कम्पनीले उपलब्ध गराउने ।

Monday, November 30, 2015

खुकुरी प्रहार गर्ने पक्राउ-Crime News Pokhara

पोखरा मंसिर१३गते
    जिल्ला कास्की पोखरा उ.मा.पा वडा नं.१० अमरसिंह चोक घर भई हाल पोखरा-१८ छिनेडांडा बस्ने तुलविर वि.क.(सुरज)लाई खुकुरी प्रहार गरी फरार रहेका मानिसहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।अभियुक्तहरुले मिति २०७२/०८/१२ गते दिउसो पोखरा १० अंमरसिहचोक स्थित स्वेच्छा खाजा घरमा खाजा खाई रहेको अवस्थामा लेखनाथ नगरपालिकाको पटनेरीमा जग्गा प्लटिङ गरेकोमा सो वापत निजहरुलाई नसोधी जग्गा प्लटिङ गरेको, पल्टिङ गर्दा डिपिसीको काम नदिएको, काम नदिए वापत माग गरेको नगद रकम नदिएको भनी एक्कासी खुकुरी प्रहार गरी फरार भएका थिए ।
  खुकुरी प्रहार गरी फरार भएका मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र प्रहरी चौकी शिसुवाबाट खटिईएको प्रहरी टोलीले सोही दिन पोखरा तथा लेखनाथका विभिन्न स्थानबाट पक्राउ गरी आज मिति २०७२/०८/१३ गते सम्मानित कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ, घटनामा संलग्न अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।
पक्राउ परेका मानिसहरू:
१.    जि.कास्की ले.न.पा.वडा नं.१ बस्ने बर्ष ३६ को कुमार सुनार
२.    ऐ. ऐ बस्ने बर्ष २६ को सुरज सुनार
३.    ऐ .ऐ बस्ने बर्ष ३५ को उत्तम मगर ।
District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय कास्की ।

Saturday, November 28, 2015

प्रधानमन्त्रिलाई अनेरास्ववियुको ज्ञापन पत्र- Pokhara-News

पोखरा १२ मंसीर
अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीले मंसिर ९ गते सुनसरी जिल्लाको हरीपुर गाविसमा भारतिय सिमा सुरक्षा बल प्रवेश गरी अन्धाधुन्ध गोलि चलाउँदा चार जना घाईते भएको विषयमा नेपाल स्थित भारतिय राजदुताबासको कार्यालयले नेपालीहरुलाई गोली प्रहार नगरेको भन्ने विज्ञप्ती जारी गरेकोमा भारतिय राजदुत, घटनाका दोषि जवान र योजनाकारहरुलाई कारवाही लागि अन्र्तराष्ट्रिय अदालतमा उभ्याउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी कास्की मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । अन्र्तराष्ट्रिय सन्धि सम्झौता उल्लब्घन गर्दै अमानविय रुपमा नाकाबन्दि गर्ने, खुलमखुल्ला नेपाल प्रवेशगरी नेपाली नागरीकामाथी गोलि प्रहार गर्ने, भारतिय लोकसभाका सांसदले नेपालको भुमि भारतकै हो भन्ने जस्ता हेपाहा अभिव्यक्ति दिनु भारतको नेपाल प्रतिको कुदृष्टि भएको हुँदा यस्तो अवस्थामा पनि नेपाल सरकार टुलुटुलु हेरेर बस्न नहुने भन्दै अब यो समस्या समाधानको लागि अन्र्तराष्ट्रिय अदालत जानु पर्ने ज्ञापन पत्रमा जनाईएको छ । अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा राष्ट्र जोगाउनको लागि गरिने नेपाल सरकारको जस्तो सुकै कदममा अनेरास्ववियुले साथ दिने बताईएको छ । ज्ञापन बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले विद्यार्थीले उठाएका कुराहरु समयसान्दर्भिक रहेको र यसलाई कार्यान्वयन गराउने तहमा पु¥याउने बचन दिएका थिए ।

Thursday, November 12, 2015

जुवा खेल्ने पक्राउ--Man Arrested with Kauda-Pokhara News

पोखरा-कार्तिक २५ गते,
 मिति २०७२।०७।२५ गते दिनको ३:०० बजेको समयमा जिल्ला कास्की,लेखनाथनगरपालिका बडा नं ९ बेगनासताल स्थित होटल शिरिसमा कौडा खेलिरहेका छन् भन्ने विशेष सुराकीको आधारमा यस कार्यालयबाट खटिएको  प्रहरी टोलीले निम्न स्थान वस्ने २४ जना व्यक्तिहरुलाई नगद रु।११,१६,०७०।( अक्षरुपी ९ एघार लाख सोह्र हजार सत्तरी रुपैया , १८ थान कौडा  र थान ३ पासा सहित पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको ।
निम्न :
१.    जिल्ला कास्की लेखनाथ नगरपालिका बडा नं १ ऐ.ऐ.बस्ने बर्ष २८ को बिष्णु हमाल
२.    ऐ.ऐ.बस्ने बर्ष ४३ को टेक बहादुर गुरुङ
३.    ऐ.ऐ.बस्ने बर्ष २८ को किसान गुरुङ
४.    ऐ.ऐ.बस्ने बर्ष २८ को सागर गुरुङ
५.   ऐ.ऐ.बस्ने बर्ष ४१ को सुदिप गुरुङ
६.   ऐ.ऐ.बस्ने बर्ष ४८  को श्रीधर आचार्य
७.    ऐ.ऐ.बडा नं ८ शिशुवा बस्ने बर्ष ४१ को नमराज भट्टराई
८.    ऐ.ऐ.बस्ने बर्ष ४९ को राम प्रसाद बास्तोला
९.    ऐ.ऐ.बस्ने बर्ष ४९ को झलक बहादुर गुरुङ
१०.   ऐ.ऐ.बस्ने बर्ष ५० को खड्क बहादुर गुरुङ
११.  ऐ.ऐ.बस्ने बर्ष ४९ को शुक्रराज जमरकटेल
१२.  ऐ.ऐ.बस्ने बर्ष ४४ को शेषराज शर्मा
१३.   ऐ.ऐ.बस्ने बर्ष ३६ को गोपिराम बञ्जरा
१४.   ऐ.ऐ.बस्ने बर्ष २८ को गोपी भण्डारी
१५.   ऐ.ऐ.बस्ने बर्ष ४३ को राजेश भट्टराई
१६.  ऐ.ऐ.बडा नं ९ बस्ने बर्ष ४५ को मोहनराज खनाल ।
१७.   ऐ.ऐ.बस्ने बर्ष ३४ को रमेश बञ्जरा
१८.   ऐ.ऐ.बस्ने बर्ष ३६ को चन्द्रशम्सेर राना
१९.  ऐ.ऐ.बस्ने बर्ष ५६ कोलोक बहादुर गुरुङ
२०.   ऐ.ऐ. बडा नं १० बस्ने बर्ष ४२ को तिर्थराज पौडेल
२१.  ऐ.ऐ. बडा नं ११ बस्ने बर्ष ४१ को पुरुषोतम अधिकारी
२२.   ऐ.ऐ.बस्ने बर्ष २४ को मोहन श्रेष्ठ
२३.   ऐ.ऐ.बस्ने बर्ष ३४ को शम्सेर श्रेष्ठ
२४.  ऐ.ऐ.बडा नं १२ बस्ने  बर्ष ३५ कोरञ्जन कुवर
            

Sunday, November 8, 2015

प्याराग्लाईडिङ दुर्घटना-Paragliding Accident-Pokhara Nepal

पोखरा-कार्तिक २१ गते

मिति:२०७२/७/२१ गते २:०० बजेको समयमा जि.कास्की, पोखरा उप म.न.पा-२६ सराङकोटबाट प्याराग्लाईडिङ उडाउने क्रममा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.८  स्थाई घर भई हाल पोखरा उप म.न.पा.५ मालेपाटन बस्ने बर्ष-२६ को सुनिल भट्टराई पोखरा उप म.न.पा.-६ लेकसाईड स्थित वाटर फण्ट होटलको पछाडि फेवातालमा खस्न गई गम्भिर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उद्दारको लागि प्रहरी टोली घटनास्थलमा खटिई गई निज घाईतेलाई उद्दार गरी तत्काल चरक मेमोरियल अस्पताल हुदै थप उपचारको लागी मणिपाल अस्पताल लगिएकोमा २:४५ बजे मृत्यु भएको ।

Friday, November 6, 2015

तत्काल ग्याँस वितरण नहुने सम्वन्धी जरुरी सूचना-Pokhara news


सराङकोटबाट पोखरा आउदै गरेको बस दुर्घटना, १७ घाइते-Bus Accident-Yamdi Pokhara-Nepal

 पोखरा-कार्तिक १९ गते,
जि.कास्की पोखरा १ याम्दी प्रहरी पोष्ट नजिकै हेम्जा तर्फ वाट पोखरा तर्फ आउदै गरेको ग १ ख २३२० नं को वस ५:३० बजेको समयमा विच वाटोमा पल्टिन गई दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर सहतिको प्रहरी टोली तत्काल उद्दारको लागि खटिई गई  घाइतेहरु उद्दार गरी उपचारको लागी बिभिन्न अस्पतालहरुमा लगि उपचार भईरहेको छ । ७:५० बजेको समयमा उक्त पल्टेको बस बाटोबाट हटाई प्रहरी नियन्त्रणमा लिई राखेको । अन्य अनुसन्धान भईरहेको छ ।
घाईतेहरू :
१.  जि.धादिङ रे गा.वि.स. वडा नं.९ घर भई पोखरा १ सिमपानी वस्ने वर्ष ३५ की लङसाय लामा टाउको ढाडमा लागेको गण्डकी अस्पतालमा उपचार हुदै

मणिपालमा उपचार हुदै विरामीहरू :
१. जि.कास्की पोखरा १ मिरूवा वस्ने वर्ष ४० की सौपरी माया तामाङ टाउको वाया हातमा चोट
२. ऐ   ऐ  वस्ने वर्ष ४५ की निलिमाया तामाङ दाहिने हातमा सामान्य चोट
३० जि.मकवानपुर हाडीखोला ९ घर भई पोखरा ९ नयावजार वस्ने वर्ष ५० को सालिकराम कडेल टाउको वाया कुममा चोट
४. जि.पर्वत ताङले घर भई हाल पोखरा १ मिरुवा वस्ने वर्ष ४० की रूपा परियार टाउकोमा चोट
५. जि.सिन्धुली रतनपुर २ घर भई हाल पोखरा १२ सितलादेवी वस्ने वर्ष २६ की अस्मिता राई ढाड दाहिने खुट्टामा चोट
६. जि.सुनसरी सिंगा ९ घर भई पोखरा २ अर्चलवोट वस्ने वर्ष ३८ को नारायण दाहाल टाउको वाया हातमा चोट 
७. जि.तनहुँ जामुनेभञ्जयाङ घर भै हाल पोखरा ११ पुरनचौर वस्ने वर्ष ५५ की सावित्री अधिकारी  टाउको वाया खुट्टामा चोट
 ८.जि.कास्की पोखरा २७ हेम्जा वस्ने वर्ष ४० को दिपक श्रेष्ठ टाउकोमा चोट ९ पैदल यात्री ० ९. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ५८ की लक्ष्मी परियार टाउको छातीमा चोट
१०. जि.कास्की पोखरा ११ फुलवारी वस्ने वर्ष १९ को इन्द्र वहादुर तामाङ वाया हातमा चोट
११. जि.कास्की लुम्ले २ पानचोक पात्लेखेत वस्ने वर्ष ५७ को दुर्गा वहादुर परियार टाउको छातीमा चोट
१२. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ३६ की सन्त कुमारी परियार दुवै खुट्टामा सामान्य चोट
१३. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ४० की मनशोभा पौडेल टाउको वाया हातमा चोट
१४. जि.कास्की पोखरा २७ हेम्जा वस्ने वर्ष ४० की विन्दु तिमिल्सीना वाया हात दाहिने खुट्टामा चोट
१५.जि.कास्की पोखरा २ अर्चलवोट वस्ने वर्ष ५८ को आश वहादुर घले दाहिने खुट्टामा चोट
१६. जि.कास्की पोखरा ५ प्रस्याङ वस्ने वर्ष २४ को सन्तोष थापा छातीमा दुखेको सामान्य ।







Saturday, September 12, 2015

अनैतिक क्रियाकलापमा संलग्न ब्यक्तिहरु पक्राउ-Pokhara News


पोखरा,भाद्र २५ गते,
    पोखरा बाग्लुङ बसपार्कमा यौन ब्यवसायमा संलग्न भई त्यहांबाट बिस्थापित महिलाहरु पोखराका बिभिन्न स्थानहरुमा बसीयौन ब्यवसाय संचालन गरिरहेका छन भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयूक्त प्रहरी टोलीले आज मिति २०७२/५/२५ गते दिनको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ स्थित जाल्पारोडमा रहेका बिभिन्न खाजाघरहरुमा चेकजांच गर्दा महिला र पुरुषहरु आपतिजनक अवस्थामा बसिरहेकोले  उक्त खाजाघरहरुबाट महिला ३१ जना र पुरुष १२ गरी जम्मा ४३ जनालाई नियन्त्रणमा लिई आबश्यक कारवाही प्रक्रिया अगाडि बढाईएको छ ।

District Police Office Kaski, Pokhara
जिल्ला प्रहरी कार्यालय कास्की