Showing posts with label National. Show all posts
Showing posts with label National. Show all posts

Friday, May 11, 2018

एन्फा अध्यक्ष शेर्पालाई शितल ज्याति क्लबद्धारा सम्मान-Sports News




पोखरा २७ बैशाख ।

अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पोखरा  लेखनाथ महानगरपालिका –१२ मा सक्रिय रहेको शितल ज्याति युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।

बिहिबार सम्पन्न परिचय तथा सम्मान कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहित मायाको चिनोले शेर्पालाई सम्मान गरेको हो ।

सोही अबसरमा बोल्दै शेर्पाले संस्थामा एकात्मक तवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफल भएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुद जगतमा बिकासले गति लिने बताए । उनले भने “पोखरा आफैमा स्तरिय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कन सकेका छैनन् ।”

उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना गर्ने बताउदै पोखरा क्षेत्रमा ५ देखी ७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने प्रतिबद्धता समेत जनाएका थिए ।

परिचय तथा सम्मान कार्यक्रममा शितल ज्याति युवा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरु, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाका प्रतिनिधीहरु, आमा समुहका पदाधिकारीहरु, वडाबासीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेका थिए ।

पोखरामा जारी १०२ हप्ताको सफाइ अभियान वडा नं. ९ स्थित सेती नदी किनारमा-Clean and Green Pokhara Nepal









यसपटकको सफाइ अभियान शान्तिवन बाटिकामा-मिति :२०७५ -०१ -२९ गते शनिबार
पोखरामा जारी १०२ हप्ताको सफाइ अभियान वडा नं. ९ स्थित सेती नदी किनारमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण एवं वनभोजस्थलका रुपमा परिचित  शान्तिवन बाटिकामा हुँदैछ। सरसफाइ कार्यक्रम सँगसँगै त्यहाँका विकृति र बिसंगतिको अन्त्यका लागि समेत हामी सबैको उपस्थिति अपरिहार्य छ। तसर्थ सफाइ अभियानमा सहभागी भइ ऐक्यबद्धता जनाइदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।

Friday, May 4, 2018

विहान देखी नै पोखरामा सार्वजनिक गाडी ठप्प

Thursday, May 3, 2018

प्रदेश ४ का सांसदलाई सडक बनाउन ९ करोड ३६ लाख



पोखरा, २० वैशाख 
प्रदेश ४ मा आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई हरेक निर्वाचन क्षेत्रसँग जोड्ने गरी सडक निर्माण र स्तरोन्नती गर्न बजेट ब्यवस्था गरिएको हो ।
दामासायी हिसावले हरेक निर्वाचन क्षेत्रलाई २६ लाख पर्नेगरी बजेट भागबण्डा गरिएको छ । ‘सांसद ज्यूहरुलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याईएको हो । उहाँहरुकै सिफारिसका आधारमा योजना छनौट र कार्यान्वयन हुन्छ, अर्थ मन्त्रालयका सचिव विष्णुराज ढकालले भने–सरकार नयाँ भएकाले काम गर्ने संयन्त्र छैन । सांसद ज्यूहरुले आफ्नो क्षेत्रको कुनै सडक सिफारिस गरी टेण्डर निकाल्न सक्नुभयो भने अहिलेदेखि नै स्तरोन्नतीको काम हुन्छ ।’
सरकारले बजेट विनियोजन गरेपनि आर्थिक बर्ष सकिनै लागेकोले बजेट खर्च हुने सम्भावना निकै न्यून छ । यसले करिब १० करोड रुपैयाँ सोझै फ्रिज हुने देखिन्छ । यसबाहेकका पनि अधिकांश बजेट अमुर्त भएकोले कार्यान्वयन जटिल छ । सरकारको पहिलो बजेट योजना र कार्यक्रम भन्दा अध्ययन र गुरुयोजना निर्माणमा बढी छ ।

Sunday, February 25, 2018

हिमालय मावि मौजाको वार्षिकोत्सव

पोखरा, १२ फागुन ।
       हिमालय माध्यमिक विद्यालय पोखरा लेखनाथ २० मौजाको ४६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले अबको आवश्यकता भनेको प्राविधिक शिक्षा रहेको औंल्याउँदै व्यवसायिक शिक्षामा पनि जोड दिनुपर्ने औंल्याए । उनले विद्यालयको शैक्षिक उन्नतिमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावकको सामूहिक भूमिका महत्वपूर्ण हुने बताए ।

   कार्यक्रममा पोखरा लेखनाथ म.न.पा.वडा नं. २० का वडाअध्यक्ष सिम बहादुर गुरुङ्ग, विद्यालय व्यवस्थापन समिति सल्लाहकार समिति सदस्य तिलबहादुर गुरुङ्ग, पाहर ट्रष्ट नेपालका निर्देशक मे.चन्द्र बहादुर गुरुङ्ग, हिमालय मावि भूपू विद्यार्थी एशोसिएशनका सचिव चित्र बहादुर गुरुङ्ग, महेन्द्र मावि भलामका प्र.अ कालिप्रसाद पौडेल, अभिभावक भिम बहादुुर गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

       कार्यक्रममा यस वर्षको उत्कृष्ट शिक्षक सम्मानबाट शिक्षिका राधा आचार्य सिग्देल र शिक्षक बेदनाथ पौडेललाई सम्मान गरिएको थियो भने सोँधा श्रोत केन्द्रका श्रोतव्यक्ति तथा विद्यालयका शिक्षक डोलराज रेग्मी र विद्यालयका प्रअ मणिराज परियारलाई पनि सम्मान गरिएको थियो ।

       विद्यालयका प्रअ मणिराज परियारले आयव्यय  सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत शिक्षिका देवी कुमारी थापा र विद्यार्थी सन्दीप सापकोटा तथा कार्यक्रमको संचालन शिक्षक रोशन श्रेष्ठले गरेका थिए ।

       कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


Wednesday, September 7, 2016

कौडा खेल्ने र खेलाउने पक्राउ

पोखरा भाद्र २१ गते 
मिति २०७३/०५/२१ गते पोखरा २९ फेदी हेम्जा स्थित मनहरी भण्डारीले संचालन गरेको भण्डारी रेष्टुरेण्ट एण्ड खाजा घरमा कौडा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा बडा प्रहरी कार्यालय बगर कास्कीबाट प्र.नि.मोहन बहादुर खाणको कमाण्डमा खटिएको प्रहरी टोलिले कौडा खेलिरहेको अबस्थामा निम्न व्यक्तिहरुलाई १६ थान कौडा, रु.४,०९,०२५।( अक्षेरुपि चार लाख नौ हजार पच्चिस रुपैया सहित पक्राउ गरिथप अनुसन्धान कार्य जारी  रहेको ।
निम्न:
१.    पोखरा २९ हेम्जा फेदी बस्ने वर्ष ४० का मनहरी भण्डारी ९संचालक०
२.    पोखरा ९ नयाँबजार बस्ने बर्ष ५८ को बिष्णु बास्तोला
३.    पोखरा ९ नयावजार बस्ने बर्ष ४० को महेन्द्र रानामगर
४.    पोखरा ९ चिप्लेढुगा बस्ने बर्ष ४२ को नवराज थपलिया
५.    पोखरा ३ नदिपुर बस्ने बर्ष ६६ को चिञ्जिवी गुरुङ
६.    पोखरा ३ नदिपुर बस्ने बर्ष ४४ को कमल सापकोटा
७.    पोखरा १४ चाउथे बस्ने बर्ष ४५ को नारायण श्रेष्ठ
८.   जि.गुल्मि माझकोट-६ घर भई हाल पोखरा २ मोहोरिया टोल बस्ने बर्ष ४० को गोपाल पन्थी

       
मिति : २०७३।५।२१ गते                       
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Tuesday, March 1, 2016

भुर्तेल बन्धुहरुको कुल पूजा-Pokhara News


पोखरा, १७ फागुन
भुर्तेल बन्धु समाज नेपालको कुलपूजा सम्पन्न भएको छ । माझठाना ६ स्थित नवनिर्वित कुल मन्दिरमा सोमबार पूजा सम्पन्न भएको हो । समाजका अध्यक्ष सोमनाथ भुर्तेलको अध्यक्षतामा आयोजित पूजामा १ सय वटा बोकालाई बलि दिइएको छ ।
नेपाल खाद्य संस्थानका केन्द्रीय अध्यक्ष प्रकाशबहादुर भुर्तेल केसीको प्रमुख आतिथ्यतामा आयोजित पूजामा विष्णुप्रसाद भुर्तेल, यादवचन्द्र भुर्तेल, विश्वबन्धु भुर्तेल, कृष्णमणि भुर्तेल, चेतकृष्ण भुर्तेल, भोजराज भुर्तेल, कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेल, अर्थ संंकलन समितिका संंयोजक दुर्गादत्त भुर्तेल, स्मारिका प्रकाशन समितिका संयोजक कालिप्रसाद भुर्तेल लगायतले बोलेका थिए ।
जग्गादाता डिल्लिराम भुर्तेल तथा कुल मन्दिर निर्माणार्थ ५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेहरुलाई उक्त अवसरमा प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको छ । पूजामा विभिन्न क्षेत्रमा छरिएर रहेका भुर्तेल बन्धुहरुकोे उल्लेखनीय सहभागिता रहेको समाजले जनाएको छ । कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेलको घरबाट पूजाको दियोकलश निकाली गाउँ परिक्रमा गराइएको थियो ।

Monday, January 25, 2016

स्वास्थ्य सन्देशमुलक कार्यक्रम सम्पन्न-Health for Nepal


पृथ्वी नारायण क्याम्पस, शिक्षा शास्त्र स्नातकोत्तर तह प्रथम वर्ष स्वास्थ्य शिक्षा विषय अध्ययनरत विद्यार्थीले स्वास्थ्यमूलक कार्यक्रम शनिबार ढिकुरपोखरी गा.वि.स. समितिको सभाकक्षमा सम्पन्न भयो।
“स्वास्थ्य र सक्षम समुदाय निर्माणको लागि स्वास्थ्य शिक्षा र जनचेतना, गुणस्तरीय जीवनको परिकल्पना” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा अध्यापन अभ्यास विभागिय प्रमुख यादव राज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
स्वास्थ्य शिक्षा आजको आवश्यकता भएको हुँदा रोग लाग्नुभन्दा रोग लाग्न नदिन गरिने सुरक्षा उपाय नै स्वास्थ्य शिक्षाको मूल आधार भएको प्रमुख अतिथि अधिकारीले जानकारी गराएका थिए। भने कार्यक्रमका विशिष्ट अतिथि केशवराज वाग्लेले स्वाथ्य शिक्षा सैद्धान्तिक शिक्षा भन्दा व्यवहार परिवर्तनशिल शिक्षा हुनुपर्ने कुरामा जोड दिएका थिए।
त्यसैगरी लक्ष्मी शर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने उमनाथ गौतमले कार्यक्रमको उद्देश्य, शान्ति पुनले शौचालय र गर्भवस्था स्वास्थ्य परिक्षण, शन्तुक कार्कीले उमेर अनुसारको जनसंख्या र पोषण, दिनीत गुरुङले फोहोर मैला व्यवस्थापन, गणेश सुनारले मुख स्वास्थ्य, चन्द्रा घलेले पानी शुद्धीकरण र सागसव्जी विवरण सम्वन्धी जानकारी गराएका थिए।
कास्की जिल्ला ठिकुर पोखरी गा.वि.स. वाड नं. ४ माझथोक टोलमा समुदाय स्वास्थ्य सर्वेक्षण विगत ७ महिना देखि गर्दै आएका थिए। उक्त समयमा परिवार नियोजन, सुरक्षित मातृत्व खोप सेवा, जनसांख्यीक वितरण, शैक्षिक विवरण, व्यक्तिगत स्वास्थ्य तथा सरसफाई, पोषण, मुख स्वास्थ्य, शौचालय, पानी शुद्धिकरण सम्बन्धि विषयमा अध्ययन गरी तथ्याङ्क संकलन गरिएको थियो।
गणेश सुनारद्वारा सञ्चालन गरेको उक्त कार्यक्रममा टोली नेता उमनाथ गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

Friday, January 22, 2016

निर्मल पोखरीमा निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न-News Pokhara


पदम श्रेष्ठ/माघ ७
लामो समय देखि शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सहयोग गरेका स्व. ओम बहादुर भण्डारीको स्मृतिमा विहिबार निर्मल पोखरी–३, चिलाउनेखर्क जलदेवी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो।
शिविरका प्रमुख अतिथि नमस्ते हस्टिपलका मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. मानबहादुर गुरुङले प्यारालाइसेस विरामी गंगबहादुर रानालाई चेकजाँच गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
शिविरमा आएका अति विपन्न परिवार र असक्त विरामीहरुलाई उपचार गर्नको लागि नमस्ते हस्पिटलले जुन सुकै सहयोग गर्न पनि तयार रहेको गुरुङले जानकारी दिएका थिए।
सानो संसार नेपालका सदस्य नारायण बहादुर थापाले अव समाजमा नयाँ आयाम खाँचो छ। युवाहरु एकजुट भई सामाजिक कार्यहरु गरेमा गाउँको विकासमा टेवा पुग्ने जानकारी दिएका थिए।
त्यसै गरी देशको परिस्थितिले गर्दा आफूहरु बजारसम्म गई उपचार गर्न नसकिराखेको अवस्थामा पनि गाउँ गाउँमा आई स्वदेशी तथा विदेशी डाक्टरहरु र संघ संस्थाले गरेको अतुलनिय सहयोगले आफू अत्याधिक खुसी भएको स्वासप्रस्वास सम्बन्धि समस्या भएकी टंकमाया थापा ले बताएकी थिइन्। भने ९८ वर्षका बयोबृद्ध कुलबहादुर भण्डारीले गाउँमा आई आफ्नो स्वास्थ्य उपचार गराउनुहुने डक्टर तथा गाउँका युवाहरुको लगनशिलता लाई धन्यवाद दिनुका साथै आफू हृदयबाटै खुसी रहेको बताएका थिए।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक नारायण बहादुर भण्डारीले स्वास्थ्य उपचारमा विभिन्न समस्या भई शहर बजारसम्म जान नसकेका असक्त र स्वास्थ्य प्रतिको जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताएका थिए भने शिविरमा २५० जना विरामीहरुको स्वास्थउपचार गरिएको समेत भण्डारीले जानकारी गराएका थिए।
नमस्ते हस्पिटल र रिमोर्ट हेल्थ सर्भिस सेन्टर पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।
सिद्धार्थ युवा क्लब र सानो संसार नेपालद्वारा आयोजना गरिएको उक्त कार्यक्रम सिद्धार्थ क्लबका भूपू सचिव भाइरज राना ले सञ्चालन गरेका थिए।
उक्त कार्यक्रममा सहभागी चिकित्सकहरुलाई मायाको चिनो र खादा लगाई सम्मान गरिएको थियो।

Tuesday, January 19, 2016

एम्बुलेन्स अभियानमा सहयोग आउने क्रम जारी राम थापाद्वारा १० हजार सहयोग-Pokhara News

घनश्याम पाण्डेय, रेडियो गण्डकी
पोखरा, ४ माघ ।
         नमुना स्वरेक सामाजिक कोषले शुरु गरेको एम्बुलेन्स सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोग आउने क्रम जारी छ । स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा एम्बुलेन्स सञ्चालन गर्ने पवित्र उद्देश्य सहित शुरु गरिएको अभियानमा सवैको सहयोग जुट्दै गएको छ ।

यसैविच, स्वरेक वडानं ७ घर भई  हाल कतारमा कार्यरत राम थापाले स्वतःस्फुर्त रुपमा नगद १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । अभियानको सफलताको कामना गर्दे उहाँले स्वरेकलाई सवै क्षेत्रबाट सुविधा सम्पन्न बनाउन आ–आफ्नो ठाँउबाट लाग्नुपर्नेमा जोड समेत दिनुभएको छ ।

उहाँले गरेको सहयोग संगै अक्षयकोषमा १४ लाख, ८० हजार पुगेको छ । स्वरेकको विकासमा नमूना सामाजिक कोषले महत्वपुर्ण भूमिका निर्बाह गर्ने अभियानका संयोजक भेषराज पराजुलीले बताउनुभएको छ ।
अभियानका सह–सयोजक जीबन पौडेलले सवै मनहरुलाई जुटाउने काम अभियानले गरेको बताउनु्भएको छ । उहाँले नमूना स्वरेक सामाजिक कोष स्वरेकको सदस्य बन्नको लागि पनि सवैको लागि खुल्ला रहेको जानकारी दिनुभएको छ । आगामी दिनमा जिल्लाकै नेतृत्व गर्ने गरी नमूना स्वरेक सामाजिक कोषलाई अगाडी बढाउने पौडेलले बताउनुभयो ।

निर्मल पोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने-Pokhara News

स्व. ओम बहादुर भण्डारीको स्मृतिमा माघ ७ गते विहिबार निर्मल पोखरी–३, चिलाउनेखर्क (चिसापानी)मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
नमस्ते हस्पिटल एण्ड रिमोर्ट हेल्थ सर्भिस सेन्टर पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रमका संयोजक नारायणबहादुर भण्डारीले बताएका छन्।
स्वास्थ्य उपचारमा विभिन्न समस्या भई शहर बजारसम्म जान नसकेका असक्त र स्वास्थ्य प्रतिको जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको समेत भण्डारीले जानकारी दिएका थिए।
सिद्धार्थ युवा क्लब, आमा समूह र सृजना आमा समूहद्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नमस्ते हस्टिपलका मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. मानबहादुर गुरुङ र स्वदेशी तथा विदेशी डाक्टरहरु समेत उपस्थित रहने सिद्धार्थ युवा क्लबका अध्यक्ष बसन्त रानाले बताएका छन्।

Thursday, January 14, 2016

स्व.टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार धमलालाई- Rishi Dhamala Pokhara News

 पोखरा, २९ पुस
पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइरालाको परिवारजनद्धारा आफ्ना स्व. माता  पिताको स्मृतिमा स्थापित तथा मेची महाकाली मिडिया सोसाईटी नेपालद्धारा संचालित स्व. टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारवाट यस वर्ष पत्रकार ऋषि धमला सम्मानित हुनु हुने भएको छ ।
    प्रतिभा छनौट समितिको वुधवार वसेको वैठकले रिपोर्टस क्लव नेपालका अध्यक्ष समेत रहेका धमलालाईं पुरस्कृत गर्ने निर्णय गरेको हो । छनौट समितिको संयोजकमा मेची महाकाली मिडिया सोसाईटी नेपालका राष्ट्रिय अध्यक्ष माधव शर्मा तथा सदस्यहरुमा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सचिव त्रिभुवन पौडेल, पत्रकार दिपेन्द« श्रेष्ठ तथा पुरस्कारका संस्थापक सुवर्णप्रसाद कोईराला रहेका थिए । सर्वसाधारणलाई साक्षात्कार  तथा राजनीतिक वहस मार्फत सुचना दिन अग्रणी रहेका धमलालाई सर्वसम्मत रुपमा पुरस्कार दिने निर्णय भएको छनौट समितिका संयोजक तथा सोसाईटीका राष्ट्रिय अध्यक्ष माधव शर्माले जानकारी दिए । पुरस्कारको राशी नगद २० हजार १ तथा  सम्मानपत्र रहेको छ । पुरस्कार आगामी माघ महिनाभित्र प्रदान गरिने छ ।
 उक्त पृुरस्कारवाट यसअघि जनकपुरकी पत्रकार स्व. उमा सिँह,  ईश्वरी न्यौपाने, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, दिपेन्द्र श्रेष्ठ तथा गणेश पाण्डे सम्मानित भईसकेका छन्  ।

Saturday, December 26, 2015

खुद्रा व्यापार संघद्धारा हरिहर आश्रममा सहयोग-Pokhara News

पोखरा १० पौष
खुद्रा व्यापार संघले ऐतिहासिक हरिहर गुफा सन्यास आश्रममा शुक्रबार सहयोग गरेका छन् ।  संघले आश्रममा रहेका माता, बटुक लगायतलाई कम्बल, आटाको पिठो, चिनि, चियापत्ति लगायतको सामाग्री हस्तान्तरण गरेको कार्यक्रमका संयोजक चुडामणि अधिकारीले जानकारी दिएका छन् । खुद्रा व्यापार संघ कास्कीका अध्यक्ष धनिराम बरालको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा हरीहर गुफा सन्यास आश्रमका व्यवस्थापन समितिका उपाध्यक्ष विष्णु बहादुर खत्री, खुद्रा व्यापार संघ कास्कीका उपाध्यक्ष चुडामणि अधिकारी र महासचिव मनोहर बहादुर के.सी. लगायतले आ–आफ्नो भनाइ राखेका थिए । आश्रममा रहेका माता तथा बटुकहरुले संघले चिसो मौसममा आफुहरुलाइ सहयोग गरेकोमा खुलेर प्रशंसा गरे । आफ्नो समस्याप्रति अझसम्म कसैको ध्यान पुग्न नसकेपनि संघले आफुहरुलाई सम्झिएकोमा उनीहरुले खुशी व्यक्त गरेका हुन् । झण्डै १५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएकोमा कार्यक्रम संयोजक अधिकारीले व्यक्तिगत नगद तीन हजार सहयोग गरेका थिए । कार्यक्रममा संघका सचिव होमनाथ पराजुली, कोषाध्यक्ष रुद्रनाथ अधिकारी, सह–कोषाध्यक्ष बालाकृष्ण च्वाई,  सदस्य धन प्रसाद पौडेल, लेखा समिति सदस्य अनन्त नाथ अधिकारी, लोन उपसमिति सदस्य काशीराम सुवेदी लगायतको सहभागीता रहेको संयोजक अधिकारीले जानकारी दिएका छन् ।

Friday, December 18, 2015

पोखरामा शनिवार डिजेल वितरण गर्ने (कुन कनु पम्पबाट समेत ) Pokhara Fuel

 पोखरा, ३ पुस
नेपाल आयल निगम गगनगौडा डिपोले पोखरामा शनिवार डिजेल वितरण गर्ने भएको छ ।
जिल्ला आपुत्ति समितिको बैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ मिति २०७२।९।४ गते निम्नानुसार वितरण गर्ने निर्णय गरियो ।
लि. कैफियत
१. वेलकम ट्रेडर्स डिजेल ३०००
२. विन्दावासिनी आयल, लेखनाथ डिजेल ३०००
३.पश्चिमाञ्चल ट्रेडर्स लेखनाथ डिजेल ४०००
४.पृथ्वीरामार्ग पे.प्रा.लि. कास्की डिजेल ३०००
५. शुभजगदम्बा आयल स्टोर्स लेखनाथ डिजेल ४०००
६. इन्द्रज्योती आयल, लेखनाथ डिजेल ४०००
७. जुपिटर ट्रेडर्स, लेखनाथ डिजेल ८००० ४ के.एल. नेपाल आयल निगम, गगनगौडाको सिफारिसमा टं्याकरहरुको लागिमात्र
८. डि.आर.आयल, स्टोर्स डिजेल ४०००
९. श्रीओम पेट्रोलियम ट्रेडर्स, पोखरा डिजेल ३०००
१०. नमिता ट्रेडर्स, पोखरा डिजेल ४०००
११. गण्डकी पेट्रोेलियम कं, पोखरा डिजेल ३०००
१२. ऋषि एण्ड व्रदर्श, साझा, पोखरा डिजेल ६००० शैक्षिक प्रतिष्ठानहरुको लागिमात्र
१३. मनोकामना आयल स्टोर्स, पोखरा डिजेल ४०००
१४. शारदा आयल, पोखरा डिजेल ३०००
१५. नेशनल ट्रेडिङ्ग, पोखरा डिजेल ३००० ज्ब्ब्ल् को सिफारिसमा होटलहरुको जेनेरेटर संचालनको लागि २००० लि.
१६. पञ्चरत्न आयल पोखरा डिजेल ३०००
१७. हिमालयन पे.कं लि., पोखरा डिजेल ४०००
१८. अन्नपूर्ण आयल पोखरा डिजेल ४०००
१९. जगदम्बा आयल, पोखरा डिजेल ४०००
२०. वि.एस. आयल स्टोर्स, पोखरा डिजेल ४०००
२१. वृहस्पति आयल, पोखरा डिजेल ६००० शैक्षिक प्रतिष्ठानहरुको लागिमात्र
२२. अटो क्लिन, पोखरा डिजेल ४०००
२३. कालिका पेट्रोल पम्प, पोखरा डिजेल ४०००
२४.रानिपौवा आयल, पोखरा डिजेल ४०००
२५. बराल आयल, पोखरा डिजेल ४०००
२६. कालिका फ्यूल स्टेशन, पोखरा डिजेल
पेट्रोल १८०००
३००० ३ के.एल. अपरमादी हाइड्रो र १ के.एल. माउण्ट कैलास ईनर्जी कम्पनी, २ के.एल. पोखरा औद्योगिक क्षेत्र र १ के.एल. लेखनाथ औद्योगिक क्षेत्र एवं अत्यावश्यक सोवाको लागि
२७। विश्वास आयल डि, पोखरा डिजेल ४०००
२८। शागर आयल, पोखरा डिजेल ३०००
२९। उत्तम आयल , पोखरा डिजेल ३०००
३०। लान्द्रक पेट्रोलियम प्रा.लि.पोखरा
डिजेल ४०००
३१. पराजुली आयल, पोखरा डिजेल ४०००
३२. थापा आयल स्टोर्स, हेम्जा डिजेल ३०००
३३. जयवुद्ध आयल, पोखरा डिजेल ४०००
१. उपरोक्त पेट्रोल पम्पहरुबाट निम्नानुसारको सवारीहरुलाई अभिलेख राखी निम्नानुसार वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्ने ।
डिजेल:
क. लामो दुरीको ट्रक, वस – रु. ६०००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने बस – रु. ४०००।– बराबरको
ग. मिनि वस – रु. ३५००।– बराबरको
घ. हायस बस – रु. ३५००।– बराबरको
ङ. नगरबस, वेगनास बस – रु. ३०००।– बराबरको
च. मिनि, मझौला र लोकल ट्रकहरु – रु.३०००।– बराबरको
छ. अन्य निजी डिजेल कार, जिपहरु – रु. २५००।– बराबरको
ज. ठूलो ट्याक्टरहरु – रु.२०००।– बराबरको
झ.साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ञ. पर्यटन ठूला बसहरु रु. रु.६०००।– बराबरको
ट. पर्यटन साना सवारीहरु रु.२५००।– बराबरको
ठ. खुद्रा माल ढुवानी गाडीहरु रु.२०००।– बराबरको
२. मिति २०७२।९।४ गते वितरण हुने १३९ के.एल.डिजेल र ३ के.एल. पेट्रोल मिति २०७२।९।३ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
४. वितरण मिति २०७२।९।४ गते विहान ८ बजे देखि शुरु हुने ।
५. सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्नेछ ।
६. कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्यज ,
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य
उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

Wednesday, December 16, 2015

पोखरामा बिहिबार गृहलक्ष्मीको ग्यास बाड्ने (कुन ठाउँबाट समेत)

१. मिति २०७२/९/२ गते कास्की जिल्ला पोखरा क्षेत्रका निम्नानुसारका अधिकृत विक्रेताहरुको र्फमबाट गृहलक्ष्मी ग्यास ७.१ के.जि. तौलको वितरण गर्ने निर्णय गरियो


सि.नं.

गृहलक्ष्मी ग्याँस
विक्रेताको नाम,थर
स्थान
kl/df0f
भक्त गौरी सप्लायर्स
मासवार
!!#
डि.एन. आर
डिहिकोपाटन
@!%
भण्डारी टे«डर्स
जरेवर
!%)
के.टि. हाउस
पस्र्याङ
!%*
घिमिरे स्प्लायर्स
मिलनचोक
*%
वि.के. टे«डर्स
छोरेपाटन
(*
कृष्ण सप्लायर्स
औद्योगिक क्षेत्र
@#*
लिला स्टोर्स
नयागाउ
$$
पे्रमकृष्ण
फुलवारी
%@
१०
सोनिय सप्लायर्स
विराटा
!)!
११
किरण तिवारी
नदिपुर
!&#
१२
सर्मा सेवा
सिमलचौर
$&
१३
विशाल रेष्टुरेण्ट
आखा अस्पताल
%)
१४
आकृति अविरल
धारापानी
!@%
१५
युवराज प्रोभिजनल
अर्चलवोट
@@*
१६
कृति ईन्टरप्राईजेज
रानीपौवा
()
१७
अनुप स्टोर्स
पुरनधारा
!!(
१८
अनिश ग्यास सप्लायर्स
सृजनाचोक
!#*
१९
पुजा सप्लायर्स
सिमलचौर
@@^
२०
पौडेल किराना
लामाचौर
#)
२१
वस्नेत किराना
बाटुलेचौर
&)
  २. ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउने ।
३. प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छ ।
४. ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी पहिचानको प्रमाण लिई वितरण गर्ने ।
५. उपरोक्त तालिका बमोजिमको वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने ।
६. दिप क्षेत्रमा यथार्थ विवरण लिई १०० थान सिलिण्डर गृह लक्ष्मी ग्यास कम्पनीले उपलब्ध गराउने ।