Showing posts with label National. Show all posts
Showing posts with label National. Show all posts

Wednesday, November 5, 2014

पोखराको डिहिकोपाटनबाट १५ जुवाडे प्रक्राउ, ४ लाख ५० हजार बरामद-Nepal-Pokhara

पोखरा, १८ कार्तिक /पोखरा ६
 डिहिकोपाटनमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरील आइतबार राती ११ बजे नगद ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । पोखरा ६ डिहिकोपाटन स्थित कृष्ण घर्तिले जिम्मा लिई बसेको घरको पहिलो तल्लाबाट प्रहरीले प्रक्राउ गरेको हो ।
प्रहरीले ६ गड्डी तास, व्यक्तिहरुको साथबाट ३ लाख ५२ हजार र र सनाखत हुन नसकेको रकम ९८ हजार गरि ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । प्रक्राउ परेका सबैलाई जुवा मुद्धामा अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । प्रक्राउ पर्नेमा पोखरा ६ का कुमार देवकोटा, डम्मर कुवर, पुरन पुन, रमेश बहादुर थापा, केशव पहारी, केदार थापा, खेमलाल पहारी, लामिछाने, पोखरा १४ चाउथेका ओम सुवेदी, पोखरा ६ खहरे का राम बहादुर थापा, जरेवर का राजु के।सी।, कृष्ण क्षेत्री, संन्जिव ढकाल, मोहन भण्डारी र कुमार गुरुङ रहेका छन् ।

Monday, November 3, 2014

बाल न्यायिक अनुसन्धान केन्द्रको समुद्घाटन-Pokhara-Nepal


पोखरा, कार्तिक १७ गते ।
कुनै पनि बाल बिज्याईका घटना ९ बालबालिकाबाट हुने अपराध ० मा अनुसन्धानको क्रममा पक्राउ परेका बालबालिकाहरुलाई वयस्क मानिसहरु सरह थुनामा नराखी बाल मनोबवैज्ञानिक वाताबरणमा राखी बालबालिकाबाट हुने अपराधहरुको अनुसन्धान तथा बालबालिकालाई अपराध गर्नबाट मुक्त गर्ने उद्वेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीको हाता भित्र थ्रि एन्जल नेपालको सहयोगमा नवनिर्मित वाल न्यायिक अनुसन्धान केन्द्रको आज मिति २०७१।७।१७ गते प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिरेन्द्रबाबु श्रेष्ठले उद्घाटन गर्नु भयो , उक्त उदघाटन समारोहमा कास्की जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त गौतम,पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। बम बहादुर भण्डारी,कास्की जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु,बिभिन्न राजनैतिक दलका जिल्ला प्रमुख एवं प्रतिनिधि,उद्योगी व्यवसायी,नागरिक समाजका प्रतिनिधिहरु,पत्रकार,बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा।राजेन्द्र गौतम र निर्माण कार्यमा समनवयकारी भुमिका निर्वाह गर्नु हुने महिला तथा बालबालिका कार्यालय कास्कीका बाल अधिकार अधिकृत भरतराज बराललाई प्रमुख अतिथिबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

CRV - कन्ट्रोलरुम भेहिकल० भवनकोसमुद्घाटन

लेखनाथ कास्की, कार्तिक १७ गते ।
सात तालको वाटिका शहर,कवि शिरोमणी लेखनाथ पौड्यालको जन्म स्थान,कास्की जिल्लाको महत्वपूर्ण पर्यटकिय स्थल लेखनाथ नगरपालिकामा शान्ति सुव्यवस्था कार्यमा परिचालित ऋच्ख्९कन्ट्रोलरुम भेहिकल० प्रहरीहरुको आवासको लागि लेखनाथ नगरवासीहरुले चन्दा संकलन तथा स्थानीयजनश्रम परिचालन गरी निर्माण सम्पन्न भएको ऋच्ख्९कन्ट्रोलरुम भेहिकल० शिसुवा कास्कीको भवन समेतकोआज मिति २०७१।७।१७ गते प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिरेन्द्रबाबु श्रेष्ठले उदघाटन गर्नु भयो , उक्त उदघाटन समारोहमा कास्की जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त गौतम,पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। बम बहादुर भण्डारी,कास्की जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु,लेखनाथ स्थित बिभिन्न राजनैतिक दलका स्थानीय प्रमुख एवं प्रतिनिधि,उद्योगी व्यवसायी,नागरिक समाजका प्रतिनिधिहरु,पत्रकार,बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।सो अवसरमा भवन निर्माणमा सहयोग  गर्ने महानुभावहरु, भवन निर्माण समितिका सदस्य तथा भवन निर्माणको लागि अर्थ संकलन उपसमितिका सदस्यहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको तर्फबाट प्रमुख अतिथिज्यूले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

Thursday, October 30, 2014

प्याराग्लाईडिङबाट खसी विदेशी घाईते - PARAGLIDING ACCIDENT-POKHARA-NEPAL


पोखरा, कार्तिक ११ गते
  पोखराको सुन्दर प्राकृतिक दृष्यावलोकनको लागि प्याराग्लाईडिङ गर्ने क्रममा अमेरिकी नागरिक बर्ष २९ की
LAURA OGTEN सराङकोटबाट प्याराग्लाईडिङ गर्दै सेतीबगरमा अवतरण गर्ने क्रममा अचानक लड्न गई घाईते भएकी छन्। गण्डकी मेडिकल कलेजमा उपचाररत रहेकी घाईते LAURA OGTEN ३:२० बजेको समयमा अवतरणको क्रममा लड्न गएकी र निजको दाहिने खुट्टा भाँचिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की



 

Monday, September 15, 2014

पोखरामा बन्जी जम्पको सफल परिक्षण- Success with the trial jumps at the Bungee in Pokhara-Nepal

 
 सागर राज तिमिल्सिना
पोखरा, ३० भाद्र, साहासिक खेल बन्जी जम्पको कास्कीको हेम्जामा सफल परिक्षण भएको छ । हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा शुरु गर्न लागेको बन्जी जम्पको सफल परिक्षण भएको हो । पहिले ७० केजिको सामानलाई फालेर परिक्षण गरीएको र पाचँ दिन देखि प्राविधिक र कमचारीहरुलेले बन्जी जम्प गरेको प्रालिका अप्रेसन म्यानेजर दिनेश मर्हजनले गन्थन डटकमलाई जानकारी दिए ।
पोखरामा बन्जी जम्पको सफल परिक्षण, एक सातामा शुरु हुने
जिप फ्लायरको सफलतासंगै पोखरामा अर्को साहासिक खेल बन्जी जम्प संचालनमा ल्याउन लागेको हो । बन्जी जम्प निमार्णको काम सकिएको बताउदै मर्हजनले एक सातामा अथार्त सेक्टेम्बर २१ तारिकबाट सन्चालनमा आउनले बताए । करीब ७० फिट उचाइको टावरबाट बन्जी जम्प गर्न सकिने भएको छ । ७० फिट उचाइको टावर बनाउन करिब २० फिटको टावर बनाएको छ भने करीब १८ फिट गहिरो पौडी पोखरी बन्दै गरेको उनको भनाई छ । पोखरी स्थानीय खोलाको पानीलाई प्रयोग गरिएको छ ।
बन्जी जम्प निमार्ण गर्न करीब ७ करोड लगानी भएको छ भने यस अगाडी जिप लाइनका लागी करिब १३ करोड खर्च भएको थियो । पर्यटकीय क्षेत्र सराङकोटको डाँडाबाट कास्कीको हेम्जा याम्दीसम्म १ किलोमिटर ८ सय मिटरसम्मको दुरीमा जिपफ्लायरको दुरी रहेको छ । सराङकोटको टावरबाट हेम्जाको याम्दीमा रहेको अर्को टावरसम्म २ वटा केवल तन्काईएको र त्यसैबाट झर्ने ब्यवस्था मिलाईएको हो । तस्विर: राजेश लम्साल
http://www.rajeshlamsal.com.np/
News by:http://ganthan.com

Saturday, September 13, 2014

सडक अतिक्रमण गरी बनाईएका गेट तथा कम्पाउण्ड भत्काईएको


 पोखरा-भदौ २७ गते
         मिति २०७१/०५/२७ गते दिनको १३:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप महानगर पालिका वडा नं १० उत्तम मार्गमा पोखरा उप महानगरपालिका र उत्तम टोल बिकास संस्थाको संयुक्त पहलमा उत्तम मार्गको अंन्दाजी ४५० मिटर सडक बिस्तार गर्ने क्रममा सोही टोलका केही असंन्तुष्ट उपभोक्ताहरु मध्ये ऐ। उत्तमटोल बस्ने बर्ष ५६ को ओमकार गुरुङले सडक फराकिलो पार्न प्रयोग भएको बा २ क ३०१ नं. को स्काईभेटरको अगाडीको सिसा तोडफोड गरेकोले निजलाई व.प्र.का.रामबजार कास्कीबाट प्र.नि. केशव बहादुर बस्नेतको कमाण्डमा सुरक्षार्थ खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिई क्षति पुर्ति भराई छाडिएको र सो उत्तम मार्ग सडकको दांया बांया रहेका १७ वटा पक्की घरका गेट तथा कम्पाउण्ड भत्काईएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Thursday, September 11, 2014

लागू औषध नियन्त्रण अभियान शुभारम्भ- Control over Drugs starts in Pokhara,Nepal

 पोखरा भदौ-२५ गते
कास्की जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउने प्रयास स्वरुप जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रणको क्षेत्रमा कृयासिल बिभिन्न संघसंस्था,पत्रकार महासंघ कास्की तथा लागू औषध नियन्त्रण तथा समाज सुधार आमा समूहर कास्की जिल्लामा कृयासिल सामुदायिक सेवा केन्द्रहरुको संयूक्त आयोजना संचालन हुन गईरहेको लागू औषध नियन्त्रण सम्वन्धि १५ दिने विशेष अभियानको आज मिति २०७१/०५/२५ गते १०:०० बजेको समयमा पोखरा(४ वि।पि।चोकमा पश्चिम क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाज्यूले प्लेकार्डमा NO DRUGS  को स्लोगन लेखि शुभारम्भयाली तथा उक्त अभियानको विधिबत समुद्घाटन गर्नु भयो ।
 उक्त समुद्घाटन यालीमा श्रीमान क्षेत्रीय प्रशासकज्यू, प्र.जि.अ. ज्यू, सशस्त्र प्रहरीबल मुक्तिनाथ बाहिनीका बाहिनी पति, अं.प्र.का.गण्डकीका प्रमुख, राष्ट्रिय अनुसन्धान बिभागका क्षेत्रीय प्रमुख,पोखरा स्थित संघ संस्था,सरकारी तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थी,पत्रकार, लागू औषध नियन्त्रणको क्षेत्रमा कृयाशिल संघसंस्था,व्यवसायीहरु,आमा समुह,सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पोखरा स्थित कार्यालयका अधिकृत तथा जवानहरु समेत गरी अं. ३२०० जनाको संख्यामा पोखरा-४ वि.पि.चोकबाट याली सुरु भई पोखरा सभागृह हलमा पुगी ऐ ११:३० बजेऔपचारिक कार्यक्रममा परिणत भएको उक्त कार्यक्रमलाई संवोधन गर्दै क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले लागू औषध नियन्त्रण कार्य सरकारी निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सवैको सहयोग र सहकार्यमा मात्र नियन्त्रण संभव हुने मन्तव्त व्यक्त गर्नु भएको थियो भनेजिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ.बसन्त कुमार लामाले सहभागीहरुलाई स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन एवं अभियानको उपादेयता र उद्देश्य माथि  प्रकाश पार्नु भएको  थियो ।
यस अभियान अन्तर्गत दुर्व्यशनीहरुलाई परामर्श,घरदैलो कार्यक्रम,पर्चा पम्प्लेट वितरण,तालीम प्राप्त कुकुर सहित चेकजाँच,स्कुल सम्पर्क कार्यक्रम,टोल टोलमा चेतनामुलक याली, अन्तर्कृया कार्यक्रमहरु संचालन गरिने छ ।
मिति-२०७१/०५/२५ गते                        वसन्त कुमार लामा
                                           प्रहरी उपरीक्षक                          
                                     जिल्ला प्रहरी कार्यालय कास्की

Tuesday, September 9, 2014

पोखरामा बन्जी जम्प दुई सातामा शुरु हुने- Bungy to start in 2 weeks In Pokhara,Nepal



Pokhara Bangy jump पोखरामा बन्जी जम्प
 सागर राज तिमिल्सिना
पोखरा, २३ भाद्र /साहासिक खेल बन्जी जम्प दुई साता भित्र पोखरामा सन्चालन हुने भएको छ । हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा बन्जी जम्प शुरु गर्न लागेको हो ।  जिप फ्लायरको सफलतासंगै पोखरामा अर्को साहासिक खेल बन्जी जम्प संचालनमा ल्याउन लागेको प्रालिका अप्रेसन म्यानेजर दिनेश मर्हजनले बताए । उनले १० पछि पोखराको हेम्जामा निमार्ण भएको बन्जी जम्पको सन्चालान आउने बताए । बन्जी जम्प निमार्णको करीब ९५ प्रतिशत काम पुरा भएको मर्हजनले बताए ।

pokhara Bangi jump पोखरामा बन्जी जम्प
Pokhara Bangy jump पोखरामा बन्जी जम्प
करीब ७० फिट उचाइको टावरबाट बन्जी जम्प गर्न सकिने भएको छ । ७० फिट उचाइको टावर बनाउन करिब २० फिटको टावर बनाएको छ भने करीब १८ फिट गहिरो पौडी पोखरी बन्दै गरेको उनको भनाई छ । पोखरी स्थानीय खोलाको पानीलाई प्रयोग गरिने उनले गन्थन डटकमलाई जानकारी दिए ।
बन्जी जम्प निमार्ण गर्न करीब ७ करोड लगानी भएको छ भने यस अगाडी जिप लाइनका लागी करिब १३ करोड खर्च भएको थियो । पर्यटकीय क्षेत्र सराङकोटको डाँडाबाट कास्कीको हेम्जा याम्दीसम्म १ किलोमिटर ८ सय मिटरसम्मको दुरीमा जिपफ्लायरको दुरी रहेको छ । सराङकोटको टावरबाट हेम्जाको याम्दीमा रहेको अर्को टावरसम्म २ वटा केवल तन्काईएको र त्यसैबाट झर्ने ब्यवस्था मिलाईएको हो । 
तस्विर: राजेश लम्साल
http://www.rajeshlamsal.com.np/
News by:http://ganthan.com

Friday, September 5, 2014

जवर्जस्ती करणी गर्न खोज्ने पक्राउ

पोखरा भदौ १८ गते
          परिवर्तित नाम पोखरा १६ लाई जवर्जस्ती करणी गर्न खोज्ने जिल्ला कास्की भदौरे तामागी-९ बस्ने बर्ष २८ को बलीराम नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । श्रीमान बैदेशिक रोजगारको लागि बाहरि रहेको र आफु सुस्त मनस्थितिकी भएको कारण माईतीघरमा बस्दै आईरहेकी पिडितलाई भदौ १४ गते राती ०२:०० बजेको समयमा  सुतीरहेको स्थानमा गई मुख थुनी बोल्न कराउन नदिई जवरजस्ती गर्न लाग्दा पिडितले निज नेपालीको हातमा टोकी उम्कन सफल भएकी थिईन् । यस सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी रहेको छ ।
 मिति : २०७१/५/१८ गते ।                                                                
 जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                                 

आफ्नै श्रीमानको हत्या गर्ने पक्राउ-Pokhara,Nepal

पोखरा भाद्र १८ गते ।
           आफ्नै श्रीमान दिपक नेपालीलाई हत्या गरेको अभियोगमा जिल्ला कास्की पोखरा(६ बस्ने बर्ष ३२ की माया नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । निज माया नेपालीले सवारी चालक काम गर्ने आफ्ना श्रीमान ३५ बर्षिय दिपक नेपालीलाई मिति २०७१/५/१७ गते बिहान १०:०० बजेको समयमा आफ्नै घरमा धारिलो हतियार खुडाले टाउकोमा  प्रहार गरी कर्तव्य गरी मारेको  भन्ने किटानी जाहेरीको आधारमा निजलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट कर्यव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Sunday, August 31, 2014

मोटरसाईकल चोरी गर्ने प्रकाउ-Pokhara-Nepal

पोखरा भाद्र ११ गते
जिल्ला कास्की लेखनाथ नगरपालिका १ भण्डारढिक  बस्ने लिलाभक्त भण्डारीको ग.४ प.५७५६ बजाज डिस्कभर मोटरसाईल चोरी गर्ने ३ जना मानिसलाई प्रहरी चौकी शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। यही भदौ-८ गते राती निज भण्डारीको घर पछाडि पार्किङ गरी राखेको अबस्थामा चोरी भएको मोटरसाईकल भदौ १० गते राती १२:०० बजे लेखनाथ नगरपालिका-३ स्थित अर्घौबाट बुढीबजार जाने भित्री सडक खण्डमा पक्राउ परेका तीन जना मानिसहरु चढी गईरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मानिसहरु
१.जिल्ला कास्की ले.न.पा.-७ तालचोक बस्ने बर्ष १७ को अजय पुन,
२. ऐ बस्ने बर्ष १७ को सन्दिप परियार,
३. ऐ हमालचोक बस्ने बर्ष १७ को प्रदिप हमाल ।

                                                                                                          जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                             मिति : २०७१/५/११ गते                                                                                                                   

लागु-औषध बिक्रि वितरण गर्ने मानिस पक्राउ -Pokhara,Nepal

पोखरा भाद्र ११ गते
जिल्ला रुपन्देही गोनाहा गा.बि.स-६ परसहवा स्थायी घर भई  हाल जिल्ला तनहु दुलेगौडा बस्ने उदय कुमार गुप्ताले भारतबाट लागुऔषध खरीद गरी ल्याई पोखरा तथा लेखनाथ नगर क्षेत्रमा बिक्री बितरण गर्दछन् भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले लेखनाथ १३ मझुवा बाट निज उदय कुमार गुप्तालाई पक्राउ गरी लागु(औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेकोछ । निज गुप्ताको साथवाट लागु औषध नरफिन-४४ थान, डाईजपाम(४४ थान, फेनरागन (४४ थान, नाईट्रोभ्याट चक्की-५, ग.९ प ४८४६ नम्बरको मोटरसाईकल र नगद २५,०००।– समेत बरामद भएको  छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Monday, August 25, 2014

दैवी प्रकोप -


पोखरा भाद्र ९ गते
    मिति २०७१/५/८ गते राती देखी परेको अविरल बर्षाको कारण जिल्ला कास्की पुम्दीभुम्दी-१ तालपारी भन्ने स्थानमा रहेको बत्ती बहादुर गुरुङको घरमा जिल्ला रामेछाप सैंवु-६ बस्ने गोकुल मगरले संचालन गर्दै आईरहेको टिपिकल होटल एण्ड रेष्टुरेण्ट रहेको घरमा माथिबाट आएको पैह्रोले घर पुरिन जाँदा उक्त रेष्टुरेण्टमा काम गर्ने निम्न मानिसहरु हराई वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीका प्र.उ. बसन्त कुमार लामाको कमाण्डमा नेपाल प्रहरीको स.प्र.गण मु.का।पोखरा र वडा प्रहरी कार्यालय बैदाम समेतबाट गरी १०२ जना, सशस्त्र प्रहरी बलबाट स.प्र.उ.को कमाण्डमा २७ जना र नेपाली सेनाबाट समेत उद्दार टोली  खटिई गई उद्दार कार्य जारी रहेको छ ।
हराई रहेका मानिसहरु :
१. जिल्ला ओखलढुंगा गामलाङटार वतन भएका बर्ष २८ को प्रकास थापा मगर ९१:२४ बजे शव फेला परेको
२.  धादिङ कल्लेरी घर भएका बर्ष २२ का राम मगर,
३. रामेछाप सैवु-६ घर भएका रेष्टुरेण्ट संचालक गोकुल मगरको भाई बर्ष २२ का भुवन मगर,
४.सिन्धुली आङसाङ-९ घर भएका बर्ष १८ का मोहन मगर।
  यसै गरी आजै राती ०२:२० बजेको समयमा जिल्ला कास्की पुम्दीभुम्दी-१ घुम्ती भन्ने स्थानमा पहिरो जाँदा सिद्दार्थ राजमार्गको पोखरा-स्याङजा सडक अवरुद्द हुनुको साथै सोही स्थानमा स्यांजा पुतलीबजार-१२ बस्ने सुवी गुरुङले भाडामा लिई बसेको घर भत्किन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि नमस्ते अस्पताल विरौटा लगिएको छ भने पहिरो हटाई अबरुद्द सडक सुचारु भएको छ ।
निम्न
१. जि.स्याङजा पु.व.न.पा-१२ घर भएकी बर्ष ३० की सुवी गुरुङ
२. निजको छोरा बर्ष १४ को प्रनिश गुरुङ,
३. निजो जेठाजुको छोरा बर्ष १८ को सुर्य गुरुङ ।

मिति :२०७१/५/९  गते             
  जिल्ला प्रहरी कार्यालय कास्की  
 प्र.ना.उ. केदार रजौरे

Saturday, August 23, 2014

चोरीको सुन खरिद गर्ने पक्राउ - Pokhara,Nepal

पोखरा भाद्र ६ गते।
     कास्की जिल्लाका बिभिन्न स्थानमा भएका चोरी तथा लुटपाटका घटनामा चोरीएका तथा लुटिएका सुनका गरगहना खरिद गर्ने निम्न मानिसहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मानिसहरुले चोरी गर्ने मानिसहरुसंग सुनका गरगहना खरिद गरी ती सामानहरुलाई गलाई नयाँ गरगहना बनाई वेचबिखन गर्दै आईरहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ , निजहरुलाई आजै कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

पक्राउ परेका सुन किन्ने मानिसहरु :
१.जि.कास्की कास्कीकोट - २ घर भई हाल पोखरा(२ मोहरिया टोल बस्ने बर्ष ६० को गणेश सुनार,
२. जि.चितवन कल्याणपुर -४ घर भई हाल पोखरा(२ भैरवटोल बस्ने बर्ष ३१ को अशोक सुनार,

चोरी गर्ने मानिसहरु
१. जि.कास्की पोखरा-२ बस्ने बर्ष १७ को सुनिल श्रेष्ठ,

२. जि.कास्की सार्दीखोला ५ घर भई हाल पोखरा ३ बस्ने बर्ष २९ को सन्तोष तामाङ

लेखनाथमा नगर सुशासनमा सूचनाको हक सम्बन्धी कार्यशाला सुरु समयमा संविधान बन्छ : सभासद् थापा Pokhara-Nepal


पोखरा समाचारदाता ।
पोखरा, भदौ ६ गते । संविधान सभाका सभासद यज्ञ बहादुर थापाले तोकिएकै समय भित्र संविधान जारी हुने कुरा बताउनु भएको छ । नगर सुशासन प्रर्वधनमा सूचनाको तक विषयीक दुई दिने प्रशिक्षण कार्यक्रमको आज कास्कीको लेखनाथमा उद्घाटनमा गर्दै सभासद थापाले संविधान सभाले गरेका पछिल्ला कार्यहरुमा राजनैतिक पार्टीहरुका शीर्ष नेताहरु सकरात्मक देखिएकाले पनि संविधान जारी हुने कुरामा ढुक्क रहेको बताउनु भयो ।
उहाँले सूचनाका बारेमा बोल्दै सूचना सानो र ठुलो हुँदैन, त्यसैले हरेक सूचनाहरु जनता संमक्ष पु¥याउनु पर्ने बताउनु भयो । त्यसै गरी कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रम आयोजक संस्था फ्रिडम फोरमका महा–सचिव एव्म नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धनमेन्द्र झाले सूचनाले नै सुशासनलाई टेवा पु¥याउने बताउनु भयो ।
कार्यक्रममा लेखनाथ नगरपालिकाका पूर्व मेयर सालिकराम पौडेलले सबै क्षेत्रबाट हक मात्र खोज्ने तर कर्तव्य र दाहित्यको बोध नगर्ने प्रविद्धिको अन्तय हुनुपर्ने बताउनु भयो ।

त्यसै गरी लेखनाथ नगरपालिकाका कार्यकारी प्रमुख रामचन्द्र पौडेल, पत्रकार विपुल पोख्रेल, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, आई.जी.डि. का प्रतिनिधि टुक थापा र फ्रिडम फोरमका अनिरुद्ध न्यौपानेले स्थानीय निकायमा हुने सूचना र यसको प्रयोगको बारेमा बोल्नु भएको थियो ।

Thursday, July 3, 2014

घरले च्यापिएर पोखरामा दुईको मृत्यु, ३ घाइत-Pokhara-building-collapse-accident

   पोखरा १७ असार १:३० बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ६ गौरीघाट दरवार मार्ग स्थित बाबुराम लामिछानेको १ तले पक्की घर भत्काउने क्रममा अचानक पुरै घर भत्किन जांदा निम्न २ जना ब्यक्तिहरु पुरिन गएको भन्ने सूचना प्राप्त हुनासाथ प्र.ना.उ. केदार रजौरे सहितको उद्दार टोली उक्त स्थानमा खटिई गई तत्काल उद्दार कार्य संचालन गर्दा
२ जना ब्यक्ति मृत अवस्थामा फेला परेको । मृतक लास प.क्षे. अस्पताल पोखरामा राखिएको छ । अन्य अनुसन्धान कार्य भईरहेको छ ।
मृत्यु हुने ब्यक्तिहरु :
१.   जि. पर्सा महादेवबस्ती ५ स्थायी घर भई हाल पोखरा ६ लेकसाईड बसी  ज्यामी काम गर्ने बर्ष ३५ को हरिनन्द भट्टराई
२.   ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष ३० को मनोहर दास ।

 

प्रहरी जवान आधारभूत तालिम १०० औं (घ) समहुको तालिम समापन

पोखरा १९ असार गते/अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकी पोखरामा प्रहरी जवान आधारभूत तालिम १०० औं टोली (घ) समुहको अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार मान सिंह भण्डारीको प्रमुख आतिथ्यतामा समापन भएको छ ।    उक्त तालिम प्रहरी प्रधान कार्यालय मानवस्रोत बिकास बिभाग तथा भर्ना छनौट शाखाको बिज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा भर्ना छनौट भई पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलको तत्वावधानमा संचालन भएको थियो । १७१ कार्य दिन रहेको सो तालिममा ४९ जना प्रशिक्षार्थीहरु दीक्षान्त भएका छन । सो समारोहमा कास्की जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, उधोग ब्यबसायी, रेवानका पदाधिकारी र दीक्षित भई जाने प्रशिक्षार्थीहरूका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।
    सो समारोहमा प्रमुक अतिथि प्र।व।उ। केदारमानसिंह भण्डारीले उत्कृष्ट प्रशिक्षक एंव प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नु हुदै तालिम पश्चात कार्य क्षेत्रमा समेत सफलतापुर्वक लाग्न निर्देशन दिनु भएको, कार्यक्रमको संचालन प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीले गर्नु भएको, तालिम सम्बन्धी प्रतिबेदन प्रहरी निरीक्षक रामचन्द्र पौडेलले पेश गर्नु भएको थियो भने प्रशिक्षार्थीहरुलाई सपथ प्रहरी नायव उपरीक्षक बसन्त रन्जितकारले  गराउनु भएको थियो ।

Monday, June 23, 2014

करेण्ट लागि मृत्यु-Pokhara-Nepal

   पोखरा,असार ७ गते ११:३० बजेको समयामा जिल्ला कास्की धम्पुस ६ देउराली स्थित दुर्गा पौडेलको घरमा मिटर बक्समा आगो लागेको देखि हेर्न जांदा ऐ.ऐ. ९ लेककुवा बस्ने बर्ष २७ को आत्मराम भण्डारीलाई अचानक करेण्ट लागेकोमा तत्काल उपचारको लागि पोखरा तर्फ ल्याउने क्रममा बाटोमा मृत्यु   भएको ।



Saturday, June 21, 2014

बाल सुधार गृहमा योग शिविर-Pokhara-Kaski-Nepal


पोखरा, असार ६ गते ।
 स्वास्थ्य रहौं र सकरात्मक सोचलाई अगाडि बढाउ भन्ने सोचका साथ सराङकोटमा रहेको बाल सुधार गृहमा सात दिने योग शिविर सम्पन्न भएको छ ।

पताञ्जली योग समिति, महिला बालबालिका कार्यालयको अयोजना र युसेफको सहयोगमा संञ्चालन भएको सो शिविरको समापन अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावतले मानव भित्र रहेका हरेक विकृतिलाई न्युन गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले बाल सुधार गृहलाई अझै भौतिक पुर्वाधार नपुगेको बताउदै सुधार गृहमा बसेर पढ्न चाहने बालकका लागि थप सुविधा दिन आफु प्रतिवद्ध भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अंम्बिका आचार्य, कास्कीका प्रहरी उपरीक्षक बसन्त लामा, महिला तथा बालबालिकाका प्रमुख पुर्ण कुमारी श्रेष्ठ, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, पताञ्जली योग समितिका क्यापटेन ईन्द्र बहादुर गुरुङ, सचिव केदार अधिकारी, युसेफ नेपालका अध्यक्ष रामकृष्ण निरोला र सहभागी निरञ्जन वि.सि. ले योग शिक्षा र यसको महत्वको बारेमा बोल्नु भएको थियो ।

सो योग शिविरमा बाल सुधार गृहका ५१ जनाको सहभागीता रहेको थियो ।

लागू औैषध सहित मानिस पक्राउ -Man Arrested with Drugs-Pokhara-Nepal

   असार ६, पोखरा । 
जिल्ला नवलपरासी स्वाठी गा.वि.स. वडा न. ९ घर भई पोखरा उप.म.न.पा. वडा नं.१५ रामबजार बस्ने बर्ष ३० कि गंगा कुमारी घर्तीले भारत महाराजगंज जिल्ला पिपरहिया ग्राम बस्ने मोहम्मद खलिल खानबाट अवैध लागू औषध खरिद गरी ल्याई जिल्ला खोटाङ वाकाचोल ९ बस्ने बिर बहादुर तामाङ समेतको सहयोग लिई पोखरा नगर क्षेत्र तथा वरपरका स्थानहरुमा बिक्रीबितरण गर्दछन भन्ने प्राप्त सूचनाको आधारमा खोजतलास एंव अनुसन्धान गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७१/३/५ गते पोखरा ८ शिवालयचोकबाट निम्न ३ जना ब्यक्तिहरुलाई लागू औषध नर्फिन ईन्जेक्सन १०० थान, डाईजापाम ईन्जेक्सन १०० थान, फेनरागन ईन्जेक्सन १०० थान सहित पक्राउ गरीएको छ । निजहरु उपर लागू औषध मुद्दामा अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    भारत महाराजगंग पिपरहिया बस्ने बर्ष ४२ को मोहम्द खलिल खान
२.    खोटाङ जि. वाकाचोल घर भई पोखरा सिमलचौर बस्ने बर्ष २९ को बिर बहादुर तामाङ
३.    जि. नवलपरासी स्वाठी ९ घर भई पोखरा १५ बस्ने बर्ष ३० कि गंगा कुमारी घर्ती ।
  • जिल्ला प्रहरी कार्यालय कास्की