Showing posts with label National. Show all posts
Showing posts with label National. Show all posts

Sunday, March 30, 2014

SIKKA BABA-POKHARA,NEPAL





 Arpit Gurung 
 30th March

W
andering around the street of Hemja with his unusually, bizarre funny kind of clothes on,  Ram Bahadur Pariyar has a different story unlike ours. He prefers to be called as Sikka Baba. One can see him walking around Tibetan Camp of Hemja with his weird looking dress full of coins, similar looking hat, with his ears pierced like grandmothers’, two flags of Nepal on each side on his arm, some metal bangles, big swag chain on his neck and lastly an old camera hanging around his neck. 
The inspiration behind this was, he had this strange dream one day, where he was wearing clothes with lots of coins sticking onto it. Then he started having the same dream again and again. So, he decided to live his life differently. During his 44 years of lifetime, he spent half of his age travelling all around 68 districts of Nepal. He started collecting coins and started sticking them on his clothes. He first started with his cap, then on his coat and later on his whole clothes. He claims that he has in total of 20 set of such clothes and they were all designed and sewed by himself. All the time, he is seen wearing his uniquely designed costume and he says he feel comfortable on them unlike other colthes. His clothes contain coins of 180 countries so far, mostly from Nepal. He has even got ancient coins of Nepal which we can see only in the museum. 
His further plans are to visit the remaining districts in Bagmati and Karnali. He says that most of his expenses are provided by the local V.D.C. he visits. Because of his clothes and his life stories he tells to people, he doesn't have to worry about his rent and food I guess.
Besides his coin collecting part, he stated that he is deeply concerned about World Peace & Development. And apart from his different life from us, his view on the Nepalese government is similar to ours, not a happy one.

Thursday, March 27, 2014

नक्कली प्रहरी पक्राउ -Pokhara

पोखरा, १३ चैत /आफूलाई प्रहरी बताउदै धम्की दिई रकम असुल गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १० रामघाट स्थित लमजुङ्ग होटलका सञ्चालक कृष्ण गिरिलाई आफू महानगरिय प्रहरी परिसर हनुमान ढोका काठमाण्डौँको CID भएको र गिरि विरुद्ध केस परेको भन्दै धम्की दिइ रकम असुल गर्ने २१ वर्षिय सुवासचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।धम्की दिई रकम माग गरेको भन्ने सुचना प्राप्त हुना साथ खटिएको प्रहरी टोलीले ग ८ प १००२ नम्बरको मोटरसाइकल चढी फरार रहेका पौडेललाई पिछा गर्दै जाँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पछाडिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
कास्की धिताल ३ घर भई हाल पोखरा ५ पस्र्याङ बस्ने पौडल विरुद्ध म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Monday, March 24, 2014

World Water Day- 2014, Talk Program on "Water & Energy"-पानी र उर्जा विषयक छलफल कार्यक्रम सम्पन्न



           “विश्व पानी दिवश –२०१४” को सन्दर्भमा ग्लोबल पीस फाउन्डेसन नेपालको आयोजना, एकीकृत शहरी विकास केन्द्र र नेपाल साइन्स ओलम्पियाडको सहकार्यमा पानी र उर्जा विषयक छलफल कार्यक्रम जी.पी.एफ हल कमलादीमा २०७० चैत्र ९ गते  आइतबार सम्पन्न भयो । उक्त कार्यक्रममा पानी, उर्जा विज्ञ, अनुसन्धानकर्ता, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी गरेर ६० जनाले भाग लिनु भएको थियो ।
      कार्यक्रममा ग्लोवल पीस फाउन्डेसन नेपालका अध्यक्ष ई. रामरोहन पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो संस्थाले “दिगो विकास मार्फत शान्ति” को  अबधारणालाई अगाडी वढाउँदै पानी र उर्जाको क्षेत्रमा सस्थाले अगाडी वढाएको कार्यहरुको चर्चा गर्नुहुदै यस क्षेत्रको विकासका लागि राज्य पक्षको मात्र मुख नताकेर सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
      कार्यक्रममा विश्व बैंकका उर्जा शान्ति सहयोग कार्यक्रमका अनुगमन र मुल्याङ्कन विज्ञ ई. कविन्द्र पुडासैनीले “पानी नेतृत्व” सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पानीको सहि रुपले प्रयोग, वितरण र भविष्यको आवश्यकता पूर्ति र पहिचान, समस्या समाधानलाई सहिरुपले सम्बोधन गर्न “पानी नेतृत्व” सिप राष्ट्रिय, क्षेत्रिय र सामुदायीक क्षेत्रमा प्रतिनिधित्व हुने गरी त्यस सम्बन्धी पानी नेतृत्व कर्ता क्षमता विस्तार गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
      कार्यक्रममा पुर्व उर्जा सचिव ई. हरिराम कोइरालाले नेपालमा उर्जा क्षेत्रको स्थिती, चुनौती, समस्या र समाधान, विषयमा प्रकाश पार्दै देशको विद्यमान उर्जा संकटलाई समाधान गर्न सरकारले नै उर्जा किनमेल सम्झौता (एएब्) गर्नुपर्ने र साना–ठुला विद्युत आयोजना देश तथा विदेशबाट लगानीको लागि लगानीमैत्री वातावरण सरकारले बनाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत प्रसारण लाइनको निर्माण र राजनैतिक नेतृत्व गणमा उर्जा क्षेत्रको समस्या समाधान गर्न त्यस किसीमको प्रतिबद्घता र नितिगत कुरामा सुधार ल्याउनु पर्ने कुरा व्यक्त गर्नु भयो ।
       कार्यक्रममा अर्का वक्ता पानी ईन्जिनियरिङ्ग र तालिम केन्द्रका वैज्ञानिक व्यवस्थापक श्री सुरेन्द्र पराजुलीले उपभोक्ताको गुणस्तरीय पानीको प्रयोगका अधिकारलाई सम्बोधन गर्न उच्च स्तरिय प्रयोगशालाको महत्व र राज्य पक्षबाट अनुगमन र मुल्याङ्कन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
     अधिकार सम्पन्न एकिकृत वागमती सभ्यता क्षेत्र विकास समितिका पुर्व अध्यक्ष श्री महेश बहादुर वस्नेतले वागमती सरसफाइ र नदिनाला संरक्षणमा विगतका आफ्ना अनुभव व्यक्त गर्नु भएको थियो ।
संचार संयोजक    
ग्लोबल पीस फाउन्डेसन, नेपाल

Sunday, March 23, 2014

सेति खोचबाट दुईजनाको उद्धार Pokhara

१) मिति २०७०।१२।८ गते ०९:४५ बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ चोरसाँघुको पुुल मुनि खोंचमा अं. २०० मिटर तल नामथर वतन नखुलेको वर्ष अं. ३०/३५ कि महिला खसेको छ भन्ने खवर प्राप्त हुनासाथ यस कार्यालयबाट प्रहरी नायव उपरीक्षक सन्तोष खड्का सहितको टोली र नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणबाट ९ सदस्यीय उद्धार टोली  तत्काल घट्नास्थलमा पुगि २ घण्टाको उद्धारकर्मीहरुको अविरल प्रयास पश्चात निज महिलालाई सेती नदीको सतहबाट सकुशल उद्धार गरी बाहिर निकाली उपचारको लागि प.क्षे. अस्पतालमा पु¥याईएको छ । निज महिलाले तत्कालै उपचार पाएको कारण स्वास्थ्यमा समेत सुधार भईरहेको छ । हाल उपचारमा निज महिलाको श्रीमान उपचारमा संलग्न छन । उनका अनुसार खोंचमा खस्ने उक्त महिलाको नाम आशा क्षेत्री, वर्ष ३०, स्थायी घर दोलखा भई हाल पोखरामा बस्दै आएको । निज महिलाले हामफाल्ने कारणका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२)    मिति २०७०/१२/८ गते ०८:५० बजेको समयमा जि. कास्की पोखरा १० रामघाट सुकुम्वासी टोल बस्ने वर्ष ४५ को कुमार नेपाली अत्यधिक मादक पदार्थ सेवन गरी नजिकैको भिरबाट सेती नदिको किनारामा खसेको भन्ने खवर प्राप्त हुनासाथ यस कार्यालयबाट खटिएको प्रहरी टोली र निजको आफन्तले उद्धार गरी उद्धार गरी उपचारको लागि गण्डकी अस्पतालमा पु¥याएको ।

मिति २०७०/१२/८ गते ।  

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, March 22, 2014

झगडा मिलाउन जाने प्रहरीलाई कुटपिट गर्ने पक्राउ-Pokhara



   
मिति २०७०/१२/५ गते राती कास्की जिल्ला सिल्दजुरे गा.वि.स. वडा नं. ६ छाचोक स्थित पावरहास नजिकै रहेको बिष्णु बहादुर रानाको खाजा घरमा झैझगडा तथा खुकुरी प्रहार भएको छ भन्ने खवर प्रहरी पोष्ट सिल्दजुरे चासुमा प्राप्त हुनासाथ तत्काल प्र.ना.नि. ओम प्रसाद पौडेल सहितको प्रहरी टोली उक्त घट्नास्थलमा पुग्दा उक्त स्थानमा सोही स्थानमा बस्ने गंगा ब. राना, कृष्ण गुरुङ्ग र दल बहादुर गुरुङ्गलाई २५/३० जनाको समूहमा आएका  व्यक्तिहरुले खुकुरी, रड प्रहार गरी घाईते बनाएको र प्रहरीले उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई खुकुरी, रड प्रहार गर्दा प्र.ना.नि. ओम प्रसाद पौडेलको बायाँ आँखामा गहिरो चोट लागी घाईते भएका । उक्त घट्नामा संलग्न निम्न २ जना व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाही अनुस्न्धान भईरहेको छ संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य भईरहेको छ ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जिल्ला कास्की सिल्दजुरे ४ बस्ने वर्ष ३३ को पस बहादुर बास्तोला
२)    जि. कास्की आर्वाविजय २ बस्ने वर्ष ३० को दर्शन लामा भन्ने लेख बहादुर तामाङ्ग

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, March 15, 2014

होलीलाई सुरक्षित बनाउन कास्की प्रहरीको अभियान- Happy Holi 2014

 फाल्गुन ३०, पोखरा ।
आसन्न फागूपूर्णिमा (होली) २०७० को अवसरमा कुनै अप्रिय घटना नघटोस र विकृति तथा विसंगति जन्य क्रियाकलापमा कोही संलग्न नहोस भनि कास्की प्रहरीले विशेष अभियान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अभियान, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन र कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतको सहयोगमा कास्की जिल्लाका पोखरा, लेखनाथ नगरपालिका र आसपासका गाविसहरुमा होली पर्वमा हुने विकृति विसंगति न्यून गर्न, जवरजस्ती रङ्ग तथा लोलाहरु नहान्न, पर्वको नाममा लागू पदार्थ तथा उत्तेजनात्मक पदार्थ सेवन नगर्न, घरको छत माथीबाट तथा सवारी साधनबाट रङ छयाप्ने काम नगर्न, ट्राफिक नियमको उल्लघंन नगर्न, छालामा हुने रोगहरु निम्ताउने केमिकलयुक्त रङ्ग प्रयोग नगर्न अनुरोध गरीएका पर्चा वितरण सहित माईकिङ गरिएको छ । सो अभियानलाई चैत्र १ र २ गते समेत जारी राखिनेछ ।
त्यस्ता क्रियाकलापमा सहभागि नहुन र सहभागि भएको पाईएमा कडा कारवाही हुने व्यहोराको सूचना सहित माईकिङ गरिएको हो । जबरजस्ती रङ्ग तथा लोलाहरु हान्ने कामलाई दुरुत्साहन गर्न, पर्वको नाममा महिला तथा पर्यटन माथि हुने अवान्छित क्रियाकलापहरु रोक्न यस खालका कार्यक्रम गरेको सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेले बताए । वाल लालिकाले त्यस्ता क्रियाकलाप गरेको पाईएमा अभिभावकलाई समेत कारवाही हुने कुरा समेत सो पर्चामा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालयहरु बैदाम, बगर, रामबजार र शिसुवाबाट समेत सो कार्यमा विशेष समय दिई ४ वटा सवारी साधन प्रयोग गरी सूचना प्रवाह गरिएको छ जसको कारण यस पालिको होलीमा कुनै अप्रिय घटना नघटने होली पर्वको समयमा कुनै दूर्घटना नहुने सम्बन्धीत श्रोतले जानकारी दिएको छ ।

Wednesday, December 4, 2013

Global Peace Foundation Nepal-मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने विश्व शान्ति महासम्मेलन

डिसेम्वर ५ देखि ८ सम्म मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने विश्व शान्ति महासम्मेलन
(Global Peace Convention) मा भाग लिन १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल आज मलेसिया प्रस्थान गरेको छ । ग्लोबल पिस फाउण्डेसनका अध्यक्ष ई.रामरोहण पन्तको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा पूर्व विज्ञान तथा बातावरण मन्त्री गणेश शाह, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष प्रदीप पौडेल, ग्लोबल पिस वुमनकी कार्यक्रम संयोजक बाम्बी पन्त लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु त्यस तर्फ प्रस्थान गरेका हुन् । महासम्मेलनमा ४५ देशका आठ सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । त्यहाँ विभिन्न देशको साँस्कृतिक, आर्थिक र सामाजिक विकासक्रमका बारेमा अनुभव आदानप्रदान हुनेछन् । हरेक वर्ष हुने सम्मेलन ग्लोवल पिस फाउन्डेसन, मलाया युनिभर्सिटी र राष्ट्रिय एकता तथा समायोजन विभाग मलेसियाको संयुक्त आयोजनामा हुन लागेको हो । विस्तृत विवरण www.globalpeace.org मा उपलब्ध छ ।

Tuesday, October 1, 2013

चाड पर्व बिशेष सुरक्षा योजना २०७०-District Police Office Kaski, Pokhara


     नेपालीहरुको महान चाड दशै, तिहार, छठ  तथा ल्होसार लगायत अन्य महत्वपूर्ण चाडपर्वहरुको अवसरमा हुन सक्ने संभावित अपराधिक घटना तथा सवारी दुर्घटनाहरुलाई नियन्त्रण गर्न प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरी पोखरा र लेखनाथ उपत्यका, राजमार्ग र ग्रामिण भेगको सुरक्षा ब्यवस्थालाई थप ब्यवस्थित एवं सुदृढ गराउन बिगत बर्षहरुको अपराधिक घटनाहरुको बिश्लेषण एवं अध्ययनबाट चाड पर्व विशेष सुरक्षा योजना २०७० तयार गरी कार्यान्वयनमा ल्याईएको छ ।

१.   उद्देश्य :
    दशै, तिहार छठ, ल्होसार लगायतका पर्वको समयमा कुनै किसिमको अवान्छित घटनाहरु हुन गर्न   नपाउने ब्यवस्था मिलाउने ।
    अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको ब्यवस्था मिलाउने ।
    सुरक्षामा खटिने यूनिफर्म प्रहरी, सादा पोशाकका प्रहरी तथा ट्राफिक प्रहरीलाई समन्वयात्मक रुपमा परिचालन गर्ने ।
    उपलब्ध प्रहरी जनशक्ति र साधनहरुलाई समन्बयात्मक रुपमा परिचालन गरी पोखरा नगर, लेखनाथ नगर  र ग्रामिण क्षेत्रहरुमा सुरक्षा अवस्था सामान्य बनाई राख्ने ।
    अपराध हुन सक्ने संभावित स्थानहरुको पहिचान गरी बिशेष टोली परिचालन गर्ने ।
    चाडपर्वको समयमा सर्वसाधरणहरु भेला जम्मा हुन सक्ने स्थानहरुमा स्थिति सामान्य बनाई राख्ने ।

२।    चाड पर्वको समयमा हुने गतिविधिहरु स्
    बिदेशमा भएका अधिकांश नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्कने ।
    नगर क्षेत्र भित्र अस्थायी रुपमा बसोबास गर्ने मानिसहरु चाडपर्व मान्न ग्रामिण भेग वा पुर्ख्यौली थलो जाने ।
    सरकारी बिदाको कारण सम्पूर्ण सरकारी तथा गैह्र सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने ।
    यात्रुको चाप बढी हुने हुनाले सार्वजनिक यातायातका साधनहरुमा भिड भई पकेटमारी, चोरी तथा लुटपाटका घटनाहरु हुन सक्ने ।
    बैंक, बित्तिय संस्था, गरगहना पसल तथा अन्य ब्यापारिक केन्द्रहरुमा आर्थिक कारोवार तथा किनमेल गर्नेको चाप बढी हुने ।
    बिभिन्न धार्मिक केन्द्रहरुमा दर्शनार्थीहरुको भिड लाग्ने ।


अपराधिक कार्यविधी (Modus Operandi)
    घरमा कोही नभएको मौका पारी ढोका, झ्याल फोडी, चोरी गर्ने ।
    रातको समयमा पसलका शटर, ढोकाहरु, फोडी पसलमा चोरी एवं डांका गर्ने ।
  रातको समयमा जवरजस्ती घरमा प्रबेश गरी खुकुरी, चक्कु, रड  आदि प्रयोग गरी डर त्रास देखाई सर्वसाधरणहरुलाई नियन्त्रणमा लिई लुटपाट गर्ने ।
    कुकुरलाई बिष खुवाई रातको समयमा चोर्ने वा लुट्ने ।
    काउसो लगाई, नक्कली डलर तथा सुन देखाई वा बिस्कुट र पेय पदार्थहरुमा नशालु पदार्थ मिलाई खुवाई लुटपाट गर्ने ।
    बस काउन्टरहरुमा दलालहरुले नक्कली टिकट बिक्री बितरण गर्ने गराउने ।
  राजनैतिक दल तथा तिनका भातृ संगठनहरु, बिभिन्न संघ संस्था, क्लवहरुले विभिन्न वहानामा जवरजस्ती चन्दा असुली गर्ने र टिकट बितरण गर्ने ।
    रातको समयमा काम बिशेषले हिडडुल गरेका ब्यक्तिहरुलाई एकान्तस्थलमा लुटपाट गर्ने ।
  पर्यटक बाहिर घुम्न गएको वा होटलमा नै रहेको अवस्थामा समेत होटलको कोठाहरुबाट पर्यटकका सामानहरु चोरी गर्ने ।
    सवारी साधन बिशेष गरी ट्याक्सीका यात्रुहरुलाई एकान्तस्थलमा लगी लुटपाट गर्ने ।
  खशी बोकाहरु बिक्री हुने स्थान, धार्मिक स्थल, ब्यापारिक केन्द्र, बसपार्क, स्टप, सवारी साधनहरुमा पकेटमारी गर्ने
    लंगुरवुर्जा लगायतका जुवातास खेल्ने खेलाउने जस्ता क्रियाकलापहरु हुन सक्ने ।
    सवारी साधनमा क्षमता भन्दा बढी यात्रुहरु राखि ओसारपसार गर्ने ।
    किनमेल गर्न आएका सर्वसाधरणहरुलाई लुटपाट गर्ने ।
   खाधान्न लगायत अन्य दैनिक उपभोगका बस्तुहरुमा कालोवजारी, मिसावट जस्ता गतिविधी बढ्न सक्ने ।
सुरक्षा रणनिति:
जनचेतनामूलक कार्यक्रमहरु संचालन स्
  सुरक्षा सतर्कताको लागि सामुदायिक प्रहरी, सामुदायिक सेवा केन्द्र, आमा समूह, क्लव लगायत  बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने । 
 बिभिन्न संचारका माध्यमहरुद्दारा अपराधिक Trend को सम्बन्धमा सर्वसाधरणलाई जानकारी गराई सुरक्षाका उपायहरु अवलम्वन गर्न अनुरोध गर्ने ।
 चाडपर्वको समयमा हुन सक्ने घटना र त्यस्ता घटनाहरुमा संलग्न हुन सक्ने ब्यक्तिहरु र बिगतका घटनामा संलग्न  ब्यक्तिहरुको सम्बन्धमा सूचना संकलन र बिश्लेषण गरी प्रोफायल बनाउने ।
 बिगतमा भएका अपराधिक घटनाहरुको अनुसन्धना गरी फरार अभियुक्तहरु पक्राउ गर्न बिशेष टोली परिचालन गर्ने ।

अन्य:
  पटका, आतिसवाजी, भुई चम्पा जस्ता बिष्फोटक पदार्थ भित्रन नदिन प्रत्येक नाकामा सादा पोशाकका प्रहरी र प्रशिक्षित कुकुर सहितको टोली बाट प्रभावकारी चेकजांचको ब्यवस्था मिलाउने ।
  स्थानिय प्रशासन एंव अन्य सुरक्षा निकाय तथा सरोकारवाला, समाजसेवी, स्यवंसेवी, संघ संस्था, युवा क्लवसंग समन्बय र सहकार्य गरी उच्च सर्तकता अपनाई सुरक्षा ब्यवस्था लागु गर्ने ।
   बिभिन्न मठ मन्दिरहरुमा आबश्यकता अनुसारको जनशक्ति परिचालन गर्ने ।
  चाडपर्वर जात्रा मनाउन सर्वसाधारण भेला जम्मा हुने स्थानमा योजनावद्द ढंगबाट प्रहरी परिचालन गर्ने।
 आर्थिक कारोवार हुने स्थानहरु, चाडपर्वको लागि किनमेल हुने स्थानहरु, सुनचांदी कारोवार हुने स्थान, बित्तिय संस्थानहरु रहेका स्थानहरुमा बिशेष निग्रानी तथा प्रहरी परिचालन गर्ने ।
 पाकेटमारी, चोरी तथा लुटपाट नियन्त्रणको लागि लागु गरिएको चोरी नियन्त्रण बिशेष योजनालाई थप प्रभावकारी बनाउने । 
 फरार रहेका चोरहरु तथा बिगतमा चोरी कार्यमा संलग्न कारागारबाट छुटेका चोरहरुको खोजी तथा पक्राउ गर्ने ।
 दशैको अवसरमा बजारमा दैनिक उपभोग्य सामानको आपूर्तिमा कमि हुन नदिन कालाबजारी नियन्त्रण तथा गुणस्तरीय सामानको आपूर्तिलाई सुनिश्चित गराउन स्थानिय प्रशासन संगको समन्बयमा नापतौल तथा गुणस्तर कार्यालय, उधोग बाणिज्य संघ  लगायतका निकायहरु संग सहकार्य गरी त्यस्ता अवैध कार्यलाई नियन्त्रण गर्ने र त्यस्ता काम कारवाहीमा संलग्नलाई कानूनको दायरामा ल्याउने । 
 दशैको समयमा हुने चन्दा, चिठ्ठा, सहयोगको नाममा सर्वसाधरण र ब्यापारीबाट रकम असुल्न सक्ने संभावनालाई मध्यनजर राखी कुनै पनि हालतमा यस्तो कार्य हुन गर्न नदिन बिशेष सुरक्षा योजना बनाउने र यस्तो गर्नेलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउने ।  चन्दा नदिन र चिठ्ठा बिक्री बितरण नगर्न सार्वजनिक सूचना प्रकाशित गर्ने ।
    देउसी, भैलोको नाममा हुने जवरजस्ती चन्दा असुली नियन्त्रण गर्ने र देउसी भैलोको समय निर्धारण गर्ने । 
    जिल्ला प्रवेश गर्ने नाकाहरुमा कुकुर सहितको चेकजांचको ब्यवस्था मिलाउने ।
    राजमार्गहरुमा राजमार्ग सुरक्षा बिशेष गश्ती लगायत अन्य सुरक्षाको ब्यवस्था गर्ने ।
   रोग लागेका पशु तथा पंक्षिहरुको ओसार पसार र बिक्री बितरण हुन सक्ने हुंदा निरन्तर अनुगमन र चेकिङ गर्ने ।
 सरकारी कार्यालहरु र शैक्षिक संस्थाहरु दशैंको अवसरमा लामो समय सम्म बन्द रहने हुंदा ति कार्यालयहरुको सुरक्षा तथा पालो पहराहरु चेकिङ तथा अनुगमनको लागि छुट्टै टोली परिचालन गर्ने ।
  चाडपर्वको समयमा लंगुरवुर्जा, तास लगायतका जुवाहरु हुन सक्ने संभावित स्थानहरुमा नियमित निग्रानी राख्ने र संलग्लाई पक्राउ गर्ने ।
   चाडपर्वहरुको समयमा मा.प.से.गरी सवारी साधन चलाउने प्रवृतीमा वृद्दि हुन सक्ने हुंदा मा.प.से.चेकिङ र
RSCC लाई थप प्रभावकारी बनाउने ।
    राजमार्गहरुमा लुटपाट, डकैती हुन सक्ने हुंदा राजमार्ग गस्तीको ब्यवस्था गर्ने ।
  सवारी साधनहरुमा क्षमता भन्दा बढी यात्रुहरु राखी संचालन गर्न सक्ने संभावना रहेकोले ट्राफिक चेकिङलाई कडाई गर्ने ।
  सवारी साधनहरुका टिकट बिक्री बितरण हुने प्रमुख स्थानहरुमा निरन्तर निग्रानी राखी पृथ्वीचोक नजिक रहेको टिकट काउण्टर र बाग्लुङ बसपार्कमा यात्रु सहायता डेस्क स्थापना गर्ने ।
    स्थानिय सार्वजनिक सवारी साधनहरुमा हुन सक्ने पकेटमारी नियन्त्रण गर्न सवारी साधनहरुमा सिभिल पोशाकमा प्रहरी परिचालन गर्ने ।
 प्रमुख ब्यापारिक केन्द्रहरुमा रहेको CCTV क्यामेरालाई पूर्ण संचालनमा ल्याई २४ सै घण्टा Monitoring को ब्यवस्था मिलाउने ।
    सानातिना विवाद र दुर्घटनाहरुलाई लियर स्थानियहरु द्दारा राजमार्ग अवरोध हुन सक्ने हुंदा कुनै पनि स्थितिमा राजमार्गहरुमा अवरोध हुन नपाउने ब्वयस्था मिलाउने ।
    अवैध मदिरा उत्पादन, ओसार पसार र बिक्री बितरणलाई कडाईका साथ नियन्त्रण गर्ने ।
    गुण्डागर्दी नियन्त्रण गर्ने, जलकुम्भी अभियानको मुल्याकन गरी कमी कमजोरीहरु सुधार गरी थप सशक्त र प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने ।
    प्रमुख जिल्ला अधिकारी मार्फत सशस्त्र प्रहरीसंग समन्बय गरी आबश्यकता अनुसार सशस्त्र प्रहरी समेत परिचालन गर्न अनुरोध गर्ने ।
        भिग्ररस् आकश्मिक चेकिङ :
    पिकेट र  CRV मा रहेको टोलीले रातको समयमा आफनै जिम्मेवार ईलाका भित्रका  स्थानमा प्रत्येक दिन स्थान  परिवर्तन गरी आकश्मिक चेकिङ्भिग्ररस चेकिङ गर्नेछ।
    राजमार्ग गस्तीमा खटिएको टोलीले स्थान र अनुकुल समय मिलाई आ(आफ्नो जिम्मेवार ईलाकामा प्रत्येक दिन कम्तीमा  १ पटक चेकिङ गर्नेछ।
बजार अनुगमन :
  सम्बन्धित निकायसंग समन्वय गरी माग भएको बखतमा परिचालन हुन सक्ने गरी जु.प्र.अ.को कमाण्डमा ५ जनाको  टोली खटिनेछ ।

    चाडपर्वको समयमा राजमार्गहरुमा बढी गस्ती पेट्रोलिङ परिचालन गर्ने ।
    प्र.चौ. शिसुवाले कोत्रे, गगनगौडा, बिजयपुर र तालचोकमा आबश्यकता अनुसार सवारी साधनमा कुकुर सहितको चेकिङ गर्ने ।
    प्र.चौ. छोरेपाटनले कालिमाटी, खाडेखोलामा आबश्यकता अनुसार सवारी साधनमा कुकुर सहितको चेकिङ गर्ने ।
    व.प्र.का. बगरले याम्दी र हेम्जामा आबश्यकता अनुसार सवारी साधनमा कुकुर सहितको चेकिङ गर्ने ।
    सुपरिवेक्षण र  अनुगमन
    सम्पूर्ण डिउटीको सुपरिवेक्षण तथा अनुगमन प्र.उ. / प्र.ना.उ.बाट हुने
  राती २४:०० बजे पछि खटिने डिउटीको अनुगमन गर्न जि.प्र.का.ले सिनियर प्रहरी अधिकृतको कमाण्डमा टोली खटाउने ।
अ.प्र.पोष्टहरुले आ-आफनो एरिया वरपर आलोपालो गरी दुई सिफट ९१९:००-२३:०० / २३:००-०३:०० बजे सम्म- मध्ये १ सिफटमा अनिबार्य रुपमा पैदल गस्ती गर्नेछ ।
 CRV हरुले रातको २४:०० बजे पछि बिहान ०४:०० बजे सम्म आ-आफनो जिम्मेवारी ईलाकाहरुको संवेदनशिल स्थानहरुमा प्रत्येक आधा आधा घण्टामा स्थान परिवर्तन गर्दै स्थितिको अवलोकन गर्नेछ ।
 यो सुरक्षा योजना आजैबाट लागु हुंने छ ।
District Police Office Kaski, Pokhara
जिल्ला प्रहरी कार्यालय कास्की ।
मिति स् २०७०।६।१३ गते ।