Showing posts with label National News. Show all posts
Showing posts with label National News. Show all posts

Monday, May 14, 2018

संघीयता विरुद्धको राष्ट्रिय अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न-Pokhara News Nepal

पोखरा, ३१ बैशाख । 
संघीयता विरुद्धको राष्ट्रिय अभियान केन्द्रीय समितिको आयोजनामा संघीयता, राष्ट्रियता र प्राकृतिक सम्पदा (जलस्रोत) का विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले संघीयता खारेज नभएर लागू भयो भने संघीयताले नेपाल खारेज गर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भेषमा साम्प्रदायिक दङ्गा मच्चाउन र नेपालको जलस्रोत अरुण तेस्रो लिन आएका हुन्, संविधान जारी गर्न नदिने र जारी भैसकेपछि गर्न लागू गर्न नदिने, भुकम्पले आहाल भएका नेपाली जनताहरुलाई राहत दिनुको सट्टा नाकाबन्दी लगाउने मोदी कसरी धार्मिक हुन्छन् भन्ने टिप्पणी गर्नुभयो । 
उहाँले अरुण तेस्रो चोर बाटोबाट मोदीलाई कन्यादान दिने ओली सरकारको काम राष्ट्रघाती भएको बताउनुभयो । जनतालाई सचेत बनाएर अगाडि बढे नेपाली जनताले राष्ट्रियताको रक्षा गर्न सक्ने भएको हुँदा हामी आउका छौं, त्यसैले यस महान अभियानमा लाग्न सम्पूर्ण देशभक्त जनसमुदायसँग अपिल गर्नुभयो । 
त्यसैगरी राष्ट्रिय अभियानका केन्द्रीय सदस्य जलस्रोत विद् दिपक ज्ञवालीले आफू जनताको अधिकारका लागि विकेन्द्रीकरण होइन बहुराष्ट्रियकरण गर्ने जातीय, क्षेत्रीय विखण्डन ल्याउन सक्ने हुँदा आफू संघीयता विरुद्धको अभियानमा लागेको बताउनुभयो । आजको एक्काइसौं शताब्दीको युगमा पानी वा जलस्रोत नै कसले हात पार्ने भन्ने लडाई चलिरहेको सन्दर्भमा व्रिटिस इण्डियाकालदेखि नै नेपालको जलस्रोत माथि आफ्नो अधिपत्यता कायम राख्ने सिलसिलामा अरुण तेस्रो सम्झौता गरेको दावा गर्नुभयो । उर्जा मन्त्रालयको अधिकार नेपालको संविधानको गैरकानुनी रहेको बताउनुभयो । 
अर्का वक्ता नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी.ले पार्टीले संघीयता स्वीकार गरे पनि व्यक्तिगत रुपमा आफूले स्वीकार गर्न नसक्ने र यो असफल हुने बताउनुभयो ।
अभियानका केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रीय सदस्य भैरबराज रेग्मी र संचालन प्रदेश नं. ४ का अध्यक्ष शंकर बरालले गर्नुभएको थियो । 



Friday, May 11, 2018

न्याशनल साहित्य सदन तथा बाल क्लब पुर्नगठन

पोखरा २८ बैसाख । 

पोखरा ६ बैदामस्थित न्याशनल ईन्भेन्टिभ माविमा शुक्रबार न्याशनल साहित्य सदन तथा बाल क्लब पुर्नगठन गरिएको छ । 
कक्षा १० मा अध्ययनरत छात्रा रमा रङ्ग्रेजको अध्यक्षतामा १५ सदस्यीय बाल क्लब गठन गरिएको हो । क्लबका उपाध्यक्षमा कक्षा ९ का छात्र प्रदिप भट्टराई, सचिवमा कक्षा ९ कै छात्र राज रङ्ग्रेज र कोषाध्यक्षमा कक्षा ९ कै छात्र करुणा बुढाथोकी रहेका छन् । 
त्यस्तै सदस्यहरुमा  अमिशा राई, स्मारिका अधिकारी, चाँदनी गुरुङ, क्षितिज थापा, नविन शाही, विजया पौडेल, सृष्टि खनाल, प्रिन्सा ओझा, कृति पौडेल, अमन सापकोटा र अनुरोध थापा रहेका छन् । 
विद्यालयका संस्थापक प्रिन्सिपल उमा लामिछानेको संरक्षकत्वमा गठित उक्त क्लबका विक्रम पौडेल रहनुभएको छ । 
उक्त अवसरमा शुभकामना व्यक्त गर्दै प्रिन्सिपल लामिछानेले विद्यालयमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थी केन्द्रित विभिन्न गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका उप प्राचार्य विक्रम पौडेल तथा नवगठीत क्लका अध्यक्ष रमा रङ्ग्रेजले पनि आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो । 


भरतपोखरी विकास मञ्चको उद्घोषक तालिम सम्पन्न


विष्णुहरि पौडेल
लेखनाथ ,२८ वैशाख। पोखरा लेखनाथ ३३ मा रहेका भरतपोखरी विकास मञ्चले संचालन गरेको ३ दिने उद्घोषण तालिम शुक्रवार सम्पन्न भएको छ । महिलाहरुलाई लक्षीत गरी कुनै पनि सभा सम्मेलनमा ढुक्कसँग बोल्ने बानीको विकास गराउने उदेश्यले आयोजना गरिएको उद्घोषक तालिम समापन समारोहमा बोल्दै कोप्स नेपालका महासचिव रामचन्द्र शर्माले मञ्चले भविश्यमा पनि यस प्रकारका तालिमहरु राखेर सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ने वताएका थिए ।प्रशिक्षक शुष्मा पौडेलले  तालिमबाट  प्रशिक्षार्थीहरुमा ढुक्कसग कार्यक्रमहरु संचालन गर्न सक्ने विश्वास ब्यक्त गरेकी थिईन । कार्यक्रममा सहभागीहरुको तर्फबाट सरिता ढकाल, प्रमिला रानाभाट,कल्पना विक, रुवि वास्तोला,जमुना नेपाली राधा वाग्ले लगाएतले तालिमले आफुहरुलाई भविश्यमा उद्घोषक बन्न प्रेरणा मिलेको बताएका थिए ।  भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लिराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक विजया भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने विहानी वचत तथा ऋण सहकारीका सचिव किरण पोखे्रल लेखनाथ पत्रकार मञ्चका सचिव नेशनल एफ  एमका समाचार वाचक विष्णुहरि पौडेल लगाएतले वोलेका थिए  । तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो ।

एन्फा अध्यक्ष शेर्पालाई शितल ज्याति क्लबद्धारा सम्मान-Sports News




पोखरा २७ बैशाख ।

अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पोखरा  लेखनाथ महानगरपालिका –१२ मा सक्रिय रहेको शितल ज्याति युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।

बिहिबार सम्पन्न परिचय तथा सम्मान कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहित मायाको चिनोले शेर्पालाई सम्मान गरेको हो ।

सोही अबसरमा बोल्दै शेर्पाले संस्थामा एकात्मक तवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफल भएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुद जगतमा बिकासले गति लिने बताए । उनले भने “पोखरा आफैमा स्तरिय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कन सकेका छैनन् ।”

उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना गर्ने बताउदै पोखरा क्षेत्रमा ५ देखी ७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने प्रतिबद्धता समेत जनाएका थिए ।

परिचय तथा सम्मान कार्यक्रममा शितल ज्याति युवा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरु, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाका प्रतिनिधीहरु, आमा समुहका पदाधिकारीहरु, वडाबासीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेका थिए ।

पोखरामा जारी १०२ हप्ताको सफाइ अभियान वडा नं. ९ स्थित सेती नदी किनारमा-Clean and Green Pokhara Nepal









यसपटकको सफाइ अभियान शान्तिवन बाटिकामा-मिति :२०७५ -०१ -२९ गते शनिबार
पोखरामा जारी १०२ हप्ताको सफाइ अभियान वडा नं. ९ स्थित सेती नदी किनारमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण एवं वनभोजस्थलका रुपमा परिचित  शान्तिवन बाटिकामा हुँदैछ। सरसफाइ कार्यक्रम सँगसँगै त्यहाँका विकृति र बिसंगतिको अन्त्यका लागि समेत हामी सबैको उपस्थिति अपरिहार्य छ। तसर्थ सफाइ अभियानमा सहभागी भइ ऐक्यबद्धता जनाइदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।

Saturday, May 5, 2018

१०१औं हप्ताको पोखरा उपत्यका बृहत् सफाई -Clean and Green Pokhara Nepal








१०१औं हप्ताको पोखरा उपत्यका बृहत् सफाई अभियान बिरौटा - १७ राममन्दिर परिसरमा सम्पन्न ।

नेकपा माओवादी विप्लपको नेपाल बन्दका कारण जनजिवन प्रभावीत

पोखरा, २२ वैशाख
आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तक माथी सरकारले गरेको धरपकड, गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै नेकपा माओवादी विप्लवले गरेको नेपाल बन्दका कारण विहान देखी नै त्यसको प्रभाव परेको छ ।
विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लागएको भन्दै विप्लपले माओवादीले बन्द गरेको नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ ।

Friday, May 4, 2018

भिमकाली कपमा दोस्रो चरणका खेल जारी



पोखरा २१ बैशाख ।

पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा शुक्रबार सम्पन्न दोस्रो चरणको खेलबाट के.बि गाईज, रि युनाईटेड, आयोजक टिम “ए”, रत्न समाज, लेकसाईड फुटबल क्लब, गौरी युनाईटेड, ए.वाई.सि भण्डारढिक र डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको छ ।

शुक्रबार टुडिखेल भेट्रान्स र के.बि गाईज बिच भएको पहिलो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–१ गोल अन्तरले हराउदै के.बि गाईज तेस्रो चरणमा प्रबेश ग¥यो ।

दोस्रो खेलमा शितल ज्योति फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै रि युनाईटेडले तेस्रो चरणको लागी स्थान बनायो ।

प्रतियोगिताको तेस्रो खेलमा सबिन मेमोरियललाई ५–२ गोलको नतिजा सँगै पराजित गर्दै आयोजक टिम ए बिजयी भयो । आयोजक टिमको जितका लागी रञ्जन पुनले ह्याट्रिक गर्न सफल भए । त्यसैगरी चौथो खेलमा समर जुनलाई १–३ को गोल अन्तरले  रत्न समाजले पाखा लगायो ।

प्रतियोगिताको पाँचौ खेलमा लेकसाईड फुटबल क्लबले घान्दु्रक फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । लेकसाईडको जितमा सुनिल बिकले ह्याट्रिक गरे ।

छैटौं खेलमा गौरी युनाईटेडले याम्दी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणका लागी स्थान बनायो ।

एल्सन गेम जोन र ए.वाई.सि बिच भएको सातौ खेल २–२ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै ए.वाई.सि तेस्रो चरणमा प्रबेश गर्यो ।

त्यसैगरी डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड र बिटि रेड बिच भएको अन्तिम खेल निर्धारित समयमा गोलरहित भएपछि ट्राईबेकरमा ६–५ को गोल अन्तरले डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको खेल संयोजक मनोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार पनि दोस्रो चरण अन्तर्गतकै ८ खेल सञ्चालन हुनेछन ।

आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कास्कीमा ६ यातायात व्यवसायी पक्राउ

est

पोखरा, २१ वैशाख कास्कीमा पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आवद्ध ६ जना व्यवसायीलाई प्रहरील पक्राउ गरेको छ ।
पोखराबाट रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनी बस धनी भएको र अन्यलाई पक्राउ गरेर ल्याउदै गरेको सिंहले बताए ।
पोखरामा रहेका समितिका पदाधिकारी भने मोवाइल नै अफ गरेर सम्र्पकमा नआएको प्रहरीको भनाई छ । अन्यलाई पक्राउका लागि खोजी कार्यजारी रहेको प्रहरीको भनाई छ ।
यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा बिहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन् । जसबाट सर्वसाधारण नागरिकहरु सम्बन्धीत गन्तव्यमा जान समस्यामा परेका छन् ।

विहान देखी नै पोखरामा सार्वजनिक गाडी ठप्प

Thursday, May 3, 2018

प्रदेश ४ का सांसदलाई सडक बनाउन ९ करोड ३६ लाख



पोखरा, २० वैशाख 
प्रदेश ४ मा आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई हरेक निर्वाचन क्षेत्रसँग जोड्ने गरी सडक निर्माण र स्तरोन्नती गर्न बजेट ब्यवस्था गरिएको हो ।
दामासायी हिसावले हरेक निर्वाचन क्षेत्रलाई २६ लाख पर्नेगरी बजेट भागबण्डा गरिएको छ । ‘सांसद ज्यूहरुलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याईएको हो । उहाँहरुकै सिफारिसका आधारमा योजना छनौट र कार्यान्वयन हुन्छ, अर्थ मन्त्रालयका सचिव विष्णुराज ढकालले भने–सरकार नयाँ भएकाले काम गर्ने संयन्त्र छैन । सांसद ज्यूहरुले आफ्नो क्षेत्रको कुनै सडक सिफारिस गरी टेण्डर निकाल्न सक्नुभयो भने अहिलेदेखि नै स्तरोन्नतीको काम हुन्छ ।’
सरकारले बजेट विनियोजन गरेपनि आर्थिक बर्ष सकिनै लागेकोले बजेट खर्च हुने सम्भावना निकै न्यून छ । यसले करिब १० करोड रुपैयाँ सोझै फ्रिज हुने देखिन्छ । यसबाहेकका पनि अधिकांश बजेट अमुर्त भएकोले कार्यान्वयन जटिल छ । सरकारको पहिलो बजेट योजना र कार्यक्रम भन्दा अध्ययन र गुरुयोजना निर्माणमा बढी छ ।

भिमकाली कपमा दोस्रो चरणका खेलहरु, डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडको सानदार जित


पोखरा २० बैशाख ।
पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार सम्पन्न पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ भने दोस्रो चरण अन्तर्गतको खेलमा दिप युनाईटेड, एल जि एसोशियसन र तारा फुटबल क्लब टिम “ए” बिजयी भएको छ ।
पुरानो टुडिखेलमा सम्पन्न पहिलो खेलमा तारा फुटबल क्लब टिम “बि” लाई २–१ को गोल अन्तरले हराउदै बिष्णु पादुका क्लब अघिल्लो चरणमा प्रबेश गर्यो । 
दोस्रो खेलमा कालिका युनाईटेडलाई ४–२ को गोल अन्तरले पराजित गर्दै बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो । 
प्रतियोगिताको तेस्रो खेलमा लामपाटन फुटबल क्लबलाई  ६–० गोलको  फराकिलो अन्तरले पराजित गर्दै फेवा युथ क्लब बिजयी भयो । फेवा युवा क्लबको जितमा प्रशित परियारले ह्याट्रिक गर्न सफर रहे ।
त्यसैगरी चौथो खेलमा काजीपोखरी युवा क्लबलाई २–१ को गोल अन्तरले  पसगाउँ फुटबल क्लबले पाखा लागायो ।
प्रतियोगिताको पाचौ खेलमा मर्निङ गाईज र ब्याट केभ बिच भएको खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै मर्निङ गाईजले दास्रो चरणको लागी स्थान बनायो ।
प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमा दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिप युनाईटडको जितमा स्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बा नर्बु लामा तथा बिबेक गुरुङले समान १/

१ गोल गरे ।
प्रतियोगिताको सातौ खेलमा एल जि एसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा स्थान बनायो ।
त्यसैगरी अन्तिम खेलमा स्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१ गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजक मनोज श्रेष्ठले बताए । 
श्रेष्ठका अनुसार दोस्रो चरण अन्तर्गत शुक्रबार ८ खेलहरु सञ्चालन हुनेछन ।
आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार                                                                                     प्रदान गरिने आयोजकले जनाएको छ ।

Sunday, February 25, 2018

रत्नज्योतिको २० औं एसआरजे एक्सेलेन्सी अवार्ड सम्पन्न

पोखरा, ११ फागुन ।

       पोखरा लेखनाथ म.न.पा.वडा नं. ८ मा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयले पोखरा सभागृह हलमा विद्यार्थीको प्रतिभा सहित पहिचान  कार्यक्रममा एसआरजे एक्सेलेन्सी अवार्ड तथा २० औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कस्कीका सहायक जिशिअ दामोदर सुवेदीले गुणस्तरीय शिक्षाको साथै बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने कार्यमा रत्नज्योति विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

       कार्यक्रममा जुनियर र सिनियर तह अन्तर्गत ५ वटा विधाहरु नेपाली र अंग्रेजी वक्तृत्वकला, नृत्य, गायन र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएका थिए । आफ्ना बाबुनानीहरुको प्रतिभा एवम् नृत्यहरु अवलोकन गरी अभिावकहरुले मनोरन्जन लिनुभएको थियो ।

       उक्त कार्यक्रममा नेशनल प्याब्सन कास्कीका अध्यक्ष राम बहादुर मोचीले विद्यालयले समय सुहाउँदो शिक्षा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । कार्यक्रमलार्य रोचकताका साथ अगाडि बढाउँदै नेशनल प्याब्सन केन्द्रीय महासचिव सुवास न्यौपानेले विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

       विद्यालयका भाइस प्रिन्सिपल महासागर पौडेल संयोजक रहनु भएको उक्त कार्यक्रममा जुनियर तर्फको एसआरजे एक्सेलेन्सी अवार्ड २०७४ कक्षा ३ की छात्रा श्रेया गिरीले प्राप्त गरेकी थिइन् । नृत्य विधामा कुसुम आलेमगर, सन्जु गुरुङ्ग, नितु गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

       यसैगरी गायन विधामा शुभेच्छा चिलुवाल, अनुशा अधिकारी, आर्यन पाण्डे क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरीजवाफ तर्फ आयुष सापकोटा, मिजास देवकोटा, सार्थक तिवारी क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए । यसैगरी नेपाली वक्तृत्वमा सुप्रिम चिलुवाल, दावा लामा, कन्गना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, अंग्रेजी वक्तृत्व अन्तर्गत स्वरुप तिवारी, सोनिया अधिकारी र सिम्रन आचार्य क्रमशः प्रथम, द्वितीय तृतीय हुन सफल भएका थिए ।

       सिनियर तह (कक्षा ६/९) सम्ममा एसआरजे एक्सेलेन्सी अवार्ड कक्षा ८ की छात्रा सलिना बस्नेतले हात पारिन् । विधा अन्तर्गत नृत्य विधामा सदिक्षा रामदाम, नविन अधिकारी, समृति चापागाई क्रमशः प्रथम, द्वितीय तृतीय, गायन विधामा कल्पना तामाङ, शैलेस नेपाली, कृष्टिना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरी जवाफमा कृतिका पौडेल, समिप तिवारी, प्रज्वल सुवेदी क्रमशः प्रथम, द्वितीय तृतीय भए । त्यसैगरी नेपाली वक्तृत्वमा सोनिया अधिकारी, सुप्रिया गुरुङ्ग, प्रज्वल बराल क्रमशः प्रथम, द्वितीय तृतीय, र अंग्रेजी वक्तृत्वकलामा अमृता अधिकारी, भक्ति पराजुली, अनिसा तिमिल्सिना क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए ।

       कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका अभिभावक उदय पराजुलीले विद्यार्थीलाई शैक्षिक गुणस्तरका साथै बालबालिकाको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने कार्यमा विद्यालय अग्रसर रहेको बताउनुभयो । यसैगरी विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले राष्ट्रलाई असल र कर्मठ नागरिक तयार पार्न विद्यालय कहिल्यै पछि नपर्ने बताउनुभयो ।

       कक्षा नर्सरीदेखि कक्षा १२ सम्म संचालित उक्त विद्यालयले कार्यक्रममा ११ र १२ विज्ञान तथा व्यवस्थापन संकायका छात्रछात्राहरुलाई समेत समावेश गरेको थियो । ११ र १२ कक्षा अन्तर्गत नृत्य विधामा सुजन थापा, विवेक तामाङ्ग, सपना घोताने क्रमशः प्रथम, द्वितीय तृतीय, नेपाली वक्तृत्वमा सुजन थापा, भुवन अधिकारी, प्रेम गिरी क्रमशः प्रथम, द्वितीय तृतीय, र गायनमा सुस्मिता गुरुङ्ग  भएका थिए ।

       कार्यक्रममा प्रथम, द्वितीय तृतीय हुनेलाई शिल्ड तथा प्रमाणपत्र वितरण गयरिएको थियो भने २०७३ सालको कक्षा नर्सरीदेखि कषा १२ सम्मको एकेडेमीक पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रम
मा सभापति टुवराज बास्तोलाले विद्यलायले विसौं वर्ष अनवरत सेवा गर्दै आइरहेको व्यक्त गर्दै सबैलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभएको थियो ।

हिमालय मावि मौजाको वार्षिकोत्सव

पोखरा, १२ फागुन ।
       हिमालय माध्यमिक विद्यालय पोखरा लेखनाथ २० मौजाको ४६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले अबको आवश्यकता भनेको प्राविधिक शिक्षा रहेको औंल्याउँदै व्यवसायिक शिक्षामा पनि जोड दिनुपर्ने औंल्याए । उनले विद्यालयको शैक्षिक उन्नतिमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावकको सामूहिक भूमिका महत्वपूर्ण हुने बताए ।

   कार्यक्रममा पोखरा लेखनाथ म.न.पा.वडा नं. २० का वडाअध्यक्ष सिम बहादुर गुरुङ्ग, विद्यालय व्यवस्थापन समिति सल्लाहकार समिति सदस्य तिलबहादुर गुरुङ्ग, पाहर ट्रष्ट नेपालका निर्देशक मे.चन्द्र बहादुर गुरुङ्ग, हिमालय मावि भूपू विद्यार्थी एशोसिएशनका सचिव चित्र बहादुर गुरुङ्ग, महेन्द्र मावि भलामका प्र.अ कालिप्रसाद पौडेल, अभिभावक भिम बहादुुर गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

       कार्यक्रममा यस वर्षको उत्कृष्ट शिक्षक सम्मानबाट शिक्षिका राधा आचार्य सिग्देल र शिक्षक बेदनाथ पौडेललाई सम्मान गरिएको थियो भने सोँधा श्रोत केन्द्रका श्रोतव्यक्ति तथा विद्यालयका शिक्षक डोलराज रेग्मी र विद्यालयका प्रअ मणिराज परियारलाई पनि सम्मान गरिएको थियो ।

       विद्यालयका प्रअ मणिराज परियारले आयव्यय  सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत शिक्षिका देवी कुमारी थापा र विद्यार्थी सन्दीप सापकोटा तथा कार्यक्रमको संचालन शिक्षक रोशन श्रेष्ठले गरेका थिए ।

       कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


Monday, November 13, 2017

जनताले गुनासो नराख्ने गरी काम गर्छु : शर्मा


पोखरा, २७ कात्तिक
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३, का प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्मा सोमबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ र ३ मा घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त रहे । नेपाली कांग्रेसलाई जिताउन मत माग्दै उम्मेदवार शर्मा सहितको टोली कांग्रेसका ऐजेण्डा लिएर मतदाताको घरदैलोमा पुगेका हुन् । घर दैलो कार्यक्रममा सोही क्षेत्रकी प्रदेश सभा ‘क’ की उम्मेदवार शारदा पौडेल, क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्ताको सहभागिता थियो । उम्मेदवार घरदैलोमा पुग्दा मतदाताले उनीहरुलाई फुल, माला, खादा ओडाएर स्वागत गरेका थिए ।
मतदातासँगको भेटघाटमा उम्मेदवार शर्माले चुनावमा कांग्रेसलाई जिताउन आग्रह गर्दै जनताले गुनासो राख्ने ठाउँ नराखिकिन देश र जनताका लागि काम गर्ने प्रतिवद्धता जनाए । ‘हाम्रो उम्मेदवारी जनताको पक्षमा, निर्वाचनमा तपाईले कांग्रेसलाई जिताउनु होस्, कुनै गुनासो राख्ने ठाउँ नराखि देश र जनताको पक्षमा काम गर्छौं ।’
यसैबिच ‘ख’  प्रदेशका उम्मेदवार भोजबहादुर  गुरुङ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २३, चापाकोटमा  घरदैलो र मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् 

Friday, September 15, 2017

२ फरार अपराधी पक्राउ - 2 fled criminals arrested

    पोखरा भाद्र २८ गते ।
         बिभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाइ पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत  सम्मानित अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका निम्न फरार प्रतिबादीहरुलाई कास्की प्रहरीले पक्राउ गरि आजै सम्मानित जिल्ला कास्की जिल्ला अदालत पठाईएको ।
पक्राउ गरिएका मानिसहरु :
१.    जिल्ला कास्की  साबिक कास्कीकोट गा.बि.स. बडा नं ५ हाल पोखरालेखनाथ महानगरपालिका बडा नं २४ बस्ने लाल बहादुर परियारको छोरा धन बहादुर परियार बहुविवाह मुद्धामा९ कैद असुल गर्न ९ महिना १ दिन र रु। ५,०००।– जरिबाना
२.  जिल्ला कास्की  साबिक कास्कीकोट गा.बि.स. बडा नं ८ हाल पोखरालेखनाथ महानगरपालिका बडा नं २४ बस्ने ईन्द्र बहादुर देबकोटाको श्रीमती गम्भिरा देबकोटा लागू औषध मुद्धामा ९ कैद असुल गर्न १० महिना ९ दिन

Saturday, September 2, 2017

फरार अपराधीहरु ७ पक्राउ Man Arrested

पोखराभाद्र १७ गते          
बिभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाइ पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत  सम्मानित अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका निम्न फरार प्रतिबादीहरुलाईकास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका मानिसहरु :
१.    जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका –१ बगर बस्ने  बर्ष ३५ भरत शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ( कैद असुल गर्न २९ दिन )
२.    ऐ.ऐ.बस्ने बर्ष ३५ को संजय शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ( कैद असुल गर्न २९ दिन )
३.    जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका -१ नयागल्ली बस्ने ईल्ची पुन
( कैद असुल गर्न ४ बर्ष १० महिना १९ दिन र नगर रु. ५,००० )
४.    जिल्ला कास्की साविक हेम्जा-३ हाल पोखरा लेखनाथ महानगरपालिका बडा नं २५ हेम्जा बस्ने बर्ष ३५ को गणेश बहादुर कुवर –सवारी ज्यान मुद्धामा उच्च अदालत कास्कीको आदेश बमोजिम २ बर्ष कैद
५.    जिल्ला गोरखा सिर्दिवास ३ घर भई हाल पोखरालेखनाथ महानगरपालिका बडा नं ९ बस्ने ज्यान मार्ने उद्योग तथा डाका चोरी मुद्धाको फरार प्रतिबादी बर्ष १७ को बगुरे भन्ने बिकास गुरुङ (मुद्धा फैसला नभएको  पुर्पक्षमा रहेको )
६.    जिल्ला पर्बत आर्थर डाडाखर्क ६ हाल कुष्मा न.पा.१४ घर भई पोखरा लेखनाथ महानगरपालिका(१७ छोरेपाटन बस्ने लेनदेन मुद्धाको फरार प्रतिबादी देउ कुमारी गुरुङ ( एक बर्ष कैद ) 
७.    जिल्ला कास्की पोलेमनपा.१८ सराङकोट बस्ने बर्ष ३२ को राजु बि.क  (चोरी मुद्धा ७ दिन कैद भुक्तान बाकी र १ लाख २५ हजार जरिवाना )

जिल्ला प्रहरी कार्यालय कास्की

तास खेल्ने ६जना पक्राउ

 पोखराभाद्र १७ गते
मिति २०७४।०५।१६ गते अं.२१:०० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका( १७ छोरेपाटनको ओरालो स्थित बर्ष २९ को पुर्ण बहादुर महतरा ले संचालन गरेको  डेविजफल होटलमा अबैध रुपमा तास(जुवा) खेलिरहेको जानकारी प्राप्त हुना साथ प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलिले तास खेली खेलाईरहेको अबस्थामा निम्न स्थान बस्ने ०६ जना मानिसलाई १ बुक तास, नगद रु.५६,७७०।– (अक्षरुपिछपन्न हजार सात सय सत्तरी मात्र ) सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
निम्न :
१.   जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नं.(१७डेबिजफल बस्ने बर्ष २९ को पुर्ण बहादुर महतरा ( होटल संचालक )
२.    ऐ.ऐ.बस्ने बर्ष २२ को मोती सुबेदी
३.   ऐ.ऐ.बस्ने बर्ष ३५ को सुब्बा गुरुङ
४.   ऐ.ऐ.बडा नं ६ लेकसाईड बस्ने बर्ष ४४ को यामलाल पौडेल
५.   ऐ.ऐ. बडा नं ८ नागढुगा बस्ने बर्ष ३१ को गौतम बराल ।
६.   ऐ.ऐ. बस्ने बर्ष २७ को पदम तामाङ

Thursday, August 17, 2017

पोखरामा बिभिन्न स्थानमा जुवा खेल्ने पक्राउ

पोखरा-भाद्र १
आज मिति २०७४/०५/०१ गते कास्की जिल्लास्थित पोखरा लेखनाथ महानगरपालिका स्थित ३ स्थानमा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलिलेजुवा तास खेलिरहेको स्थानबाटै निम्न मानिसहरुलाई निम्न रकम सहित  पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।


१.    स्थान :पोखरा लेखनाथ -१४ चाउथे स्थित तनहूँ थानीभाई होटल भित्र रहेको कोठामा (५ जना )
  •    व.प्र.का.रामबजार कास्कीबाट
  •    ५ जना व्यक्तिहरुबाट नगद रू। २३,७६०।– ( अक्षेरुपी तेईस हजार सात सय साठी मात्र)

मानिसहरुको नाम ठेगाना:
१.    जि.तनहुँ भानु न.पा.४ घर भई हाल पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ४५ को राम कृष्ण जोशी । (होटल)
२.   पोखरा लेखनाथ २५ बिजयपुर बस्ने बर्ष ३० को प्रेम गुरुङ ।
३.   ऐ.ऐ.१४ चाउथे बस्ने बर्ष ४५ को अमृत बहादुर कार्की ।
४.   ऐ.ऐ. बस्ने बर्ष ३० को मनोज लामा ।
५.  ऐ.ऐ.बस्ने बर्ष ३० को बिनोद सेदाई ।

२.    स्थान: पोखरा लेखनाथ १७ स्थित बिरौटा स्थित गोपि श्रेष्ठको ३ तले घरको कोठाभित्र (५ जना )
  •     जिल्ला प्रहरी कार्यालय कास्कीबाट
  •     ५ जना व्यक्तिहरुलाई नगद रू। ६२,७२५।–( अक्षेरुपी बैसाठी हजार सात सय पचिस मात्र )

मानिसहरुको नाम ठेगाना:
१.   जि.कास्की पोखरा लेखनाथ महानगरपालिका १७ बस्ने बर्ष ४८ कि गोपि श्रेष्ठ (घरधनि) ।
२.    जि.दोलखा भिमेश्वर न.पा.९ घर भई हाल पोखरालेखनाथ ९ बस्ने बर्ष ३४ को राजेन्द्र श्रेष्ठ ।
३.    जि.कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं ९ बस्ने बर्ष ४९ को किसोर शर्मा ।
४.    जि.मुस्ताङ तुकुचे ६ घर भई हाल पोखरालेखनाथ(८ नागढुगा बस्ने बर्ष ४४ को प्रेम बुढाथोकी ।
५.    जि.स्याङजा बानेथोक देउराली घर भई हाल पोखरालेखनाथ -८ बस्ने बर्ष ५७ को डोल बहादुर थापा ।

३.    स्थान:पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी स्थित खेम बहादुर गुरुङको घरमा (७जना )
  •   बडा प्रहरी रामबजार कास्कीबाट
  •   ७ जना व्यक्तिहरुलाई नगद रू- १३,२०५ – (अक्षेरुपी तेह्र हजार दुई सय पाच मात्र )

मानिसहरुको नाम ठेगाना:
१.   कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ५० को प्रेम लामा
२.   ऐ.ऐ.बस्ने बर्ष ३६ को निर्मल गुरुङ
३.    ऐ.ऐ.बस्ने बर्ष ३१ को हितमान गरुङ
४.    ऐ.ऐ.१२ शितलादेबी बस्ने बर्ष ६० को खेम गुरुङ ९घरधनि०
५.    ऐ.ऐ.बस्ने बर्ष ७७ को बिर्ख बहादुर गुरुङ
६.    ऐ.ऐ.बस्ने बर्ष ३१ को अनु गरुङ
७.    ऐ.ऐ १० अंमरसिह बस्ने बर्ष ५३ को बिष्णु पोखरेल

                                                                          प्रबक्ता :प्रहरी नायब उपरीक्षक
                                                                            खड्क बहादुर खत्री

                                                      जिल्ला प्रहरी कार्यालय कास्की

अनेरास्ववियु को राहत संकलन अभियान सुरु-Support to Flood Victims in Tarai > HELP NEPAL

 पोखरा ३१, साउन
अनेरास्ववियु को राहत संकलन अभियान पोखरा क्षेत्रमा पनि सुरु भएको छ । अनेरास्ववियु को राहत संकलन अभियान अन्तर्गत आज (मंगलबार) अनेरास्ववियु  क्षेत्र नं ४ ले २४ हजार एक सय ४१ रुपैया राहत संकलन गरी जिल्ला अध्यक्ष शेखर गौतमलाई क्षेत्रिय अध्यक्ष वलराम गौतमले हस्तान्तरण गर्नु भयो । 
तराईमा डुवान र कास्की रिभानमा गएको वाढीले क्षती पुगेकाहरुको निम्ती राहत स्वरुप यो अभियान संकलन गरिएको क्षेत्रिय इन्चार्ज माधव गौतमले जानकारी दिनुभयो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य भरतमान कोने गुरुङले दान वक्स अध्यक्षलाई हस्तान्तरण गरी उक्त अभियानको सुरु गर्नु भएको हो । भिमसेनचोक, चिप्लेढुंगा लगायतको क्षेत्रबाट उक्त रहात संकलन भएको हो भने भोलि देखि पोखरा क्षेत्रका अन्य क्षेत्रमा रहात संकलन गरिने भएको अध्यक्ष गौतमले बताउनु भयो ।