Pages

Thursday, September 3, 2015

जुवा (कौडा) खेल्ने पक्राउ-Pokhara-News-Juwa

पोखरा भदौ-१६ गते ।
    पोखरा -८ नयाँसडक स्थितमा यूवराज खतिवडा समेतले संचालन गरेको होटल डालीमा एण्ड तास सेण्टरमा जुवा ९ कौडा ० खेली रहेका ६ जना मानिसलाई जुवा ९ कौडा ० खेल्न प्रयोग गरेको कौडा थान-१६ ( एक सेट ) र नगद १,८६,३७५।– सहित कास्की प्रहरीले आज मिति २०७२/५/१६ पक्राउ गरेको छ । ठुलो धनमाल बाजी राखी कौडा खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरीले निजहरुलाई पक्राउ गरी आजै सम्मानित कास्की जिल्ला अदालतबाट जुवा मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका मानिसहरु:
१०    जिल्ला धादिङ खाल्टे-४ घर भई हाल पोखरा-८ बस्ने बर्ष २८ को यूवराज खतिवडा
२०    जिल्ला कास्की पोखरा-१८ बस्ने बर्ष ४३ को नेत्र बहादुर तिमिल्सिना
३०    जिल्ला धादिङ ज्यामरुङकोट-८ बस्ने बर्ष ४५ को रण बहादुर भन्ने रामशरण लम्साल
४०    जिल्ला धादिङ  निलकण्ठ न.पा.वडा नं. ३ बस्ने बर्ष ५० को शिव प्रसाद  रिजाल
५०    जिल्ला धादिङ खाल्टे-४ घर भई हाल पोखरा-८ बस्ने  बर्ष ४८ को भोजराज खतिवडा
६०    जिल्ला स्याङजा सेतीदोभान गा.वि.स. घर भई हाल कास्की पोखरा-८ बस्ने बर्ष ३२ को गंगा प्रसाद पोखरेल

                                                                 जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.