Pages

Wednesday, June 18, 2014

रेडियो गण्डकीले ग¥यो सामाजिक लेखा परिक्षण


घनश्याम पाण्डेय ,रेडियो गण्डकी पोखरा ३० जेठ 
     सामुदायिक रेडियो गण्डकी ९०.२ मेघाहर्जले सुक्रबार पोखरामा सामाजिक परिक्षण सम्मपन्न गरेको छ । सामुदायिक संचार केन्द्र कास्की द्धारा २०६४ साल देखि पोखराको नयाँ बजारमा स्टेशन रहेको रेडियोले सामुदायिक रेडियो प्रसार संघ  ,द युनाईटेड नेशन डेमोक्रेटीक फण्ड र दि भिलेज रेष्टुरेन्ट चिप्लेढुङाको सहयोगमा रेडियोले सामाजिक परिक्षण गरेको हो ।  दि भिलेज रेष्टुरेन्ट चिप्लेढुङाको सभाहलमा सम्पन्न   कार्यक्रममा सहभागीहरुले रेडियो गण्डकी तल्लो बर्गका जनताहरुमा पुग्न सफल भए पनि अझै सवै ठाँउमा पुग्नु पर्नेमा जोड दिइएका छन् । महिलाहरुको क्षेत्रमा रेडियोले खेलेको भुमिका प्रंसनीय रहेको भन्दै रेडियोले आगामी दिनमा ल्याउने कार्यक्रममा साथ दिन तयार रहेको सहभागीहरुले बताएका छन् । कार्यक्रममा गैरसरकारी सस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले रेडियो गण्डकीले स्थापना देखि सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको भन्दै विहान ५ बजेनै समचार प्रसारण गर्न आग्रह गर्नु भयो ।
राष्ट्रिय समचाार समितिका पुर्व अध्यक्ष बरिष्ठ पत्रकार कोमलनाथ बरालले राज्यले संचार माध्यममा लाई लोककल्याण कारी विज्ञापन एक द्धार प्रणाली बाट वितरण गर्नु पर्ने बताउदै रेडियो गण्डकीले आफ्नो प्रसारण क्षमता बृद्धि गर्नुपर्ने बताउनु भयो ।
पुर्व सभासद दुर्गा विकले अहिले पनि जातिय भेदभाव रहेको भन्दै रेडियोले जातीय विभिदे विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनु भयो ।
नारी विकास आमा समुह लेखनाथका अध्यक्ष जानुका पराजुलीले रेडियो गण्डकीको कारण लेखनाथका महिलाहरुमा सचेतना आएको भन्दै रेडियो लाई धन्यबाद दिनु भयो ।
कार्यक्रममा सामुदायिक संचार केन्द्र कास्कीका कार्यकारी निर्देशक लक्ष्मण गुरुङले कार्यक्रमको उद्देश्य बारे प्रकास पार्नुभएको थियो भने म्याग्दी संचार तथा विकास केन्द्का निर्देशक प्रकाश लामिछाने र लेखापरिक्षक ज्ञान बहादुर कार्कीले तयार पारेको प्रतिवेदन गण्डकी संचार गृहका प्रशासन प्रमुख विमल आचार्यले प्रस्तुत गर्नुभएको थियो । संचार केन्द्रका अध्यक्ष विश्व प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासाको जवाफ संचार केन्द्रका सचिव लोक प्रसाद बञ्जराले दिनु भएको थियो ।

कार्यक्रममा पत्रकार महेश कुमार खाती ,मन क्षेत्री ,बालकृष्ण नेपाली लगायतले बोल्नु भएकाकार्यक्रमको संचालन गण्डकी संचार गृहका समचार प्रमुख घनश्याम पाण्डेयले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.