Pages

Thursday, September 13, 2012

अवैधरुपमा कर्जा दिने तथा निक्षेप लिनेहरु पक्राउ

ग्रैह कानूनी रुपमा कर्जा दिने र कर्जा लिने कारोवार हुने गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगर कास्कीवाट संयूक्त रुपमा प्रहरी निरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटीई गएको प्रहरी टोलीले कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं.–८ न्यूरोडमा रहेको आफ्नै भाईको गोर्खाली मोटरसाईकल वर्कसपमा काम गर्ने गोर्खा जिल्ला, आरुचनौटे गा.वि.स. वडा नं.–३ बस्ने वर्ष–३१ को रेशम रोक्कालाई निजले कारोवार संचालनमा प्रयोग गरेको डायरी सहित पक्राउ गरिएको साथै निज सँग कारोवार गर्ने निम्न मानिसहरुलाई समेत फेला पारी निजहरुलाई समेत पक्राउ गरिएको, निजहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को (संसोधन  सहीत २०६३) को दफा ९५ विपरीत अनाधिकृत रुपमा निक्षेप लिएको र कर्जा दिएको हुनाले कानून बमोजिम कारवाही गर्ने शिलशिलामा सम्मानित कास्की जिल्ला अदालत बाट म्याद थप अनुमति लिई थप अनुसन्धान कारवाही भइरहेको ।

निम्न:

१.   नुवाकोट जिल्ला, गणेशथान गा.वि.स.वडा नं.–२ घर भई हाल कास्की जिल्ला, पोखरा उ.म.न.पा.
     वडा नं.–२ मोहरीयाटोल बस्ने वर्ष–२१ को अभिसेक सुनार ।
२.   नुवाकोट जिल्ला, हल्देकालीका गा.वि.स. वडा नं.–२ घर भै हाल कास्की जिल्ला, पोखरा–२
     मोहरीयाटोल बस्ने वर्ष–३० को अनिस सुनार ।
३.   मकवानवुर जिल्ला, हुतिवन गा.वि.स. वडा नं.–३ घर भई हाल कास्की जिल्ला, पोखरा उ.म.न.पा.
     वडा नं.–२ मोहरीयाटोल बस्ने वर्ष–२३ राम सुनार ।
     
 जिल्ला प्रहरी कार्यालय, कास्की ।

No comments:

Post a Comment

Please, comment about this article.