Pages

Saturday, June 16, 2012

महिला शेयर सदस्यहरुबीच सहकारी शिक्षा प्रशिक्षण

समबृद्धि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८ पृथ्वीचोकको आयोजनामा शनिवार सहकारीमा आवद्ध महिला शेयर सदस्यहरुबीच सहकारीमा महिला सदस्यहरुको भूमिका र सहकारी शिक्षा विषयक एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।
सहकारीमा आवद्ध ४७ जना महिला शेयर सदस्यहरुको उपस्थितिमा भएको उक्त प्रशिक्षणमा कास्की जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य प्रभा कोइराला र समबृद्धि सहकारीका सल्लाहकार ईश्वरप्रसाद सुवेदीले सहकारी संस्थामा महिला सदस्यहरुको भूमिका, महिला सहभागिता तथा साना व्यवसाय प्रवद्र्धन र महिलाहरुको आयआर्जनमा सहकारीको आवश्यकता एवं महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणपश्चात शेयर सदस्यबीच आफूले कर्जा उपयोग गरेको व्यवसाय प्रवद्र्धन र आयआर्जनको बारेमा अनुभव आदानप्रदान एवं अन्तरक्रिया गरिएको थियो भने अन्तरक्रियाको संंयोजन कोषाध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले गर्नुभएको थियो ।
प्रशिक्षणको उद्देश्यमाथि शिक्षा समिति संयोजक प्रेमप्रसाद पौडेलले प्रकाश पार्नुभएको थियो । सहकारीका अध्यक्ष बुद्धिसागर खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष राजुप्रसाद सुवेदी र कार्यक्रमको संचालन सदस्य रत्ना गुरुङ्गले गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा संचालक समिति, सल्लाहकारहरु र अन्य उपसमितिहरुको समेत सहभागिता रहेको थियो । 

No comments:

Post a Comment

Please, comment about this article.