Pages

Wednesday, February 17, 2010

मन्त्रीद्धारा जनक शिक्षा निरीक्षण

पोखरा ,४ फागनु
शिक्षा मन्त्री रामचन्द्र कुशवाह तथा शिक्षा सचिव द्रि्रेन्द्रविक्रम थापाले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय पोखराको आज निरिक्षण गर्नुभयो । सो अवसरमा क्षेत्रीय कार्यालयमा अवस्थित पाठ्यपुस्तक गोदाम अवलोकन गर्नुका साथै क्षेत्रीय कार्यालयले गरेका कामका बारेमा जानकारी लिनुभयो । जनक शिक्षा कार्यालय पोखराले गण्डकी र धौलागिरीका !) जिल्लामा आफनो सेवा दिदै आएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय पोखराका प्रमुख जयराम अर्यालले पाठ्यपुस्तकको विक्री वितरण तथा मौज्दात सम्वन्धमा मन्त्री कुशवाह र सचिव थापालाई विस्तृत रुपमा जानकारी दिनुभएको थियो । क्षेत्रीय कार्यालयका अनुसार गत वर्षमाघ मसान्तसम्म पाठ्यपुस्तकको मौज्दात १३ लाख १८ हजार ६११ थान रहेकोमा यसवर्षमाघ मसान्तसम्म १८ लाख १४ हजार ५४५ थान रहेको छ । गत वर्षभन्दा यस वर्षपाठयपुस्तक चार लाख ६१ हजार ५८९ थान बढी मौज्दात रहेको छ । कक्षा पाँचको पाठयपुस्तक परिमार्जन भई सो पुस्तक धमाधम केन्द्रबाट छपाई गरी पठाउने कार्य भैरहेको बताइएको छ ।
यसवर्षपश्चिमाञ्चलका गण्डकी र धौलागिरी अञ्चलमा विद्यालयस्तरको पाठयपुस्कको अभाव हुन नदिन सो कार्यालयले आवश्यक तयारी पुरा गरेको पनि मन्त्री कुशवाहलाई निरीक्षणका अवसरमा कार्यालय प्रमुख अर्यालले जानकारी गराउनुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.