Pages
▼
Monday, February 1, 2010
४-१ को फराकिलो गोल मछिन्द्रलाई हराउदै आर्मी सेमिफाइनलमा
पोखरा १७, माघ
कमजोर प्रतिद्धन्द्धी मछिन्द्र क्लबलाई ४-१ को फराकिलो गोल अन्तरले हराउदै नेपाली सेनाको आर्मी क्लबल आहाको आठौं सस्करणको सेमिफाइनल प्रवेश
पहिलो हाफमै तीन गोलले अग्रता लिएको आर्मीले ८२ औं मिनेटमा खेलको १० औं मिनेटमा रामकुमार विश्वासले गोल गदै अग्रता दिएका थिए ।उनले राजु तामाङको पासमा उत्कृष्ट हेड गर्दै अग्रता दिलाएका थिए ।
आर्मीका अगाडि निरिह बनेका मछिन्द्रका खेलाडिको कुनै सिप चलेन । शारिरिक रुपमा साना र कलिला खेलाडीको जमात आर्मीका बलिया र अग्ला खेलाडिले दबदबा कायम
खेलको १७ औं मिनेटमा दोस्रो गोल बिकर्ण श्रेष्ठले गरे । हरि महतोको प्रहार गोलकिपर विशाल मगरको हातबाट फुत्किएको बललाई बिकर्ण श्रेष्ठले गोल गरेका हुन् । आर्मीका अग्ला खेलाडीको सामु होचो कदका मछिन्द्रका खेलाडीले रोक्ने प्रयास असफ बन्यो ।
दुई गोलले पछिपरेको मछिन्द्रले २९ औं मिनेटमा अर्को दुर्भाग्य सहनुपर्यो । रुपेश केसीले आर्मीका विश्व बैराग समाललाई डिबक्समा लडाएपछि पाएको पेनाल्टी अवसरलाई राजु तामाङले गोल गर्दै पहिलो हाफ ३-० मा टुंगियो । नरेश पोखरेलको पासमा कर्ण लिम्बुले ७९ औ मिनेटमा हेड गोल गदै मछिन्द्र लागि सान्त्वना गोल गरेर बाँकी दर्शको सहानुभुति बटुलेका थिए । उनले गोल गरेको तीन मिनेट पनि वित्न नपाउदै म्यान अफ दि म्याच बिकर्ण श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४-१ गोलअन्तरसँगै दोस्रा क्वाटरफाइलनको खेल टुङग्याए । बिकर्ण पोखरेली चुनबहादुर थापाको क्रस पासमा बललाई पोष्टको दिशा दिएका थिए ।
मबारको तेस्रो र्क्वाटर फाइनल खेल मनाङ मर्स्याङदी र ढाका स्पोर्टिङ क्लब बंगलादेश बीच हुने छ।
No comments:
Post a Comment
Please, comment about this article.