Friday, February 14, 2020

पोखराको जिरोकिमिमा दुर्घटना, एकको मृत्यु -News Pokhara

पोखरा, १ फागुन गते
अन्दाजी ०४:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.५ जिरो कि.मि.  स्थित ग १ ज ४०९७ नं. को ट्याक्सी र ग १० प २५५५ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार जिल्ला दार्चुला घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका -६ खहरे बस्ने अन्दाजी वर्ष ३५ को पदम सिंह दडालको उपचारको क्रममा मृत्यु भएको छ । भने मोटरसाईकल चालक जिल्ला काभ्रे घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड बस्ने वर्ष २४ को आशिष भुजेल घाईते भई उपचार भईरहेको, घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tuesday, November 26, 2019

समाजवादीका बाबुराम र धर्मराज बेग्लाबेग्दै घरदैलोमा





 पोखरा, ९ मंसिर
वडा नम्बर १६ अर्मला समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको जन्मगाउँ हो । कास्की क्षेत्र नम्बर २ को उम्मेदवार बनेर अर्मला घरदैलोमा पुग्दा गाउँले उत्साहित भए । अर्मलाको माटोले जन्माएको व्यक्ति अहिले चुनावमा उम्मेदवार भएकोमा खुसी हुँदै जोगीमणी र अर्मला गाउँका मतदाताले इन्जिनियर धर्मराजलाई शुभकामना दिए, ‘चुनाव जित्नु र विकास गर्नु ।’
देशविदेशको अनुभवलाई राजनीतिमार्फत संसद पुगेर आफ्नै देशमा लगाउने बताएपछि स्थानीयले बधाइ दिए । ज्येष्ठ नागरिक गमा गुरुङले आशिष दिँदै भनिन्, ‘जाउ बाबु, देश बनाउ । जनतालाई सुख दिने बाटो गर ।’
उम्मेदवार गुरुङले एक मौका दिए काम गरेर देखाउने गाउँलेलाई बताए । अर्मलाको माटोमा जन्मिएको धर्मराजले जालझेल र झुटको राजनीति कहिल्यै नगर्ने उनले प्रतिवद्धता गरे । ‘म भ्रष्टाचार गर्न जान्दिन । यो देशमा असल व्यक्ति अब राजनीतिमा आउनु पर्छ,’ धर्मराजले भने, ‘तपाईंहरुले पहिलेपहिले अरुलाई जिताउनु भयो । गाउँको छोरोलाई भोट हाल्नुस् ।’
पोखरामा आइतबार चुनावी सभामार्फत गरेर शक्तिप्रदर्शनपछि समाजवादीका उम्मेदवार वडा नम्बर १६ तिर घरदैलोमा पुगेका हुन् । व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने धर्मराजको भनाइ थियो ।
‘व्यक्ति आफैंमा खराब हुँदैन । राजनीति आफैमा गलत होइन । तर, यहाँ राजनीति गर्ने मान्छेको प्रवृत गलत भयो,’ धर्मराजले भने, ‘तीनै गलत कुरा फेरिनुपर्छ । देशमा सुशासनको सिस्टम बस्नुपर्छ भन्ने मानयता राख्छु ।’ पछि पछुताउनुभन्दा राम्रो उम्मेदवार छानेर मात्र भोट हाल्न उनले आग्रह गरेका छन् । नेतालाई मात्र गाली गर्नुको सट्टा आफैंले गतिलो नेता छान्ने जनताको अवसर नै चुनाव भएकाले त्यसको सदुपयोग गर्न धर्मराजले मतदातालाई अनुरोध गरे ।
चुनावी सभालाई सम्बोधन गर्न आइतबार पोखरा आएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि धर्मराजलाई भोट माग्न घरदैलो पुगेका छन् । धर्मराज जन्मगाउँतिर घरदैलोमा पुगे भने डा. भट्टराई वडा नम्बर १५ र १७ मा घरदैलो गरेका थिए ।
डा. भट्टराईले धर्मराजजस्तो सक्षम व्यक्ति पोखराको माटोले पाएको बताउँदै समुपयोग गर्न आग्रह गरेका थिए । देशमा पुराना पार्टीले पटक पटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पाटीे वैकल्पिक राजनीतिमा आएको भट्टराईले बताए । पोखराबाट धर्मराजलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन भट्टराई आग्रह गरेका थिए ।
समाजवादी पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिए ।


धर्मराजको धमकेदार घरदैलो


पोखरा
उपनिर्वाचनको मिति नजिकिदै गर्दा समाजबादी पार्टीले चुनावी प्रचार अभियानले तिव्रता पाएको छ । अर्को  कुलमान बन्ने  भन्दै चुनावी प्रचारमा हिडेका समाजबादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ्गको घरदैलो यतिबेला कास्कीमा चर्चाको विषय बनेको छ ।
समाजबादी पार्टीको घरदैलोमा उम्मेदवारलाई माला र खादा लगाउनेहरुको घुईचो नै छ । सोमबार अर्मलामा भएको घरदैलो र मंगलबार भलाममा भएको घरदैलोमा उनलाई सम्मान गर्नेहरुको भिड बढेको देख्न सकिन्छ ।
लामोसमय युएनमा काम गरेका धर्मराज जिताउनको लागि भन्दै उनका गुरुङ्ग समुदायको ठुलो पङ्ती लागेको देखिन्छ । उनको चुनावी सभा हुँदै घरदैलो कार्यक्रमसम्मलाई नजिकबाट नियाल्ने हो भन्ने उनको जुलुस र घरदैलोमा परिपक्क  नेता कार्यकर्ताको उपस्थिति देखिन्छ ।
सपना अब नेताको होईन जनताको पुरा गर्नुपर्छ भन्दै घरदैलो हिडेका गुरुङ्गलाई अर्को कुलमान भएर काम गरेर देखाउने ठुलो धोको छ । घुमाएर र मिलाएर बोल्न नजान्ने गुरुङ भलाममा भएको घरदैलोमा  भन्छन्–‘ म काम गर्न आको छ । गफ गर्नेहरुले देश बिगारे अव काम गर्नेलाई जिताउनुहोस ।’

Tuesday, November 19, 2019

सप्तरंग–२ अमरसिंहमा भोलि-Saptarang Season 2 in Pokhara Nepal

मंसिर ३, पोखरा
ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रवर्धन र समुन्नति नारा सहित कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्य कलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ ।
कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६ प्रदेशमा भएपछि पोखरा हुन लागेको हो । ‘सुरुमा प्रदेश १ गतेबाट सुरु भएको यो कार्यक्रम प्रदेश नम्बर ५ सुर्खेत पछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,’ उनले भने, ‘गत वर्ष पनि पहिलो संस्करणको कार्यक्रम गरेका थियौं । त्यति बेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागी थियो ।’
कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने क्षेत्रीले जानकारी दिए । अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो ।

Monday, November 18, 2019

वडाध्यक्षद्वारा घार्मी सडकको निरीक्षण

शिशिर
पोखरा ०२ मंसिर
तिव्र रुपमा निर्माण कार्य भैरहेको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकको पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेल सहितको टोलीले निरीक्षण गरेको छ ।

पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको छ । भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने गा्रभेल राख्ने काम शुरु भएको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो । निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडकका सुपरभाइजर राजु गुरुङसँग निर्माणका विविध पक्षका विषयमा जानकारी लिनुभएको थियो ।

त्यस अवसरमा उहाँले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचक््रयाई नगर्न सुझाव दिनुभयो । वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको वताउदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना  वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए । पछिल्लो समय वडाभित्र भैरहेका विकास निर्माणका कामको अनुगमनमा सक्रिय वन्नुभएका वडाध्यक्ष पौडेलले वस्ती वचाएर सडक निर्माण गर्नु चुनौतीपुर्ण रहेको भएपनि स्थानियको सहयोगले कठिन काम पनि पुरा भएको वताउनुभयो । निरीक्षण टोलीमा वडाध्यक्ष पौडेल सहित नेकपाका वडा सचिव निर्मल वास्तोला र उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेल सहभागी हुनुहुन्थ्यो ।

उक्त सडकलाई राष्टिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद रहेका तत्कालिन मन्त्री कुमार खड्काले भुमिका खेल्नु भएको थियो । यसैविच सडक निर्माणसँगसगै अवरुद्घ वनेको यातायात सेवा छिट्टै संचालनमा ल्याउने समितिले जनाएको छ ।यस्तै लामाचौरकै गौरवको रुपमा रहेको लिफ्टीङ्ग खानेपानी आयोजनाको काम पनि भैरहेको छ । आयोजना अन्र्तगत घार्मीमा टंकी निर्माणको काम अन्तिम चरणमा पुगेको र टंकी निर्माणको काम सम्पन्न भएपछि लाईन वितरणको काम शुरु गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । हाल वडा नम्वर १९ भित्र विकास निर्माणका विभिन्न कार्यले तिव्रता पाएका छन् ।