Saturday, September 2, 2017

फरार अपराधीहरु ७ पक्राउ Man Arrested

पोखराभाद्र १७ गते          
बिभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाइ पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत  सम्मानित अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका निम्न फरार प्रतिबादीहरुलाईकास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका मानिसहरु :
१.    जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका –१ बगर बस्ने  बर्ष ३५ भरत शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ( कैद असुल गर्न २९ दिन )
२.    ऐ.ऐ.बस्ने बर्ष ३५ को संजय शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ( कैद असुल गर्न २९ दिन )
३.    जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका -१ नयागल्ली बस्ने ईल्ची पुन
( कैद असुल गर्न ४ बर्ष १० महिना १९ दिन र नगर रु. ५,००० )
४.    जिल्ला कास्की साविक हेम्जा-३ हाल पोखरा लेखनाथ महानगरपालिका बडा नं २५ हेम्जा बस्ने बर्ष ३५ को गणेश बहादुर कुवर –सवारी ज्यान मुद्धामा उच्च अदालत कास्कीको आदेश बमोजिम २ बर्ष कैद
५.    जिल्ला गोरखा सिर्दिवास ३ घर भई हाल पोखरालेखनाथ महानगरपालिका बडा नं ९ बस्ने ज्यान मार्ने उद्योग तथा डाका चोरी मुद्धाको फरार प्रतिबादी बर्ष १७ को बगुरे भन्ने बिकास गुरुङ (मुद्धा फैसला नभएको  पुर्पक्षमा रहेको )
६.    जिल्ला पर्बत आर्थर डाडाखर्क ६ हाल कुष्मा न.पा.१४ घर भई पोखरा लेखनाथ महानगरपालिका(१७ छोरेपाटन बस्ने लेनदेन मुद्धाको फरार प्रतिबादी देउ कुमारी गुरुङ ( एक बर्ष कैद ) 
७.    जिल्ला कास्की पोलेमनपा.१८ सराङकोट बस्ने बर्ष ३२ को राजु बि.क  (चोरी मुद्धा ७ दिन कैद भुक्तान बाकी र १ लाख २५ हजार जरिवाना )

जिल्ला प्रहरी कार्यालय कास्की

तास खेल्ने ६जना पक्राउ

 पोखराभाद्र १७ गते
मिति २०७४।०५।१६ गते अं.२१:०० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका( १७ छोरेपाटनको ओरालो स्थित बर्ष २९ को पुर्ण बहादुर महतरा ले संचालन गरेको  डेविजफल होटलमा अबैध रुपमा तास(जुवा) खेलिरहेको जानकारी प्राप्त हुना साथ प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलिले तास खेली खेलाईरहेको अबस्थामा निम्न स्थान बस्ने ०६ जना मानिसलाई १ बुक तास, नगद रु.५६,७७०।– (अक्षरुपिछपन्न हजार सात सय सत्तरी मात्र ) सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
निम्न :
१.   जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नं.(१७डेबिजफल बस्ने बर्ष २९ को पुर्ण बहादुर महतरा ( होटल संचालक )
२.    ऐ.ऐ.बस्ने बर्ष २२ को मोती सुबेदी
३.   ऐ.ऐ.बस्ने बर्ष ३५ को सुब्बा गुरुङ
४.   ऐ.ऐ.बडा नं ६ लेकसाईड बस्ने बर्ष ४४ को यामलाल पौडेल
५.   ऐ.ऐ. बडा नं ८ नागढुगा बस्ने बर्ष ३१ को गौतम बराल ।
६.   ऐ.ऐ. बस्ने बर्ष २७ को पदम तामाङ

Thursday, August 17, 2017

पोखरामा बिभिन्न स्थानमा जुवा खेल्ने पक्राउ

पोखरा-भाद्र १
आज मिति २०७४/०५/०१ गते कास्की जिल्लास्थित पोखरा लेखनाथ महानगरपालिका स्थित ३ स्थानमा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलिलेजुवा तास खेलिरहेको स्थानबाटै निम्न मानिसहरुलाई निम्न रकम सहित  पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।


१.    स्थान :पोखरा लेखनाथ -१४ चाउथे स्थित तनहूँ थानीभाई होटल भित्र रहेको कोठामा (५ जना )
  •    व.प्र.का.रामबजार कास्कीबाट
  •    ५ जना व्यक्तिहरुबाट नगद रू। २३,७६०।– ( अक्षेरुपी तेईस हजार सात सय साठी मात्र)

मानिसहरुको नाम ठेगाना:
१.    जि.तनहुँ भानु न.पा.४ घर भई हाल पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ४५ को राम कृष्ण जोशी । (होटल)
२.   पोखरा लेखनाथ २५ बिजयपुर बस्ने बर्ष ३० को प्रेम गुरुङ ।
३.   ऐ.ऐ.१४ चाउथे बस्ने बर्ष ४५ को अमृत बहादुर कार्की ।
४.   ऐ.ऐ. बस्ने बर्ष ३० को मनोज लामा ।
५.  ऐ.ऐ.बस्ने बर्ष ३० को बिनोद सेदाई ।

२.    स्थान: पोखरा लेखनाथ १७ स्थित बिरौटा स्थित गोपि श्रेष्ठको ३ तले घरको कोठाभित्र (५ जना )
  •     जिल्ला प्रहरी कार्यालय कास्कीबाट
  •     ५ जना व्यक्तिहरुलाई नगद रू। ६२,७२५।–( अक्षेरुपी बैसाठी हजार सात सय पचिस मात्र )

मानिसहरुको नाम ठेगाना:
१.   जि.कास्की पोखरा लेखनाथ महानगरपालिका १७ बस्ने बर्ष ४८ कि गोपि श्रेष्ठ (घरधनि) ।
२.    जि.दोलखा भिमेश्वर न.पा.९ घर भई हाल पोखरालेखनाथ ९ बस्ने बर्ष ३४ को राजेन्द्र श्रेष्ठ ।
३.    जि.कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं ९ बस्ने बर्ष ४९ को किसोर शर्मा ।
४.    जि.मुस्ताङ तुकुचे ६ घर भई हाल पोखरालेखनाथ(८ नागढुगा बस्ने बर्ष ४४ को प्रेम बुढाथोकी ।
५.    जि.स्याङजा बानेथोक देउराली घर भई हाल पोखरालेखनाथ -८ बस्ने बर्ष ५७ को डोल बहादुर थापा ।

३.    स्थान:पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी स्थित खेम बहादुर गुरुङको घरमा (७जना )
  •   बडा प्रहरी रामबजार कास्कीबाट
  •   ७ जना व्यक्तिहरुलाई नगद रू- १३,२०५ – (अक्षेरुपी तेह्र हजार दुई सय पाच मात्र )

मानिसहरुको नाम ठेगाना:
१.   कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ५० को प्रेम लामा
२.   ऐ.ऐ.बस्ने बर्ष ३६ को निर्मल गुरुङ
३.    ऐ.ऐ.बस्ने बर्ष ३१ को हितमान गरुङ
४.    ऐ.ऐ.१२ शितलादेबी बस्ने बर्ष ६० को खेम गुरुङ ९घरधनि०
५.    ऐ.ऐ.बस्ने बर्ष ७७ को बिर्ख बहादुर गुरुङ
६.    ऐ.ऐ.बस्ने बर्ष ३१ को अनु गरुङ
७.    ऐ.ऐ १० अंमरसिह बस्ने बर्ष ५३ को बिष्णु पोखरेल

                                                                          प्रबक्ता :प्रहरी नायब उपरीक्षक
                                                                            खड्क बहादुर खत्री

                                                      जिल्ला प्रहरी कार्यालय कास्की

अनेरास्ववियु को राहत संकलन अभियान सुरु-Support to Flood Victims in Tarai > HELP NEPAL

 पोखरा ३१, साउन
अनेरास्ववियु को राहत संकलन अभियान पोखरा क्षेत्रमा पनि सुरु भएको छ । अनेरास्ववियु को राहत संकलन अभियान अन्तर्गत आज (मंगलबार) अनेरास्ववियु  क्षेत्र नं ४ ले २४ हजार एक सय ४१ रुपैया राहत संकलन गरी जिल्ला अध्यक्ष शेखर गौतमलाई क्षेत्रिय अध्यक्ष वलराम गौतमले हस्तान्तरण गर्नु भयो । 
तराईमा डुवान र कास्की रिभानमा गएको वाढीले क्षती पुगेकाहरुको निम्ती राहत स्वरुप यो अभियान संकलन गरिएको क्षेत्रिय इन्चार्ज माधव गौतमले जानकारी दिनुभयो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य भरतमान कोने गुरुङले दान वक्स अध्यक्षलाई हस्तान्तरण गरी उक्त अभियानको सुरु गर्नु भएको हो । भिमसेनचोक, चिप्लेढुंगा लगायतको क्षेत्रबाट उक्त रहात संकलन भएको हो भने भोलि देखि पोखरा क्षेत्रका अन्य क्षेत्रमा रहात संकलन गरिने भएको अध्यक्ष गौतमले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ द्वारा रहत संकलन-Nepal Red Cross Society-Pokhara,Nepal



पोखरा, ३२ साउन ।
       नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको विपत व्यवस्थापन समितिको आह्वानमा नेपालको तराई क्षेत्रमा अविरल वर्षाका कारण पर्न गएको बाढीपहिरो धनजनको क्षति र घरबार विस्तापित रहेका व्यक्तिलाई केही मलमपट्टी लगाउने उद्देश्य राखी उपशाखा १०, ११ को नेतृत्वमा राहत संकलन कार्य सम्पन्न भयो ।
       उपशाखा कार्यालय परिसरबाट शुभारम्भ गरिएको राहत संकलन कार्यमा सम्मर बहादुर श्रेष्ठको नेतृत्वमा उपशाखा १०, ११ का पदाधिकारी, महिला उपसमिति, श्रमिक बालबालिका सम्पर्क केन्द्र वडा नं. १०, १५ र राममन्दिर माछापुच्छे« महिला समूहका पदाधिकारीहरु गंगा कुँवर, सूर्यबहादुर बानिया, सिता तिमिल्सिना, कलावती शर्मा, जीवन श्रेष्ठ, माया भुजेल, लेकमाया पुन, हरिमाया भुजेल, निर्मला श्रेष्ठ, लक्ष्मी राजभण्डारी, नन्दु देवकोटा, विष्णु आचार्य, बुद्ध क्षेत्री, रविन परियार, कृष्ण कुमारी क्षेत्री, यम कुमारी ढकाल, सुकमाया गुरुङ्ग र नलु गुरुङको सहभागिता रहेको उक्त राहत संकलन कार्यमा वडा कार्यालय वडा नं.१० अमरसिंहचोक, उत्तमचोक, रक्षामार्ग, बुद्धचोक, गौरीमार्ग, रामबजार हुँदै कालिका मन्दिरमा गई सम्पन्न गरिएको थियो ।
       राहत संकलन कार्यमा घरघरबाट सहयोग मिलेको र छिटोभन्दा छिटो राहत पु¥याउनुपर्ने सहयोगीदाताहरुको भनाई रहेको उक्त राहत संकलन कार्यमा ६० हजार संकलन भएको र उपशाखा १०, ११ बाट उक्त रकम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने समेत निर्णय गरिएको थियो । आजीवन सदस्यहरु र विदेशमा रहेका नेपालीहरुलाई समेत सहयोग गर्न आह्वान गरिएको उक्त कार्यमा बाढी र पहिरोमा परि दिवंगत भएका आत्माको चिर शान्तिको कामना गर्दै घाइते बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।