Sunday, April 10, 2016

ज्योतिकुञ्जमा विज्ञान प्रदर्शनी -Jyotikunj English School Pokhara Nepal





    पोखरा, २७ चैत ।
 पोखराको रामबजारमा रहेको ज्योतिकुञ्ज इङलिस उच्च माविले शनिबार वृहत विज्ञान प्रदर्शनी तथा शैक्षिक सत्र २०७१/७२ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकाल प्रमुख अतिथी रहेका थिए । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याब्सन कास्की अध्यक्ष चिनु रानाभाटको विशेष उपस्थिति रहेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरन कुँवरले शैक्षिक गतिविधी र भावी योजनाहरुबारे जानकारी दिएका थिए
 कार्यक्रमका प्रमुख अतिथी कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै यस्ता गतिविधीहरुले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनमा सहयोग पुग्ने बताए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम र नृत्य समेत प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०७१/०७२ मा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

यौन व्यवसायमासंलग्न व्यक्तिहरु पक्राउ-Pokhara News

पोखरा- चैत्र २६गते ।   
    पोखरा नगर क्षेत्रमा यौन व्यवसाय फष्टाउदै गरेको भन्ने जनगुनासो तथा आम नागरिकहरुबाट प्राप्त सुचनाको आधारमापोखरा नगर क्षेत्रका जाल्पारोड स्थित परि खाजा घर, एम।वि। खाजा घर,मालिका खाजा घर,पोखरा बसपार्क स्थित मनकामना गेष्ट हाउस,नागढुंगा स्थितनिर्भाना रेष्टुरेण्ट,एयरपोर्ट स्थित नाम नभएको खाजा घर,बगालेटोल स्थित फाष्ट फुड मस्म, सृजनाचोक स्थित यूनिक खाजा घर लगायतका विभिन्न होटल, लज तथा खाजा घरहरुमाअवैध यौन व्यवसायमा संलग्न रहेका २६ जना व्यक्तिहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरु मध्ये २१ जना महिला र ५ जना पुरुष रहेका छन् ।निजहरु उपर यस कार्यालयबाट थप अनुसन्धान कार्य भईरहेको ।



मितिL:२०७२।१२।२६गते।                   
 जिल्ला प्रहरी कार्यालय कास्की।
               

Monday, April 4, 2016

लायन्स क्लब अफ पोखरा हेल्पपूल ह्याण्डको नयाँ कार्यसमिति चयन -LionsClubs of Pokhara-Helpful Hands

पोखरा २१ चैत्र ।
लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्डस्ले लायन वर्ष २०१६/१७ का लागि लायन अमृत प्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गाइडिङ्ग लायन शारदा पराजुली तथा जोन चेयर पर्सन लायन बेलकुमारी चापाईको उपस्थितिमा भएको चुनावबाट प्रथम उपाध्यक्ष लायन मोहनमणि सुवेदी, द्वितिय उपाध्यक्षमा लायन डील ब.विश्वकर्मा, तृतिय उपाध्यक्षमा लायन नर्बु योल्मो र सचिवमा लायन मोहन सुवेदी चयन हुनुभएको छ ।
    यसैगरी सह सचिव लायन अन्जु नेपाली, कोषाध्यक्ष लायन तेज प्रसाद अधिकारी, सह कोषाध्यक्ष लायन कुष्ण नेपाली, मेम्बरसीप चेयर पर्सन लायन दुर्गा सुनार,पी.आर.ओ. लायन प्रेम ब.सुनार, टेल टुइस्टर लायन चित्र ब.सुनार, र टेमर लायन विनोद सुनार चयन हुनुभएको क्लबका नवनिर्वाचित सचिव लायन नर्बु योल्मोले जानकारी दिनुभयो । यसैगरी क्लबको स्वास्थ्य निर्देशकमा लायन विमल कुमार गुरुङ्ग, संचार निर्देशकमा लायन नरेश बि.क, खेलकुद निर्देशकमा लायन महेन्द्रमणि अधिकारी, कोष बृद्घि निर्देशकमा लायन कुल बं सुनार (सञ्जु) र आपतकालिन निर्देशकमा लायन मन ब. सुनार रहनुभएको छ । यस्तै सल्लाहकारहरुमा लायन डी.बी.विश्वकर्मा, लायन शिव सुनार , लायन शान्त कु.श्रेष्ठ, लायन विश्वमणि ढुंगाना तथा लायन ईन्द्र प्रसाद बराल रहनुभएको छ ।
निवर्तमान अध्यक्ष लायन डी.बी.विश्वकर्माको संयोजकत्व तथा सह निर्वाचन संयोजक लायन ईन्द्र प्रसाद बराल र लायन शान्त कुमार श्रेष्ठको निर्वाचन मण्डलले विधिवतरुपमा निर्वाचन गराएको जनाईएको छ । कार्यक्रममा बोल्दै लायन अमृत प्रसाद तिवारीले आगामी लायन वर्ष २०१६/१७ का लागी भावि कार्यक्रमहरुका साथ अध्यक्षको सक्रिय भुमिका निर्वाह गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।




Tuesday, March 29, 2016

लागू औषध सहित मानिस पक्राउ-Man arrested with Drugs-Pokhara,Nepal

 पोखरा,चैत्र १५ गते
    मिति २०७२/१२/१४ गते अं. १९:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ६ खहरे स्थित सडकमा ग.१.च. ६७९० को कारमा लागू औषध डाईजापाम समेत खरिद बिक्री गर्दै छन भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उक्त सवारी चेकजांच गर्दा डाईजापाम सि.सि. थान १३, लुपिजेसिक थान १३ र फेनेरागन थान १३ र ग.१.च. ६७९० नम्बरको सवारी साधन सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा आबश्यक अनुसन्धान कार्य भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    जिल्ला कास्की पोखरा १७ बस्ने बर्ष २५ को अरुण तामाङ ।
२.    जि. स्याङजा फेदीखोला गा.वि.स. वडा नं. ८ बस्ने बर्ष ३७ को मोहन गुरुङ ।
३.    जि. झापा दमक न.पा. वडा नं. १ बस्ने बर्ष २८ कि शर्मिला खजुम ।
   
मिति: २०७२/१२/१५ गते।                     
 जिल्ला प्रहरी कार्यालय कास्की
               

Wednesday, March 16, 2016

पेस्तोल देखाई रकम लुटपाट गर्ने पक्राउ-Man arrested with Pistol

पोखरा,चैत्र २,गते     आज मिति २०७२/१२/२ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ पृथ्वीचोकको शिवालय मार्गमा रहेको सभ्यता मनी ट्रान्सफरको कार्यालयमा अपरिचित ब्यक्ति मोटरसाईकलको हेल्मेट लगाई कार्यालय भित्र प्रवेश गरी  पेस्तोल देखाई डर, धम्की दिई नगद लुटपाट  गरी भागेको भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गई स्थानियबासीहरुको सहयोगमा लुटपाटमा संलग्न जिल्ला सुनसरी धरान नगरपालिका घर भई हाल पोखरा १० रामबजार बस्ने बर्ष ३७ को प्रशान्त थापा मगरलाई निजले लुटन प्रयोग गरेको एयर पेस्तोल १ नाल,  ऐ। को छर्रा १३ थान, बा।२४।प। ४०७९ नम्बरको मोटरसाईकल र लुटिएको नगदरु. रु. ६,४५,५००।( ९ अक्षरुपी छ लाख पैतालिस हजार पांच सय  सहित पक्राउ गरिएको ।
    पक्राउमा परेको प्रशान्त थापा मगरलाई आजै सम्मानित अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की