Wednesday, March 16, 2016

ट्रेड यूनियन महासंघ ४ नम्बरमा गौतम -Pokhara News


पोखरा, चैत २ गते
अखिल नेपाल ट्रेड  यूनियन महासंघ चार नम्बर प्रदेशको अध्यक्षमा पोखराका रुद्र गौतम चयन भएका छन् ।
महासंघको मंगलबार पोखरामा भएको सम्मेलनले उपाध्यक्षत्रयमा राजेन्द्र तिमिल्सिना, लोक प्रसाद भुर्तेल, बिनोद पाण्डे, सचिबमा राजेन्द्र न्यौपाने, सह सचिबमा नबीन अधिकारी  र कोषाध्यक्ष सुन्तली थारु सहित २८ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिमा ७ जना सदस्य पछि थप गरीने नब निर्बाचित अध्यक्ष रुद्र गौतमले जानकारी दिए ।
सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड  यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले मजदुरहरुकै नेतृत्वमा नेपालमा समाजवादी क्रान्ति सम्पनन हुने दाबी गरे ।
“माओवादी पार्टीले अघि सारेको समाजबादी क्रान्ति पुरा गर्न अब धेरै समय लाग्दैन । सात आठ बर्षमै पुरा हुन्छ ।” जमरकट्टेलले थपे– “त्यसको नेतृत्व गर्न अब सम्पुर्ण मजदुरहरु एकजुट हुनुपर्दछ ।”
माओवादी मजदुर आन्दोलनकै कारण देशभरका मजदुरहरुको सेवा सुबिधा बढेको तर अहिले मजदुरहरु सुस्ताउँदा मालिकहरुले हेप्ने प्रबृत्ति बढेको भन्दै अब नयाँ उर्जा सहित मजदुरहरुको हक अधिकारका लागि आफ्नो नेतृत्वको महासंघ जुर्मुराएर अघि बढ्ने वताए ।
सम्मेलनमा बोल्दै एनेकपा माओवादी कास्कीका इञ्चार्ज राजकाजी गुरुङले मजदुरहरुकै नेतृत्वमा संसारमा ठुला ठुला परिवर्तन भएको भन्दै अब नेपालमा पनि मजदुरहरुको नेतृत्वमा श्रमजिवी जनताको सत्ता स्थापना हुने गरी परिवर्तनको आन्दोलन हुनुपर्ने कुरामा जोड दिनुभयो 
कार्यक्रममा महासंघका उपाध्यक्ष जय कार्की, महासचिब गणेश रेग्मी, एमाओवादी कास्कीका नेता लालमोहन तिवारी महासंघका तिन नम्बर प्रदेश अध्यक्ष जगत सिंखडा तथा महासंघका चार नम्बर प्रदेश संयोजक भुमबहादुर रेग्मी, अखिल नेपाल खेलकुद महासंघ चार नम्बर प्रदेश अध्यक्ष जिवन खाती, पृथ्बीराज बस संचालक समितिका महासचिब योगेन्द्र केसी र जिफण्टका गण्डकी अध्यक्ष रुद्र खत्री लगायतले सम्मेलनमा शुभकामना दिनुभएको सचिब राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

Saturday, March 12, 2016

उपमहानगरप्रति प्लाष्टिक उत्पादक र व्यवसायी असन्तुष्ट -Pokhara news


पोखरा, २८ फागुन 
 विकल्प नदिई पोखरा उपमहानगरपालिकाले पोखरालाई प्लाष्टिक झोला र कप मुक्त नगर घोषणा गर्न लागेको भन्दै त्यसको उत्पादन र कारोवार गर्ने व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।
पोखरामा रहेर विभिन्न किसिमका प्लाष्टिकका झोला तथा प्लाष्टिकजन्य सामान उत्पादन तथा बिक्री गर्दै आएका व्यवसायीहरुले छाता संस्था पोखरा उद्योग वाणिज्य संघ समक्ष उपमहानगरपालिकाले नागरिकको लगानी सुरक्षित नगराएको गुनासो समेत गरे । कुनै एक व्यक्तिले आफू हिरो हुन हचुवाको भरमा प्लाष्टिक मुक्त अभियान चािलएको  भन्दै उनीहरुले त्यसका विरुद्ध आन्दोलन नै गर्ने चेतावनी पनि दिए ।
‘प्लाष्टिक मान्छेको दैनिक जीवनमा प्रयोग हुन्छ, चुरोट, रक्सी बेच्नेलाई नियन्त्रण नगर्ने राज्य संयन्त्रले हामीलाई किन पेलियो, किन उद्योग बन्द गराउन खोजियो,किन विकल्प दिइएन ?’–प्लाष्टिक उत्पादकहरुले गठन गरेको संघर्ष समितिका संयोजक परमेश्वर आचार्यले प्रश्न गरे । प्लाष्टिकको पुन प्रयोग हुनुपर्ने, सफाइमा ध्यान दिँदै व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिकाले ध्यान नदिएको उनले गुनासो गरे ।
पोखरामा चारवटा प्लाष्टिक कम्पनी रहेका छन् । तर, उनीहरुको उत्पादनको बजार हिस्सा भने अत्यन्त सानो छ । उनीहरुको आशय उपमहामनगरपालिकाले लगानी सुरक्षित गर्ने समय दिओस् भन्ने रहेको छ ।
उनीहको कुरा सुनेपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले लगानीको सुरक्षाप्रति संघ संवेदनशील भएको बताए । पोखरालाई सफा र सुन्दर राख्नुपर्छ  भन्नेमा कसैको द्धिविधा नभएको जनाउँदै उनले लगानीको सुरक्षाप्रति उपमहागरपालिका संवेदनशील हुनुपर्ने बताए । यसको लागि संघले पहल गर्ने उनको भनाई थियो । संघका महासचिव रवीन्द्रबहादुर प्रजुले लगानीको सुरक्षा र विकल्प दिनको लागि उपमहागरपालिका तयार हुनुपर्ने बताए । कार्यक्रममा प्लाष्टिक उत्पादकको तर्फबाट हरिप्रसाद कर्मचार्य, मासु व्यवसायी ज्ञानहरि आचार्य,बिसाल बजार व्यवसायिक एसोसियसनका शिव शर्मा पौडेल,प्लाष्टिक व्यवसायी परमेश्वर आचार्य लगायतले मन्तव्य राखेका थिए । संघर्ष समितिले आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

आमा समूहहलाई मेलामा प्रवेश निःशुल्क -News-Pokhara-Nepal

पोखरा, २८ फागनु 
 पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नयाँबजारमा जारी रािष्ट्रय औद्योगिक व्यापार मेलामा सहभागी हुन पोखरामा रहेका आमा समूहहरुलाई आग्रह गरेका छन् ।
 मेलामा राखिएका महिला उद्यमीले संचालन गरेका उद्यमहरु, प्राङ्गारिक खेती, विभिन्न व्यवसायको अध्ययन अवलोकनबाट महिलाले आत्मनिर्भरताको बाटो समात्ने सक्ने भएकोले महिलाहलाई सो आग्रह गरिएको उनले जनाए । ‘आफ्नो समूहको पोशाक लगाएर मेलामा सहभागी हुनुहोस् र उद्यमशीलता सिक्नुहोस्’, उनले भने,‘ हाम्रो उदेश्य मेलामार्फत उद्यमशीलता सिकाउनु पनि हो, त्यसैले महिलाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।’ उनले मेला मनोरञ्जनसँगै सिक्ने थलो पनि भएकोले यसको भरपुर उपयोग हुनुपर्नेमा जोड पनि दिए ।
संघकी कार्यसमिति सदस्य तथा सुरक्षा उपसमिति संयोजक सीता गुरुङका अनुसार आमा समूहहरुका सदस्यहरुको  प्रवेशको लागि डे«स भने अनिवार्य गरिएको छ । आफ्नो समूहको पोशाकमा आउँदा पहिचान गर्न सजिलो हुने भएकोले यो व्यवस्था गरिएको उनले जनाइन् । यसैगरी समूहमा आउने विद्यार्थीहरुलाई टिकटमा ४० प्रतिशत छुट समेत दिइएको छ । विद्यार्थीको हकमा टिकट दर ४० कायम गरिएको थियो । विद्यार्थी लिएर आउने शिक्षकलाई प्रवेश निशुल्क गरिएको छ ।
मेलामा शनिबार  लोकदोहोरीतर्फ बद्रि पंगेनी पुरुषोत्तम न्यौपाने,प्रजापति पराजुली, लक्ष्मी नेपाली, निशा पोखरेल, रमेश विसी, चोलेन्द्र पौडेल, जीवन दाहाल, घनश्याम रिजाल, शिवहरि ढुंगाना लगायतको प्रस्तुति रहनेछ भने हाँस्यव्यङ्ग्यतर्फ ः किरण केसी र शिवहरि पौडेलले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । पपतर्फ डि–मोर्चा र ःत डडद्धड व्याण्डको लाइभ प्रस्तुति साथमा रहेका अन्तर जिल्ला उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता एवं  आकर्षक नृत्यहरु पनि मेलाका आकर्षक हुनेछन् ।
यता संघका महासचिव तथा प्रचार प्रसार उपसमिति संयोजक रवीन्द्रबहादुर प्रजुका अनुसार मेलामा शुक्रबारसम्म १ लाख १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोड २५ लाख भन्दा बढीको कारोवार भएको अनुमान गरिएको छ । मेला अन्तर्गत प्रवेश टिकटमा राखिएको कलर्स मोवाइल फागुन २५ गते ४० रुपैयाँ टिकट दरको १२१९ नम्बरलाई र फागुन २६ गते १२० रुपैयाँ टिकट दरको ००३१ नम्बरलाई प्राप्त भएको छ ।
यता गृहलक्ष्मी ग्याँस कम्पनीको प्रायोजनमा मेलामा उत्कृष्ट नृत्य गर्ने सहभागीलाई शुक्रबार एक थान भरिएको ग्याँस सिलिण्डर पनि बितरण गरियो । साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काका अनुसार शान्तिबन टोलमा बस्दै आएकी सविना घर्ती मगरलेले ग्याँस प्राप्त गरिन्  । यसैगरी पोखरा नुडल्सको तर्फबाट सरर ब्राण्डको चाउचाउ, चाचन समूहको हरपल ब्राण्डको ५ किलोग्राम र २० किलोग्रामको चामल र तेलहरु पनि मेलामा राम्रो नाच्नेहरुलाई उपहार स्वरुप प्रदान गरिँदै आएको छ । अब फागुन ३० गते आइतबार राम्रो नाच्नेलाई पनि एक थान ग्याँस उपहार पाउने अवसर रहेको छ ।

Friday, March 11, 2016

व्यापार मेलामा छुटको बहार, आज कन्दरा घन्किने -National-Industrial-Business-Event-2072-Pokhara

पोखरा, २७ फागुन ।
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका स्टलहरुले आफ्ना उत्पादनमा भारी छुटको व्यवस्था गरेका छन् । मेलामा राखिएका सबैजसो तयारी पोशाकका स्टलहरुले आफ्नो सामानमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् ।
 आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुका अनुसार मेलामा केही उत्पादनहरु प्रदर्शनीको लागि मात्र राखिएका छन् भने धेरैजसो सामानहरु बिक्रीकै लागि प्रदर्शन गरिएको छ । यता,मेलामा रहेका सूचना प्रविधीसम्बन्धी स्टलहरुले कम्प्यूटर, ल्यापटप, पावर बैंक र अन्य सामानहरुमा भारी छुट दिएका छन् ।
‘ चिया, प्राङ्गारिक उत्पादन, विभिन्न खाद्यान्न कम्पनीका चामल,तेल लगायतका सामानहरु बिक्रीसँगै प्रर्दशनीको उदेश्यमा समर्पित छन्’, उनले भने,‘ ति कम्पनीहरुले मेलालाई आफ्नो सामानको प्रचार स्थलको रुपमा प्रयोग गरेका हुन् । ’
महासचिव प्रजुका अनुसार मेलामा  रहेका स्टलहरुले तोकेको मूल्य बाहिरी बजारको भन्दा सस्तो रहेको छ । यसैगरी मेलामा चम्पा कपडा उद्योगले  खागीका बेचिरहेको छ । उद्योगका संचालक चप्पा सिँहका अनुसार पछिल्लो समयमा खाडीको कपडाप्रति मानिसहरुको चासो ह्वात्तै बढेको छ । लगाउन सलिलो , शालिनता अनि सितलता खाडीको कपडको विशेषता हो ।  यसैगरी मेलामा रहेको कपडा, मेरो चित्र मेरो टिसर्ट भन्ने स्टलले विभिन्न उत्कृष्ट भनाई र चित्र भएको टिसर्टहरु बिक्री गरिरहेको छ । ‘युवा पुस्तालाई सार्थक जीवनको महत्व बुझाउन तथा कलाको प्रवद्र्धन गर्नु हाम्रो उदेश्य हो ।’– मेरो चित्र मेरो टिर्सट पसलका संचालक कृष्णकुमार श्रेष्ठले भने । त्यसो त मेलामा पुस्तकप्रेमीहरुले पनि छुटको अनुभव गर्न पाउने छन् । मेलास्थलमा रहेको रिडर कर्नरले १५ प्रतिशत छुटमा किताब बेचिरहेको छ । कलर्स मोवाइल,विन्ध्यवासिनी अचार उद्योग लगायतका सबैजसो स्टलहरुले आफ्नो सामानमा छुट दिँदै आएका छन् ।
‘ सायद, मेलामा छुट नभएको कुनै सामान नै छैन’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन उपसमिति संयोजक मीनराज काफ्लेले भने,‘ मेला समापन हुने दिन नजिकिँदै गर्दा छुटको बहार झन बढ्नेछ ।’ प्राङ्गारिक कृषिबारे जनचासो बढाउन तथा उद्यमशीलता सिकाउनको लागि कृषिको स्टलबाट जानकारी पनि बाँडिएको उनले जनाए ।
 यता बिहीबारसम्म १ लाख ५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोडभन्दा बढीको कारोवार भएको छ । आउँदा दिनमा कारोवार झन बढ्ने छ । मेलामा रहेको अटोका स्टलहरुबाट विभिन्न ब्राण्डका गाडीहरु बुकिङ बढ्दै गएकाले कारोवार उकालो लाग्ने संघका उपमहासचिव  प्रकाशदेव पालिखेले जनाए ।
मेला अन्तर्गत शुक्रबार चर्चित ब्याण्ड कन्दराको सांगितिक प्रस्तुति रहनेछ । नयाँ एल्बम बजारमा ल्याउन लागेको कन्दराले साँझ हुने कार्यक्रममा आफ्ना नयाँ र पुराना गीत गाउने छ । कन्दरालाई देउराली ब्याण्ड र एसकुमारले साथ दिनेछन् । यसैगरी पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा,प्रजापति पराजुली, चोलेन्द्र पौडेल,जीवन दाहाल,सुरेन्द्र गुरुङ,शिवहरि ढुंगाना, रामजी पौडेल,ज्योति लोहनी, इन्द्रा गुरुङ लगायतको प्रस्तुति रहनेछ । यसैगरी अन्तर जिल्ला उद्योग वाणिज्य संघस्तरीय लोकदोहोरी प्रतियोगिता अन्तर्गत शुक्रबारबाट सेमिफाइनलको प्रतिष्पर्धा हुनेछ । पोखरा,पाल्पा, बालिङ र बुटवल उद्योग वाणिज्य संघ सेमिफाइनमा प्रवेश गरेका छन् । यता  मेला अन्तर्गत दैनिक टिकटमा कलर्स मोवाइल बुधबार अर्थात फागुन २६ गते ४० रुपैयाँ टिकट समूहको १२१९ नम्बरलाई प्राप्त भएको छ।

Thursday, March 10, 2016

सिर्जनाचोकमा सहकारी पसल-Pokhara News

पोखरा समाचारदाता
पोखरा, फागुन २७ गते । परोपकार सहकारी संस्था लिमिटेडद्धारा संञ्चालित परोपकार सहकारी पसलको डिभिजन सहकारी कार्यालयका प्रमुख बद्रि अधिकारीले आज एक समारोह बीच सिर्जनाचोकमा उद्घाटन गर्नु भयो ।
सात करोड पुँजी रहेको सो सहकारीले ५०लाखको लागतमा पसल संञ्चालनमा ल्याएको संस्थाको अध्यक्ष विष्णु बरालले जानकारी दिनु भयो ।
संस्थाका शेयर सदस्य लगायत सबै क्षेत्रका गाह्रकहरुलाई लक्षित गरि संञ्चालन गरिएको सो पसलमा गुणस्तरीय सेवा दिने दावी गरिएको छ । प्रतिसप्रधात्मक बजारमा सस्तो, राम्रो र स्तरीय सामान उपलब्ध गराउने भएकाले पसलले छिटैनै गाह्रकको मन जित्ने दावी छ ।
छ सयभन्दा बढी शेयर सदस्य भएको सो संस्थाले सहकारीको सिद्धान्त अनुसारनै सहकारी पसल संञ्चालनमा ल्याएको अध्यक्ष बरालको भनाई छ ।
कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख बद्रि अधिकारीले शेयर धनीहरुको लगानीलाई सुरक्षित राख्दै सेवा र नाफा दुवै दिनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सिमलचौर सहकारी संस्थाका अध्यक्ष सुवास सिग्देल, सिर्जना महिला सहकारीका अध्यक्ष कमला गिरी, शेयर धनीहरु सीता पौडेल, मिन गुरु लगायतका वक्ताले सहकारीको बारेमा बोल्नु भएको थियो ।