Saturday, November 28, 2015

प्रधानमन्त्रिलाई अनेरास्ववियुको ज्ञापन पत्र- Pokhara-News

पोखरा १२ मंसीर
अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीले मंसिर ९ गते सुनसरी जिल्लाको हरीपुर गाविसमा भारतिय सिमा सुरक्षा बल प्रवेश गरी अन्धाधुन्ध गोलि चलाउँदा चार जना घाईते भएको विषयमा नेपाल स्थित भारतिय राजदुताबासको कार्यालयले नेपालीहरुलाई गोली प्रहार नगरेको भन्ने विज्ञप्ती जारी गरेकोमा भारतिय राजदुत, घटनाका दोषि जवान र योजनाकारहरुलाई कारवाही लागि अन्र्तराष्ट्रिय अदालतमा उभ्याउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी कास्की मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । अन्र्तराष्ट्रिय सन्धि सम्झौता उल्लब्घन गर्दै अमानविय रुपमा नाकाबन्दि गर्ने, खुलमखुल्ला नेपाल प्रवेशगरी नेपाली नागरीकामाथी गोलि प्रहार गर्ने, भारतिय लोकसभाका सांसदले नेपालको भुमि भारतकै हो भन्ने जस्ता हेपाहा अभिव्यक्ति दिनु भारतको नेपाल प्रतिको कुदृष्टि भएको हुँदा यस्तो अवस्थामा पनि नेपाल सरकार टुलुटुलु हेरेर बस्न नहुने भन्दै अब यो समस्या समाधानको लागि अन्र्तराष्ट्रिय अदालत जानु पर्ने ज्ञापन पत्रमा जनाईएको छ । अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा राष्ट्र जोगाउनको लागि गरिने नेपाल सरकारको जस्तो सुकै कदममा अनेरास्ववियुले साथ दिने बताईएको छ । ज्ञापन बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले विद्यार्थीले उठाएका कुराहरु समयसान्दर्भिक रहेको र यसलाई कार्यान्वयन गराउने तहमा पु¥याउने बचन दिएका थिए ।

Tuesday, November 24, 2015

ग्याँस सिलिण्डर बरामद गरिएकाे बारेमा-Pokhara News


मिति २०७२।८।६ गते वितरण गरिएको गृहलक्ष्मी ग्याँस कम्पनीको सिलिण्डर वितरण गर्ने क्रममा पोखरा उ.म.न.पा. ११ रानीपौवा स्थित अनुप स्टोरमा वितरणको लागि झारिएका ३५२ वटा ग्याँस सिलिण्डर पूरा विक्री वितरण नगरी लुकाई राखेको भन्ने गुनासोको आधारमा आज मिति २०७२/८/८ मा अनुगमन गर्न जाँदा ५ थान ग्याँस सहितको सिलवन्दी सिलिण्डर बरामद भएको हुँदा निजको विक्री खाता सहित निज विक्रेतालाई थप कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाएको व्यहोरा जानकारी गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय,कास्की ।

Tuesday, November 17, 2015

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न -Pokhara News


 पोखरा- कार्तिक ३० गते,
        नेपाल प्रहरीले सम्पादन गरेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराई प्रहरी कार्य सम्पादनमा भए गरेका कमी कमजोरीहरुका सम्बन्धमा राय सुझाव लिई प्रहरी कार्यलाई जनउत्तरदायी बनाउने  उद्वेस्य अनुरुप प्रत्येक ३/३ महिनामा संचालन गरिदै आएको नागरिक सुनुवाई कार्यक्रम आज मिति २०७२/०७/३० गते दिनको १२:०० बजेको समयमाप्रहरी चौकी धम्पुस कास्कीको प्राङगणमा सम्पन्न गरिएको छ ।
        उक्त नागरिक सुनुवाई कार्यक्रममा उपस्थित महानुभावहरुबाट कास्की जिल्लाको पर्यटकिय क्षेत्र धम्पुस तथा अन्नपूर्ण वेश क्याम्प ईलाकाको शान्ति सुरक्षाका सम्बन्धमा प्रहरीले गरेका कार्यहरुको प्रशंशा गर्दै आगामी दिनमा प्रहरीबाट सम्पादन गर्नु पर्ने काम कारवाहीको सम्बन्धमा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु व्यक्त भएकोमा उठेका जिज्ञाशाहरुको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पालले जवाफ दिनु भएको थियो, उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बगर कास्कीका प्रहरी निरीक्षक मोहन बहादुर खांणले प्रहरी काम कारवाही सम्बन्धी विवरण प्रस्तुत गर्नु भएको थियो भने पृथ्वी नारायण मा।वि। धम्पुसका शिक्षक सम बहदुर गुरुङले सहजीकरण गर्नु भएको थियो ।

Thursday, November 12, 2015

जुवा खेल्ने पक्राउ--Man Arrested with Kauda-Pokhara News

पोखरा-कार्तिक २५ गते,
 मिति २०७२।०७।२५ गते दिनको ३:०० बजेको समयमा जिल्ला कास्की,लेखनाथनगरपालिका बडा नं ९ बेगनासताल स्थित होटल शिरिसमा कौडा खेलिरहेका छन् भन्ने विशेष सुराकीको आधारमा यस कार्यालयबाट खटिएको  प्रहरी टोलीले निम्न स्थान वस्ने २४ जना व्यक्तिहरुलाई नगद रु।११,१६,०७०।( अक्षरुपी ९ एघार लाख सोह्र हजार सत्तरी रुपैया , १८ थान कौडा  र थान ३ पासा सहित पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको ।
निम्न :
१.    जिल्ला कास्की लेखनाथ नगरपालिका बडा नं १ ऐ.ऐ.बस्ने बर्ष २८ को बिष्णु हमाल
२.    ऐ.ऐ.बस्ने बर्ष ४३ को टेक बहादुर गुरुङ
३.    ऐ.ऐ.बस्ने बर्ष २८ को किसान गुरुङ
४.    ऐ.ऐ.बस्ने बर्ष २८ को सागर गुरुङ
५.   ऐ.ऐ.बस्ने बर्ष ४१ को सुदिप गुरुङ
६.   ऐ.ऐ.बस्ने बर्ष ४८  को श्रीधर आचार्य
७.    ऐ.ऐ.बडा नं ८ शिशुवा बस्ने बर्ष ४१ को नमराज भट्टराई
८.    ऐ.ऐ.बस्ने बर्ष ४९ को राम प्रसाद बास्तोला
९.    ऐ.ऐ.बस्ने बर्ष ४९ को झलक बहादुर गुरुङ
१०.   ऐ.ऐ.बस्ने बर्ष ५० को खड्क बहादुर गुरुङ
११.  ऐ.ऐ.बस्ने बर्ष ४९ को शुक्रराज जमरकटेल
१२.  ऐ.ऐ.बस्ने बर्ष ४४ को शेषराज शर्मा
१३.   ऐ.ऐ.बस्ने बर्ष ३६ को गोपिराम बञ्जरा
१४.   ऐ.ऐ.बस्ने बर्ष २८ को गोपी भण्डारी
१५.   ऐ.ऐ.बस्ने बर्ष ४३ को राजेश भट्टराई
१६.  ऐ.ऐ.बडा नं ९ बस्ने बर्ष ४५ को मोहनराज खनाल ।
१७.   ऐ.ऐ.बस्ने बर्ष ३४ को रमेश बञ्जरा
१८.   ऐ.ऐ.बस्ने बर्ष ३६ को चन्द्रशम्सेर राना
१९.  ऐ.ऐ.बस्ने बर्ष ५६ कोलोक बहादुर गुरुङ
२०.   ऐ.ऐ. बडा नं १० बस्ने बर्ष ४२ को तिर्थराज पौडेल
२१.  ऐ.ऐ. बडा नं ११ बस्ने बर्ष ४१ को पुरुषोतम अधिकारी
२२.   ऐ.ऐ.बस्ने बर्ष २४ को मोहन श्रेष्ठ
२३.   ऐ.ऐ.बस्ने बर्ष ३४ को शम्सेर श्रेष्ठ
२४.  ऐ.ऐ.बडा नं १२ बस्ने  बर्ष ३५ कोरञ्जन कुवर