Tuesday, November 24, 2015

ग्याँस सिलिण्डर बरामद गरिएकाे बारेमा-Pokhara News


मिति २०७२।८।६ गते वितरण गरिएको गृहलक्ष्मी ग्याँस कम्पनीको सिलिण्डर वितरण गर्ने क्रममा पोखरा उ.म.न.पा. ११ रानीपौवा स्थित अनुप स्टोरमा वितरणको लागि झारिएका ३५२ वटा ग्याँस सिलिण्डर पूरा विक्री वितरण नगरी लुकाई राखेको भन्ने गुनासोको आधारमा आज मिति २०७२/८/८ मा अनुगमन गर्न जाँदा ५ थान ग्याँस सहितको सिलवन्दी सिलिण्डर बरामद भएको हुँदा निजको विक्री खाता सहित निज विक्रेतालाई थप कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाएको व्यहोरा जानकारी गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय,कास्की ।

Tuesday, November 17, 2015

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न -Pokhara News


 पोखरा- कार्तिक ३० गते,
        नेपाल प्रहरीले सम्पादन गरेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराई प्रहरी कार्य सम्पादनमा भए गरेका कमी कमजोरीहरुका सम्बन्धमा राय सुझाव लिई प्रहरी कार्यलाई जनउत्तरदायी बनाउने  उद्वेस्य अनुरुप प्रत्येक ३/३ महिनामा संचालन गरिदै आएको नागरिक सुनुवाई कार्यक्रम आज मिति २०७२/०७/३० गते दिनको १२:०० बजेको समयमाप्रहरी चौकी धम्पुस कास्कीको प्राङगणमा सम्पन्न गरिएको छ ।
        उक्त नागरिक सुनुवाई कार्यक्रममा उपस्थित महानुभावहरुबाट कास्की जिल्लाको पर्यटकिय क्षेत्र धम्पुस तथा अन्नपूर्ण वेश क्याम्प ईलाकाको शान्ति सुरक्षाका सम्बन्धमा प्रहरीले गरेका कार्यहरुको प्रशंशा गर्दै आगामी दिनमा प्रहरीबाट सम्पादन गर्नु पर्ने काम कारवाहीको सम्बन्धमा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु व्यक्त भएकोमा उठेका जिज्ञाशाहरुको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पालले जवाफ दिनु भएको थियो, उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बगर कास्कीका प्रहरी निरीक्षक मोहन बहादुर खांणले प्रहरी काम कारवाही सम्बन्धी विवरण प्रस्तुत गर्नु भएको थियो भने पृथ्वी नारायण मा।वि। धम्पुसका शिक्षक सम बहदुर गुरुङले सहजीकरण गर्नु भएको थियो ।

Thursday, November 12, 2015

जुवा खेल्ने पक्राउ--Man Arrested with Kauda-Pokhara News

पोखरा-कार्तिक २५ गते,
 मिति २०७२।०७।२५ गते दिनको ३:०० बजेको समयमा जिल्ला कास्की,लेखनाथनगरपालिका बडा नं ९ बेगनासताल स्थित होटल शिरिसमा कौडा खेलिरहेका छन् भन्ने विशेष सुराकीको आधारमा यस कार्यालयबाट खटिएको  प्रहरी टोलीले निम्न स्थान वस्ने २४ जना व्यक्तिहरुलाई नगद रु।११,१६,०७०।( अक्षरुपी ९ एघार लाख सोह्र हजार सत्तरी रुपैया , १८ थान कौडा  र थान ३ पासा सहित पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको ।
निम्न :
१.    जिल्ला कास्की लेखनाथ नगरपालिका बडा नं १ ऐ.ऐ.बस्ने बर्ष २८ को बिष्णु हमाल
२.    ऐ.ऐ.बस्ने बर्ष ४३ को टेक बहादुर गुरुङ
३.    ऐ.ऐ.बस्ने बर्ष २८ को किसान गुरुङ
४.    ऐ.ऐ.बस्ने बर्ष २८ को सागर गुरुङ
५.   ऐ.ऐ.बस्ने बर्ष ४१ को सुदिप गुरुङ
६.   ऐ.ऐ.बस्ने बर्ष ४८  को श्रीधर आचार्य
७.    ऐ.ऐ.बडा नं ८ शिशुवा बस्ने बर्ष ४१ को नमराज भट्टराई
८.    ऐ.ऐ.बस्ने बर्ष ४९ को राम प्रसाद बास्तोला
९.    ऐ.ऐ.बस्ने बर्ष ४९ को झलक बहादुर गुरुङ
१०.   ऐ.ऐ.बस्ने बर्ष ५० को खड्क बहादुर गुरुङ
११.  ऐ.ऐ.बस्ने बर्ष ४९ को शुक्रराज जमरकटेल
१२.  ऐ.ऐ.बस्ने बर्ष ४४ को शेषराज शर्मा
१३.   ऐ.ऐ.बस्ने बर्ष ३६ को गोपिराम बञ्जरा
१४.   ऐ.ऐ.बस्ने बर्ष २८ को गोपी भण्डारी
१५.   ऐ.ऐ.बस्ने बर्ष ४३ को राजेश भट्टराई
१६.  ऐ.ऐ.बडा नं ९ बस्ने बर्ष ४५ को मोहनराज खनाल ।
१७.   ऐ.ऐ.बस्ने बर्ष ३४ को रमेश बञ्जरा
१८.   ऐ.ऐ.बस्ने बर्ष ३६ को चन्द्रशम्सेर राना
१९.  ऐ.ऐ.बस्ने बर्ष ५६ कोलोक बहादुर गुरुङ
२०.   ऐ.ऐ. बडा नं १० बस्ने बर्ष ४२ को तिर्थराज पौडेल
२१.  ऐ.ऐ. बडा नं ११ बस्ने बर्ष ४१ को पुरुषोतम अधिकारी
२२.   ऐ.ऐ.बस्ने बर्ष २४ को मोहन श्रेष्ठ
२३.   ऐ.ऐ.बस्ने बर्ष ३४ को शम्सेर श्रेष्ठ
२४.  ऐ.ऐ.बडा नं १२ बस्ने  बर्ष ३५ कोरञ्जन कुवर
            

Monday, November 9, 2015

तमु धिं जापानले लुम्ले पहिरोका लागी सहयोग-Tamu Dhi-Pokhara Nepal

पोखरा, गत श्रावण १४ गते
 कास्की जिल्लाका बिभिन्न ठाउंमा भारी बर्षा भई आएको बाढी पहिरोका कारण सबैभन्दा बढी क्षति भएको लुम्ले गाबिसको वडा नम्बर ५ र ६ मा तमु धिं जापानले पुर्ननिर्माणको लागी हालै आर्थिक सहयोग गरेको छ ।
केही समयका लागी नेपाल आउनु भएका तमु धिं जापानका सल्लाहाकार यामा शेरचन,गुरुड र पुर्ब अध्यक्ष श्रीजङ गुरुङले एक समारोहका बिच लुम्ले गाऊंमा नै पुगी पुर्ननिर्माण समितकिा संयोजक राम बहादुर गुरुङलाई पचास हजार रुपैयां नगद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुंदै सल्लाहाकार यामा शेरचन गुरुङले सानो रकम भएतापनि तमु धिं जापानको तर्फबाट सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नुहुंदै नेपालमा हुने यस्ता बिपदको घडीमा आफु र आफनो संस्था संधै मातृभुमी नेपाल र नेपालीको साथमा रहेको बताउनुभयो ।
तमु धिं जापानका पुर्ब अध्यक्ष श्रीजङ गुरुङले बिभिन्न कारणले नेपालीहरु बिदेशिनु परेतापनि मातृभुमीमा बिपद आइपर्दा आफनो संस्थाले सहयोग गर्दै आएको बताउनुभयो ।
स्थानिय समाजसेबी चित्र बहादुर गुरुङले संचालन गर्नुभएको कार्यक्रमका लागी तमु धिं जापानका बरिष्ठ उपाध्यक्ष तथा लुम्ले – वडा नम्बर ३ स्थायी  ठेगाना रहेका श्रीभक्क्त गुरुङले संयोजन
गर्नुभएको थियो । गत श्रावणको बर्षाबाट आएको बाढीले दश घरका २८ जना मानिसको निधन हुनुका साथै केही घाइते भएका थिए भने ३० घर पुर्णरुपमा क्षति भई बिस्थापित भएका छन ।