पोखरा, ०२ साउन ।
ट्याक्सी व्यावसायी समिति पोखराद्धारा संचालित माईक्रो बस इकाई समितिको सातौ साधारण सभा तथा पाँचौ अधिवेसनले पुनः टिकाराम थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा गणेश कुमार कार्की, सह–सचिवमा हर्कसिं गुरु∙, कोषाध्यक्षमा प्रेम नारायण पाध्य र सह–कोषाध्यक्षमा पुर्ण बहादुर कार्की निर्विरोध चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा गोविन्द रानाभाट, भक्त श्रेष्ठ, रविन्द्र तिमिल्सीना गगन कुमारी गुरु∙ र बेग बहादुर गुरु∙लाई चयन गरिएको छ ।
यसअधि कार्यक्रमको उद्धघाटन गर्दै ट्याक्सी व्यावसायी समिति पोखराका अध्यक्ष गान्धिराज गीरीले पोखरामा विद्यमान ट्राफिक समस्याको समाधान हुन नसकेको बताउदै ट्राफिक सचेतना संगै सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । साथै व्यावसायीक एकतामा जोड दिदै उहाँले व्यवसायीक मर्यादाको ख्याल गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । २०४० सालदेखी समितिले सेवा प्रदान गर्दै आईरहेको उल्लेख गर्दै उहाँले सेवालाई समयसापेक्ष बनाउदै लैजाने तयारीमा आफुहरु हरेको जानकारी समेत दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक स्यामु अर्यालले पोखरामा ट्राफिक व्यवस्थापन विकराल बन्दै गैरहेको बताउनुभयो । विभिन्न क्षेत्रहरुबाट ट्राफिक नियमको उल्लघन भैरहेको बताउदै उहाँले सडक अनुसासनको पालना गर्न आम चालक तथा सहचालहरुलाई आग्रह गर्नुभयो ।
ट्याक्सी व्यावसायी समिति पोखराका वरिष्ठ उपाध्यक्ष प्रकाशमणी तिवारीले कानुन भन्दा माथी कोही नहुने भन्दै आन्तरीक विवादका कारण व्यावसायीक क्षमतामा ह्रास आउने सम्भावना रहेको तर्फ सचेत गराउनुभयो ।
यस्तै महासचिव पुर्ण बहादुर गुरु∙ले आफुहरुमाथी सिण्डीकेट लाद्ने जो कोहीलाई कुनै हालतमा नछोड्ने चेतावनी दिनुभयो । इकाईका संस्थापक अध्यक्ष दान बहादुर थापाले कठिन परिस्थतीहरुको सामना गर्दै समितिलाई अहिलेको अवस्थामा ल्याई पुर्याएको भन्दै अझै परिष्कृत बनाउदै लैजान सुझाव दिनुभयो ।
इकाइका संयोजक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यातायात मजदुर संगठन कास्कीका सदस्य अर्जुन खनाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु खत्री, अखि नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष सुुर्यमणी लामिछाने र ट्याक्सी व्यावसायी समितिका पुर्व वरिष्ठ उपाध्यक्ष निल बहादुर कार्की लगायतले यातायात मजदुरका समस्या र व्यावसायीक हितका बारेमा बोल्नु भएको थियो । इकाईका कोषाध्यक्ष प्रेमनारायण पाध्यले इकाइका गतिविधि सम्बन्धमा कोषाभ्यक्षको प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रमको संचालन सचिव गणेश कुमार कार्कीले गर्नुभएको थियो ।