Tuesday, May 5, 2015

स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग-Earthquake Syangja Nepal


स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग
पोखरा, बैशाख २२ गते । स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितका लागि ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ । समाजका अध्यक्ष देवी अर्यालले सो रकम स्याङजाका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो ।
जिल्ला दैभिक प्रकोर उद्धार समितिका संयोजक समेत रहनु भएकी प्रमुख जिल्ला अधिकारीलाइृ सो रकम हस्तान्तरण गरेको सो समाजका महेन्द्र प्रकाशले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु तथा सल्लाहाकारहरु राम प्रसाद श्रेष्ठ, दिल बहादुर क्षेत्री, पिताम्बर नेपाली, लक्ष्मी बराल, लालुमाया रेग्मी लगायतले सो रकम वास्तविक पिडित समक्ष पुग्नेमा विश्वास राख्नु भएको थियो । 

Saturday, May 2, 2015

राहात सामग्री लिएर जादा देखिएका काहालीलाग्दो तस्बिर -Earthquake Gorkha Baluwa Nepal

गोरखाको बुङ्कोटमा राहत सहित स्वास्थ्यर्की सेवा-Earthquake Gorkha Nepal






पोखरा, वैशाख १८ गते ।
पोखरेली युवाहरु स्वास्थ्य शिविरका साथै राहत सामग्री वितरण गरी गोरखाका विभिन्न स्थानबाट पोखरा फर्किएका छन् ।
गोरखाको बुङ्कोट अन्तरगत चोरकाटे, मानेपानीलगायतका गाउँमा पुगेर ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् भने २ सयभन्दा बढीलाई प्रत्यक्ष स्वास्थ्य सेवा समेत प्रदान गरेका छन् । भूकम्प आएपछि मानसिक रुपमा तनावमा रहेका गोरखावासीलाई आवश्यक परामर्शसमेत सो टोलीले दिएको टोलीका नेता किरण केसीले जानकारी दिनुभयो । गोरखा सदरमुकाम नजिक भए पनि दलित बस्ती रहेको मानेपानीमा उचित राहत नपुगेको भन्दै प्रत्यक्ष रुपमा आफै राहत सामग्री वितरण गरेको थियो ।
टोलीमा युवा युद्यमी प्रतिश पालिखे, डा. सुदर्शन सुवेदी, सुनिल पहारी, सिनीयर अहेव नविन थापा लगायतका १० जना स्वास्थ्यकर्मी र १० जना व्यावसायीको सहभागिता रहेको थियो । 
दुई ट्रक सामग्रीमा ३ सय थान त्रिपाल, दुई सय थान ब्लान्केट, ८५ थान म्याटे«ससहित खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । चिउरा, चकलेट, चाउचाउ, विस्कुट लगायतका राहतका लागि गोशेली हाउसबाट समेत विशेष सहयोग भएको बताइएको छ । समुहले एक दिन सोहि ठाउँमा बसेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गर्दा आत्म सन्तुष्टि समेत पाएको सहभागीहरुले बताएका छन् । स्थानीय सुन्तली दर्जीले आफूलाई भूकम्पले केही नगरे पनि दीर्घरोग भएको अवस्थामा घरदैलोमा आएर स्वास्थ्य सेवा लिन पाउँदा निकै खुसी भएको बताउनुभयो ।

Saturday, April 18, 2015

पोखरेलीयूवा सञ्चारकर्मीहरुद्धारा नेपालीफिल्मी डटकम सञ्चालनमा Pokhara News


पोखरा २ वैसाख ।
नववर्षको अवसर पारेर पोखराकै पहिलो नेपालिफिल्मी डटकम को औपचारिक उद्घाटन गरिएको छ ।
पोखराकाविभिन्न मिडियाहरु मा रहेर कामगर्ने युवा सञ्चारकर्मीहरुले नेपालीफिल्मी ड्टकम नामक वेवसाईट सन्चालनमाल्याएकाहुन् । वेवसाईटले नेपालीचलचित्र र मनोरञ्जन का सामाग्रीहरु समेट्ने बताईएको छ ।
मोफसलमा नेपालीचलचित्रकागतिविधिहरु कम संख्यामाहुने गर्दछन् । पोखरामा धेरैजसो गुरुङ , मगर, तामाङ भाषाका चलचित्र हरु निर्माण हुँदै आएका छन् ।  पोखराबाट निर्माण हुने यस्ता चलचित्रहरु प्रचारप्रशारको अभावमा फष्टाउन नसकेको भन्दै वेवसाईटको माध्यमबाट चलचित्रको प्रर्वद्धनका लागि सहयोग पुग्ने वेवसाईट सञ्चालकहरुको विश्वास छ ।वेवसाईटले चलचित्रका हरेक गतिविधिहरुलाइ पनि प्राथमिकता दिईने वेवसाईटका प्रमुख सम्पादक तथा प्रकाशक शुशन घिमिरे जानकारी दिए ।
वेवसाईट सञ्चालकहरुमा रेडियो अन्नपूर्णमा आवद्ध शुरेश सुनार, थ्रि एन्जल्स रेडियो तथाजक्शन डटकमका फोटोग्राफर राकेश गुरुंग, थ्रि एन्जल्स रेडियोकै प्रिन्स थापा, रेडियो बाराहीका महेन्द्र पौडेल, गोल्डेन आई टेलिभीजनकाकुन्दन गुरुंग लगायत रहेका छन् । साथमापोखरा लगायतआन्य देशविदेशमा रहेकासञ्चारकर्मीहरुले समेतसघाउने भएका छन् ।

Friday, April 17, 2015

लेखनाथमा आमाहरु सम्मानित-News-Kaski


घनश्याम पाण्डेय ,रेडियो गण्डकी पोखरा
लेखनाथ नगरापलिका वडा नं २ ,३ र ६ ले आर्थिक अबस्था कमजोर एवं जेष्ठ आमाहरु लाई दोसल्लाह र नगद सहित सम्मान गरेको छ ।

आमा औशीको पुर्वसन्धयामा वडाले तिन वटा वडा बाट जेष्ठ महिलाहरु मध्य बाट ६ जना लाई सम्मान गरेको हो ।  सम्मानित हुनेमा वडा २ बाट पवित्र कुमारी कुमाल ,तुलसी भण्डारी ,वडान ३की शिब कुमारी घर्ती क्षेत्री ,सन्तुमाया विक यसस्तै  वडान ६ बाट उजेली विक र सोममाया विक सम्मानित हुनु भएको छ । सम्मानित आमाहरु लाई लेखनाथ नगरपालिकाका निमत्त प्रमुख रविचन्द्र घिमिरे ,सामुदायिक विकास शाखा प्रमुख मिना भट्टराई भण्डारीले र वडा सचिव लिलामणि भण्डारीले संयुक्तरुपमा दोसल्लाह ,नगद सहित सम्मान गर्नु भएको थियो ।

नारि दिवसको दिनमा गर्ने भनिएको सम्मान लाई आमा औशीको पुर्वसन्धयामा सम्मान गरीएको लेखानाथ अर्घो सेवा केन्द्रका सचिव लिलामणि भण्डारीले बताउनु भयो । भण्डारीले बजेट कम भएकोले धेरै आमाहरु  लाई सम्मान गर्न नसकीएको बताउदै  ६ जना जेष्ठ आमाहरु लाई दोसल्लाह र पाँच पाँच सय नगदले सम्मान गरेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले आमा औशीको बेला आमाहरु लाई सम्मान गर्न पाएको भन्दै सवै आमाहरुको  खुशीनै आफुहरुको खुशि हुने बताउनुभयो ।

सामुदायिक शाखा  प्रमुख भण्डारीले आमाहरुले धेरै संघर्ष गर्नु परेको भन्दै महिलाहरुमा आङखस्ने समस्या पनि हुने भन्दै आर्थिक अभाब भएर उपचार गराउन नसकेको महिलाहरु भए नगरपालिकामा सम्पर्क राख्न आग्रह पनि गर्नु भयो । सम्मानित सन्तुमाया विकले आफु जिवनमा पहिलो पटक यस्तो काममा आउन पाएको भन्दै सवै लाई आर्शिबाद समेत दिनु भएको थियो ।

निका भण्डारीले संचालन गर्नुभएको सम्मान कार्यक्रम सेवा केन्द्र अर्घोका सचिव लिलामणि भण्डारीको अध्यक्षतामा भएको थियो ।