Friday, April 3, 2015

सकारात्मक मानशिक चेतनाको विकाश नभएसम्म बाल यौन दुव्र्यवहारमा कमी ल्याउन नसकिने -Child Abuse Pokhara News


जीवन सुवेदी
पोखरा १९ चैत्र
  मानिसहरुमा सकारात्मक मानशिक चेतनाको विकाश नभएसम्म बाल यौन दुव्र्यवहारमा कमी ल्याउन नसकिने पोखरामा आयोजित एक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
थ्रि एन्जल्स सामुदायिक रेडियोको आयोजनामा बाल यौन दुव्र्यवहार न्यूनीकरणका उपाय र कानुनी उपचार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसी कार्कीले नैतिक आचरणको अवलम्बन गराउनु अहिलेको मुख्य आवस्यकता रहेको बताउनुभयो । हिँसाका अनेक रुपहरुको चर्चा गर्दै उहाँले बाल बालिकाको ईच्छा विरुद्ध हुने सबै व्यवहार बाल हिंसा भएको प्रष्ट पार्नुभयो । उहाँले मानवमाथि हुने दुव्र्यवहार रोक्नका लागि व्यक्ति स्वयं सचेत हुनुपर्ने तथा प्रतिवाद गर्ने अभ्यासको विकाश हुनुपर्नेमा जोड दिनुभयो । हिंसा विरुद्ध स्वयं पीडितको परिवारका सदस्यबाट विरोध हुनुपर्ने खाँचौ औँल्याउनुयभयो । दुव्र्यवहार गर्नेहरुलाई विभिन्न राजनीतिक दलहरुले संरक्षण दिने गरेको आरोप लगाउँदै गलत मानशिकता कहिँ कतैबाट पनि क्षम्य हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला बाल अधिकृत भरतराज बरालले बाल यौन दुव्र्यवहार रोक्नका लागि सबै निकाय एक भएर लाग्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कास्कीमा करिब एक सय एघार जना सडक बालबालिका रहेको तथ्यांक प्रस्तुत गर्दै बरालले सडक बालबालिकालाई ट्रपिंग सेण्टरमा राख्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले सडक बालबालिकाको गलत आवस्यकता पूरा गर्ने आधार नै कमजोर बनाईनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक केशव वहादुर बस्नेतले आप्mना  दिदीबहिनी सरह अन्य चेलीबेटीलाई पनि उत्तिकै सम्मान गर्ने संस्कारको विकाश गर्नुपर्ने आवस्यकता औँल्याउनुभयो । बालबालिका तथा महिलालाई हेर्ने नकारात्मक सोँचको अन्त्य नभएसम्म यौन दुव्र्यवहारका घटनामा कमी आउन नसक्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता एवं थ्रि एन्जल्स नेपालका कानुनी सल्लाहकार हरिराज पोखरेलले बाल यौन दुव्र्यवहार र सो को न्यूनिकरणका कानूनी उपचारको व्यवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि थ्रि एन्जल्स नेपालका बालबालिका प्रमुख भीम पौडेलले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी दिर्नेशक डा राजेन्द्र गौतमले बालबालिकामाथि हुने यौन हिंसाको अन्त्यका लागि विभिन्न सरोकारवाला निकायसंग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 बालबालिककाका कुरा सुनौँ बाल यौन दुव्र्यवहार अन्त्य गरौँ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा मुस्कान क्लबका अध्यक्ष जैनव खातुन, वडा नं १५ का स्वास्थ्य स्वयंसेविका कल्पना थापा लगायतले बोल्नुभएको थियो । रेडियोका कार्यक्रम संयोजक बबिता आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठ, थ्रि एन्जल्स नेपालका वित्त निर्देशक मदन थापा, थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूलका प्रिन्सिपल रमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रकास अधिकारीले गरेका थिए ।

किर्ते गरी जग्गा नामसारी गर्न खोज्ने पक्राउ-Pokhara news


पोखरा, चैत्र १९ गते ।
    पोखरा उप.म.न.पा. वडा नं. ४ बस्ने कृति कुमार बाटाजुको नाममा दर्ता रहेको साविक छिनेडांडा गा.वि.स. वडा नं. ६ हाल पोखरा उप.म.न.पा. वडा नं. १७ मा रहेको किता नं. ३२९४, ३२९६, ३३०५, ३३०७ मा रहेको जम्मा ६-२-२-२ क्षेत्रफल भएको जग्गा निज कृति कुमार बाटाजुको मृत्यु भईसकेकोले नामसारी गरि पाउ भनी किर्ते ब्यक्ति तथा कागजातहरु तयार गरी नामसारी गर्न लागेको भनी मालपोत कार्यालय कास्कीले दिएको हुलिया सहितको सुचना अनुसार यस कार्यालयबाट तत्काल परिचालित प्रहरी टोलीले ठगी एवं किर्तेमा संलग्न मानिसहरुलाई  किर्ते गरी तयार पारिएका कागजातहरु - नगरपालिकाको सिफारिस, जग्गाधनी प्रमाणपत्र, कृति कुमार बाटाजुको नागरिकता प्रमाण पत्र, हर्ष कुमारी बाटाजुको नागरिकता प्रमाण पत्र, नाता प्रमाणित प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र र पोखरा उप.म.न.पा. को सिफारिश सहितका कागजहरु  सहित मिति २०७१।१२।१९ गते पोखरा-६ बैदामबाट पक्राउ गरी आजैका मितिबाट लागू हुने गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ । साथै यस कार्यमा संलग्न अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।
पक्राउ परेका मानिसहरुस्:
१.जि. रामेछाप चुचुरे गा.वि.स. वडा नं.८ बस्ने बर्ष ७० को हर्षकुमारी बाटाजु भन्ने गंगामाया कार्की ।
२. ऐ.ऐ. बस्ने बर्ष २६ को टेक बहादुर कार्की ।











Thursday, March 26, 2015

लेखनाथको बेगनासतालमा चौथो पटक ट्राथोलन हुँदै

१२ चैत्र, लेखनाथ 
लेखनाथको पर्यटकीय क्षेत्र बेगनासतालमा शनिवार चौथो पटक ट्राथोलन हुँदैछ ।
पौडी, साइक्लिङ र दौड गरी तीन इभेन्टका विधामा प्रतिस्पर्धा हुनेछ । ट्राथोलन अन्र्तगत हिमालयन रश २०१५, साउथ एशियन ट्राथोलन च्याम्पियनसिप २०१५ र नेशनल ट्राथोलन च्याम्पियनसिप २०१५ मा पन्ध्रसय मिटर पौडी, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौडमा स्पर्धा हुनेछ ।
ट्राथोलनमा १५ देशका गरी १ सय २० जनाले सहभागिता जनाउने इभेन्ट पार्टनर फन्टास्टीक  नेपाल होलिडे प्रा.लि का कोर्डिनेटर भूपेन श्रेष्ठले जानकारी दिए ।
इभेन्टलाई हिमालयन रश र ट्राथोलन एशोसियशन अफ नेपालले व्यवस्थापन गरेका छन् ।
ट्राथोलनले लेखनाथलाई खेल पर्यटनका माध्यमबाट अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत मिल्ने श्रेष्ठल जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा यस्ता गतिविधिले सहयोग पुग्ने होटल एशोसियशन अफ लेखनाथका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले जानकारी दिए । ट्राथोलनका इभेन्टमा पौडी बेगनासतालमा संचालन गरिनेछ भने लेखनाथका पहाडी तथा समथर क्षेत्रमा साइक्लिङ तथा दौड पुरा गरिने जनाइएको छ ।

जवरजस्तीकरणी अपराध नियन्त्रण कार्यशाला संचालन-Pokhara-News



पोखरा, चैत्र १० गते
         प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्शाल काठमाण्डौको आदेशानुसार ूजवरजस्ती करणी अपराध नियन्त्रण अभियान जिल्ला स्तरीय कार्यशाला संचालन निर्देशिका २०७१ू अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा आज मिति २०७१/१२/१० गते दिनको १२स्०० बजेदेखि पोखरा उद्योग वाणिज्य संघको सभा हलमा सहायक प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदीज्युको अध्यक्षतामा, अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्र.व.उ.बलराम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सरोकारवाला सरकारी निकाय, गैह्र सरकारी निकाय, स्थानीय आमा समुह, विभिन्न संघ संस्थामा आबद्द प्रतिनिधि, गा।वि।स।सचिव एवं पत्रकारहरु समेतको उपस्थितिमा ूजवरजस्ती करणी अपराध नियन्त्रण अभियानू कार्यशाला संचालन गरिएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र।उ। हरि बहादुर पालले जवरजस्ती करणी अपराध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको, अन्य उपस्थित प्रतिनिधिहरुले ज।ज।क।अपराध नियन्त्रणमा सामाजिक सचेतना संचालन गर्नु पर्ने, कानुनमा सुधार गरी पिडितमुखी कानुनी व्यवस्था गरी कैद सजायमा बृद्वि गर्नु पर्ने, विद्यालय तहमा यौन शिक्षाको व्यवस्था गर्नु पर्ने, किशोरी( अभिभावक शिक्षामा जोड दिनु पर्ने लगायतका सुझाव दिनुभएको थियो । प्राप्त सुझावहरुलाई समेटी कास्की प्रहरीद्वारा यस जिल्लामा लागू गर्न सकिने कार्य योजना बनाई जवरजस्ती करणी अपराध नियन्त्रणको लागि नागरिक प्रहरी साझेदारीमा बिभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।
                   
यस अभियानमा सहयोग गरी दिन जिल्ला प्रहरी कार्यालय कास्की सवैमा हार्दिक अनुरोध गर्दछ ।

Thursday, March 19, 2015

गुण्डागर्दी गर्ने पक्राउ - Pokhara News-Crime


    लेखनाथ नगरपालिका वडा नं. ३ बस्ने २९ वर्षिय नरेन्द्र थापाले स्थानिय मानिसहरुलाई त्रसित पार्ने, आतंकित पार्ने जस्ता कार्य गरेको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा जिल्ला कास्की लेखनाथ न.पा. वडा नं. ३ बुढीबजारबाट पक्राउ गरिएको हो । निजलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक अपराध मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ । साथै निज नरेन्द्र थापाले विगतका दिनहरुमा विभिन्न व्यवसाय गर्ने व्यक्ति एंव, घर जग्गा व्यवसायीहरुलाई धम्काउने, फिरौती माग्ने, हप्ता उठाउने नदिएमा कुटपिट गर्ने जस्ता गैह् कानूनी गतिविधि गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski, Pokhara