पोखरा मंसिर १८ गते
जिल्ला सर्लाही शासापुर गा.बि.स.५ घर भई जिल्ला कास्की पोखरा उप महानगरपालिका बडा नं ९ न्यूरोड बस्ने बर्ष २७ को केशर सिंह हेमजन तथा जिल्ला कास्की दाङसिङ गा.वि.स.वडा नं. २ घर भई जिल्ला कास्की पोखरा उप-महानगर पालिका वडा नं. ९ बास्तोलाथर बस्ने बर्ष २९ को कमल गुरुङले अवैध हातहतियार रिभल्वर समेतको खरिद बिक्रि ओसार-प्रसार गर्छन् भन्ने अंचल प्रहरी कार्यालय गण्डकीको बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले मिति २०७१/०८/१५ गते निज केशर सिंह हेमजन तथा कमल गुरुङलाई जिल्ला कास्की पोखरा उपमहानगर पालिका बडा नं.५ पस्याङचोकमा शंकास्पद हिडिरहेको अबस्थामा नियनत्रणमा लिई तलासी लिंदा कमल गुरुङले बोकेको कालो रङको झोला भित्र Made in England लेखैको रिभल्भर थान-१ (एक), रिभल्भर गोली थान २ (दुई), कलर्स मोबाईल थान-१ (एक) र केशर सिंह हेमजनको साथबाट Samsung Mobile थान २ (दुई) पक्राउ गरेको हो ।