Thursday, November 13, 2014

Arrested with Drugs Pokhara - Nepal-लागू औषध सहित मानिस पक्राउ


 पोखरा, कार्तिक २६ गते
जिल्ला कास्की लेखनाथ न.पा.वडा नं. १३ गगनगौडा बस्ने महेन्द्र बानिया,पोखरा उ.म.पा.१६ लामाचौर बस्ने आषिस गैह्रे लगायतका मानिसहरुले पोखरा तथा लेखनाथ नगर क्षेत्रमा लागू औषध वेचविखन गर्दछन भन्ने प्राप्त सुचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा पोखराबाट खटिई गएको प्रहरी टोलीले लागू औषध नर्फिन- १५०,डाईजापाम-१४६,फेनेरागन-१५० र नाईट्रोभ्याट ५० चक्की सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवस्यक अनुसन्धान भईरहेको छ ।
अनुसन्धानको क्रममा निजहरुले जि.नवलपरासी सुनवल-४ बस्ने खेमराज तिमिल्सिनाबाट लागू औषध खरिद गरी पोखरा तथा लेखनाथ ईलाकामा बिक्री वितरण गर्ने गरेको खुल्न आए अनुसार निजलाई समेत सोही स्थानबाट लागू औषध सहित पक्राउ गरी आवस्यक अनुसन्धान भईरहेकोछ ।
पक्राउ परेका मानिसहरु:-
१) जि.कास्की ले.न.पा.१३ बस्ने बर्ष ३१ को महेन्द्र बानिया,
२) जि.कास्की पोखरा-१७ छोरेपाटन बस्ने बर्ष ३० को रविन शाही,
३) जि.कास्की लामाचौर गा.वि.स.-३ बस्ने बर्ष २६ को संजय हितान,
४) जि.कास्की पोखरा-१६ लामाचौर बस्ने बर्ष १७ को आशिष गैह्रे,
५) जि.नवलपरासी सुनवल -४ बस्ने बर्ष २७ को खेमराज तिमिल्सिना

जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Friday, November 7, 2014

हतियार सहित मानिस पक्राउ -Pokhara-Nepal

पोखरा, कार्तिक २०  गते ।
मिति २०७१/०७/१९ गते राती अंन्दाजी २०:०० बजेको समयमा पोखरा नागढुगांमा वडा प्रहरी कार्यालय वैदाम कास्कीवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला स्याङजा फेदीखोला-९ कुभिण्डे बस्ने वर्ष ३४ को सुनिल गुरुङले चलाई ल्याईएको वा.१० च. ४३४५ नम्बरको कारको सिट मुनि लुकाई राखेको अबस्थामा ला.औ.नाईट्रोसन -७१ नर्फिन नर्फिन थान-३, डाईजापामथान(२  र फेनेरागन थान(३ बरामद गरि प्रारम्भिक अनुसन्धानको क्रममा निजसंग अवैध हा।ह। रहेको भन्ने खुल्न आए अनुसार आज मिति(२०७१।०७।२० गते, ०७:०० बजे व.प्र.का. बैदाम र प्रहरी चौकी फेदीखोला स्याङ्जोबाट खटिएका प्रहरी टोलिले निजले जिम्मा लिई बसेको जि.स्याङ्जा फेदीखोला गा.वि.स.-९ स्थित निजको ससुरा ईन बहादुर गुरुङको घरमा तालिम प्राप्त कुकुर सहित चेकजाँच गर्ने क्रममा Petro and Brata Made in china 7.65 MM क्यालिवर भएको ९ राउण्ड क्षमताको अटोमेटिक पेस्तोल थान-१ र ऐ.को गोली राउण्ड(२ सहित बरामद गरी निजलाई यस का. मा ल्याई थप अनुसन्धान भईरहेकोछ ।


Thursday, November 6, 2014

आगोलागी बाट क्षती-Pokhara-Nepal-Fire

    पोखरा, कार्तिक २० गते ।
 मिति २०७१/०७/१९ गते अं १४:४० बजेको समयमा जि.कास्की पो.उ.न.पा.(२ विन्दवासिनी मन्दिर परिसरभित्र मन्दिरको दक्षिण तर्फ रहेको पुरानो माल अड्डाको तीन तले खाली भवनमा ९ ईट्टाले बनेको र टायलले छाएको ० अचानक आगोलागी हंदा भवनको उपल्लो २ - दूई  तला पुर्ण रुपमा र भुई तला आंशिक रुपमा जली क्षेती हुनुका साथै अस्थायी प्रहरी पोष्ट  विन्दवासिनीमा कार्यरत प्रहरी कर्मचारीहरुले राखेका ५ थान हेलमेट, ५ थान लाठी , ४ थान बडी प्रोटेक्टर समेत जलि अं २०,००,००० बिस लाख बराबरको क्षती भएको छ। उक्त आगलागी नियन्त्रणको लागि जि.प्र.का.कास्की,वडा प्रहरी कार्यालय बगर,सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन र नेपाली सेनाको नयाँगोरखगण फुलबारीबाट सुरक्षाकर्मी परिचालन गरी ऐ १६:१५ बजे आगो नियन्त्रणमा लिईएको छ ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
 District Police Office Kaski, Pokhara

मिति २०७१/०७/१९गते ।

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न-Pokhara- Nepal

पोखरा, कार्तिक १९ गते ।
आज मिति २०७१।०७।१९ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा  कास्की जिल्लाको बर्तमान शान्ति सुरक्षा  र प्रहरी सेवा प्रवाहको अवस्था विषयक नागरिक सुनुवाई कार्यक्रम लेखनाथ उधोग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित लेखनाथ बासीहरुले लेखनाथ ईलाकामा बढदो सवारी दुर्घटना न्यूनिकरण,लेखनाथ नगरपालिका भित्र बढदो शहरीकरण साथै अपराधिक प्रवृतिमा बृद्धि भएको वेगनास ताल ईलाकामा पर्यटक प्रहरीको स्थापना, प्रहरी कार्बाहीमा राजनैतिक हस्तक्षेप ईलाका प्रहरी कार्यालय हंसपुर को स्तर उन्नति लगायतका विषयमा जिज्ञासा राखेका थिए भने उठेका जिज्ञासाहरुको जिल्ला प्रहरी कास्की का प्रमुख प्र।उ।वसन्त लामाले जवाफ दिनु भएको थियो   उक्त नागरीक सुनुवाई कार्यक्रममा लेखनाथ नगर क्षेत्रका राजनैतिक दलका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु, लेनपा।कार्यालयका कार्यकारी अधिकृत उद्योगी व्यवसायी र सर्वसाधरण नागरिकहरुको उपस्थिती रहेको थियो ।
           प्रत्येक तीन तीन महिनामा संचालन गरिने नागरिक सुनुवाई कार्यक्रम अन्तर्गत आजको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्र।ना।उ।केदार रजौरेले जिल्लाको बर्तमान शान्ति सुरक्षाको अवस्था र विगत तीन महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी निरीक्षक गंगा बहादुर थापाले गर्नुभएको थियो ।

Wednesday, November 5, 2014

पोखराको डिहिकोपाटनबाट १५ जुवाडे प्रक्राउ, ४ लाख ५० हजार बरामद-Nepal-Pokhara

पोखरा, १८ कार्तिक /पोखरा ६
 डिहिकोपाटनमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरील आइतबार राती ११ बजे नगद ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । पोखरा ६ डिहिकोपाटन स्थित कृष्ण घर्तिले जिम्मा लिई बसेको घरको पहिलो तल्लाबाट प्रहरीले प्रक्राउ गरेको हो ।
प्रहरीले ६ गड्डी तास, व्यक्तिहरुको साथबाट ३ लाख ५२ हजार र र सनाखत हुन नसकेको रकम ९८ हजार गरि ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । प्रक्राउ परेका सबैलाई जुवा मुद्धामा अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । प्रक्राउ पर्नेमा पोखरा ६ का कुमार देवकोटा, डम्मर कुवर, पुरन पुन, रमेश बहादुर थापा, केशव पहारी, केदार थापा, खेमलाल पहारी, लामिछाने, पोखरा १४ चाउथेका ओम सुवेदी, पोखरा ६ खहरे का राम बहादुर थापा, जरेवर का राजु के।सी।, कृष्ण क्षेत्री, संन्जिव ढकाल, मोहन भण्डारी र कुमार गुरुङ रहेका छन् ।