Tuesday, September 9, 2014

पोखरामा बन्जी जम्प दुई सातामा शुरु हुने- Bungy to start in 2 weeks In Pokhara,Nepal



Pokhara Bangy jump पोखरामा बन्जी जम्प
 सागर राज तिमिल्सिना
पोखरा, २३ भाद्र /साहासिक खेल बन्जी जम्प दुई साता भित्र पोखरामा सन्चालन हुने भएको छ । हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा बन्जी जम्प शुरु गर्न लागेको हो ।  जिप फ्लायरको सफलतासंगै पोखरामा अर्को साहासिक खेल बन्जी जम्प संचालनमा ल्याउन लागेको प्रालिका अप्रेसन म्यानेजर दिनेश मर्हजनले बताए । उनले १० पछि पोखराको हेम्जामा निमार्ण भएको बन्जी जम्पको सन्चालान आउने बताए । बन्जी जम्प निमार्णको करीब ९५ प्रतिशत काम पुरा भएको मर्हजनले बताए ।

pokhara Bangi jump पोखरामा बन्जी जम्प
Pokhara Bangy jump पोखरामा बन्जी जम्प
करीब ७० फिट उचाइको टावरबाट बन्जी जम्प गर्न सकिने भएको छ । ७० फिट उचाइको टावर बनाउन करिब २० फिटको टावर बनाएको छ भने करीब १८ फिट गहिरो पौडी पोखरी बन्दै गरेको उनको भनाई छ । पोखरी स्थानीय खोलाको पानीलाई प्रयोग गरिने उनले गन्थन डटकमलाई जानकारी दिए ।
बन्जी जम्प निमार्ण गर्न करीब ७ करोड लगानी भएको छ भने यस अगाडी जिप लाइनका लागी करिब १३ करोड खर्च भएको थियो । पर्यटकीय क्षेत्र सराङकोटको डाँडाबाट कास्कीको हेम्जा याम्दीसम्म १ किलोमिटर ८ सय मिटरसम्मको दुरीमा जिपफ्लायरको दुरी रहेको छ । सराङकोटको टावरबाट हेम्जाको याम्दीमा रहेको अर्को टावरसम्म २ वटा केवल तन्काईएको र त्यसैबाट झर्ने ब्यवस्था मिलाईएको हो । 
तस्विर: राजेश लम्साल
http://www.rajeshlamsal.com.np/
News by:http://ganthan.com

Friday, September 5, 2014

जवर्जस्ती करणी गर्न खोज्ने पक्राउ

पोखरा भदौ १८ गते
          परिवर्तित नाम पोखरा १६ लाई जवर्जस्ती करणी गर्न खोज्ने जिल्ला कास्की भदौरे तामागी-९ बस्ने बर्ष २८ को बलीराम नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । श्रीमान बैदेशिक रोजगारको लागि बाहरि रहेको र आफु सुस्त मनस्थितिकी भएको कारण माईतीघरमा बस्दै आईरहेकी पिडितलाई भदौ १४ गते राती ०२:०० बजेको समयमा  सुतीरहेको स्थानमा गई मुख थुनी बोल्न कराउन नदिई जवरजस्ती गर्न लाग्दा पिडितले निज नेपालीको हातमा टोकी उम्कन सफल भएकी थिईन् । यस सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी रहेको छ ।
 मिति : २०७१/५/१८ गते ।                                                                
 जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                                 

आफ्नै श्रीमानको हत्या गर्ने पक्राउ-Pokhara,Nepal

पोखरा भाद्र १८ गते ।
           आफ्नै श्रीमान दिपक नेपालीलाई हत्या गरेको अभियोगमा जिल्ला कास्की पोखरा(६ बस्ने बर्ष ३२ की माया नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । निज माया नेपालीले सवारी चालक काम गर्ने आफ्ना श्रीमान ३५ बर्षिय दिपक नेपालीलाई मिति २०७१/५/१७ गते बिहान १०:०० बजेको समयमा आफ्नै घरमा धारिलो हतियार खुडाले टाउकोमा  प्रहार गरी कर्तव्य गरी मारेको  भन्ने किटानी जाहेरीको आधारमा निजलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट कर्यव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Sunday, August 31, 2014

मोटरसाईकल चोरी गर्ने प्रकाउ-Pokhara-Nepal

पोखरा भाद्र ११ गते
जिल्ला कास्की लेखनाथ नगरपालिका १ भण्डारढिक  बस्ने लिलाभक्त भण्डारीको ग.४ प.५७५६ बजाज डिस्कभर मोटरसाईल चोरी गर्ने ३ जना मानिसलाई प्रहरी चौकी शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। यही भदौ-८ गते राती निज भण्डारीको घर पछाडि पार्किङ गरी राखेको अबस्थामा चोरी भएको मोटरसाईकल भदौ १० गते राती १२:०० बजे लेखनाथ नगरपालिका-३ स्थित अर्घौबाट बुढीबजार जाने भित्री सडक खण्डमा पक्राउ परेका तीन जना मानिसहरु चढी गईरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मानिसहरु
१.जिल्ला कास्की ले.न.पा.-७ तालचोक बस्ने बर्ष १७ को अजय पुन,
२. ऐ बस्ने बर्ष १७ को सन्दिप परियार,
३. ऐ हमालचोक बस्ने बर्ष १७ को प्रदिप हमाल ।

                                                                                                          जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                             मिति : २०७१/५/११ गते                                                                                                                   

लागु-औषध बिक्रि वितरण गर्ने मानिस पक्राउ -Pokhara,Nepal

पोखरा भाद्र ११ गते
जिल्ला रुपन्देही गोनाहा गा.बि.स-६ परसहवा स्थायी घर भई  हाल जिल्ला तनहु दुलेगौडा बस्ने उदय कुमार गुप्ताले भारतबाट लागुऔषध खरीद गरी ल्याई पोखरा तथा लेखनाथ नगर क्षेत्रमा बिक्री बितरण गर्दछन् भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले लेखनाथ १३ मझुवा बाट निज उदय कुमार गुप्तालाई पक्राउ गरी लागु(औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेकोछ । निज गुप्ताको साथवाट लागु औषध नरफिन-४४ थान, डाईजपाम(४४ थान, फेनरागन (४४ थान, नाईट्रोभ्याट चक्की-५, ग.९ प ४८४६ नम्बरको मोटरसाईकल र नगद २५,०००।– समेत बरामद भएको  छ ।
जिल्ला प्रहरी कार्यालय कास्की