Sunday, August 31, 2014

मोटरसाईकल चोरी गर्ने प्रकाउ-Pokhara-Nepal

पोखरा भाद्र ११ गते
जिल्ला कास्की लेखनाथ नगरपालिका १ भण्डारढिक  बस्ने लिलाभक्त भण्डारीको ग.४ प.५७५६ बजाज डिस्कभर मोटरसाईल चोरी गर्ने ३ जना मानिसलाई प्रहरी चौकी शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। यही भदौ-८ गते राती निज भण्डारीको घर पछाडि पार्किङ गरी राखेको अबस्थामा चोरी भएको मोटरसाईकल भदौ १० गते राती १२:०० बजे लेखनाथ नगरपालिका-३ स्थित अर्घौबाट बुढीबजार जाने भित्री सडक खण्डमा पक्राउ परेका तीन जना मानिसहरु चढी गईरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मानिसहरु
१.जिल्ला कास्की ले.न.पा.-७ तालचोक बस्ने बर्ष १७ को अजय पुन,
२. ऐ बस्ने बर्ष १७ को सन्दिप परियार,
३. ऐ हमालचोक बस्ने बर्ष १७ को प्रदिप हमाल ।

                                                                                                          जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                             मिति : २०७१/५/११ गते                                                                                                                   

लागु-औषध बिक्रि वितरण गर्ने मानिस पक्राउ -Pokhara,Nepal

पोखरा भाद्र ११ गते
जिल्ला रुपन्देही गोनाहा गा.बि.स-६ परसहवा स्थायी घर भई  हाल जिल्ला तनहु दुलेगौडा बस्ने उदय कुमार गुप्ताले भारतबाट लागुऔषध खरीद गरी ल्याई पोखरा तथा लेखनाथ नगर क्षेत्रमा बिक्री बितरण गर्दछन् भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले लेखनाथ १३ मझुवा बाट निज उदय कुमार गुप्तालाई पक्राउ गरी लागु(औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेकोछ । निज गुप्ताको साथवाट लागु औषध नरफिन-४४ थान, डाईजपाम(४४ थान, फेनरागन (४४ थान, नाईट्रोभ्याट चक्की-५, ग.९ प ४८४६ नम्बरको मोटरसाईकल र नगद २५,०००।– समेत बरामद भएको  छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Monday, August 25, 2014

दैवी प्रकोप -


पोखरा भाद्र ९ गते
    मिति २०७१/५/८ गते राती देखी परेको अविरल बर्षाको कारण जिल्ला कास्की पुम्दीभुम्दी-१ तालपारी भन्ने स्थानमा रहेको बत्ती बहादुर गुरुङको घरमा जिल्ला रामेछाप सैंवु-६ बस्ने गोकुल मगरले संचालन गर्दै आईरहेको टिपिकल होटल एण्ड रेष्टुरेण्ट रहेको घरमा माथिबाट आएको पैह्रोले घर पुरिन जाँदा उक्त रेष्टुरेण्टमा काम गर्ने निम्न मानिसहरु हराई वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीका प्र.उ. बसन्त कुमार लामाको कमाण्डमा नेपाल प्रहरीको स.प्र.गण मु.का।पोखरा र वडा प्रहरी कार्यालय बैदाम समेतबाट गरी १०२ जना, सशस्त्र प्रहरी बलबाट स.प्र.उ.को कमाण्डमा २७ जना र नेपाली सेनाबाट समेत उद्दार टोली  खटिई गई उद्दार कार्य जारी रहेको छ ।
हराई रहेका मानिसहरु :
१. जिल्ला ओखलढुंगा गामलाङटार वतन भएका बर्ष २८ को प्रकास थापा मगर ९१:२४ बजे शव फेला परेको
२.  धादिङ कल्लेरी घर भएका बर्ष २२ का राम मगर,
३. रामेछाप सैवु-६ घर भएका रेष्टुरेण्ट संचालक गोकुल मगरको भाई बर्ष २२ का भुवन मगर,
४.सिन्धुली आङसाङ-९ घर भएका बर्ष १८ का मोहन मगर।
  यसै गरी आजै राती ०२:२० बजेको समयमा जिल्ला कास्की पुम्दीभुम्दी-१ घुम्ती भन्ने स्थानमा पहिरो जाँदा सिद्दार्थ राजमार्गको पोखरा-स्याङजा सडक अवरुद्द हुनुको साथै सोही स्थानमा स्यांजा पुतलीबजार-१२ बस्ने सुवी गुरुङले भाडामा लिई बसेको घर भत्किन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि नमस्ते अस्पताल विरौटा लगिएको छ भने पहिरो हटाई अबरुद्द सडक सुचारु भएको छ ।
निम्न
१. जि.स्याङजा पु.व.न.पा-१२ घर भएकी बर्ष ३० की सुवी गुरुङ
२. निजको छोरा बर्ष १४ को प्रनिश गुरुङ,
३. निजो जेठाजुको छोरा बर्ष १८ को सुर्य गुरुङ ।

मिति :२०७१/५/९  गते             
  जिल्ला प्रहरी कार्यालय कास्की  
 प्र.ना.उ. केदार रजौरे

Saturday, August 23, 2014

चोरीको सुन खरिद गर्ने पक्राउ - Pokhara,Nepal

पोखरा भाद्र ६ गते।
     कास्की जिल्लाका बिभिन्न स्थानमा भएका चोरी तथा लुटपाटका घटनामा चोरीएका तथा लुटिएका सुनका गरगहना खरिद गर्ने निम्न मानिसहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मानिसहरुले चोरी गर्ने मानिसहरुसंग सुनका गरगहना खरिद गरी ती सामानहरुलाई गलाई नयाँ गरगहना बनाई वेचबिखन गर्दै आईरहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ , निजहरुलाई आजै कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

पक्राउ परेका सुन किन्ने मानिसहरु :
१.जि.कास्की कास्कीकोट - २ घर भई हाल पोखरा(२ मोहरिया टोल बस्ने बर्ष ६० को गणेश सुनार,
२. जि.चितवन कल्याणपुर -४ घर भई हाल पोखरा(२ भैरवटोल बस्ने बर्ष ३१ को अशोक सुनार,

चोरी गर्ने मानिसहरु
१. जि.कास्की पोखरा-२ बस्ने बर्ष १७ को सुनिल श्रेष्ठ,

२. जि.कास्की सार्दीखोला ५ घर भई हाल पोखरा ३ बस्ने बर्ष २९ को सन्तोष तामाङ

लेखनाथमा नगर सुशासनमा सूचनाको हक सम्बन्धी कार्यशाला सुरु समयमा संविधान बन्छ : सभासद् थापा Pokhara-Nepal


पोखरा समाचारदाता ।
पोखरा, भदौ ६ गते । संविधान सभाका सभासद यज्ञ बहादुर थापाले तोकिएकै समय भित्र संविधान जारी हुने कुरा बताउनु भएको छ । नगर सुशासन प्रर्वधनमा सूचनाको तक विषयीक दुई दिने प्रशिक्षण कार्यक्रमको आज कास्कीको लेखनाथमा उद्घाटनमा गर्दै सभासद थापाले संविधान सभाले गरेका पछिल्ला कार्यहरुमा राजनैतिक पार्टीहरुका शीर्ष नेताहरु सकरात्मक देखिएकाले पनि संविधान जारी हुने कुरामा ढुक्क रहेको बताउनु भयो ।
उहाँले सूचनाका बारेमा बोल्दै सूचना सानो र ठुलो हुँदैन, त्यसैले हरेक सूचनाहरु जनता संमक्ष पु¥याउनु पर्ने बताउनु भयो । त्यसै गरी कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रम आयोजक संस्था फ्रिडम फोरमका महा–सचिव एव्म नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धनमेन्द्र झाले सूचनाले नै सुशासनलाई टेवा पु¥याउने बताउनु भयो ।
कार्यक्रममा लेखनाथ नगरपालिकाका पूर्व मेयर सालिकराम पौडेलले सबै क्षेत्रबाट हक मात्र खोज्ने तर कर्तव्य र दाहित्यको बोध नगर्ने प्रविद्धिको अन्तय हुनुपर्ने बताउनु भयो ।

त्यसै गरी लेखनाथ नगरपालिकाका कार्यकारी प्रमुख रामचन्द्र पौडेल, पत्रकार विपुल पोख्रेल, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, आई.जी.डि. का प्रतिनिधि टुक थापा र फ्रिडम फोरमका अनिरुद्ध न्यौपानेले स्थानीय निकायमा हुने सूचना र यसको प्रयोगको बारेमा बोल्नु भएको थियो ।