पोखरा,असार ७ गते ११:३० बजेको समयामा जिल्ला कास्की धम्पुस ६ देउराली स्थित दुर्गा पौडेलको घरमा मिटर बक्समा आगो लागेको देखि हेर्न जांदा ऐ.ऐ. ९ लेककुवा बस्ने बर्ष २७ को आत्मराम भण्डारीलाई अचानक करेण्ट लागेकोमा तत्काल उपचारको लागि पोखरा तर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको ।
Monday, June 23, 2014
Saturday, June 21, 2014
बाल सुधार गृहमा योग शिविर-Pokhara-Kaski-Nepal
पोखरा, असार ६ गते ।
स्वास्थ्य रहौं र सकरात्मक सोचलाई अगाडि बढाउ भन्ने सोचका साथ सराङकोटमा रहेको बाल सुधार गृहमा सात दिने योग शिविर सम्पन्न भएको छ ।
पताञ्जली योग समिति, महिला बालबालिका कार्यालयको अयोजना र युसेफको सहयोगमा संञ्चालन भएको सो शिविरको समापन अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावतले मानव भित्र रहेका हरेक विकृतिलाई न्युन गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले बाल सुधार गृहलाई अझै भौतिक पुर्वाधार नपुगेको बताउदै सुधार गृहमा बसेर पढ्न चाहने बालकका लागि थप सुविधा दिन आफु प्रतिवद्ध भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अंम्बिका आचार्य, कास्कीका प्रहरी उपरीक्षक बसन्त लामा, महिला तथा बालबालिकाका प्रमुख पुर्ण कुमारी श्रेष्ठ, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, पताञ्जली योग समितिका क्यापटेन ईन्द्र बहादुर गुरुङ, सचिव केदार अधिकारी, युसेफ नेपालका अध्यक्ष रामकृष्ण निरोला र सहभागी निरञ्जन वि.सि. ले योग शिक्षा र यसको महत्वको बारेमा बोल्नु भएको थियो ।
सो योग शिविरमा बाल सुधार गृहका ५१ जनाको सहभागीता रहेको थियो ।

लागू औैषध सहित मानिस पक्राउ -Man Arrested with Drugs-Pokhara-Nepal
असार ६, पोखरा ।
जिल्ला नवलपरासी स्वाठी गा.वि.स. वडा न. ९ घर भई पोखरा उप.म.न.पा. वडा नं.१५ रामबजार बस्ने बर्ष ३० कि गंगा कुमारी घर्तीले भारत महाराजगंज जिल्ला पिपरहिया ग्राम बस्ने मोहम्मद खलिल खानबाट अवैध लागू औषध खरिद गरी ल्याई जिल्ला खोटाङ वाकाचोल ९ बस्ने बिर बहादुर तामाङ समेतको सहयोग लिई पोखरा नगर क्षेत्र तथा वरपरका स्थानहरुमा बिक्रीबितरण गर्दछन भन्ने प्राप्त सूचनाको आधारमा खोजतलास एंव अनुसन्धान गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७१/३/५ गते पोखरा ८ शिवालयचोकबाट निम्न ३ जना ब्यक्तिहरुलाई लागू औषध नर्फिन ईन्जेक्सन १०० थान, डाईजापाम ईन्जेक्सन १०० थान, फेनरागन ईन्जेक्सन १०० थान सहित पक्राउ गरीएको छ । निजहरु उपर लागू औषध मुद्दामा अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१. भारत महाराजगंग पिपरहिया बस्ने बर्ष ४२ को मोहम्द खलिल खान
२. खोटाङ जि. वाकाचोल घर भई पोखरा सिमलचौर बस्ने बर्ष २९ को बिर बहादुर तामाङ
३. जि. नवलपरासी स्वाठी ९ घर भई पोखरा १५ बस्ने बर्ष ३० कि गंगा कुमारी घर्ती ।

- जिल्ला प्रहरी कार्यालय कास्की
प्रहरी नायव निरीक्षक रेशम पौडेलको बिदाई तथा अन्तरक्रियात्मक समिक्षा-Pokhara-Nepal
असार ६, पोखरा ।
कास्की जिल्लामा लामो समय देखि सामुदायिक प्रहरी ईन्चार्जको रुपमा कार्यरत प्रहरी नायव निरीक्षक रेशम पौडेलको कास्की जिल्लाका सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरुका तर्फबाट बिदाई तथा अन्तरक्रियात्मक समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका सल्लाहकार प्रा.डा.दिलबहादुर क्षेत्रीले मायाको चिनो र अध्यक्ष लालबहादुर श्रेष्ठले प्रशंसा पत्र प्रदान गर्नु भयो ।
लामो समय देखि समुदायलाई आफ्नो कार्यथलो बनाई नागरिक समाजको मन जित्न सफल प्रहरी नायव निरीक्षक पौडेलले कास्की जिल्लाका सामुदायिक सेवा केन्द्रहरुको संस्थागत विकासको लागि संस्थाले लिएकोे लक्ष्य र उदेश्य प्राप्ती गर्नका लागि बुद्धी र विवेकले भ्याए सम्म पदिय आचरण र व्यवहारमा अडिग हुदै कर्तव्य निष्ठ भई प्रहरी सेवामा दुरदर्शी भावना राखी सामुदायिक सेवाको हरेक गतिबिधीमा गरेको उल्लेख्य कार्यको प्रशंसा गर्दै प्रमुख अतिथि क्षेत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो महत्वपूर्ण र ओजस्वी स्थानमा जादै गर्दा पीडितलाई न्याय र पीडकलाई दण्ड दिन आफ्नो विवेक पूर्ण रुपमा प्रयोग गर्नहुन सुझाव दिनुभयो । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष सीता गुरुङले विदाई भएर जान लाग्नुभएका पौडेलले आफू प्रहरी सेवा, नागरिक सचेतना सम्बन्धी प्रशिक्षण, संस्थागत र व्यक्तिगत वृत्ति विकासमा सक्षम र अग्रसरता रहेकोमा उत्तरोत्तर प्रगतिको कामना सहित प्रशंसा गर्नुभएको थियो । सल्लाहकार श्याम कुँवर, संस्थापक अध्यक्ष मंगल नेपाली, द्धितिय उपाध्यक्ष धु्रवबहादुर क्षेत्री, पूर्व अध्यक्ष गोमा ढकाल, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष पम्फा पहारी, सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष दया बराल, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, सामुदायिक सेवा केन्द्र लेखनाथका उपाध्यक्ष ईश्वरी प्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र कालिकाका उपाध्यक्ष डाल्डादेवी भुजेलले विदाईको कविताले उपस्थित व्यक्तिलाई भावविव्हल बनाएको थियो ।
विदाई भएर जान लाग्नु भएका पौडेलले प्रहरीको कार्यथलो समुदाय भएकोले कास्कीको समुदायले आफूलाई प्रहरी कार्यमा सक्षम बनाएको बताउदै अविष्मरणिय यो क्षणले आफूलाई सधै प्रहरी कार्यमा अग्रसर गराउने बताउनु भयो ।
सोही अवसरमा सामुदायिक प्रहरी सेवा कास्कीको लागि खटिई आउनुभएका प्रहरी नायव निरीक्षक मेघराज गुरुङको स्वागत समेत गरिएको थियो ।
त्यसै गरी सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरले पनि सोही दिन विहान विदाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मायाको चिनो, प्रशंसा पत्र, खादा, माला र अविरले सम्मान तथा विदाई गर्दै अध्यक्ष श्रेष्ठ, संस्थापक अध्यक्ष सीता गुरुङ, सल्लाहकार विश्वमोहन गौचन, प्रथम उपाध्यक्ष ध्रुव प्रसाद पराजुली समेतले मुस्कान सहितको प्रहरी सेवामा हुनुपर्ने गुणको प्रशंसा गर्दै जाने स्थानमा पूर्ण सफलताको कामना गर्नु भएको थियो । सो अवसरमा प्रहरी नायव निरीक्षक पौडेलले सामुदायिक सेवा केन्द्रले दिएको आत्मियता कहिल्यै नभुल्ने र सामुदायिक सेवाको विकासको लागि सधै तत्पर रहने बताउनुभयो ।
त्यसै गरी सामुदायिक सेवा केन्द्र बगर र पोखरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा संचालित १ महिने गुडिया निर्माण तालिमका प्रशिक्षार्थीहरुलाई नगर सहरी स्वास्थ्य केन्द्र पोखरा १ का ईन्चार्ज कमला गौतमले पोषण तत्वको बारेमा सहजिकरण गर्नुभयो ।

Friday, June 20, 2014
सामुदायिक प्रहरीको लागू औषध तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम-Drug and Traffic Rules Awareness Program Related-Pokhara-Nepal
असार ५, पोखरा ।
प्रहरीको सचेतनामुलक क्रियाकलाप अन्तरगत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको आयोजनामा लेखनाथ ३ अर्घौ स्थित लक्ष्मी उमाबिका कक्षा १० का १ सय २० जना विद्यार्थीहरुलाई लागू औषध तथा ट्राफिक नियम सम्बन्धी सचेतना मुलक एक दिवसिय प्रशिक्षण कार्यक्रम विहीवार सम्पन्न भयो ।
प्रहरी नायव निरीक्षकद्धय रेशमलाल पौडेल र कार्कीद्धारा सहजीकरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय हंशपुर हाल डाडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर थापाले सहभागीहरुलाई आजका यूवाहरु भालिका देशका कर्णधार भएकोले लागू औषधको कूलतमा कहिल्यै नफस्न र ट्राफिक नियमको बारेमा अहिलेनै राम्ररी बुझ्न र भविष्यमा हुने ठूलो दूर्घटनाबाट बच्न सुझाव दिनुभयो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उमाविका प्राचार्य श्रीभद्र बराल र कार्यक्रम संचालक कार्य समिति सदस्य धनबहादुर बि.क. समेतले लागू औषधको कुप्रभावको बारेमा बोलेका थिए ।
उक्त अवसरमा कानूनले दण्ड सजायमा कठोर रुप लिएको लागू औषधको असर बारेमा बताउदै सहजकर्ता रेशम पौडेलले भविष्यका कर्णधार विद्यार्थिहरु भोली विभिन्न वृत्ति विकासको लागि विदेश जान तथा विभिन्न संघ संस्था खोल्न या सरकारी नोकरीमा आवश्यक पर्ने प्रहरी रिपोर्टमा समेत लागू औषधको प्रयोग तथा कारोबारका कारण त्यस्ता कार्यबाट वञ्चित हुने हुँदा आजैबाट सचेत हुन सुझाव दिएका थिए ।

Subscribe to:
Posts (Atom)