Wednesday, June 18, 2014

रेडियो गण्डकीले ग¥यो सामाजिक लेखा परिक्षण


घनश्याम पाण्डेय ,रेडियो गण्डकी पोखरा ३० जेठ 
     सामुदायिक रेडियो गण्डकी ९०.२ मेघाहर्जले सुक्रबार पोखरामा सामाजिक परिक्षण सम्मपन्न गरेको छ । सामुदायिक संचार केन्द्र कास्की द्धारा २०६४ साल देखि पोखराको नयाँ बजारमा स्टेशन रहेको रेडियोले सामुदायिक रेडियो प्रसार संघ  ,द युनाईटेड नेशन डेमोक्रेटीक फण्ड र दि भिलेज रेष्टुरेन्ट चिप्लेढुङाको सहयोगमा रेडियोले सामाजिक परिक्षण गरेको हो ।  दि भिलेज रेष्टुरेन्ट चिप्लेढुङाको सभाहलमा सम्पन्न   कार्यक्रममा सहभागीहरुले रेडियो गण्डकी तल्लो बर्गका जनताहरुमा पुग्न सफल भए पनि अझै सवै ठाँउमा पुग्नु पर्नेमा जोड दिइएका छन् । महिलाहरुको क्षेत्रमा रेडियोले खेलेको भुमिका प्रंसनीय रहेको भन्दै रेडियोले आगामी दिनमा ल्याउने कार्यक्रममा साथ दिन तयार रहेको सहभागीहरुले बताएका छन् । कार्यक्रममा गैरसरकारी सस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले रेडियो गण्डकीले स्थापना देखि सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको भन्दै विहान ५ बजेनै समचार प्रसारण गर्न आग्रह गर्नु भयो ।
राष्ट्रिय समचाार समितिका पुर्व अध्यक्ष बरिष्ठ पत्रकार कोमलनाथ बरालले राज्यले संचार माध्यममा लाई लोककल्याण कारी विज्ञापन एक द्धार प्रणाली बाट वितरण गर्नु पर्ने बताउदै रेडियो गण्डकीले आफ्नो प्रसारण क्षमता बृद्धि गर्नुपर्ने बताउनु भयो ।
पुर्व सभासद दुर्गा विकले अहिले पनि जातिय भेदभाव रहेको भन्दै रेडियोले जातीय विभिदे विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनु भयो ।
नारी विकास आमा समुह लेखनाथका अध्यक्ष जानुका पराजुलीले रेडियो गण्डकीको कारण लेखनाथका महिलाहरुमा सचेतना आएको भन्दै रेडियो लाई धन्यबाद दिनु भयो ।
कार्यक्रममा सामुदायिक संचार केन्द्र कास्कीका कार्यकारी निर्देशक लक्ष्मण गुरुङले कार्यक्रमको उद्देश्य बारे प्रकास पार्नुभएको थियो भने म्याग्दी संचार तथा विकास केन्द्का निर्देशक प्रकाश लामिछाने र लेखापरिक्षक ज्ञान बहादुर कार्कीले तयार पारेको प्रतिवेदन गण्डकी संचार गृहका प्रशासन प्रमुख विमल आचार्यले प्रस्तुत गर्नुभएको थियो । संचार केन्द्रका अध्यक्ष विश्व प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासाको जवाफ संचार केन्द्रका सचिव लोक प्रसाद बञ्जराले दिनु भएको थियो ।

कार्यक्रममा पत्रकार महेश कुमार खाती ,मन क्षेत्री ,बालकृष्ण नेपाली लगायतले बोल्नु भएकाकार्यक्रमको संचालन गण्डकी संचार गृहका समचार प्रमुख घनश्याम पाण्डेयले गर्नुभएको थियो ।

Monday, June 16, 2014

कालिका गा.वि.स.मा सामुदायिक सेवा केन्द्र स्थापना


कास्की जिल्लामा २०६६ सालमा दर्ता भई निष्क्रिय रहेको सामुदायिक सेवा केन्द्र कालिकालाई क्रियाशिल गराउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की तथा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको विशेष पहलमा मिति २०७१।२।३१ गते दोश्रो साधरण सभा तथा अधिवेशन सम्पन्न भएको जुन कार्यक्रम दिनको १२स्२० मा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ वास्तोलाज्यूको प्रमुख अतिथ्यता तथा अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा शुरू भई बेलुका १९:०० वजे सम्पन्न भएको र सो कार्यक्रमले निम्नानुसारको १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।
१.  अध्यक्ष राजेश भण्डारी,
२.    उपाध्यक्ष डाल्डादेवी भुजेल,
३.  सचिव दिनेश अधिकारी,
४.    कोषाध्यक्ष विन्देश्वरी त्रीपाठी,
५.    सह(सचिव गोविन्द प्रसाद त्रीपाठी,
६.    सदस्य नविन चन्द्र तिमल्सेना,
७.   सदस्य पुष्पराज त्रीपाठी,
८.    डम्वरबहादुर नेपाली,
९.    राजेश भुजेल,
१०.    कृष्ण तिमल्सेना,
११.    राजेश अधिकारी,
१२.    लेखनाथ भण्डारी,
१३.   दामोदर भण्डारी,
१४.  .हुमनाथ अधिकारी,
.१५. विष्णुमाया पौडेल
मिति स् २०७१।३।०१ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की
प्र।ना।उ। राजेशनाथ बास्तोला

झिलिवराङ गाविसको गीविकास गाँउमा बस्ती शहरमा

पोखरा असार १ गते । भौतिक सुविधाका लागि गाँउ छाडेर आए पनि गाँउको मायालाई सम्झेर पर्वत जिल्ला भुक ताङले गाविसस्थित झिलिवराङ बासीहरुले पोखरामा झिलिव्।ायाङलाई समेटेर मेरो झिलिवराङ गाँउ आँखैमा झिलिमिलि छ भन्दै म्युजिक भिडियो निर्माण गरेका छन् ।

प्राकृतिक छटाले भरिपुर्ण रहेको साँस्कृतिक एव्म ऐतिहासिक गाँउ झिलिवराङको कला संस्कृतिलाई लिएर म्युजिक भिडियो र वृत्रचित्रमा समेत समावेश गरिएको छ । सो गाँयको मौरी घार, समुति छहारा, लम्कने लेक, बराह देवी, कमल जैशी थान, भुरुद्धि खोला र अन्नपूर्ण हिमाल सो गाँउका सम्पत्ति हुन् ।

पर्यटकीय दृष्टिले प्रर्वद्धन गर्ने उद्देश्यले मात्र नलिई आफ्नो गाँउलाई सधैं सम्झनुपर्छ भन्ने देश बाहिरका राजु गुरुङ, ईन्द्र गुरुङले सो कल्पना गरेका थिए । सो भिडियो र वृत्रचित्रको पर्वत जिल्ला क्षेत्र नंम्बर. १ का नेपाली काँग्रेस तर्फ विजय सभासद् अर्जुन जोशीले शनिबार कास्कीको लेखनाथमा आयोजित कार्यक्रममा विमोचन गर्नुभयो ।

सो अवसरमा सभासद् जोशीले आफ्नो पहलबाट गाविसका सबै वडामा विद्युतिकरण, बाटोघाटो, सडक, खाने पानी भएता पनि बसाई सराईका कारण प्रयोगमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, “शहरी सुविधा प्राप्त हुँदै गएपछि शहरबाट गाँउ फर्कने अभियान गर्नुपर्ने बताउनु भयो ।”उहाँले कास्कीको घान्दुक जस्तै झिलिवराङलाई पर्यटकीय गाँउका रुपमा लैजाने सोच भएको धारणा  राख्नु भयो ।

कार्यक्रममा रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले जन्मभुमि प्रतिको दाहित्वलाई झिलिवराङबासीहरुले पोखरामा आएर भए पनि पुरा गरेको बताउनु भयो ।

झिलिवराङ तमु समाजका अध्यक्ष खड्ग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सचिव क्यापटेन रन बहादुर गुरुङ, नेपाली काँग्रेस, जनसम्पर्क समितिका अध्यक्ष राम बहादुर गुरुङ, नमस्ते फिलिम्स प्रा.लि.का छवि सुवेदी लगायतले सो गाँउको बारेमा बोल्नु भएको थियो ।

सो म्युजिक भिडियोमा मुना, पिंकि, राजकुमार, अशोक, विमल गुरुङ लगायतका कलाकारहरु रहेका छन् भने अन्जना र धन बहादुरको स्वर रहेको छ । म्युजिक भिडियोको शब्द संगित लोक बहादुरले गर्नु भएको छ भने प्रेम गुरुङको छयाकन रहेको छ ।

सवारी दुर्घटना-ACCIDENT-POKHARA-NEPAL


१.पोखरा १० उत्तमचोक नजिक अमरसिंह तर्फबाट आईरहेको ग.१.ख. ४९२९ नं. को माईक्रोबसलाई ओभरटेक गर्ने क्रममा ग.६.प. ८०८९ नं. को मोटरसाईकल उक्त बसमा ठक्कर खाई पुन: बिपरित दिशाबाट आईरहेको बा.२.ख। १९९८ नं.को माईक्रोबसमा ठक्कर खांदा मोटरसाईकल चालक घाईते भई उपचारको लागि प।क्षे। अस्पतालमा उपचार भएकोमा त्यहांबाट थप उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगि उपचार भएकोमा मिति २०७१/३/२ गते डिस्चार्ज भएको र मो.सा. दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको । 
२. पोखरा (१ सिम्पानीमा ग.६.प. ५९६३ नं. को मोटरसाईकलले ऐ. बस्ने बर्ष ६७ को गोमान सिंह आले मगरलाई ठक्कर दिंदा निजको बायां खुट्टामा चोट लागि फिष्टेल अस्पतालमा उपचार हुंदै मोटरसाईकल चालक भरतपोखरी ६ बस्ने रन्जित पौडेलको समेत बाया खुट्टामा चोट लागेको छ ।

मिति : २०७१/३/०२ गते
जिल्ला प्रहरी कार्यालय कास्की
प्र.ना.उ.राजेशनाथ बास्तोला

Sunday, June 15, 2014

ईनरह्वीलमा बोल्ने कला तालिम- Speaking training in Innerwheel in Pokhara-Nepal


पोखरा ३१, जेठ ।
ईनरह्वील क्लब अफ पोखरा मिड टाउनको आयोजनामा एक दिवसीय बोल्ने कला तालिम शनीबार पोखरामा सम्पन्न भएको छ । क्लबका सदस्यहरुमा बोल्ने कला तथा आत्मविश्वासको बृद्धि गराउने उद्धेस्यका साथ सञ्चालन गरिएको सो तालिममा क्लबका १२ जना महिलाहरुको सहभागिता रहेको थियो । 
शनिबार दिनभर चलेको सो तालिमको सहजीकरण गर्दै मुख्य प्रशिक्षक एवं थ्रि एञ्जल्स सामुदायिक रेडियोका समाचारप्रमुख जीवन सुवेदीले बोल्ने कला सबैका लागि उत्तिकै आवस्यक रहेको बताउनुभयो । उहाँले तालिममा सिकेको ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गरेमा मात्र तालिम सफल हुने विचार व्यक्त गर्नुभयो ।  समापनका अवसरमा बोल्नुहुँदै रोटरी क्लब अफ पोखरा मिड टाउनका उपाध्यक्ष एवं ज्योतिकुञ्ज सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल पुरन कुँवरले प्रत्येक कार्यक्रमलाई आकर्षक बनाउने भन्ने कुरा उद्घोषकमा भर पर्ने भएकाले सफल उद्घोषक सबै संघ संस्थाका लागि आवस्यक हुने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ईनरह्वील क्लब अफ पोखरा मिड टाउनका उपाध्यक्ष शर्मीला श्रेष्ठ कुँवरले मञ्चमा गएर कार्यक्रम सञ्चालन गर्ने प्रकृया नजान्दा धेरै समस्या हुने गरेको बताउँदै तालिमबाट प्रकृयाका बारेमा राम्रो ज्ञान पाएको बताउनुभयो । क्लबका अध्यक्ष सारदा शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव अनु मल्लले गर्नुभएको थियो ।