Saturday, June 14, 2014

नेम्स् पोखरामा विदाई, विद्यार्थी रोजाइको विषयका लागि जोड-SLC-Nepal-Pokhara

 
पोखरा, जेठ ३० गते । फलामे ढोकाको रुपमा रहेको एस.एल.सी. दिएका विद्यार्थीहरुलाई व्रिर्ज कोर्ष शिक्षा प्रदान गर्दै आएको नेम्स पोखराले आज एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई विदाई तथा शुभकामना प्रदान गरेको छ ।

सो संस्थाका अध्यक्ष एव्म सगरमाथा उच्च मा.वि.का प्राचार्य धन बहादुर थापाले विद्यार्थीहरुले जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा दक्षता र निपुर्णता हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षाले नै मानव जीवनका हरेक पक्षलाई सहज रुपमा लैजाने भइकाले शिक्षा विनाको समाज, राज्य कल्पना गर्न पनि नसक्ने बताउदै अध्यक्ष थापाले विद्यार्थीहरुलाई अध्ययनमा नै केन्द्रित गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले छोटो समयमा नै नेम्स् पोखराले प्रधान गरेको गुणात्मक शिक्षाबाट विद्यार्थीहरुलाई यस पछिको विषयहरु अध्ययन गर्न सेतुको काम गरेको बताउनु भयो ।

त्यसै रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले एस.एल.सी. नतिजालाई मात्रैै लिएर विद्यार्थीहरुको क्षमता जाँच्न नसकिने भएकाले विद्यार्थीहरुले आफ्नो क्षमता हरेक क्षेत्रमा प्रस्तुत गरी व्यवसायीक शिक्षा तर्फ लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “ कुनै पनि विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्दा आफ्नो रोजाईलाई नै प्राथमिकतामा राख्नु पर्दछ तकि अभिभावकको जोडबलमा होइन ।”

सो समारोहमा विद्यार्थी इक्षा घले र भक्त क्षेत्रीले नेम्स् पोखराका शिक्षक, व्यवस्थापन पक्ष र अन्य वातावरणले छोटो समयमा दिएको शिक्षा विद्यार्थीहरुका लागि निकै उपयोगी रहेको भन्दै नेम्स् पोखरा प्रशंसा गरेका थिए ।


Saturday, June 7, 2014

सामुदायिक प्रहरी कास्कीको वृक्षारोपण अभियान- Community police Kaski organizes afforestation

जेष्ठ २२, पोखरा ।
समाजमा रहेका विभिन्न विकृति विसंगति न्यूनीकरण गर्दै समाजलाई अपराध रहित बनाउन कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु हरपल लागिरहेकोमा हाल विश्व वातावरण दिवसको अवसर पारी कास्की जिल्लाका विभिन्न स्थानमा अभियानको रुपमा वृक्षारोपण तथा गोडमेल कार्य सम्पन्न भयो । 
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको समन्वयमा जिल्ला वन कार्यालय कास्कीको विरुवा सहयोग भएको थियो । बकैनो, कल्की, कपुर, लप्सी, धुपी, पारिजात, कोईरालो, गुलमोहर, तेजपत्ता, तथा स्थानिय व्यक्तिहरुबाट प्राप्त वर, पिपल, स्वामी समेत गरी ४०० विरुवा रोपण गरियो ।
पोखरा १ गाईघाटमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले हरेक प्राणीको रक्षाको लागि वातावरण जोगाउन महत्वपूर्ण रहेको बताउनुभयो । वातावरणमा भएको उष्णताका कारण हाल दिनानुदिन हिमाल पग्लदै गएको र जीवनमा प्रतिकुल असर परेको बताउनुभयो ।
पोखरा ९ शान्तिघाटमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति वनवाटिका टोलविकास संस्था, शान्तिघाट आमा समूह शान्ति वन आमा समुह लगायत स्थानिय संघ संस्था तथा व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा पृथ्वीचोक स्थित आईल्याण्डमा धुपी लगायत फूलका विरुवा रोपण गरियो ।
सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा बैदाम स्थित फेवातालको किनारा (फूट ट्रयाक) मा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्य सम्पन्न भयो जहाँ सशस्त्र प्रहरी बलबाट समेत सहभागिता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा कालिका गाविस वडा नं.५ स्थित जनज्योती उमावि र गाविस भवनको वरपरको खाली पाखामा वन विज्ञान अध्ययन संस्थानका क्याम्स प्रमुख हरी प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा वृृक्षारोपण कार्य सम्पन्न भयो ।
त्यसैगरी २१ गते नै सामुदयिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष दया बरालको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा  भद्रकाली मन्दिर परिसरमा वृक्षारोपण गरियो भने सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा र लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा वडा नं.१ र १२ को वडा सेवा केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भैसकेको छ ।
                               

लागु औषध सहित विदेशी नागरिक पक्राउ - Spanish arrested for drugs

पोखरा जेष्ठ २३
   पोखरा,६ खहरेमा शंकास्पदरुपमा हिडी प्रहरीलाई देखि भाग्न लागेको अबस्थामा तत्काल पक्राउ गरी शरीर तलासी गर्दा स्पेनीश नागरिक बर्ष ४६ का डेविड गारसिया अरनाउ
(DAVID GARCIA ARNAU ) लाई लागु औषध चरेश ५०० ग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको छ । निजले उक्त परिणामको लागु पदार्थ आफुले लगाईरहेको हाफ पाईण्टमा लुकाई छिपाई राखेका थिए।
     निजलाई पक्राउ गरी सोधपुछ गर्दा निजले उक्त चरेश जिल्ला कास्की सराङकोट(७ सेती बगर बस्ने ईन्द्रदेवी परियारबाट रू २७,०००।( मा खरिद गरी लिएको भनि दिएको  बयानको आधारमा निज ईन्द्रदेवीको घरमा खानतलासी गर्दा दराज भित्र लुकाई राखेको अवस्थामा ५०० ग्राम तौल भएको लागु औषध चरेश र नगद रु २७,०००।( हजार रुपैया समेत बरामद गरी निज ईन्द्रदेवी परियारका पति श्याम नेपाली समेतलाई पक्राउ गरी लागु औषध मुद्दामा म्याद थप गरी थप अनुशन्धान भई रहेको छ ।
मिति २०७१/२/२३ गते ।  
District Police Office Kaski                  
जिल्ला प्रहरी कार्यालय कास्की।

Saturday, May 31, 2014

मुस्कान सहितको प्रहरी सेवा तालिम संचालन- Training for Nepal Police to serve with smile


    सेवाग्राही र आम जनता नै प्रहरी सेवाका मुख्य केन्द्रबिन्दु हुन् भन्ने कुरालाई आत्मसात् गर्दै प्रहरी सेवालाई अझ बढि व्यवसायिक, प्रभावकारी एवं सेवाग्राही केन्द्रित बनाउने नेपाल प्रहरीको रणनीतिक कार्ययोजना अनुरुप मिति २०७१/१/७ गते पश्चिम क्षेत्रीय प्रहरी सशस्त्र प्रहरी गणको प्राङ्गणमा “मुस्कान सहितको प्रहरी सेवा” प्रशिक्षणको उद्घाटन कार्यक्रम सम्पन्न भई सोही मितिबाट यस जिल्ला प्रहरी कार्यालय कास्कीले यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत ३० जनाको संख्यामा पहिलो चरणमा २ दिने तालिम संचालन गरिएको छ । भने त्यस्तै  साथै यस जिल्लामा कार्यरत ८१० जना प्रहरी कर्मचारीहरुलाई क्रमसस् तालिम प्रदान गरिरहेको छ ।  
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की

अनन्ता सामुदायिक सेवा समितिमा लागू औषध दूव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम - Drugs control program held by Ananta Community Service-Pokhara


जेष्ठ १५, पोखरा ।
 अनन्ता सामुदायिक सेवा समितिको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्की तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको प्राविधिक सहयोगमा पोखरा २ विन्दबासिनी स्थित अनन्ता सामुदायिक सेवा समितिको सभाहलमा एक दिने लागू औषध दूव्र्यसनी सम्बन्धी प्रशिक्षण विहीबार सम्पन्न भयो ।
अनन्ता सामुदायिक सेवा समितिका अध्यक्ष सीता कुमारी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले  लागू औषधको बारेमा श्रव्य र दृष्यको माध्यमबाट सहजीकरण गरेका थिए भने आयोजक संस्थाका कार्य समिति तथा सदस्यहरु, सल्लाहकारहरु, अर्चलबोट पुन समाज आमा समूह, महिला परोपकार समूह टोल विकास संस्था समेतको सहभागिता रहेको कार्यक्रममा लागू औषधको कुप्रभावको बारेमा तयार पारिएको वृत्तचित्र उन्मुत्ती समेत प्रर्दशनी गरिएको थियो ।
संस्थाका सचिव शर्मिला रेग्मीले संचालन गरेको कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक पूर्व अध्यक्ष माया सुवेदीले समाजमा विद्यमान लागू औषधको कुप्रभावलाई न्यूनीकरण गर्न यो कार्यक्रम निकै फलदायी रहने बताईन ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष दहालले लागू औषधले हाल पोखरालाई ग्रस्त बनाउदै गएकोले यस प्रकारका सचेतनामुलक कार्यक्रमहरु प्रत्येक व्यक्तिलाई दिन आवश्यक रहेको बताईन ।  
   
Community Police Kaski