Sunday, June 15, 2014

खुल्ला बल्छी खेल प्रतियोगितामा पुन प्रथम - Pun first in open fishing competition-Pokhara

पोखरा– नेपालमै पहिलोपटक फेवातालको किनारमा आयोजित प्रथम खुल्ला बल्छी खेल प्रतियोगिता मा नरबहादुर पुन बिजेत बनेका छन । प्रतियोगितामा फस्ट रनर अप बिष्णुबहादुर छन्त्याल र सेकेन्ड रनर अप देव थापा भए ।
पोखरा एन्ग्लर्स क्लब नेपालको आयोजनामा शनिवार प्रतियोगिता भएको थियो । त्यसमा २१ल जना सहभागी भए । बिजयी प्रतियोगीलाई प्रमुख अतिथि मत्स्य अनुसन्धान केन्द्रका प्रमुख जयदेव बिष्टले पुरस्कार बितरण गरे ।
आयोजक क्लबका अध्यक्ष मेजर बालकृष्ण गुरुङका अनुसार माछा समाएर मनोरञ्जन लिने तथा बिष, करेन्टबाट माछा मार्ने कामलाई निरुत्साहित पार्ने उद्देश्यले दुई बर्ष अघि दर्ता भएर क्लबले विभिन्न गतिविधि गर्दै आएको छ । बल्छी खेल प्रतियोगिताले पोखराको पर्यटन प्रबद्र्धनमा थप सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए ।

सामुदायिक सेवा केन्द्र कालिकाको दोश्रो अधिवेशन सम्पन्न- Second Election in Community Service Kalika

जेष्ठ ३१, पोखरा ।
 कास्की जिल्लामा २०६६ साल देखि दर्ता भई निष्कृय रहेको सामुदायिक सेवा केन्द्र कालिकाको शनिवार दोेश्रो साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
कालिका गाविस झाझरमारेमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेश नाथ बास्तोलाले व्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गर्नुभयो । शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि बास्तोलाले नागरिक प्रहरी हातेमालो गरेर समाज समृद्धिको लागि अगाडी बढनु पर्ने बताउनु भयो । सोही अवसरमा कालिकामा बढदै गएको विकृति विसंगति न्यूनिकरणको लागि सामुदायिक प्रहरी सेवा केन्द्रलाई क्रियाशिल बनाउन कालिका बासीलाई अनुरोध गर्नुभयो ।
अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गोविन्द अधिकारीले गरे भने श्री कृष्ण तिमल्सेना, राधा देवी भुजेल, एकबहादुर कार्की, निर्मल दियाली सुनार, ईश्वरी अधिकारी, भानुभक्त ढकाल, दया बराल, बिमलबहादुर कार्की, प्रहरी निरीक्षक गंगाबहादुर थापा लगायतका अतिथिहरुले शुभकामना दिदै सामुदायिक सेवा केन्द्रको आवश्यकता तथा भुमिकाको बारेमा बोलेका थिए ।
सचिव राजेश भण्डारीले संचालन गरेको कार्यक्रमले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गराउदै प्रहरी प्रधान कार्यालयबाट निर्दिष्ट सामुदायिक सेवा केन्द्र संचालन सम्बन्धी निर्देशिका तथा प्रस्तावित विधान बमोजिम विधान संशोधनको लागि निर्णय गरेको  छ । अबिधेशनको बन्द सत्रले अध्यक्ष राजेश भण्डारी, उपाध्यक्ष डाल्डादेवी भुजेल, सचिव दिनेश अधिकारी, सह सचिव गोविन्द प्रसाद अधिकारी, कोषाध्यक्ष विन्देश्वरी त्रिपाठी, सदस्यहरु नविन चन्द्र तिमल्सेना, पुष्पराज त्रिपाठी, डम्बरबहादुर नेपाली, राजेश भुजेल, कृष्ण तिमल्सेना, राजेश अधिकारी, लेखनाथ भण्डारी, दामोदर भण्डारी, हुमनाथ अधिकारी, विष्णुमाया पौडेल लगायतको कार्य समिति निर्विरोध चयन गरेको छ ।
सोही अवसरमा निर्वाचन मण्डलका संयोजक सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव विमलबहादुर कार्कीले नव निर्वाचित कार्य समितिको सफल कार्यकालको शुभकामना दिदै सामुदायिक सेवा जस्तो पवित्र सेवामा आउनुभएकोमा सम्पूर्ण पदाधिकारीहरुलाई पवित्र मन वचन र कर्मले कार्य गर्ने अठोट लिएर अगाडि बढन अनुरोध गर्नुभयो भने निर्वाचन मण्डलका सदस्यहरु शैलेन्द्र मोहन भट्टराई, ईश्वरी प्रसाद अधिकारी, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका ईन्चार्ज प्रहरी नायव निरीक्षक रेशम पौडेलले सफल कार्यकालको शुभकामना दिएका थिए । 

Saturday, June 14, 2014

नेम्स् पोखरामा विदाई, विद्यार्थी रोजाइको विषयका लागि जोड-SLC-Nepal-Pokhara

 
पोखरा, जेठ ३० गते । फलामे ढोकाको रुपमा रहेको एस.एल.सी. दिएका विद्यार्थीहरुलाई व्रिर्ज कोर्ष शिक्षा प्रदान गर्दै आएको नेम्स पोखराले आज एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई विदाई तथा शुभकामना प्रदान गरेको छ ।

सो संस्थाका अध्यक्ष एव्म सगरमाथा उच्च मा.वि.का प्राचार्य धन बहादुर थापाले विद्यार्थीहरुले जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा दक्षता र निपुर्णता हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षाले नै मानव जीवनका हरेक पक्षलाई सहज रुपमा लैजाने भइकाले शिक्षा विनाको समाज, राज्य कल्पना गर्न पनि नसक्ने बताउदै अध्यक्ष थापाले विद्यार्थीहरुलाई अध्ययनमा नै केन्द्रित गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले छोटो समयमा नै नेम्स् पोखराले प्रधान गरेको गुणात्मक शिक्षाबाट विद्यार्थीहरुलाई यस पछिको विषयहरु अध्ययन गर्न सेतुको काम गरेको बताउनु भयो ।

त्यसै रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले एस.एल.सी. नतिजालाई मात्रैै लिएर विद्यार्थीहरुको क्षमता जाँच्न नसकिने भएकाले विद्यार्थीहरुले आफ्नो क्षमता हरेक क्षेत्रमा प्रस्तुत गरी व्यवसायीक शिक्षा तर्फ लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “ कुनै पनि विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्दा आफ्नो रोजाईलाई नै प्राथमिकतामा राख्नु पर्दछ तकि अभिभावकको जोडबलमा होइन ।”

सो समारोहमा विद्यार्थी इक्षा घले र भक्त क्षेत्रीले नेम्स् पोखराका शिक्षक, व्यवस्थापन पक्ष र अन्य वातावरणले छोटो समयमा दिएको शिक्षा विद्यार्थीहरुका लागि निकै उपयोगी रहेको भन्दै नेम्स् पोखरा प्रशंसा गरेका थिए ।


Saturday, June 7, 2014

सामुदायिक प्रहरी कास्कीको वृक्षारोपण अभियान- Community police Kaski organizes afforestation

जेष्ठ २२, पोखरा ।
समाजमा रहेका विभिन्न विकृति विसंगति न्यूनीकरण गर्दै समाजलाई अपराध रहित बनाउन कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु हरपल लागिरहेकोमा हाल विश्व वातावरण दिवसको अवसर पारी कास्की जिल्लाका विभिन्न स्थानमा अभियानको रुपमा वृक्षारोपण तथा गोडमेल कार्य सम्पन्न भयो । 
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको समन्वयमा जिल्ला वन कार्यालय कास्कीको विरुवा सहयोग भएको थियो । बकैनो, कल्की, कपुर, लप्सी, धुपी, पारिजात, कोईरालो, गुलमोहर, तेजपत्ता, तथा स्थानिय व्यक्तिहरुबाट प्राप्त वर, पिपल, स्वामी समेत गरी ४०० विरुवा रोपण गरियो ।
पोखरा १ गाईघाटमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले हरेक प्राणीको रक्षाको लागि वातावरण जोगाउन महत्वपूर्ण रहेको बताउनुभयो । वातावरणमा भएको उष्णताका कारण हाल दिनानुदिन हिमाल पग्लदै गएको र जीवनमा प्रतिकुल असर परेको बताउनुभयो ।
पोखरा ९ शान्तिघाटमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति वनवाटिका टोलविकास संस्था, शान्तिघाट आमा समूह शान्ति वन आमा समुह लगायत स्थानिय संघ संस्था तथा व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा पृथ्वीचोक स्थित आईल्याण्डमा धुपी लगायत फूलका विरुवा रोपण गरियो ।
सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा बैदाम स्थित फेवातालको किनारा (फूट ट्रयाक) मा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्य सम्पन्न भयो जहाँ सशस्त्र प्रहरी बलबाट समेत सहभागिता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा कालिका गाविस वडा नं.५ स्थित जनज्योती उमावि र गाविस भवनको वरपरको खाली पाखामा वन विज्ञान अध्ययन संस्थानका क्याम्स प्रमुख हरी प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा वृृक्षारोपण कार्य सम्पन्न भयो ।
त्यसैगरी २१ गते नै सामुदयिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष दया बरालको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा  भद्रकाली मन्दिर परिसरमा वृक्षारोपण गरियो भने सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा र लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा वडा नं.१ र १२ को वडा सेवा केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भैसकेको छ ।
                               

लागु औषध सहित विदेशी नागरिक पक्राउ - Spanish arrested for drugs

पोखरा जेष्ठ २३
   पोखरा,६ खहरेमा शंकास्पदरुपमा हिडी प्रहरीलाई देखि भाग्न लागेको अबस्थामा तत्काल पक्राउ गरी शरीर तलासी गर्दा स्पेनीश नागरिक बर्ष ४६ का डेविड गारसिया अरनाउ
(DAVID GARCIA ARNAU ) लाई लागु औषध चरेश ५०० ग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको छ । निजले उक्त परिणामको लागु पदार्थ आफुले लगाईरहेको हाफ पाईण्टमा लुकाई छिपाई राखेका थिए।
     निजलाई पक्राउ गरी सोधपुछ गर्दा निजले उक्त चरेश जिल्ला कास्की सराङकोट(७ सेती बगर बस्ने ईन्द्रदेवी परियारबाट रू २७,०००।( मा खरिद गरी लिएको भनि दिएको  बयानको आधारमा निज ईन्द्रदेवीको घरमा खानतलासी गर्दा दराज भित्र लुकाई राखेको अवस्थामा ५०० ग्राम तौल भएको लागु औषध चरेश र नगद रु २७,०००।( हजार रुपैया समेत बरामद गरी निज ईन्द्रदेवी परियारका पति श्याम नेपाली समेतलाई पक्राउ गरी लागु औषध मुद्दामा म्याद थप गरी थप अनुशन्धान भई रहेको छ ।
मिति २०७१/२/२३ गते ।  
District Police Office Kaski                  
जिल्ला प्रहरी कार्यालय कास्की।