जिल्ला लम्जुङ भोर्लेटार ४ स्थायी घर भई हाल पोखरा न्यूरोड डेरा गरी बस्ने बिकल पौडेलले जिल्ला कास्की पोखरा ४ रामकृष्णटोल बस्ने बर्ष ३७ को ईश्वर लिगललाई ब्यापार ब्यवसायमा सामान थपी कारोवार बढाउनको लागि भनी सापटी स्वरुप १७,२२,०००।( ९सत्र लाख बाईस हजार० दिएकोमा निज बिकल पौडेलले आफले दिएको सापटी रकम निज ईश्वर लिगलसंग बारम्बार फिर्ता दिन अनुरोध गर्दा नदिई केही लामो समय पछि सनराईज बैंक पोखराको खातामा रकम छ चेक मार्फत उक्त रकम भुक्तानी लिनु भनि दिएकोमा रकम लिन गई चेक साटन लाग्दा उक्त बैंकमा निज ब्यक्तिको खातामा रकम नै नभएकोले रकम नभएको चेक दिई ठगी गरेको हुंदा निज ईश्वर लिगललाई मिति २०७१/१/१० गते पक्राउ गरी आबश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की
