Thursday, April 24, 2014

लागू औषध सहित मानिस पक्राउ-Pokhara Nepal


जिल्ला नवलपरासी पिठौली गा.वि.स. वडा नं.७ लोकाहा बस्ने बर्ष २१ को सुमन थनेतले भारतबाट अवैध लागू औषध खरिद गरी पोखरा नगर क्षेत्रमा बिक्री बितरण गर्दछन भन्ने बिशेष सूचना आधारमा लागू औषध नियन्त्रणको कार्यमा खटिएको बिशेष प्रहरी टोलीले निज सुमन थनेतलाई पोखरा ( ९ नयांबजारमा निजको शरिरमा लुकाई छिपाई राखेको नर्फिन ईन्जेक्सन ४, डाईजापाम ईन्जेक्सन ५ थान, फेनरागन ईन्जेक्सन ५ थान सहित पक्राउ गरी ला.औ. मुद्दामा अनुसन्धान कारवाही भईरहेको छ । 
District Police Office Kaskiजिल्ला प्रहरी कार्यालयकास्की

Monday, April 21, 2014

लागू औषध सहित मानिस पक्राउ-Pokhara


    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ४ सिदार्थचोक बस्ने बर्ष ४५ को बिनोद श्रेष्ठले भारतबाट अवैध लागू औषध खरिद गरी ल्याई पोखरा नगर क्षेत्रमा बिक्री बितरण गर्छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रणको कार्यमा खटिएको बिशेष प्रहरी टोलीले निज बिनोद श्रेष्ठले निज बस्ने स्थानमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा नर्फिन ईन्जेक्सन ४, डाईजापाम ईन्जेक्सन ५, फेनरागन ईन्जेक्सन ५ सहित पक्राउ गरी ला.औ. मुद्दामा अनुसन्धान कारवाही भईरहेको   छ ।

Saturday, April 19, 2014

वानका उपाध्यक्ष पौडेललाई बधाई-Ramesh Poudel Pokhara

पोखरा, बैशाख ५ गते 
शुभकामना वचत तथा ऋण सहकारी संस्थाका सल्लाहाकार रमेश पौडेल स्वतन्त्र रेडियोहरुको संगठन बोर्डकास्टिङ एशोसिएशन अफ नेपालको पश्चिमाञ्चल उपाध्यक्षमा निविरोध रुपमा चयन हुनु भएकोमा सो सहकारीले बधाई एव्म शुभकामना कार्यक्रम आयोजना ग¥यो । पौडेल रेडियो बाराहीका कार्यकारी निर्देशक एव्म नेपाल प्रेश युनियनका पश्चिमाञ्चल संयोजक समेत हुनुहुन्छ ।
२०७१ सालको पूर्व सन्ध्यामा आयोजित सो कार्यक्रममा संस्थाका अध्यक्ष नर बहादुर कार्कीले नयाँ वर्षको शुभकामनाका साथ पौडेललाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा वानका उपाध्यक्ष पौडेलले सहकारीलाई गाँउ–गाँउमा पु¥याउन मिडियाको भुमिका रहेको बताउनु भयो ।
 कार्यक्रममा सल्लाहाकार क्या. शिव बहादुर कार्की, यम बहादुर क्षेत्री, उपाध्यक्ष चेत नारायण सापकोटा, सचिव गोकर्ण बरुवाल, कोषाध्यक्ष बल बहादुर जि.सी., प्रेम शर्मा बरुवाल, ठाकुर प्रसाद सापकोटा, आशा गुरुङ, बसन्त गौचन, ईन्द्र बहादुर कार्की लगायतले पौडेललाई बधाई दिदै सम्पूर्ण शेयर धनी एवम् अन्य महानुभावहरुमा

ठगी गर्ने पक्राउ-Pokhara News Nepal


जिल्ला स्याङजा सेतीदोभान घर भई हाल पोखरा १७ ड्यामसाईटमा डेरा कोठा गरी बस्ने बिष्णु पौडेलले जि। कास्की पोखरा ९ पृथ्वीचोकमा अव्दुल मोवाईल रिपेयरिङ पसल संचालन गरी बस्ने अव्दुल ईनाम मियालाई सापटी स्वरुप रु। १० लाख दिएको, केही महिना पश्चात निज बिष्णु पौडेलले उक्त सापटी दिएको रकम फिर्ता माग्दा निज अव्दुल मियाले अपी फाईनान्स र आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको चेक दिएकोमा उक्त बैंकमा रकम लिन जांदा खातामा रकम नै नभएको हुंदा बिष्णु पौडेलले यस कार्यालयमा निवेदन दिएको हुंदा अव्दुल मियालाई मिति २०७१।०१।५ गते पक्राउ गरी आबश्यक अनुसन्धान अगाडि बढाईएको छ ।

मिति : २०७१/१/५ गते ।
प्र.ना.उ. राजेशनाथ बास्तोला
जिल्ला प्रहरी कार्यालय कास्की

 

Friday, April 4, 2014

आई फोन मोवाईल चोरी गर्ने पक्राउ


मिति २०७०/१२/१३ गते दिनको १३स्०० बजेको समयमा जि.कास्की ले.न.पा. ७ स्थित तालचोक बस्ने मिलन चौरेली रानाभाटको मुल्य रु.५२ हजार पर्ने आई फोन मोवाईल थान १ चोरी भएको घटनामा अनुसन्धान एवं खोजतलासको क्रममा उक्त मोवाईल चोरी गर्ने जि. कास्की पोखरा १७ घारीपाटन बस्ने बर्ष २३ को सन्तोष नेपाली र जि. कास्की निर्मलपोखरी ५ बस्ने बर्ष २२ को नरेन्द्र आचार्यलाई उक्त चोरी गरेको  मोवाईल सहित मिति २०७०/१२/१८ गते पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ । 

District Police Office Kaski 
जिल्ला प्रहरी कार्यालय कास्की