Monday, March 17, 2014

सशस्त्र प्रहरी बलको सवारी साधन दुर्घट्ना

सशस्त्र प्रहरी बल भानु गणको बा.१.ग. १८२१ नम्बरको टुटन सवारी साधनमा सोही कार्यालयका तालिमरत ३३ जना सशस्त्र प्रहरी बलका जवानहरुलाई पोखरामा लिई आउँदै गर्दा जिल्ला तनहुँ दुलेगौडा ३ हल्लेदी भन्ने स्थानमा पल्टिन गई दुर्घटना हुँदा उक्त गाडीमा सवार ३३ जना घाईते भएकोमा तत्काल पोखराको प.क्षे. अस्पतालमा ल्याई उपचार गराउने क्रममा २ जना जवानको मृत्यु भएको ( मृत्यु हुनेमा महेश श्रेष्ठ र केशव राना) ४ सिरियस घाईते मणिपाल शिक्षण अस्पतालमा उपचार भएको र बाँकी २७ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ ।
मिति २०७०/१२/२ गते ।
प्रहरी नायव उपरीक्षक
( राजेशनाथ बास्तोला )
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

होलीको समयमा होहल्ला गर्ने पक्राउ Pokhara Holi 2014

होलिका दिन पोखरा तथा लेखनाथ नगर क्षेत्रमा होलीको नाममा अनावश्यक मानिसहरुलाई जवरजस्ती रंग छ्याप्ने, समाती रंग लगाई दिने, मादक पदार्थ सेवन गरी हो-हल्ला गरी अशान्ति मच्चाउँदै हिडने, हुलहुज्त गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४८ जना पुरुष र ८ जना महिला गरी जम्मा ५६ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाही अनुसन्धान भईरहेको छ । होलीको समयमा ओभर स्पीडमा चलाउने, लाईसेन्स साथमा नलिई चलाउने, ३ जना मोटरसाईकलमा चढि होहल्ला गर्दै हिडने र सवारी दुर्घटना गराउने जम्मा ४८ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, March 15, 2014

जबरजस्ती रङ हान्दै हुनुहुन्छ ? होशियार प्रहरी कारवाहीमा पर्नुहोला - Pokhara-2014

 चैत्र १, पोखरा ।
फागूपूर्णिमा (होली) को अवसरमा कुनै अप्रिय घटना नघटोस र विकृति तथा विसंगति जन्य क्रियाकलापमा कोही संलग्न नहोस भनि कास्की प्रहरीले आम जनतालाई सुसूचित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालयहरु, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्की जिल्लामा क्रियाशिल सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतले होली पर्वमा हुने विकृति विसंगति न्यून गर्न, जवरजस्ती रङ्ग तथा लोलाहरु नहान्न, पर्वको नाममा लागू पदार्थ तथा उत्तेजनात्मक पदार्थ सेवन नगर्न, घरको छत माथीबाट तथा सवारी साधनबाट रङ छयाप्ने काम नगर्न, ट्राफिक नियमको उल्लघंन नगर्न, छालामा हुने रोगहरु निम्ताउने केमिकलयुक्त रङ्ग प्रयोग नगर्न अनुरोध गरेका छन ।
 हजारौ थान यस्ता सचेतनामूलक पर्चाहरु छपाई कास्की जिल्लाका पोखरा, लेखनाथ नगरपालिका र आसपासका गाविसहरुमा वितरण गर्दै माईकिङ गरिएको छ ।
अवान्छिथ क्रियाकलापमा सहभागि नहुन र सहभागि भएको पाईएमा कडा कारवाही हुने व्यहोराको सूचना सहित माईकिङ गरिएको हो । जबरजस्ती रङ्ग तथा लोलाहरु हान्ने कामलाई दुरुत्साहन गर्न, पर्वको नाममा महिला, वालिका तथा पर्यटन माथि हुने अवान्छित क्रियाकलापहरु रोक्न यस खालका कार्यक्रम गरेको र सो को उल्लंघन गरेको पाईएमा कडा कारवाही गरिने सम्बन्धित श्रोतले बताएको छ ।
यस खालको सचेतनामूलक सूचना प्रवाहका कारण यस पालिको होलीमा कुनै अप्रिय घटना नघटने होली पर्वको समयमा कुनै दूर्घटना नहुने सम्बन्धीत श्रोतले जानकारी दिएको छ ।
        सचिव
चक्रपाणी सुवेदी

होलीलाई सुरक्षित बनाउन कास्की प्रहरीको अभियान- Happy Holi 2014

 फाल्गुन ३०, पोखरा ।
आसन्न फागूपूर्णिमा (होली) २०७० को अवसरमा कुनै अप्रिय घटना नघटोस र विकृति तथा विसंगति जन्य क्रियाकलापमा कोही संलग्न नहोस भनि कास्की प्रहरीले विशेष अभियान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अभियान, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन र कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतको सहयोगमा कास्की जिल्लाका पोखरा, लेखनाथ नगरपालिका र आसपासका गाविसहरुमा होली पर्वमा हुने विकृति विसंगति न्यून गर्न, जवरजस्ती रङ्ग तथा लोलाहरु नहान्न, पर्वको नाममा लागू पदार्थ तथा उत्तेजनात्मक पदार्थ सेवन नगर्न, घरको छत माथीबाट तथा सवारी साधनबाट रङ छयाप्ने काम नगर्न, ट्राफिक नियमको उल्लघंन नगर्न, छालामा हुने रोगहरु निम्ताउने केमिकलयुक्त रङ्ग प्रयोग नगर्न अनुरोध गरीएका पर्चा वितरण सहित माईकिङ गरिएको छ । सो अभियानलाई चैत्र १ र २ गते समेत जारी राखिनेछ ।
त्यस्ता क्रियाकलापमा सहभागि नहुन र सहभागि भएको पाईएमा कडा कारवाही हुने व्यहोराको सूचना सहित माईकिङ गरिएको हो । जबरजस्ती रङ्ग तथा लोलाहरु हान्ने कामलाई दुरुत्साहन गर्न, पर्वको नाममा महिला तथा पर्यटन माथि हुने अवान्छित क्रियाकलापहरु रोक्न यस खालका कार्यक्रम गरेको सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेले बताए । वाल लालिकाले त्यस्ता क्रियाकलाप गरेको पाईएमा अभिभावकलाई समेत कारवाही हुने कुरा समेत सो पर्चामा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालयहरु बैदाम, बगर, रामबजार र शिसुवाबाट समेत सो कार्यमा विशेष समय दिई ४ वटा सवारी साधन प्रयोग गरी सूचना प्रवाह गरिएको छ जसको कारण यस पालिको होलीमा कुनै अप्रिय घटना नघटने होली पर्वको समयमा कुनै दूर्घटना नहुने सम्बन्धीत श्रोतले जानकारी दिएको छ ।

Tuesday, March 11, 2014

निम्स् अब नेम पोखराका साथमा

पोखरा समाचारदाता 
पोखरा, फागुन २,पोखराको महेन्द्रपुल स्थित पूर्णिमा हल पछाडि निभा गल्लीमा संञ्चालन भैरहेको निम्स पोखरा अब नयाँ व्यवस्थापनका साथ नेम पोखराका नामबाट संञ्चालन हुने भएको छ ।
सो कम्पनीमा पोखराका प्रतिष्ठित शिक्षा सेवी धन बहादुर थापा अध्यक्ष पदमा रहेर कार्यभार समाल्नु भएको छ । थापा सगरमाथा उच्च मा.वि. का संस्थापकका रुपमा रहि हालसम्म प्राचार्य पदमा कार्यरत हुनुहुन्छ ।

अध्यक्ष थापाले यस अगाडि तालबाराही उच्च मा.वि., गण्डकी बोर्डिङ्ग स्कुल हुँदै गण्डकी कलेज अफ ईजिनियरिङसम्म सेवा गर्नु भएको छ । उहाँले भन्नुभयो, “ राजधानीमा दिने स्तरको गुणस्तरीय शिक्षा पोखरामा नै दिनका लागि सो कम्पनी संञ्चालनमा ल्याएको होे ।

नाइटेङगल एकेडेमी फर मल्टिपल एजुकेशन (नेम) मा आइएलटियस, जिम्याट, टोफेल जस्ता कक्षाका साथै विज्ञान विषयका विद्यार्थीका लागि एम.वि.वि.एस. वि.ई., वि.एसी. नर्सिङ, वि. फार्मेसी, ए.जी., फरेस्टीदेखि लिएर बिर्ज कोर्ष पनि संञ्चालन गरिने छ । त्यसैगरी व्यवस्थापनतर्फ वि.वि.ए., वि.एच.एम., वि.आई.एम. लगायतका तयारी कक्षा संञ्चलन गरिने थापाले बताउनु भयो ।

सो कम्पनीमा प्रर्वधक निर्देशकको रुपमा नियुक्ति हुनु भएका शर्माले पोखरामानै रहेर काठमाण्डौंको सुविधा दिनलाई आफ्नो कम्पनी प्रतिवद्ध भएको बताउनु भयो । शर्माले विद्यार्थीहरुको चाहेको अध्ययनको साथै अष्ट्रेलिया, अमेरिका, न्युजरल्याण्ड, बेलायत, क्यान्डा, जापानजस्ता देशका विश्वविद्यालयहरुमा शैक्षिक परार्मश गराई विद्यार्थीहरुलाई सहज गराउने बताउनु भयो ।