Sunday, March 9, 2014

OPEN ROBBERY- खुल्ला डकैती


 Arpit Gurung 
 8th March, Himali Tole, Pokhara - Two men who appeared riding on a red Pulsar NX-200 took off with a gold necklace of a resident of the place in around of 7:30 pm. The robber was spotted buying cigarettes in the near shop as he unexpectedly grabbed the necklace of a nearby woman and took off with it. A man who was nearby chased the robbers on his motorbike but couldn't keep up with them. Police appeared in no time and now are investigating on the matter.

Wednesday, February 26, 2014

भाडा चोर्ने पक्राउ

विगत केहि समय देखि पोखरा नगर क्षेत्रमा घरायसी प्रयोजनमा प्रयोग हुने ९ विशेष गरी चरेश, तामाका ) भाडाहरु चोरी गर्ने कार्यमा संलग्न मानिसहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउमा परेका व्यक्तिहरु १६ देखि २४ वर्ष उमेरका किशोरहरु रहेका छन। निजहरुको साथबाट चोरी गरेका तामाको गाग्री थान २,ताउला-३,तमौरा-२,चरेशको थाल-२,चरेशको अंखरा-१,नोकिया मोबाईल थान-२ र धाराको टुटी लगायत रहेका छन ।
 पक्राउमा परेका मानिसहरु:
१.   जि.कास्की पोखरा-१७ बस्ने बर्ष २४ को सोम भन्ने संजय कुंवर
२.   तनहु बाईसजाघर घर भई हाल पोखरा -९ वस्ने बिमल पाण्डे
३.   धादिङ कटुन्जे घर भई हाल पोखरा १७ ड्यामसाईड बस्ने बर्ष १६ को बिक्रम तामाङ
४.    तनहु भिमाद घर भई पोखरा १७ वस्ने बर्ष १६ को शंकर भुजेल
५.   खोटाङ घर भई हाल पोखरा १७ बस्ने बर्ष १६ को साचु राई ।
मितिस् २०७०/११/१३ गते।
प्रहरी नायव उपरीक्षक
राजेशनाथ बास्तोला
District Police Office Kaski 
जिल्ला प्रहरी कार्यालय कास्की ।

Monday, February 24, 2014

मोटरसाईकलमा सवार रही धनमाल लुटपाट गर्ने पक्राउ

    विगत केही समय देखि पोखरा नगर तथा लेखनाथ नगर क्षेत्रको व्यस्त चोक तथा सुनसान गल्लीहरुमा मोटरसाईकलमा सवार रही महिलाले लगाएको सुनका गरगहना तथा व्यागहरु Snatching गरी फरार रहेको घट्नामा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०७०/११/११ गते साँझ पोखरा १३ माछापोखरीमा मोटरसाईकलमा आएका व्यक्तिले लुटपाट गरी फरार रहेका छन भन्ने सूचना प्राप्त हुनासाथ यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पिछा गर्दै जाने क्रममा नदिपुर स्थित आफनो घर कोठामा आई लुकिछिपी बसेको अवस्थामा निजहरुले लुटपाटमा प्रयोग गरेको मोटरसाईकल ग.७.प. २१३९ नम्बरको मोटरसाईकल सहित ३ जना व्यक्तिलाई पक्राउ गरि आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. कास्की पोखरा ३ नदीपुर बस्ने वर्ष १८ को अनिश श्रेष्ठ
२)    मुस्ताङ्ग घर भई हाल पोखरा १ बागबजार बस्ने वर्ष १७ को विवेक गुरुङ्ग
३)    निजहरुलाई मोटरसाईकल दिई सहयोग पु¥याउने पोखरा १ बगर बस्ने वर्ष     १८ को सुनिल श्रेष्ठ ।
   मिति २०७०/११/१२ गते ।
 जिल्ला प्रहरी कार्यालय कास्की
   District Police Office Kaski

Sunday, February 23, 2014

अनैतिक कार्य गर्ने पक्राउ-District Police Office Kaski

    पोखरा तथा लेखनाथ नगर क्षेत्रको विभिन्न स्थानहरुमा रहेका होटल, लज, रेष्टुरेण्टहरुमा चेकजाँच गर्दा आपतिजनक अवस्थामा ५ जना केटा र ५ जना केटीलाई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।

गुण्डागर्दी गर्नेलाई पक्राउ गरिएको
    मिति २०७०/११/९ गते ४:०० बजेको समयमा जिल्ला कास्की लेखनाथ नगरपालिका वडा नं. २ रिठेठेपानीमा सडक बाटो बनाई रहेको स्थानमा गई विभिन्न डर, धाक धम्की दिई बाटोमा अवरोध पु¥याई गुण्डागर्दी गर्ने ५ जना व्यक्तिहरुलाई प्रहरी चौकी शिसुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कारवाही अनुसन्धान कार्य भईरहेको छ ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. कास्की ले.न.पा. २ बस्ने वर्ष २० को निशान तामाङ्ग
२)    जि. कास्की ले.न.पा. २ बस्ने वर्ष १७ को साहस तामाङ्ग
३)    जि. कास्की ले.न.पा. २ बस्ने वर्ष १९ को भिमसेन गुरुङ्ग
४)    जि. कास्की ले.न.पा. २ बस्ने वर्ष डेविट गुरुङ्ग
५)    जि. कास्की ले.न.पा. २ बस्ने वर्ष अरविन गुरुङ्ग

    साथै आ–आफनो टोल छिमेकमा गुण्डागर्दी भईरहेको थाहा पाउना साथ नजिकको प्रहरी कार्यालयमा फोन गरी जानकारी दिई गुण्डागर्दी कार्य हुन गर्नबाट रोक्ने कार्यमा सहयोग पु¥याई दिनु हुन सम्पूर्ण कास्केली जनतालाई अनुरोध गरिएको छ ।
(सूचना दिने व्यक्तिको नामथर गोप्य राखिनेछ )

मिति:२०७०/११/११ गते ।
 प्रहरी नायव उपरीक्षक
 ( राजेशनाथ बास्तोला )
District Police Office Kaski
 जिल्ला प्रहरी कार्यालय कास्की

Wednesday, February 19, 2014

Man Arrested with Drugs-लागू औषध चरेश सहित मानिस पक्राउ

    लामो समय देखि अवैध लागू औषध ओसार पसार तथा विक्री वितरण कार्यको लागि पोखरा देखि विरगंज सम्म गई विभिन्न खालका सवारी साधन प्रयोग गरी ठुलो मात्रामा लागू औषध पोखरा नगर क्षेत्रमा भित्रिन्छन र यसमा ठुलो गिरोहहरु सक्रिय छन भन्ने विशेष सूचना प्राप्त भएकोमा प्रहरीले लामो समय देखि त्यस्ता व्यक्ति तथा गिरोहको पिछा गरिरहेको अवस्थामा आज मिति २०७०/११/७ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले  पोखरा ६ – लेकसाईडमा लुकाई छिपाई लिई हिडेको अवस्थामा लागू औषध चरेश आधा के.जि. सहित निम्न मानिसहरुलाई पक्राउ गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. झापा बालुवाथान १ बस्ने वर्ष ३५ को धन कुमार नेवाङ्ग
२)    जि. कास्की पुम्दीभुम्दी ६ बस्ने वर्ष २८ को सन्जेश परियार
३)    जि. तनहुँ दुलेगौडा ६ बस्ने वर्ष २४ को बुद्धि बहादुर नेपाली
४)    जि. तनहुँ  डुम्रे ५ बस्ने वर्ष २८ को कुमार भुजेल ।

मिति:२०७०।११।७ गते ।
District Police Office Kaski   
जिल्ला प्रहरी कार्यालय कास्की