Wednesday, November 27, 2013

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको टोली धार्मिक यात्रामा -Bindabasini Mandir

पोखरा समाचारदाता ।
 सिकिमका रोहितराज गुरुङ महाराजको निमन्त्रणामा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराका पद्दाधिकारीहरु आज धार्मिक यात्रामा निस्किएका छन् ।
समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको नेतृत्वमा निस्केको सो टोलीमा स्वामी मिसेसानन्द, समितिका उपाध्यक्ष योगेन्द्र प्रधान, सचिव तीर्थ श्रेष्ठ लगायत १६ सदस्य टोली रहेको छ ।
सो टोलीले सिकिम लगायत विभिन्न स्थानका मठमन्दिर, तीर्थस्थलहरुको दर्शन एव्म अवलोकन गर्ने छ । पर्यटकीय नगरी पोखरामा धार्मिक पर्यटन गर्ने उद्देश्यबाट सो टोली सिकिकम तर्फ लागेको टोली नेता गणेश बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
पछिल्लो समयमा विन्ध्यवासिनी क्षेत्रको धार्मिक एव्म भौतिक विकासमा जुटेको सो समितिले भावी दिनहरुमा मन्दिरुको धार्मिक एव्म भौतिक निर्माणलाई अझै प्रभावकारी ढङ्गले बढाई भारतीय पर्यटकलाई थप आकर्षित गर्न भम्रण सार्थक हुने बताइएको छ ।
 

वेवारिसे शव फेला

मिति २०७०/०८/११ गते सांझ जि.कास्की पुरन्चौर गा.बि.स.वडा नं.-८ मैछानेको खरबारी भन्ने स्थानमा सेटो ज्याकेट, रातोमा सेतो भएको कोठे सर्ट, निलो टिसर्ट, खरानि रङको पाईन्ट सेतो-कालो कोठा भएको हाप पाईन्ट, निलो कट्टु, खैरो कपडाको पेटी हाप पाईन्टमा लगाएको, दुबै हातको साहिला औलामा फलाम जस्तो देखिने २ औठी लगाएको, बाया हातको नाडीमा IMAGE लेखिएको पंहेलो घडी लगाएको कालो कपाल, उचाई अ.५/३ फिट अग्लो पातलो शरिर, बर्ण गहुंगोरो, हेर्दा क्षेत्री बाहुन जस्तो देखिने अ. बर्ष-३५ को पुरुष ब्यक्तिको मृत अवस्थामा शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पो.मा.को लागी प.क्षे.अस्पताल पोखराको शव गृहमा राखिएको हुंदा शव पहिचानको लागी प्रचार प्रसारण गरी दिनु हुन सम्पर्ण मिडियाहरुलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की ।                  


Wednesday, October 30, 2013

प्रजातन्त्रीवादी पेशागत समुहहरु पोखरा


पोखरा समाचारदाता ।
पोखरा, कार्तिक १३ गते । नेपाली काँग्रेसका पूर्व महामन्त्री एव्म पूर्व सभामुख तारानाथ रानाभाटले लोकतन्त्रलाई संस्थागत विकास गर्न र जनइक्क्षा वमोजिमको संीवधान निर्माण गर्न नेपाली काँग्रेसलाई विजयी गराउनु पर्ने बताउनु भएको छ ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन कास्कीको आतित्थता तथा लोकतन्त्रवादी, पेशागत समुहहरुको आयोजनामा पोखरामा आज भएको संविधानसभाको निर्वाचनमा लोकतन्त्रवादीलाई मतदान, शान्ति बहु पहिचान र संघीयतासहितको लोकतान्त्रिक संविधान विषयीक एक दिने राष्ट्रिय गोष्ठी तथा लिगल आई विमोचन कार्यक्रममा बोल्नु हुदै नेता रानाभाटले सो कुरा बताउनु भएको हो । नेता रानाभाटले भन्नुभयो, “कम्युनिष्टको नारा लिएर मुलुकमा लोकतन्त्रको विकास हुन नसक्ने भएकाले पनि प्रजातन्त्रवादीहरुको विजयी आवश्यक रहेको बताउनु भयो ।”

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं. ३ का उमेदवार सोभियत बहादुर अधिकारीले काँग्रेसलाई बहुमत भएन भने नेपाली जनतालाई फेरी पनि अर्को प्रश्त्ताप पर्ने भएकाले काँग्रेसलाई भोट दिन आग्रह गर्नुभयो ।

काँग्रेस क्षेत्र नं. ४ का अर्का प्रत्यासी महादेव गुरुङले सम्रग जातजातिको साझा संस्थाको रुपमा रहेको काँग्रेसले नै जनपक्ष काम गर्न सक्ने भएकाले नै संीवधान बनाउने जिम्मा पनि काँग्रेसकै भएकाले जनताले रुख चिन्हमा भोट हाल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा लिगल आई कास्की प्रकाशनका संयोजक अधिवक्ता विष्णु घिमिरेलाई सम्मान गरियो । डि.एल.ए. कास्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डि.एल.ए.का अध्यक्ष एव्म काँग्रेसका समानुपातिक उमेदवार यदुनाथ खनाल, काँग्रेस कास्कीको उपाध्यक्ष विष्णु बाँस्तोला, प्रेश युनियनका महा–सचिव शिव लम्साल, पश्चिमाञ्चल संयोजक रमेश पौडेल, प्रध्यापक संघका जगत तिम्लिसिना, शिक्षक संघका केशम निरौला, कर्मचारी युनियनका दुर्गा आत्रिय, चिक्तिसक संघका के.के. राई, पुनरावेदन बारका अध्यक्ष मुकुन्द्र आर्याल, कर्मचारी संघका रामजी कोइराला, ढा. यमनाथ तिम्लिसिना, शिरोमणी लामिछाने, विष्णु शर्मा लगायतले बोल्नु भएको थियो ।

Wednesday, October 2, 2013

International Day of Non-Violence-2013 अन्र्तराष्ट्रिय अहिंसा दिवस सम्पन्न



काठमाण्डौ, संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभर मनाउने अन्तराष्ट्रिय अहिंसा दिवस आज विविध कार्यक्रम गरी सम्पन्न भएको छ । ग्लोबल पीस फाउन्डेसनको सक्रियतामा प्रज्ञा भवनमा आयोजित “शान्तिको संस्कृतिः अहिंसा अभियान मार्फत राष्ट्रको समृद्वि” विषयक प्रवचन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले वर्तमान सन्र्दभमा समाज तथा राज्य परिवर्तनको लागी महात्मा गान्धिको अंहिसात्मक आन्दोलनको खाँचो रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधानले स्वतन्त्रता, शान्ति र स्थिरताविनाको समाज अग्रगामी हुन नसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गनुभयो । २० औ शताब्दीका महान् पुरुष गान्धि एक अहिंसा पात्र भएको बताउँदै समता स्कूलका संस्थापक उत्तम सञ्जेलले नेपालमा हिंसाको कालो बादल अझै आकाशमा मडारिरहेकोले अभावको व्यवस्थापन गनुपर्ने बताउनु भयो । कार्यक्रममा पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश शाह, इन्दिरा मान्नधर, अधिवक्ता शुष्मा वास्कोटाले शान्तिको लागि जनस्तरबाट पहल कम भएको बताउनु भयो । भारतयि दुताबासका प्रथम सचिब आशिश शिन्हाले गान्धिको अंहिसात्मक आन्दोलन अझै सान्र्दभिक भएको बताउनु भयो । कार्यक्रममा बहुभाषिक कविता वाचन समेत गरिएको थियो ।  कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गनुहुदै ग्लोबल पीस फाउन्डेसनका अध्यक्ष ई. रामरोहण पन्तले महात्मा गान्धिको अंहिसात्मक कार्यको विश्वभर प्रंशशा भएकोले हिंसा विरुद्धको लागी आवाज उठाउन कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रम महाकवी लक्ष्मी प्रसाद देवकोटा प्रतिष्ठानका अध्यक्ष रामहरी जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम महाकवि देवकोटा अध्ययन प्रतिष्ठान, नेपाल रेडक्रस सोसाईटी काठमाण्डौ शाखा, उत्थान, सर्भिस फर पीस, वाइएसपी नेपाल, आयोन, जेसिवासिएन, इएसडिओ, शान्ति मैत्री समाज, जिपिवाइसी नेपाल, क्रोधरहित संसार नेपाल सहकार्यमा भएको थियो ।

कालिका बहुमुखी क्याम्पसमा लागू औषध विरुद्ध सचेतना कार्यक्रम

 आश्विन १५, पोखरा ।
५८ औ प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा पोखरा १८ काजिपोखरी स्थित कालीका बहुमुखी क्याम्पसका १२ कक्षामा अध्ययनरत छात्र छात्रालाई लागू औषध सचेतना सम्बन्धी  प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भयो ।
सचेतना कार्यक्रममा प्रमुख अतिथि कालीका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बलविरसिंह नेगीले सामाजिक रोगको रुपमा रहेको लागू औषधको प्रभावलाई हामी सबै मिलेर निस्तेज पार्दै लैजानु पर्ने बताउनुभयो । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले लागू औषधको परिचय, प्रकार, असर, दूरव्यसनी हुनका कारण, सोबाट बच्ने उपाय आदिको विषयमा सहजिकरण गरेका थिए ।
संस्थाका महासचिव विमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ध्रुवबहादुर क्षेत्रीले  लागू औषध एक सामाजिक रोग भएकोले विद्यार्थी भाई बहिनीहरुलाई यसबाट टाढा रहन अनुरोध गर्दै धन्यवाद दिएका थिए ।