नेपालीहरुको महान चाड दशै, तिहार, छठ तथा ल्होसार लगायत अन्य महत्वपूर्ण चाडपर्वहरुको अवसरमा हुन सक्ने संभावित अपराधिक घटना तथा सवारी दुर्घटनाहरुलाई नियन्त्रण गर्न प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरी पोखरा र लेखनाथ उपत्यका, राजमार्ग र ग्रामिण भेगको सुरक्षा ब्यवस्थालाई थप ब्यवस्थित एवं सुदृढ गराउन बिगत बर्षहरुको अपराधिक घटनाहरुको बिश्लेषण एवं अध्ययनबाट चाड पर्व विशेष सुरक्षा योजना २०७० तयार गरी कार्यान्वयनमा ल्याईएको छ ।
१. उद्देश्य :
दशै, तिहार छठ, ल्होसार लगायतका पर्वको समयमा कुनै किसिमको अवान्छित घटनाहरु हुन गर्न नपाउने ब्यवस्था मिलाउने ।
अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको ब्यवस्था मिलाउने ।
सुरक्षामा खटिने यूनिफर्म प्रहरी, सादा पोशाकका प्रहरी तथा ट्राफिक प्रहरीलाई समन्वयात्मक रुपमा परिचालन गर्ने ।
उपलब्ध प्रहरी जनशक्ति र साधनहरुलाई समन्बयात्मक रुपमा परिचालन गरी पोखरा नगर, लेखनाथ नगर र ग्रामिण क्षेत्रहरुमा सुरक्षा अवस्था सामान्य बनाई राख्ने ।
अपराध हुन सक्ने संभावित स्थानहरुको पहिचान गरी बिशेष टोली परिचालन गर्ने ।
चाडपर्वको समयमा सर्वसाधरणहरु भेला जम्मा हुन सक्ने स्थानहरुमा स्थिति सामान्य बनाई राख्ने ।
२। चाड पर्वको समयमा हुने गतिविधिहरु स्
बिदेशमा भएका अधिकांश नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्कने ।
नगर क्षेत्र भित्र अस्थायी रुपमा बसोबास गर्ने मानिसहरु चाडपर्व मान्न ग्रामिण भेग वा पुर्ख्यौली थलो जाने ।
सरकारी बिदाको कारण सम्पूर्ण सरकारी तथा गैह्र सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने ।
यात्रुको चाप बढी हुने हुनाले सार्वजनिक यातायातका साधनहरुमा भिड भई पकेटमारी, चोरी तथा लुटपाटका घटनाहरु हुन सक्ने ।
बैंक, बित्तिय संस्था, गरगहना पसल तथा अन्य ब्यापारिक केन्द्रहरुमा आर्थिक कारोवार तथा किनमेल गर्नेको चाप बढी हुने ।
बिभिन्न धार्मिक केन्द्रहरुमा दर्शनार्थीहरुको भिड लाग्ने ।
अपराधिक कार्यविधी
(Modus Operandi)
घरमा कोही नभएको मौका पारी ढोका, झ्याल फोडी, चोरी गर्ने ।
रातको समयमा पसलका शटर, ढोकाहरु, फोडी पसलमा चोरी एवं डांका गर्ने ।
रातको समयमा जवरजस्ती घरमा प्रबेश गरी खुकुरी, चक्कु, रड आदि प्रयोग गरी डर त्रास देखाई सर्वसाधरणहरुलाई नियन्त्रणमा लिई लुटपाट गर्ने ।
कुकुरलाई बिष खुवाई रातको समयमा चोर्ने वा लुट्ने ।
काउसो लगाई, नक्कली डलर तथा सुन देखाई वा बिस्कुट र पेय पदार्थहरुमा नशालु पदार्थ मिलाई खुवाई लुटपाट गर्ने ।
बस काउन्टरहरुमा दलालहरुले नक्कली टिकट बिक्री बितरण गर्ने गराउने ।
राजनैतिक दल तथा तिनका भातृ संगठनहरु, बिभिन्न संघ संस्था, क्लवहरुले विभिन्न वहानामा जवरजस्ती चन्दा असुली गर्ने र टिकट बितरण गर्ने ।
रातको समयमा काम बिशेषले हिडडुल गरेका ब्यक्तिहरुलाई एकान्तस्थलमा लुटपाट गर्ने ।
पर्यटक बाहिर घुम्न गएको वा होटलमा नै रहेको अवस्थामा समेत होटलको कोठाहरुबाट पर्यटकका सामानहरु चोरी गर्ने ।
सवारी साधन बिशेष गरी ट्याक्सीका यात्रुहरुलाई एकान्तस्थलमा लगी लुटपाट गर्ने ।
खशी बोकाहरु बिक्री हुने स्थान, धार्मिक स्थल, ब्यापारिक केन्द्र, बसपार्क, स्टप, सवारी साधनहरुमा पकेटमारी गर्ने
लंगुरवुर्जा लगायतका जुवातास खेल्ने खेलाउने जस्ता क्रियाकलापहरु हुन सक्ने ।
सवारी साधनमा क्षमता भन्दा बढी यात्रुहरु राखि ओसारपसार गर्ने ।
किनमेल गर्न आएका सर्वसाधरणहरुलाई लुटपाट गर्ने ।
खाधान्न लगायत अन्य दैनिक उपभोगका बस्तुहरुमा कालोवजारी, मिसावट जस्ता गतिविधी बढ्न सक्ने ।
सुरक्षा रणनिति:
जनचेतनामूलक कार्यक्रमहरु संचालन स्
सुरक्षा सतर्कताको लागि सामुदायिक प्रहरी, सामुदायिक सेवा केन्द्र, आमा समूह, क्लव लगायत बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
बिभिन्न संचारका माध्यमहरुद्दारा अपराधिक
Trend को सम्बन्धमा सर्वसाधरणलाई जानकारी गराई सुरक्षाका उपायहरु अवलम्वन गर्न अनुरोध गर्ने ।
चाडपर्वको समयमा हुन सक्ने घटना र त्यस्ता घटनाहरुमा संलग्न हुन सक्ने ब्यक्तिहरु र बिगतका घटनामा संलग्न ब्यक्तिहरुको सम्बन्धमा सूचना संकलन र बिश्लेषण गरी प्रोफायल बनाउने ।
बिगतमा भएका अपराधिक घटनाहरुको अनुसन्धना गरी फरार अभियुक्तहरु पक्राउ गर्न बिशेष टोली परिचालन गर्ने ।
अन्य:
पटका, आतिसवाजी, भुई चम्पा जस्ता बिष्फोटक पदार्थ भित्रन नदिन प्रत्येक नाकामा सादा पोशाकका प्रहरी र प्रशिक्षित कुकुर सहितको टोली बाट प्रभावकारी चेकजांचको ब्यवस्था मिलाउने ।
स्थानिय प्रशासन एंव अन्य सुरक्षा निकाय तथा सरोकारवाला, समाजसेवी, स्यवंसेवी, संघ संस्था, युवा क्लवसंग समन्बय र सहकार्य गरी उच्च सर्तकता अपनाई सुरक्षा ब्यवस्था लागु गर्ने ।
बिभिन्न मठ मन्दिरहरुमा आबश्यकता अनुसारको जनशक्ति परिचालन गर्ने ।
चाडपर्वर जात्रा मनाउन सर्वसाधारण भेला जम्मा हुने स्थानमा योजनावद्द ढंगबाट प्रहरी परिचालन गर्ने।
आर्थिक कारोवार हुने स्थानहरु, चाडपर्वको लागि किनमेल हुने स्थानहरु, सुनचांदी कारोवार हुने स्थान, बित्तिय संस्थानहरु रहेका स्थानहरुमा बिशेष निग्रानी तथा प्रहरी परिचालन गर्ने ।
पाकेटमारी, चोरी तथा लुटपाट नियन्त्रणको लागि लागु गरिएको चोरी नियन्त्रण बिशेष योजनालाई थप प्रभावकारी बनाउने ।
फरार रहेका चोरहरु तथा बिगतमा चोरी कार्यमा संलग्न कारागारबाट छुटेका चोरहरुको खोजी तथा पक्राउ गर्ने ।
दशैको अवसरमा बजारमा दैनिक उपभोग्य सामानको आपूर्तिमा कमि हुन नदिन कालाबजारी नियन्त्रण तथा गुणस्तरीय सामानको आपूर्तिलाई सुनिश्चित गराउन स्थानिय प्रशासन संगको समन्बयमा नापतौल तथा गुणस्तर कार्यालय, उधोग बाणिज्य संघ लगायतका निकायहरु संग सहकार्य गरी त्यस्ता अवैध कार्यलाई नियन्त्रण गर्ने र त्यस्ता काम कारवाहीमा संलग्नलाई कानूनको दायरामा ल्याउने ।
दशैको समयमा हुने चन्दा, चिठ्ठा, सहयोगको नाममा सर्वसाधरण र ब्यापारीबाट रकम असुल्न सक्ने संभावनालाई मध्यनजर राखी कुनै पनि हालतमा यस्तो कार्य हुन गर्न नदिन बिशेष सुरक्षा योजना बनाउने र यस्तो गर्नेलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउने । चन्दा नदिन र चिठ्ठा बिक्री बितरण नगर्न सार्वजनिक सूचना प्रकाशित गर्ने ।
देउसी, भैलोको नाममा हुने जवरजस्ती चन्दा असुली नियन्त्रण गर्ने र देउसी भैलोको समय निर्धारण गर्ने ।
जिल्ला प्रवेश गर्ने नाकाहरुमा कुकुर सहितको चेकजांचको ब्यवस्था मिलाउने ।
राजमार्गहरुमा राजमार्ग सुरक्षा बिशेष गश्ती लगायत अन्य सुरक्षाको ब्यवस्था गर्ने ।
रोग लागेका पशु तथा पंक्षिहरुको ओसार पसार र बिक्री बितरण हुन सक्ने हुंदा निरन्तर अनुगमन र चेकिङ गर्ने ।
सरकारी कार्यालहरु र शैक्षिक संस्थाहरु दशैंको अवसरमा लामो समय सम्म बन्द रहने हुंदा ति कार्यालयहरुको सुरक्षा तथा पालो पहराहरु चेकिङ तथा अनुगमनको लागि छुट्टै टोली परिचालन गर्ने ।
चाडपर्वको समयमा लंगुरवुर्जा, तास लगायतका जुवाहरु हुन सक्ने संभावित स्थानहरुमा नियमित निग्रानी राख्ने र संलग्लाई पक्राउ गर्ने ।
चाडपर्वहरुको समयमा मा.प.से.गरी सवारी साधन चलाउने प्रवृतीमा वृद्दि हुन सक्ने हुंदा मा.प.से.चेकिङ र