काठमाण्डौ, संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभर मनाउने अन्तराष्ट्रिय अहिंसा दिवस आज विविध कार्यक्रम गरी सम्पन्न भएको छ । ग्लोबल पीस फाउन्डेसनको सक्रियतामा प्रज्ञा भवनमा आयोजित “शान्तिको संस्कृतिः अहिंसा अभियान मार्फत राष्ट्रको समृद्वि” विषयक प्रवचन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले वर्तमान सन्र्दभमा समाज तथा राज्य परिवर्तनको लागी महात्मा गान्धिको अंहिसात्मक आन्दोलनको खाँचो रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधानले स्वतन्त्रता, शान्ति र स्थिरताविनाको समाज अग्रगामी हुन नसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गनुभयो । २० औ शताब्दीका महान् पुरुष गान्धि एक अहिंसा पात्र भएको बताउँदै समता स्कूलका संस्थापक उत्तम सञ्जेलले नेपालमा हिंसाको कालो बादल अझै आकाशमा मडारिरहेकोले अभावको व्यवस्थापन गनुपर्ने बताउनु भयो । कार्यक्रममा पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश शाह, इन्दिरा मान्नधर, अधिवक्ता शुष्मा वास्कोटाले शान्तिको लागि जनस्तरबाट पहल कम भएको बताउनु भयो । भारतयि दुताबासका प्रथम सचिब आशिश शिन्हाले गान्धिको अंहिसात्मक आन्दोलन अझै सान्र्दभिक भएको बताउनु भयो । कार्यक्रममा बहुभाषिक कविता वाचन समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गनुहुदै ग्लोबल पीस फाउन्डेसनका अध्यक्ष ई. रामरोहण पन्तले महात्मा गान्धिको अंहिसात्मक कार्यको विश्वभर प्रंशशा भएकोले हिंसा विरुद्धको लागी आवाज उठाउन कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रम महाकवी लक्ष्मी प्रसाद देवकोटा प्रतिष्ठानका अध्यक्ष रामहरी जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम महाकवि देवकोटा अध्ययन प्रतिष्ठान, नेपाल रेडक्रस सोसाईटी काठमाण्डौ शाखा, उत्थान, सर्भिस फर पीस, वाइएसपी नेपाल, आयोन, जेसिवासिएन, इएसडिओ, शान्ति मैत्री समाज, जिपिवाइसी नेपाल, क्रोधरहित संसार नेपाल सहकार्यमा भएको थियो ।
Wednesday, October 2, 2013
International Day of Non-Violence-2013 अन्र्तराष्ट्रिय अहिंसा दिवस सम्पन्न

कालिका बहुमुखी क्याम्पसमा लागू औषध विरुद्ध सचेतना कार्यक्रम
आश्विन १५, पोखरा ।
५८ औ प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा पोखरा १८ काजिपोखरी स्थित कालीका बहुमुखी क्याम्पसका १२ कक्षामा अध्ययनरत छात्र छात्रालाई लागू औषध सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भयो ।
सचेतना कार्यक्रममा प्रमुख अतिथि कालीका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बलविरसिंह नेगीले सामाजिक रोगको रुपमा रहेको लागू औषधको प्रभावलाई हामी सबै मिलेर निस्तेज पार्दै लैजानु पर्ने बताउनुभयो । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले लागू औषधको परिचय, प्रकार, असर, दूरव्यसनी हुनका कारण, सोबाट बच्ने उपाय आदिको विषयमा सहजिकरण गरेका थिए ।
संस्थाका महासचिव विमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ध्रुवबहादुर क्षेत्रीले लागू औषध एक सामाजिक रोग भएकोले विद्यार्थी भाई बहिनीहरुलाई यसबाट टाढा रहन अनुरोध गर्दै धन्यवाद दिएका थिए ।

Tuesday, October 1, 2013
चाडपर्वलाई सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध-District Police Office Kaski, Pokhara
- आ-आफनो धर्म, परम्परा र संस्कृतिको रक्षा र जगेर्ना गर्दै अनुशासित र तडकभडक रहित चाडपर्व मनाऔं ।
- चाडपर्वको बहानामा लंगुरवुर्जा, जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी हो-हल्ला हुलहुज्जत गर्ने, रात्रीको समयमा अनावश्यक हिडडुल गर्ने जस्ता कार्य नगरौं ।
- चाडपर्वको अवसरमा आतसवाजी, भुईचम्फा लगायतका प्रज्वलनशिल पटकाहरुको ओसारपसार, बिक्री बितरण तथा पड्काउने कार्य नगरौं । नगराऔं ।
- आफनो चाडपर्व मनाउंदा अरुको भावना माथी चोट पुग्ने गरी कुनै प्रकारका कार्यक्रमहरु नगरौं ।
- चाडपर्वमा मेलमिलाप, भातृत्वको बिकास, सहकार्य र सहयोगी भावनाको बिकास गरौं ।
- रात्रीको समयमा कुनै प्रकारको देउसी गित, नाचगान, संगित, लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गर्नु पूर्व स्थानिय प्रशासन र प्रहरीबाट स्वीकृति लिएर मात्र संचालन गरौं ।
- चाडपर्वको बेला दुर्घटना बढन सक्ने हुंदा सुरक्षित यात्राको परिकल्पना गरौं, सावधानीपूर्वक सवारी हांकौ ।
- चोरी, ठगी र लुटपाटका घटनाहरु प्रति सदैव चनाखो बनौं ।
- सुरक्षाको आधारभुत तत्वनै होशियारी हो तसर्थ चोरीबाट बच्न होशियारी अपनाउनुहोस् ।
- बहुमुल्य चिज वस्तु ९गर गहना तथा नगद० बैंक तथा वित्तिय संस्थामा राख्ने गर्नुहोस् ।
- कुनै वस्तु वा व्यक्ति उपर शंका लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।
- लामो समय र विशेष गरी रातको समयमा घर खाली रहने अवस्था नराख्नुहोस् ।
- चाडपर्व, मेला वा भिडभाडमा जादा बहुमुल्य गरगहना नलगाउनुहोस् ।
- रातको समयमा कसैले बजाएको घण्टी वा बोलाएको व्यक्तिलाई राम्रोसंग पहिचान गरेर मात्र ढोका खोल्ने गरौ ।
- एकछिन फोन गर्छु भनि महङगा मोवाईल मागेर भाग्ने गरेका घटनाहरु बढेकोले सो कार्यमा होशियारी अपनाउ ।
- आफनो घर, पसल र कार्यालय अगाडि बत्तीको ब्यवस्था गर्नुहोस ।
- आफनो घर, कार्यालय, पसल वरपर अपरिचित र शंकित ब्यक्तिहरुको अस्वभाविक गतिविधी देखिएमा तत्काल प्रहरीलाई खवर गर्नुहोस ।
- डलर वा कागजको नोठको गड्डी वा नक्कली पहेंलो धातु देखाई सुन हो भनेर ठगी गर्ने प्रवृत्ति रहेकोले सचेत बनौं ।
- चिठ्ठा उपहारको लोभमा समेत नपरौं । स्थानिय प्रशासनको अनुमति बेगर कुनै पनि चिठ्ठा उपहार कार्यक्रम संचालन नगरौं ।
- बसमा चढ्दा(ओर्लदा भिडभाडमा वा मनोरन्जन स्थलमा पकेटमारी हुन सक्ने हुंदा होशियार बनौं ।
- सहयोगको नाममा कुनै पनि प्रकारका चन्दा उठाउने कार्य गैह्रकानूनी हो ।
- धार्मिक मठ(मन्दिरमा दर्शन गर्न जांदा लामवद्द भएर अनुशासित रुपमा दर्शन गर्ने बानी बसालौ ।
- अवैध तथा बिषादित मदिराको उत्पादन र बिक्री बितरण नगरौं, नगराऔं ।
- चाडपर्वको नाममा सकभर मदिरा सेवन नगरौं ।
- अपरिचित व्यक्ति तथा बिना बिल कुनै सर सामान बेच्न ल्याएमा चोरीको हुन सक्छ तसर्थ त्यस्ता सामान नकिनौ र प्रहरीलाई जानकारी दिने गरौ ।
- चोरी अपराधका फरार अपराधी, कैद भुक्तान गरी सकेका तथा चोरी र ठगी कार्यमा संलग्न हुन सक्ने संभावित ब्यक्तिहरु समेतको विवरण पोखरा प्रहरीले संकलन गर्ने अभियान रहेकोले सो कार्यमा सहयोग गरौ, सूचना दिने व्यक्तिको विवरण गोप्य राखिनेछ ।
District Police Office Kaski, Pokhara
चाड पर्व बिशेष सुरक्षा योजना २०७०-District Police Office Kaski, Pokhara
नेपालीहरुको महान चाड दशै, तिहार, छठ तथा ल्होसार लगायत अन्य महत्वपूर्ण चाडपर्वहरुको अवसरमा हुन सक्ने संभावित अपराधिक घटना तथा सवारी दुर्घटनाहरुलाई नियन्त्रण गर्न प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरी पोखरा र लेखनाथ उपत्यका, राजमार्ग र ग्रामिण भेगको सुरक्षा ब्यवस्थालाई थप ब्यवस्थित एवं सुदृढ गराउन बिगत बर्षहरुको अपराधिक घटनाहरुको बिश्लेषण एवं अध्ययनबाट चाड पर्व विशेष सुरक्षा योजना २०७० तयार गरी कार्यान्वयनमा ल्याईएको छ ।
१. उद्देश्य :
दशै, तिहार छठ, ल्होसार लगायतका पर्वको समयमा कुनै किसिमको अवान्छित घटनाहरु हुन गर्न नपाउने ब्यवस्था मिलाउने ।
अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको ब्यवस्था मिलाउने ।
सुरक्षामा खटिने यूनिफर्म प्रहरी, सादा पोशाकका प्रहरी तथा ट्राफिक प्रहरीलाई समन्वयात्मक रुपमा परिचालन गर्ने ।
उपलब्ध प्रहरी जनशक्ति र साधनहरुलाई समन्बयात्मक रुपमा परिचालन गरी पोखरा नगर, लेखनाथ नगर र ग्रामिण क्षेत्रहरुमा सुरक्षा अवस्था सामान्य बनाई राख्ने ।
अपराध हुन सक्ने संभावित स्थानहरुको पहिचान गरी बिशेष टोली परिचालन गर्ने ।
चाडपर्वको समयमा सर्वसाधरणहरु भेला जम्मा हुन सक्ने स्थानहरुमा स्थिति सामान्य बनाई राख्ने ।
२। चाड पर्वको समयमा हुने गतिविधिहरु स्
बिदेशमा भएका अधिकांश नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्कने ।
नगर क्षेत्र भित्र अस्थायी रुपमा बसोबास गर्ने मानिसहरु चाडपर्व मान्न ग्रामिण भेग वा पुर्ख्यौली थलो जाने ।
सरकारी बिदाको कारण सम्पूर्ण सरकारी तथा गैह्र सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने ।
यात्रुको चाप बढी हुने हुनाले सार्वजनिक यातायातका साधनहरुमा भिड भई पकेटमारी, चोरी तथा लुटपाटका घटनाहरु हुन सक्ने ।
बैंक, बित्तिय संस्था, गरगहना पसल तथा अन्य ब्यापारिक केन्द्रहरुमा आर्थिक कारोवार तथा किनमेल गर्नेको चाप बढी हुने ।
बिभिन्न धार्मिक केन्द्रहरुमा दर्शनार्थीहरुको भिड लाग्ने ।
अपराधिक कार्यविधी (Modus Operandi)
घरमा कोही नभएको मौका पारी ढोका, झ्याल फोडी, चोरी गर्ने ।
रातको समयमा पसलका शटर, ढोकाहरु, फोडी पसलमा चोरी एवं डांका गर्ने ।
रातको समयमा जवरजस्ती घरमा प्रबेश गरी खुकुरी, चक्कु, रड आदि प्रयोग गरी डर त्रास देखाई सर्वसाधरणहरुलाई नियन्त्रणमा लिई लुटपाट गर्ने ।
कुकुरलाई बिष खुवाई रातको समयमा चोर्ने वा लुट्ने ।
काउसो लगाई, नक्कली डलर तथा सुन देखाई वा बिस्कुट र पेय पदार्थहरुमा नशालु पदार्थ मिलाई खुवाई लुटपाट गर्ने ।
बस काउन्टरहरुमा दलालहरुले नक्कली टिकट बिक्री बितरण गर्ने गराउने ।
राजनैतिक दल तथा तिनका भातृ संगठनहरु, बिभिन्न संघ संस्था, क्लवहरुले विभिन्न वहानामा जवरजस्ती चन्दा असुली गर्ने र टिकट बितरण गर्ने ।
रातको समयमा काम बिशेषले हिडडुल गरेका ब्यक्तिहरुलाई एकान्तस्थलमा लुटपाट गर्ने ।
पर्यटक बाहिर घुम्न गएको वा होटलमा नै रहेको अवस्थामा समेत होटलको कोठाहरुबाट पर्यटकका सामानहरु चोरी गर्ने ।
सवारी साधन बिशेष गरी ट्याक्सीका यात्रुहरुलाई एकान्तस्थलमा लगी लुटपाट गर्ने ।
खशी बोकाहरु बिक्री हुने स्थान, धार्मिक स्थल, ब्यापारिक केन्द्र, बसपार्क, स्टप, सवारी साधनहरुमा पकेटमारी गर्ने
लंगुरवुर्जा लगायतका जुवातास खेल्ने खेलाउने जस्ता क्रियाकलापहरु हुन सक्ने ।
सवारी साधनमा क्षमता भन्दा बढी यात्रुहरु राखि ओसारपसार गर्ने ।
किनमेल गर्न आएका सर्वसाधरणहरुलाई लुटपाट गर्ने ।
खाधान्न लगायत अन्य दैनिक उपभोगका बस्तुहरुमा कालोवजारी, मिसावट जस्ता गतिविधी बढ्न सक्ने ।
सुरक्षा रणनिति:
जनचेतनामूलक कार्यक्रमहरु संचालन स्
सुरक्षा सतर्कताको लागि सामुदायिक प्रहरी, सामुदायिक सेवा केन्द्र, आमा समूह, क्लव लगायत बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
बिभिन्न संचारका माध्यमहरुद्दारा अपराधिक Trend को सम्बन्धमा सर्वसाधरणलाई जानकारी गराई सुरक्षाका उपायहरु अवलम्वन गर्न अनुरोध गर्ने ।
चाडपर्वको समयमा हुन सक्ने घटना र त्यस्ता घटनाहरुमा संलग्न हुन सक्ने ब्यक्तिहरु र बिगतका घटनामा संलग्न ब्यक्तिहरुको सम्बन्धमा सूचना संकलन र बिश्लेषण गरी प्रोफायल बनाउने ।
बिगतमा भएका अपराधिक घटनाहरुको अनुसन्धना गरी फरार अभियुक्तहरु पक्राउ गर्न बिशेष टोली परिचालन गर्ने ।
अन्य:
पटका, आतिसवाजी, भुई चम्पा जस्ता बिष्फोटक पदार्थ भित्रन नदिन प्रत्येक नाकामा सादा पोशाकका प्रहरी र प्रशिक्षित कुकुर सहितको टोली बाट प्रभावकारी चेकजांचको ब्यवस्था मिलाउने ।
स्थानिय प्रशासन एंव अन्य सुरक्षा निकाय तथा सरोकारवाला, समाजसेवी, स्यवंसेवी, संघ संस्था, युवा क्लवसंग समन्बय र सहकार्य गरी उच्च सर्तकता अपनाई सुरक्षा ब्यवस्था लागु गर्ने ।
बिभिन्न मठ मन्दिरहरुमा आबश्यकता अनुसारको जनशक्ति परिचालन गर्ने ।
चाडपर्वर जात्रा मनाउन सर्वसाधारण भेला जम्मा हुने स्थानमा योजनावद्द ढंगबाट प्रहरी परिचालन गर्ने।
आर्थिक कारोवार हुने स्थानहरु, चाडपर्वको लागि किनमेल हुने स्थानहरु, सुनचांदी कारोवार हुने स्थान, बित्तिय संस्थानहरु रहेका स्थानहरुमा बिशेष निग्रानी तथा प्रहरी परिचालन गर्ने ।
पाकेटमारी, चोरी तथा लुटपाट नियन्त्रणको लागि लागु गरिएको चोरी नियन्त्रण बिशेष योजनालाई थप प्रभावकारी बनाउने ।
फरार रहेका चोरहरु तथा बिगतमा चोरी कार्यमा संलग्न कारागारबाट छुटेका चोरहरुको खोजी तथा पक्राउ गर्ने ।
दशैको अवसरमा बजारमा दैनिक उपभोग्य सामानको आपूर्तिमा कमि हुन नदिन कालाबजारी नियन्त्रण तथा गुणस्तरीय सामानको आपूर्तिलाई सुनिश्चित गराउन स्थानिय प्रशासन संगको समन्बयमा नापतौल तथा गुणस्तर कार्यालय, उधोग बाणिज्य संघ लगायतका निकायहरु संग सहकार्य गरी त्यस्ता अवैध कार्यलाई नियन्त्रण गर्ने र त्यस्ता काम कारवाहीमा संलग्नलाई कानूनको दायरामा ल्याउने ।
दशैको समयमा हुने चन्दा, चिठ्ठा, सहयोगको नाममा सर्वसाधरण र ब्यापारीबाट रकम असुल्न सक्ने संभावनालाई मध्यनजर राखी कुनै पनि हालतमा यस्तो कार्य हुन गर्न नदिन बिशेष सुरक्षा योजना बनाउने र यस्तो गर्नेलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउने । चन्दा नदिन र चिठ्ठा बिक्री बितरण नगर्न सार्वजनिक सूचना प्रकाशित गर्ने ।
देउसी, भैलोको नाममा हुने जवरजस्ती चन्दा असुली नियन्त्रण गर्ने र देउसी भैलोको समय निर्धारण गर्ने ।
जिल्ला प्रवेश गर्ने नाकाहरुमा कुकुर सहितको चेकजांचको ब्यवस्था मिलाउने ।
राजमार्गहरुमा राजमार्ग सुरक्षा बिशेष गश्ती लगायत अन्य सुरक्षाको ब्यवस्था गर्ने ।
रोग लागेका पशु तथा पंक्षिहरुको ओसार पसार र बिक्री बितरण हुन सक्ने हुंदा निरन्तर अनुगमन र चेकिङ गर्ने ।
सरकारी कार्यालहरु र शैक्षिक संस्थाहरु दशैंको अवसरमा लामो समय सम्म बन्द रहने हुंदा ति कार्यालयहरुको सुरक्षा तथा पालो पहराहरु चेकिङ तथा अनुगमनको लागि छुट्टै टोली परिचालन गर्ने ।
चाडपर्वको समयमा लंगुरवुर्जा, तास लगायतका जुवाहरु हुन सक्ने संभावित स्थानहरुमा नियमित निग्रानी राख्ने र संलग्लाई पक्राउ गर्ने ।
चाडपर्वहरुको समयमा मा.प.से.गरी सवारी साधन चलाउने प्रवृतीमा वृद्दि हुन सक्ने हुंदा मा.प.से.चेकिङ र
RSCC लाई थप प्रभावकारी बनाउने ।
राजमार्गहरुमा लुटपाट, डकैती हुन सक्ने हुंदा राजमार्ग गस्तीको ब्यवस्था गर्ने ।
सवारी साधनहरुमा क्षमता भन्दा बढी यात्रुहरु राखी संचालन गर्न सक्ने संभावना रहेकोले ट्राफिक चेकिङलाई कडाई गर्ने ।
सवारी साधनहरुका टिकट बिक्री बितरण हुने प्रमुख स्थानहरुमा निरन्तर निग्रानी राखी पृथ्वीचोक नजिक रहेको टिकट काउण्टर र बाग्लुङ बसपार्कमा यात्रु सहायता डेस्क स्थापना गर्ने ।
स्थानिय सार्वजनिक सवारी साधनहरुमा हुन सक्ने पकेटमारी नियन्त्रण गर्न सवारी साधनहरुमा सिभिल पोशाकमा प्रहरी परिचालन गर्ने ।
प्रमुख ब्यापारिक केन्द्रहरुमा रहेको CCTV क्यामेरालाई पूर्ण संचालनमा ल्याई २४ सै घण्टा Monitoring को ब्यवस्था मिलाउने ।
सानातिना विवाद र दुर्घटनाहरुलाई लियर स्थानियहरु द्दारा राजमार्ग अवरोध हुन सक्ने हुंदा कुनै पनि स्थितिमा राजमार्गहरुमा अवरोध हुन नपाउने ब्वयस्था मिलाउने ।
अवैध मदिरा उत्पादन, ओसार पसार र बिक्री बितरणलाई कडाईका साथ नियन्त्रण गर्ने ।
गुण्डागर्दी नियन्त्रण गर्ने, जलकुम्भी अभियानको मुल्याकन गरी कमी कमजोरीहरु सुधार गरी थप सशक्त र प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने ।
प्रमुख जिल्ला अधिकारी मार्फत सशस्त्र प्रहरीसंग समन्बय गरी आबश्यकता अनुसार सशस्त्र प्रहरी समेत परिचालन गर्न अनुरोध गर्ने ।
भिग्ररस् आकश्मिक चेकिङ :
पिकेट र CRV मा रहेको टोलीले रातको समयमा आफनै जिम्मेवार ईलाका भित्रका स्थानमा प्रत्येक दिन स्थान परिवर्तन गरी आकश्मिक चेकिङ्भिग्ररस चेकिङ गर्नेछ।
राजमार्ग गस्तीमा खटिएको टोलीले स्थान र अनुकुल समय मिलाई आ(आफ्नो जिम्मेवार ईलाकामा प्रत्येक दिन कम्तीमा १ पटक चेकिङ गर्नेछ।
बजार अनुगमन :
सम्बन्धित निकायसंग समन्वय गरी माग भएको बखतमा परिचालन हुन सक्ने गरी जु.प्र.अ.को कमाण्डमा ५ जनाको टोली खटिनेछ ।
चाडपर्वको समयमा राजमार्गहरुमा बढी गस्ती पेट्रोलिङ परिचालन गर्ने ।
प्र.चौ. शिसुवाले कोत्रे, गगनगौडा, बिजयपुर र तालचोकमा आबश्यकता अनुसार सवारी साधनमा कुकुर सहितको चेकिङ गर्ने ।
प्र.चौ. छोरेपाटनले कालिमाटी, खाडेखोलामा आबश्यकता अनुसार सवारी साधनमा कुकुर सहितको चेकिङ गर्ने ।
व.प्र.का. बगरले याम्दी र हेम्जामा आबश्यकता अनुसार सवारी साधनमा कुकुर सहितको चेकिङ गर्ने ।
सुपरिवेक्षण र अनुगमन
सम्पूर्ण डिउटीको सुपरिवेक्षण तथा अनुगमन प्र.उ. / प्र.ना.उ.बाट हुने
राती २४:०० बजे पछि खटिने डिउटीको अनुगमन गर्न जि.प्र.का.ले सिनियर प्रहरी अधिकृतको कमाण्डमा टोली खटाउने ।
अ.प्र.पोष्टहरुले आ-आफनो एरिया वरपर आलोपालो गरी दुई सिफट ९१९:००-२३:०० / २३:००-०३:०० बजे सम्म- मध्ये १ सिफटमा अनिबार्य रुपमा पैदल गस्ती गर्नेछ ।
CRV हरुले रातको २४:०० बजे पछि बिहान ०४:०० बजे सम्म आ-आफनो जिम्मेवारी ईलाकाहरुको संवेदनशिल स्थानहरुमा प्रत्येक आधा आधा घण्टामा स्थान परिवर्तन गर्दै स्थितिको अवलोकन गर्नेछ ।
यो सुरक्षा योजना आजैबाट लागु हुंने छ ।

जिल्ला प्रहरी कार्यालय कास्की ।
मिति स् २०७०।६।१३ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
मिति स् २०७०।६।१३ गते ।
सानो हतियार-१ र ठुलो हरियार १ सहित ३ जना पक्राउ
जि.कास्की हेम्जा गा.बि.स.वडा नं.-१ स्थित बिक्रमसिंह तामाङले संचालन गरेको सुजन हाईवे रेष्टुरेण्टमा अबैद्य रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्र.नि. रोशन खड्काको कमाण्डमा टोली खटिई गई चेकजांच गर्ने क्रममा निम्न मानिसहरुलाई मेडईन रसियन लेखिएको पेष्तोल थान-१, को गोली ३ राउण्ड र सर्टगन थान-१ ऐ. को गोली ८ राउण्ड, खोका ९ तथा छर्रा-३६ पिस र केही बारुद सहित बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:
निम्न:
१ जि.नुवाकोट किमताङ गा.बि.स.वडा नं.-७ घर भई हाल जि।कास्की हेम्जा गा.बि.स.वडा नं.-१ बस्ने बर्ष(३६ को बिक्रमसिंह तामाङ ।
२ ऐ. ऐ. घर भई हाल जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-१ सिमपानी बस्ने बर्ष-४४ को रिल्तो तामाङ ।
३ जि.मोरङ मधुमल्ला वडा नं.-२ घर हुंने बर्ष-४१ को नगेन्द्र कुमार लामीछानेमगर ।
जिल्ला प्रहरी कार्यालय कास्की
२ ऐ. ऐ. घर भई हाल जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-१ सिमपानी बस्ने बर्ष-४४ को रिल्तो तामाङ ।
३ जि.मोरङ मधुमल्ला वडा नं.-२ घर हुंने बर्ष-४१ को नगेन्द्र कुमार लामीछानेमगर ।
जिल्ला प्रहरी कार्यालय कास्की
मिति : २०७०/६/१३ गते
Subscribe to:
Posts (Atom)