पोखरा,भारतीय सञ्चारमाध्यमहरुले गरेको गौतम बुद्धको गलत प्रचार विरुद्ध शनिवार
पोखरामा ने.वि.संघ कास्कीको आयोजनामा संयुक्त निकालीएको छ । गौतम
बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन,झुटको खेती अन्त्य गर,साँचो कहिल्यै
लुक्दैन जस्ता होडीङ बोर्ड र राष्ट्रिय झण्डा सहित निकालीएको उक्त ¥याली
पृथ्वीचोकबाट सुरु भई महेन्द्रपुल हुँदै वि.पी. चोकमा पुगेर कोणसभामा परिणत
भई समापन भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्दै ने.वि.संघ कास्कीका
सभापती कल्याणबाबु भण्डारीले वि.पी.लाई सम्झदै राष्ट्रियता भनेको भावना
भएको र राष्ट्रियताको बिषयमा कसैसँग सम्झौता नगरीने र नेपाली कांगे्रसले
अहिले सम्म सम्झौता नगरेको र यदी भावी दिनमा नेपाली कांगे्रसले सम्झौता गरे
आफु पार्टी छोडन तयार रहेको तर राष्ट्रियता त्याग्न तयार नभएको बताए ।
उनले बुद्धको गलत प्रचार तत्काल अन्त्य गर्न सरकारले पहल नगरे आफुहरुले
आन्दोलनको आँधीबेरी नै ल्याइदिने चेतावनी दिए । लियो क्लब अफ पोखरा फिस्टेल
सिटीका सल्लाहाकार तथा कार्यक्रम संयोजक खुसीराम बरालले सरकारले
बुद्धप्रती देखाएको उदासीनताको विरोध गर्दै नेपाललाई विश्वभरीका पर्यटकको
गन्तव्य बनाउने भनेर चर्को नारा लगाउने नेताहरु अहिले कानमा तेल हालेर
बसेको आरोप लगाए । बुद्धको जन्मस्थल भनेर बर्षेर्नी लाखौ पर्यटक नेपाल
आइरहेको अवस्थामा भएको गलत प्रचार अन्त्य गर्न तत्काल पहल नगरे नेपाली र
राष्ट्रियता माथी ठुलो क्षती हुने बताए । उक्त्त कोणसभामा विकासका लागी
युवा नेतृत्वका अध्यक्ष सन्तोष बास्तोला,जमुना गुरुङ,रञ्जु पौडेल,पवित्रा
शर्मा लगायतले बुद्धको बारेमा चर्चा गर्दै तत्काल भ्रामक समाचार बन्द गर्न
सरकारले पहल गनुपर्ने बताएका थिए । उक्त्त ¥यालीमा विभिन्न आमा
समुह,स्थानीय क्लब लगायतको उपस्थिती रहेको थियो ।
Monday, September 16, 2013
Motivation Training-Neplese Young Entrepreneurs Fourm (NYEF), Pokhara.
युवा उद्यमी मञ्च(NYEF),पोखराले पोखरेली युवा उद्यमी वित्तिय संस्था व्यवसायीक प्रतिष्ठानका व्यवसायीक व्यक्तित्वहरुको लागी Reach the Zenith विषयक उत्प्रेरणामुलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षक महेश दाहाल ज्यूले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा साठी जनाको सहभागीता रहेको थियो ।लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा मानिसले व्यवसायीक सफलता हासील गर्न सकारात्मक सोंच, दृढ निश्चयता, दुरदृष्टि, समुहगत रुपमा फरक कार्यशैली, सहि समय ब्यवस्थापन आदि विषयमा विभिन्न उदाहरण सहित खेल तथा श्रव्य दृष्यको माध्यमबाट सिकाउनुभएको थियो ।उक्त कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथी नेपाल उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी ज्यूले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै यस्तो तालीम बाट उत्प्रेरित भएर युवाहरुले व्यवसायीक नेतृत्व लिई देशको आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा दक्षिण एशीयाली युवा उद्यमी मञ्चको गरिमामय अध्यक्ष पदमा निर्वाचीत हुनु भएकोमा सौरभ ज्योती ज्यू लाई कार्यक्रमका सभापति तथा नेपाली युवा उद्यमी मञ्च (NYEF), पोखराका अध्यक्ष देवेनसन प्रजू ज्युले सम्मान गर्नुभएको थियो । सोही अवसरमा कार्यक्रमका अतिथी पोखरा उधोग वाणिज्य संघका अध्यक्ष संजीब बहादुर कोईराला ज्यू साथै सौरभ ज्योती ज्यूले तालीमको उपयोगीता माथी प्रकाश पार्दै मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका कार्यसमिति सदस्य सन्तोष घिमिरेको संयोजकत्वमा सम्पन्न गर्नु भएको थियो ।
नेपाली युवा उद्यमी मञ्च (NYEF), पोखराFriday, September 13, 2013
मुल्य वृद्धी फिर्ता गर्न ने.वि.संघको माग
भदौ २७,पोखरा
नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नं २ ले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल उक्त निणर्य फिर्ता लिन सरकारसँग माग गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलमा र डलरको मूल्यमा भएको वृद्धीको कारणनेपाल आयल निगम घाटामा गएकाले पेट्रोलियम पदार्थको भाउ बढाइएको भनाइप्रति असहमति जनाउदै ने.वि.संघ कास्की क्षेत्र नं २ ले निगममा व्याप्त अनियमितता रहेको र अनियमितता नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराएको छ । ने.वि.संघ कास्की क्षेत्र नं २ बिहीवार बिज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चौतफी रुपमा जनतालाई असर पर्ने तथा अन्य वस्तु र सेवा पनि महँगो हुने भन्दै भाउ बढाउन गरिएको निर्णय तत्काल सच्याउन माग गरेको छ । चुनाव गर्ने मात्र अधिकार पाएको सरकारले मूल्यवृद्धि गर्न नमिल्ने र मूल्यवृद्धि गर्नु भनेको चुनाव भाँडने षडयन्त्र भएको भन्दै मूल्यवृद्धि फिर्ता नभए आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने ने.वि.संघ कास्की क्षेत्र नं २ का सभापती सन्तोष बास्तोला द्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
Tuesday, September 10, 2013
फुस्रेखोलामा मृत अवस्थामा शव फेला परेको
मिति २०७०/०५/२४ गते दिन जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ महतगौडा तथा ऐ.निर्मपोखरी गा.बि.स.वडा नं.(८ को बिचमा पर्ने फुस्रेखोलामा नामथर वतन नखुलेको अ.३० बर्षकी ५/१ फिट उचाई भएकी रातो कोठे चोलो, पंहेलो टिसर्ट खैरो ब्रा, रातो पेटीकोट, कालो स्लाक्स दुबे कानमा प्याजीरङको प्लाष्टिकको टप, घांटीमा प्याजी एवं सेतो केडा भएको माला बाया हातमा पुरानो सुनौला रङको घडी नाकमा सुनको जस्तो ढिक्के फुली लगाएकी, कालो कपाल, मझौला शरिर भएकी, ब्रामण क्षेत्री जस्तो देखिने अपरिचित महिला शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पोष्टमार्टमको लागी पश्चिम क्षेत्रीय अस्पतालमा रहेको छ ।
मिति २०७०/०५/२५ गते
मिति २०७०/०५/२५ गते
जिल्ला प्रहरी कार्यालय कास्की
Hamkailo part 2 पछि छोरो कस्तो हुन्छ हल पखिए
गीतको बोल: पछि छोरो कस्तो हुन्छ हल पखिए....
स्वर: मिना पराजुली,बदसरा पराजुली, शारदा देवी पराजुली
शब्द/रचना: बदसरा पराजुली,एकराज
लम्साल
संगित: दिलिप गायक
रेकडिङ: सिद्धाथ डिजिटल रेकडिङ स्टुडियो पोखरा,१३-नदीपुर
निर्देशक: एकराज लम्साल
छांयाकन: श्रीकान्त सिग्देल
सम्पादन: सगुन सिग्देल
निर्माण: श्री ब्ल्याक फ्रेम,पोखरा
Subscribe to:
Posts (Atom)



