जिल्ला मनवानपुर कालीकाटार गा.वि.स. वडा नं. ८ – लिक्चे घर भई पोखरामा बस्ने वर्ष ३० को रामसिंह मोक्तानले पोखरा नगर क्षेत्र भित्र लागू औषध ओसार पसार तथा विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७०/०२/२३ गते पोखरा पृथ्वीचोकमा निजलाई फेला पारी शरिर खानतलासी लिने क्रममा निजको साथबाट नर्फिन १०० थान, डाईजापाम १०० थान, फेनेरागन ईन्जेक्स १०० थान सहित पक्राउ गरी लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहको छ ।
साथै जि. कास्की पोखरा १२ सितलादेवी बस्ने वर्ष ३० को चेतमान गुरुङ्ग, पोखरा पृथ्वीचोक बस्ने वर्ष २३ को सुमिन मगर एै.एै. बस्ने वर्ष २३ को सुनिल पाठकको साथबाट मिति २०७०/२/१३ गते लेखनाथ न.पा. ३ बुढीबजारमा चेकजाँच गर्ने क्रममा ग.१.ज. ३४३९ नं. को ट्याक्सीमा लुकाई छिपाई ल्याएको ९६ थान फेनेरागन, ९६ थान नर्फिन र ९६ थान डाईजापाम सहित पक्राउ परेको घट्नाको समेत डिलर सोही रामसिंह मोक्तान रहेको अनुसन्धानबाट खुल्न आएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की