Monday, April 22, 2013

अवैध घरेलु मदिरा नष्ट गरिएको-Distroy of Alcohal in Pokhara,Nepal



यस कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत विभिन्न मितिमा धम्पुस १ फेदी, पोखरा १६ बाटुलेचौरबाट बरामद गरिएको तयारी मदिरा १५५ लिटर, मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ३०६० लिटर, मर्चा ३० के.जी. आज मिति २०७०/१/९ गते २:०० बजेको समयमा जि. कास्की पोखरा १ जौवारी भन्ने स्थानमा उक्त तयारी मदिरा र मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, मर्चा तथा मदिरा भण्डारण गर्ने भाँडा वर्तन स्थानिय मानिस, पत्रकारहरु, पोखरा उप.म.न.पा. १ वडा कार्यालयको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि र आन्तरिक राजश्व कार्यालयका प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको र मदिरा बनाउन प्रयोग गरिने भाँडा वर्तन आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पोखरामा पठाईएको छ । 

मिति : २०७०/१/९ गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की

Saturday, April 20, 2013

अवैध घरेलु मदिरा नष्ट गरिएको-Seized Local Alcohal



           यस कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत आज मिति २०७०/१/६ गते निम्न स्थानहरुबाट निम्न परिणाममा अवैध घरेलु मदिरा बरामद गरी आवश्यक अनुसन्धान भईरहेको ।
: निम्न:
१)  कास्की जिल्ला हेम्जा गा.वि.स. वडा नं. ६ फेदीबाट मदिरा बनाउन प्रयोगगरिने कच्चा पदार्थ  १४५० लिटर, ११० लिटर तयारी मदिरा र मदिरा  बनाउन   प्रयोग गरिने भाडा ५ सेट बरामद गरिएको । 
२)  पोखरा उप.म.न.पा.को नयाँबजार र शान्तिवन एरियाहरुबाट मदिरा बनाउन  प्रयोग  गरीने कच्चा पदार्थ २००० लिटर, तयारी मदिरा २०० लिटर, मदिरा  बनाउन प्रयोग गरिने भाडा ४ सेट बरामद गरिएको । 

ठगी गर्ने पक्राउ Cheater Report,Pokhara ,Nepal



ठगी गर्ने पक्राउ:

पोखराका विभिन्न पत्रपत्रिकाहरुमा कहिले मोडल चाहियो, कहिले कामदारको आवश्यकता भनी विज्ञापन प्रकाशित गरी सो अनुसार सम्पर्कमा आएका महिलाहरुलाई होटलमा बोलाई बोले कराएमा ज्यानै समेत लिने धम्की दिई सम्पर्कमा आएका महिलाहरुको  गरगहना, नगद धनमाल, मोवाईल, स्कुटर समेत लुटि महिलाहरुलाई होटलको बाथरुममा थुनी भागी हालै मात्र २ वटा घट्नामा संलग्न रही फरार रहेका कृष्ण श्रेष्ठ भन्ने पुष्कर खडकालाई काठमाण्डौमा यसै प्रकृतिको घटनामा संलग्न रहेको भनी पक्राउ परेको सूचना प्राप्त गरी यस कार्यालयबाट थप अनुसन्धान गर्दै जाँदा निजबाट नै २ जना महिलाहरुलाई लुटी फरार रहेको पिडीतहरुबाट बुझिन आएकोले निज उपर थप अनुसन्धान कारवाही भई रहेको छ । 
District Police Office Kaski,
मिति: २०७०/१/६ गते ।                                               
जिल्ला प्रहरी कार्यालय, कास्की



Thursday, April 18, 2013

ठेक्कापट्टामा गुण्डागर्दी गर्न खोज्ने पक्राउस्


मिति २०७०/१/४ गते लेखनाथ नगरपालिकाले आव्हान गरेको सडक निर्माणको टेण्डर दर्ता गर्ने क्रममा होहल्ला गरी टेण्डरवालालाई बाधा पुर्याउन खोज्ने तथा ठेक्का पट्टा गर्ने ठेकेदार सँग रकम माग गर्ने र गुण्डागर्दी गर्न खोज्ने ९ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरुस:

१.जि. कास्की ले.न.पा.वडा नं. ३ बस्ने वर्ष ४० को राजु गुरुङ्ग
२.एै.एै. बस्ने वर्ष २५ को चन्द्र पुन ।
३.एै.एै. बस्ने वर्ष ३५ को राजु गुरुङ्ग
४.एै.एै. १२ बस्ने वर्ष २५ को किरण गुरुङ्ग
५.ले.न.पा. ३ बस्ने वर्ष ३० को शेर बहादुर पुन ।
६.ले.न.पा ७ बस्ने वर्ष २४ को सुशिल तामाङ्ग
७.ले.न.पा. ४ बस्ने वर्ष २५ को गणेश आले
८.०ले.न.पा. ५ बस्ने वर्ष २१ को अमिर गुरुङ्ग
९.ले.न.पा. ५ बस्ने वर्ष २१ को प्रेम ब. गुरुङ्ग

District Police Office Kaski, Pokhara.
मिति स् २०७०/१/४ गते ।

गाँजा सहित मानिस पक्राउ -Man Caught with Weed


 १) मिति २०७०/१/४ गते पोखरा १ बगर ट्याक्सीचोकमा कुकुर सहितको चेकिङ गर्ने क्रममा तालिम प्राप्त कुकुरको सहयोगमा २ जना व्यक्तिलाई २०० ग्राम गाँजा सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको । 
जुवातास:
– पोखरा १ बगर ट्याक्सी चोकमा जुवातास खेलिरहेको अवस्थामा ५ जना मानिसलाई नगद र तास सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ । 

District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय, कास्की