Monday, April 1, 2013

प्रहरी आचरण विपरित काम गर्ने प्रहरी कर्मचारीहरु विरुद्ध गरिएको कारवाही बिवरण


        नेपाल प्रहरीको सांगठानिक मूल्य मान्यता र प्रहरी आचरण विपरित विभिन्न क्रियाकलापमा संलग्न रहेका प्रहरी कर्मचारीहरुलाई  २०६९।१२।१ गते देखि हालसम्म निम्नानुसारको संख्यामा कारवाही गरिएको व्यहोरा जानकारी गराईएको छ ।

कारवाही बिवरण                           दर्जा                       संख्या                        कैफियत

नोकरीबाट निलम्वन         प्रहरी सहायक निरीक्षक          १   
                                         प्रहरी जवान                          १   
१ वर्षको प्रमोशन रोक्का    प्रहरी सहायक निरीक्षक         १   
                                          प्रहरी हवल्दार                      १   
                                          प्रहरी जवान                        ३   
नसिहत                              प्रहरी परिचर                       १   
                         जम्मा:                                                 ८   

–    कारवाहीकै क्रममा पछिल्लो पटक प्रहरी चौकी घाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक झलक प्रसाद रिमाल र प्रहरी जवान डम्बर बहादुर परियारलाई प्रहरी सेवाबाट निलम्वन गरिएको छ । निज प्र.स.नि. र प्र.ज.ले जिल्ला प्रशासन कार्यालय कास्कीबाट अवैध रुपमा राखिएका हातहतियार बुझाउन जारी गरिएको सार्वजनिक सूचना बमोजिम आफनो एरियामा हातहतियार संकलन गर्न खटिई गई उक्त सूचनाको म्याद नसकिदै स्थानीय व्यक्तिहरुलाई भरुवा बन्दुक र सो को पाटपुर्जा राखेको बिषयलाई लिएर विभिन्न किसिमको डर देखाई करकापमा पारी रकम असूली गरेको खुल्न आएको छ । निज प्रहरी कर्मचारीहरुलाई उचित कारवाही गर्न थप अनुसन्धान भईरहेको छ ।
District Police Office Kaski

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सूचना

आज मिति २०६९ साल चैत्र १८ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्र.जि.अ. श्री यादव प्रसाद कोइराला ज्यूको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ. केदार रिजाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका उप अनुसन्धान निर्देशक कुलदेव थापा, नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय पोखराका प्रतिनिधि, उपभोक्त मञ्च कास्कीका प्रतिनिधि, ट्याक्सी व्यवसायी समिति कास्कीका प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ पोखराका अध्यक्ष, ट्याक्सी व्यवसायी समितिका उपाध्यक्ष, नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष लगायत विभिन्न ट्रेड यूनियनका प्रतिनिधिको उपस्थितीमा विशेष गरी पोखरा उपत्यकामा संचालन भएका ट्याक्सीको समुचित व्यवस्थापनको लागि बैठक बसी निम्नानुसार निर्णय भएको व्यहोरा जानकारी गराईएको छ ।
 निम्न:
निर्णय नं. १: पूर्व निर्णयानुसार मिटर जडान नगर्ने ट्याक्सीहरुको मिटर जडानका लागि लाग्ने समय उल्लेख गरेको मिटर जडान कर्ताले दिएको चिट अनुसारको समय उपलव्ध गराउने निर्णय गरियो ।

निर्णय नं. २ : मिटर समायोजनको प्रकृयामा रही रातो स्टिकर टाँसेका ट्याक्सीहरुको मिटर समायोजन भै सकेपछि हरियो स्टीकर उपलव्ध गराउन २०६९/१२/१९ गते देखि ३ (तीन) दिनको समय थप गर्ने र सो अवधिमा ट्राफिक र व्यवसाय समितिले समन्वय गरी मिटर समायोजनको कार्यलाई तदारुकता दिने ।

निर्णय नं. ३ : पोखरा उपत्यका भित्र संचालनमा रहेका ट्याक्सीहरुको रुट परमिटरको अनुगमन गर्ने गराउने निर्णय गरियो ।

    उल्लेखित निर्णयहरु सर्वसाधारण तथा सरोकारवालाको जानकारीको लागि यहाँहरुको संचार माध्यमद्धारा प्रचार प्रसार गरी दिई सहयोग गरी दिनु हुन अनुरोध गरिएको छ ।


मिति २०६९/१२/१८ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की

Wednesday, March 27, 2013

आफुखुशी भाडा असुली गर्ने ट्याक्सीलाई कारवाही


    पोखरा उपत्यकामा संचालनमा रहेका भाडाका ट्याक्सीहरुमा मिटर जडान नगरी जथाभावी आफुखुशी भाडा असुल गरी यात्रु ठग्ने प्रवृत्तीलाई नियन्त्रण गर्न सरोकारवालाहरु सम्मिलित बैठकबाट भएको निर्णय अनुसार पूर्व सूचना प्रकाशित गरि समय तोकी अग्रिम जानकारी गराउँदा गराउँदै पनि सो सूचनालाई वेवास्ता गरी भाडाका ट्याक्सीमा मिटर संचालन नगरी चलाएको अवस्थामा मिति २०६९/१२/१४ गते यस कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट चेकजाँच गर्ने क्रममा ९० वटा ट्याक्सीलाई निम्नानुसारको कारवाही गरिएको छ ।
निम्न:
–    मिटर भएर पनि मिटरमा संचालन नगरी आफुखुशी भाडा असुल गर्ने ३८ वटा
–    मिटर राख्ने प्रकृया नै शुरु नगरी मिटर नै नराखेका ५० वटा
–    रिजर्भमा संचालन गरी रिजर्भ प्लेट नराख्ने  २ वटा

    साथै पोखरामा संचालन हुने ट्याक्सीहरुले अनिवार्य रुपमा मिटर जडान गरी मिटर संचालन गरी सोही अनुरुप भाडा लिनु पर्ने अनिवार्य व्यवस्था लागू गरिएकोले सर्वसाधारणहरुले ट्याक्सी प्रयोग गर्दा मीटर अनुरुपको भाडा मात्र तिर्नु हुन र  मिटर संचालन नगरी मनपरी भाडा लिएमा तत्काल यस कार्यालयको हटलाईन फोन नं. १०० वा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको १०३ मा फोन गरी सूचना दिई यस अभियानमा सहयोग गरी दिनु हुन सर्वसाधारण सबैमा जिल्ला प्रहरी कार्यालय कास्कीले हार्दिक अनुरोध गर्दछ ।
    तपाईहरुको संचार माध्यम द्धारा उल्लेखित तथ्य सर्वसाधारणमा जानकारीलाई प्रचार प्रसार गरी दिनु हुन सम्बन्धित संचार माध्यमहरुलाई अनुरोध गरिएको छ ।

मिति २०६९/१२/१४ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।

Monday, March 25, 2013

जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना

    फागू पूर्णिमा (होली पर्व) मनाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय कास्की द्धारा सर्वसाधरणमा जारी गरिएको सूचना जारी भईसकेको हुँदा यस वर्षको होली पर्वमा आपसी सद्भाव, स्नेह, भाईचारा अभिवृद्धि हुने गरी मनाउनु हुन अनुरोध गरिन्छ ।
    साथै होलीको अवसरमा जवरजस्ती रंग लगाई दिने, महिलालाई दुव्र्यवहार गर्ने, समुह समूह विच झैझगडा गर्ने, लागू औषध, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिडने जस्ता कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही भई जाने व्यहोरा सर्वसाधारणको लागि सूचित गरिएको छ ।
   साथै तपाईहरुको संचार माध्यमबाट सर्वसाधारणको जानकारीको लागि प्रचार प्रसार गरी दिनु हुन अनुरोध गरिएको छ ।
मिति २०६९।१२।१२ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की ।

Sunday, March 24, 2013

अवैध मदिरा बरामद तथा नष्ट



१)  अवैध मदिरा उत्पादनमा रोकथाम तथा नियन्त्रणको लागि यस कार्यालयले मिति २०६९/१२/१ गते देखि संचालन गरेको अप्रेशनबाट निम्नानुसारको स्थानबाट निम्नानुसारको परिमाणमा घरेलु मदिरा नष्ट गरिएको 
(क)    मिति २०६९/१२/५ गते हेम्जाबाट ५० लिटर र ९ जना मानिसलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ख)  मिति २०६९/१२/६ गते पोखरा ८ सृजनाचोकबाट १० लिटर नष्ट गरी १ जनालाई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
 (ग)  मिति २०६९/१२/८ गते पोखरा ८ सृजनाचोकबाट २० लिटर नष्ट गरी १ जना लाई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(घ) मिति २०६९।१२।९ गते पोखरा १६ तल्लो दिप बाट १५ ड्रम कच्चा पदार्थ नष्त्र गरी १ जना आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ङ)  मिति २०६९/१२/१० गते पोखरा ८ जनप्रिय मार्गबाट १९ ड्रममा राखिएको कच्चा पदार्थ नष्ट गरिएको ।

२) अवैध तथा विना लाईसेन्सका हातहतियार संकलन:
    ५० नाल भरुवा बन्दुक र १ नाले कार्तोस राईफल १ नाल संकलन गरिएको ।

मिति: २०६९/१२/११ गते  ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara.