Sunday, March 10, 2013

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध

हिन्दुहरुको महान पर्व शिवरात्रीको पावन अवसरमा समस्त भक्तजनहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की हार्दिक शुभ(कामना ब्यक्त गर्दछ ।
शिवरात्री मनाउने क्रममा बिभिन्न किसिमका नशालु तथा मनोद्दिपक पद्वार्थहरु जस्तैस्( गाजा, चरेश, भाङ, धतुरो र अन्य लागु पर्द्वाथ सेवन गर्ने परम्परा रहेकोले यस्तो हुन गर्न नदिन सम्बन्धित सबैमा जानकारी गराईएको छ । यस्ता पद्वार्थहरु सोझै सेवन गर्ने वा विभिन्न किसिमका मिठाईहरुमा समेत मिसाई बेचबिखन गर्ने प्रचलन रहेकोले त्यस्तो नगर्नु नगराउनु हुन अनुरोध गरिएको छ । यस्ता पद्वार्थहरुको सेवनले मानब स्वास्थ्यमा प्रतिकुल असर पर्ने र नशाको सुरमा सेवनकर्ताबाट बिभिन्न अपराधिक कृयाकलाप हुन सक्ने भएकोले यस तर्फ समयमै सचेत हुनु भई यस्ता किसिमका कृयाकलापमा संलग्न नहुन अनुरोध छ ।  यदि कोहि कसैले यस्तो कृयाकलाप गरे गराएमा कानून बमोजिम कारबाही हुंने ब्यहोरा अबगत गराईएको छ । यस्ता गतिबिधीहरुको कहि कतै देखिएको खण्डमा तुरुन्त जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनु हुन समेत अनुरोध छ ।
  यस सम्बन्धमा सर्व साधारणको जानकारीको लागि प्रचार प्रसारण गरी दिनु हुन सम्पुर्ण संचार माध्यहरुलाई हार्दिक अनुरोध छ ।

Thursday, March 7, 2013

फिर्के खोलालाई अनाधिकृत रुपमा अतिक्रमण

    पोखरा स्थित फिर्के खोलालाई अनाधिकृत रुपमा अतिक्रमण गरी बनाईएका घर, टहरा र अन्य संरचनाहरु हटाउने सम्बन्धमा मिति २०६९ फाल्गुण २४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी श्री यादव प्रसाद कोइराला ज्यूको अध्यक्षतामा सरोकारवाला निकायहरु समेतको उपस्थितिमा बैठक बसी निम्नानुसारको निर्णय भएको । 
 निम्न
१)     पोखराको फिर्के खोलालाई अतिक्रमण गरी बनाईएका घर, टहरा र अन्य संरचनाहरु २०६९ साल चैत्र १५ गते भित्र आफै भत्काई लग्न सूचना पोखरा उप.म.न.पा.ले प्रकाशित गर्ने । सो समय भित्र भत्काई नलग्नेहरुको संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धितबाट असुल उपर गर्ने ।

२)    सडक मापदण्ड भित्र परेका घर टहरा (स्थायी/अस्थायी) हरु नापी नक्शा भई सूचना जारी भएकाको हकमा २०६९ साल चैत्र २५ गते भित्र र बाँकीका हकमा नापी नक्शा भए पछि हटाउन उपत्यका नगर विकास समिति र पोखरा उप.म.न.पा. लाई निर्देशन दिने । सो समय भित्र संरचनाहरु नहटाईएमा पोखरा उप.म.न.पा. ८ पोखरा उ.न.वि. समितिले हटाउने सो मा लाग्ने खर्च सम्बन्धित व्यक्तिहरुबाट असुल उपर गर्ने ।

३)    मापदण्डको सम्बन्धमा विवाद उत्पन्न भएमा पोखरा उपत्यका नगर विकास समिति र डिभिजन सडक कार्यालयका प्रमुखहरु बसी समस्या समाधान गर्ने ।
मिति: २०६९।११।२४ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।

Monday, March 4, 2013

अप्रेशन जल कुम्भीस् थप ३ पक्राउ Crime News Pokhara,Nepal

प्रहरी गतिबिधी
कास्की प्रहरीले गुण्डागर्दि बिरुद्व संचालन गरेको अप्रेशन जलकुम्भीको क्रममा थप ३ जना ब्यक्तिहरु पक्राउ परेका छन् पक्राउ पर्नेमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ महतगौडा बस्ने बर्ष(३२ को रविन भाले भन्ने रविन गुरुङ्ग, जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१८ काजीपोखरी बस्ने बर्ष(२७ को सुर्य बहादुर लामा र जि.बाग्लुङ रिया(३ घर भई हाल पोखरा(१८ काजीपोखरी बस्ने बर्ष(१७ को सन्तोष पुन रहेका छन् ।
    पक्राउ परेका मध्ये रबिन भाले भन्ने रबिन गुरुङ गुण्डागर्दि लगाएत बिभिन्न अपराधमा संलग्न भई लामो समय देखि फरार रहेका थिए । निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीको बिशेष सुराकीको आधारमा आजै पोखरा(९ महेन्द्रपुलबाट पक्राउ गरिएको हो । निज रबिन भाले भन्ने रबिन गुरुङ मिति २०६८/१०/१७ गते विहान ज.कास्की पोखरा उ.म.न.पा.वडा नं.(९ नयावजारबाट वा.८.च.८३८६ नं.को टोयटा हाईलक्स गाडी तथा साथमा भएको नगद रु २,००,०००।( धनमाल डांकाचोरी गरेको र मिति २०६८/०८/१४ गते दिन ४:०० वजेको समयमा पोखरा–१० अम्मरसिंहचोकबाट पेष्तोल सहित फेला परेका किसन गुरुङ्ग समेत भएको हातहतियार खरखजना मुद्दामा फरार रहेका थिए ।
    यसै गरी वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सुर्य बहादुर लामा र सन्तोष पुनलाई पोखरा(१० रामबजारबाट खुकुरी थान(१ सहित पक्राउ गरेको हो, उनिहरु रामबजार र आसपासका एरियामा गुण्डागर्दिमा संलग्न भएको खुल्न आएको छ । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।

मिति २०६९/११/२१ गते                  
जिल्ला प्रहरी कार्यालय कास्की

Sunday, March 3, 2013

बन्दै छ पोखरा परिबर्तन

कास्की जिल्लाको बिशेष गरी पोखरा उपत्यका भित्र संचालन हुंने ट्याक्सीहरुको संचालनमा समुचित गर्नु पर्ने भएकोले आज मिति २०६९ साल फाल्गुण २० गते सो समुचित ब्यवस्था गर्न प्र.जि.अ.श्री यादव प्रसाद कोईराला ज्यूको संयोजकत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी संघ, उद्योग बाणिज्यसंघ, नेपाल पत्रकार महासंघ, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्तामञ्च, ट्याक्सी ब्यवसायी संघ समेतको उपस्थितीमा निम्नानुसारको निर्णय गरिएको थियो ।
निम्न:
१. यस जिल्लामा मिटर जडान नगरी संचालनमा रहेका भाडाका ट्याक्सीहरुलाई १५ दिन  भित्र मिटर जडान गर्न समय दिएको, १५ दिन पछि बिना मिटर संचालनमा आएका  ट्याक्सीहरुलाई ट्राफिक प्रहरीले नियत्रणमा लिने र संचालन गर्न नदिने ।
२. मिटर समायोजन गर्न बांकी रहेका ट्याक्सीहरुले २५ दिन भित्र अनिबार्य रुपमा मिटर  भाडा समायोजन गर्ने, समायोजन भएका ट्याक्सीहरुलाई हरियो र प्रकृयामा रहेकालाई  रातो स्टिकर टास्ने ब्यवस्था ट्याक्सी ब्यावसायी समिति र नापतौल कार्यालयले गर्ने, ट्याक्सी समितिले दिएको परिचय पत्र ९ चालकको ० ट्याक्सीमा देखिने गरी टास्ने, रिजर्भ संचान गर्दा देखिने गरी रिजर्भ कार्ड राख्ने । समायोजमा नजाने ट्याक्सीहरुलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्ने ।
३. गुणस्तर तथा नापतौल कार्यालयले नबिकरणको ल्कियरेन्स गरेपछि मात्र यातायात ब्यवस्था कार्यालयले नबिकरण गर्ने, उल्लेखित ब्यहोराहरु सर्ब साधारणहरुलाई सुसुचित गराउन तथा जानकारीको लागि सम्पुर्ण संचार माध्यमहरुले प्रचार प्रसार गरी दिनु हुन अनुरोध गरिएको छ ।
 जिल्ला प्रहरी कार्यालय कास्की ।

कास्की प्रहरी गतिबिधी

जुवा तास खेल्नेहरु पक्राउ :
आज मिति २०६९/११/१९ गते दिउंसो खटिएको प्रहरी टोलीले पोखरा नगरक्षेत्रका बिभिन्न ४ स्थानहरुबाट जुवा खेली रहेका २५ जना ब्यक्तिहरुलाई पक्राउ गरी निजहरुबाट नगद रु। ९३,३९०।( बरामद गरिएको छ । उल्लेखित ४ खालहरु मध्ये जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ लेकसाईड स्थित ज्यतभ िक्ष्भिलत एभबप बाट होटेल संचालक सहित निम्न मानिसहरुलाई जुवा खेल्दै गरेको अवस्थामा तास र नगद रु।६०,७१५। (सहित पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:
जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ लेकसाईड बस्ने बर्ष(४१ को रवि अधिकारी
ऐ. बस्ने बर्ष(५२ को मोहन दवाडी
ऐ. बस्ने बर्ष(३० को सन्दिप थकाली
ऐ. ११ रानीपौवा बस्ने बर्ष(४१ को प्रदिप शाही
ऐ. ले.न.पा.वडा नं.(५ शिसुवा बस्ने बर्ष(३४ को सन्तोष गुरुङ
ऐ.पोखरा(१० रामबजार बस्ने बर्ष(२७ को हरि भण्डारी
गुण्डागर्दिमा संलग्न २ जना पक्राउ :
जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डागर्दि नियन्त्रण गर्नको लागि चलाएको अप्रेशन जलकुम्भीको क्रममा पोखरा उपत्यकाको बिशेष गरी बिरौटा र आसपासका क्षेत्रहरुमा गुण्डागर्दिमा संलग्न पोखरा(१७ बिरौटाबाट  जि.कास्की पोखरा(१७ बिरौटा बस्ने बर्ष(२३ को सोम बि.क., ऐ. बस्ने बर्ष(२४ को गौरब रानाभाटलाई मिति २०६९/११/१७ गते पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
प्रहरी द्वारा ६ थान अबैध हातहतियार संकलन अबैध हातहतियार संकलनको क्रममा प्रहरी चौकी धम्पुषबाट खटिएको प्रहरी टोलीले ६ थान र प्रहरी चौकी सार्दिखोलाबाट खटिएको प्रहरी टोलीले ३ थान गरी जम्मा ९ थान भरुवा बन्दुक संकलन गरेको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीले लाईसेन्स प्राप्त नगरेका हातहतियार बुझाउनको लागि फाल्गुणको दोश्रो साता देखि लागु हुने गरी सार्बजनिक सुचना आह्वान गरेको छ । कोही कसै संग बिना ईजाजतका हातहतियार भएको खण्डमा नजिकको प्रहरी युनिटमा बुझाउनको लागि सम्बन्धीत सबैमा जानकारी गराई दिनु हुन सम्पूर्ण संचार माध्यमहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले समेत अनुरोध गर्दछ । तोकिएको मितिमा हातहतियार नबुझाई कोही कसैसंग फेला परेमा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरी दिनु हुन अनुरोध गरिएको छ ।

मिति २०६९/११/१९ गते ।                     जिल्ला प्रहरी कार्यालय कास्की ।