Wednesday, October 10, 2012

अवैध रुपमा भसी भित्रयाउने पक्राउ-Crime News


 राति प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले छोरेपाटनमा चेकिङ्गको क्रममा स्याङजा देखि पोखरा तर्फ आई रहेको ध.१.ख. ३६२ नं. को मिनी ट्रकमा अवैध रुपमा भित्रयाईएको ६ वटा भैसी सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भैसी सहित पक्राउ मानिसहरु जिल्ला पशु सेवा कार्यालय कास्की पोखरामा पठाईएको ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. स्याङ्गजा विरुवा अर्चले ३ बस्ने वर्ष ३९ को तिल बहादुर गुरुङ्ग   
२)    ऐ.ऐ. बस्ने वर्ष २० को मोहन राना ।
३)    ऐ.ऐ. वडा नं. ५ बस्ने वर्ष ३१ को भिम बहादुर थापा
४)    ऐ. पुतलीबजार न.पा. १२ राङ्गखोला बस्ने वर्ष ३६ को ईन्द्र जित थापा

लागू औषध सहित मानिस पक्राउ:
 जिल्ला म्याग्दी शिखा गा.वि.स. वडा नं. २ घर भई हाल  जि. कास्की पोखरा ३ नदीपुर डेरा गरी बस्ने वर्ष ३० को श्याम भन्ने रुक बहादुर तिलिजा पुनले लागू औषध विक्री वितरण गर्दछन भन्ने विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन ईकाई कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले निजको डेरा कोठामा लुकाई छिपाई राखेको अवस्थामा नर्फिन ईन्जेक्सन ४१ थान, डाईजापाम ईन्जेक्सन ३२ थान, फेनरागन ईन्जेक्सन ४५ थान सहित निजलाई पक्राउ गरी लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

विभिन्न मोडेलका मोवाईल चोरी गर्ने पक्राउ-Different Incident


पोखरा ६ बैदाम एरियामा मोवाईल चोरी भएको छ भन्ने  सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बैदाम एरियामा चेकजाँच गर्ने क्रममा जि. ओखलढुंगा खिजीकाती गा.वि.स.  वडा नं. ९ घर भई हाल पोखरा बस्ने वर्ष ३० को होम बहादुर खत्रीको साथबाट विभिन्न कम्पनी र मोडेलका ५ थान मोवाईल सेट-HTC Screen Touch Mobile 1, L.G E400 Screen Touch Mobile 1, Sony Ericsson Mobile 1, C7 Screen Touch Nokia Mobile 1,  C2 Nokia Mobile 1) र सोनी कम्पनीको १ थान भिडियो क्यामरा सहित पक्राउ गरिएको । निजलाई चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको । उल्लेखित मोवाईल हरु मध्ये C7 Screen Touch Nokia Mobile 1,मोवाईल सनाखत भई सकेको । अन्यको हकमा हालसम्म सनाखत नभएको ।

दुम्सी मार्ने पक्राउ:
मिति २०६९।०६।२१ गते साँझ ८:५५ बजे कास्की जिल्ला लेखनाथ न.पा. वडा नं. ४ गुंदेताल नजिकै अं. ५।६ के.जी. को दुम्सीलाई तिर प्रहार गरी मारी मृत अवस्थाको दुम्सी घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरी चौकी शिसुवाबाट खटिएको प्र.नि. सहितको टोलीले मृत अवस्थाको दुम्सी र निम्न २ जना व्यक्तिलाई पक्राउ गरी कारवाहीको लागि वन कार्यालय शिसुवा रेन्जमा पठाईएको ।
पक्राउमा परेका व्यक्ति:
१)    मकवानपुर भैसे १ घर भई हाल ले.न.पा. ३ कालिकाचोक बस्ने वर्ष ३० को डिल बहादुर राना मगर ।
२)    बाग्लुङ्ग वुङ्गादोभान २ घर भई हाल ले.न.पा. ३ कालिकाचोक बस्ने वर्ष २७ को किशोर थापा ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।

Tuesday, October 9, 2012

Awareness/interaction Pokhara Kaskeri नागरिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 
 सक्रिय जागरुक युवा टोली पोखरा १ कस्सेरीको आयोजना, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको सहकार्यमा, रत्ना समाज सेवा क्लव पोखरा १ कस्सेरीको सभाहलमा एक दिवसिय नागरकि सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
सक्रिय जागरुक युवा टोली पोखरा १ कस्सेरीका अध्यक्ष श्री अमृत लामाको संयोजन तथा अध्यक्षता, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ र सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष श्री सीता गुरुङ्गको बिशेष आतिथ्यता र वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नजिकिंदै आईरहेको चाडपर्व हरुको अवसरमा शान्त र स्वच्छ समाजलाई आवश्यक पर्ने सामाजिक सुरक्षा, व्यक्तिगत सुरक्षा, दुव्र्यसनमुक्त समाज, चोरी ठगीबाट बच्ने उपायहरु, सवारी अनुशासन, चाडपर्वहरुलाई तडक भडक रहित बनाउने प्रतिबद्धता, चाडपर्वमा सुरक्षा निकायको सुरक्षा योजना लगाएतका बिषयहरुमा  आमस तामाङ्ग, गिरी प्रसाद गुरुङ्ग, टिकाराम पौडेल, चोल कुमारी पुन, भुवन तामाङ्ग, कुवेर गुरुङ्ग, टिका मगर, माया गिरी लगाएतका सहभागिहरुले आ–आफ्ना जिज्ञांसाहरु राख्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष एव्म बगरका संस्थापक अध्यक्ष श्री सीता गुरुङ्ग र वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीले सहभागिले राखेको जिंज्ञासांको जवाफ दिंदै भावि सुरक्षा योजना एवम् बिकृति बिसंगतिमुक्त चाडपर्व मनाउनको लागि राखिएका भावि कार्यक्रमहरुको वारेमा जानकारी दिनुभएको थियो ।
सक्रिय जागरुक युवा टोली पोखरा १ कस्सेरीका सचिव श्री आमस तामाङ्गले संचालन गर्नुभएको कार्यक्रममा ११५ जनाको सहभागिता रहेको थियो ।

Drugs लागू औषध ब्राउन सुगर र चरेस सहित मानिस पक्राउ

(क)    मिति २०६९।६।२२ गते जि. कास्की पोखरा –९ पृथ्वीचोक बसपार्कमा लागू औषध विक्री वितरण भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन ईकाई कार्यालय पोखराका प्रहरी निरीक्षक विश्वराज सिंह थापा सहितको टोलीले ब्राउन सुगर कारोवारमा संलग्न निम्न व्यक्तिहरुलाई पक्राउ गरी निजहरुको साथबाट ब्राउन सुगर ४५ ग्राम बरामद गरी लागू औषध ब्राउन सुगर मुद्धामा थप अनुसन्धान कारवाही भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. ७ चाकरचौडा बस्ने वर्ष २२ को धर्मेन्द्र कलवार । (बेच्न भनि पोखरा आएका)
२)    ऐ. फुल्का –९ अतरपरि बस्ने वर्ष २२ को विक्रम कोहार  (बेच्न भनि पोखरा आएका)
३)    जि. म्याग्दी खिवाङ्ग गा.वि.स. वडा नं. ३ घर भई पोखरा १ सिम्पानी बस्ने वर्ष ३२ को  नर बहादुर पाईजा  मगर  ( किन्ने व्यक्ति) 
(ख)    मिति २०६९।६।२२ गते जि. कास्की सराङ्गकोट एरियामा लागू औषध चरेश विक्री वितरण गर्दछन  भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट प्र.नि. भुवनेश्वर तिवारीको कमाण्डमा प्र.ना.नि. गिरीराज अर्याल सहित खटिएको प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई लागू औषध चरेश १८६ ग्राम सहित पक्राउ गरी निजहरुलाई लागू औषध चरेश मुद्धामा अनुसन्धान कारवाही  भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. कास्की सराङ्गकोट १ बस्ने वर्ष ५२ को गोरे परियार ( श्रीमान)
२)    जि. कास्की सराङ्गकोट १ बस्ने वर्ष ४८ कि पवित्रा परियार  (श्रीमती)

प्रहरी हिरासतबाट छुटाई दिन्छु भनि झुठ्ठा आश्वासन दिई रकम असुली गर्ने पक्राउ
–    मिति २०६९/६/२१ गतेका दिन जि. गोर्खा ठुलो दरवाङ्ग ३ घर भई हाल जि. कास्की पोखरा १६ बस्ने वर्ष २५ को प्रकाश नेपालीले वडा प्रहरी कार्यालय बगर कास्कीका केही सार्वजनिक अपराध मुद्धामा अनुसन्धान भईरहेका ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने वर्ष २७ को रामु रोकालाई प्रहरी हिरासतबाट छुटाई दिन्छु भनी झुठ्ठा आश्वासन देखाई निजको श्रीमतीबाट रु. ७,०००।– (सात हजार) लिएको हुँदा निज प्रकाश नेपालीलाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, October 4, 2012

बिषय– लागुऔषध सचेतना सम्बन्धि स्कुल सम्पर्क कार्यक्रम

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको आयोजना, बाल मन्दिर उच्च मा.वि पोखरा ३ नदिपुरको व्यवस्थापन, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीकोे प्राविधिक सहयोगमा पोखरा ३ नदिपुरमा एक दिवसिय लागु औषध सचेतना सम्बन्धि स्कुल सम्पर्क कार्यक्रम सम्पन्न गरियो ।
सामुदायिक सेवा केन्द्र बगरका सदस्य श्री शुशिल चन्द्र पौडेलको संयोजकत्व, सेवा केन्द्रका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठको अध्यक्षता, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष श्री लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता, संस्थाका संस्थापक अध्यक्ष एवम् सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष श्री सीता गुरुङ्ग तथा बाल मन्दिर उच्च मा.वि का प्राचार्य श्री शुसिल बस्नेतको बिशेष आतिथ्यता, सामुदायिक सेवा जिल्ला समन्वय  समिति कास्कीका प्रहरी ईन्चार्ज प्र.ना.नि. श्री रेशम पौडेलको प्रमुख प्रशिक्षणमा भएको कार्यक्रममा बालमन्दिर उच्च मा.वि. पोखरा ३ नदिपुरमा कक्षा, ८, ९ र १० मा अध्यनरत बिद्यार्थि भाईबहिनीहरु तथा बिद्यालयका शिक्षक÷शिक्षिका लगाएत गरि करिव २५० जनाको उपस्थिती रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य बिद्यालयका शिक्षक तिलक बहादुर कार्कीले तथा  कार्यक्रमका वारेमा सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका प्र.ह. श्री शालिग्राम पौडेलले प्रकास पार्नु भएको थियो भने प्रमुख प्रशिक्षक प्र.ना.नि. श्री रेशमलाल पौडेलले  लागु औषध परिचय, प्रकार, असर, लक्षण र समाजमा पार्ने असरका वारेमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने बिद्यार्थि तथा शिक्षकहरुको थप जिज्ञाँसा प्रशिक्षक एवम् अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ र संस्थापक अध्यक्ष श्री सीता गुरुङ्गले प्रकास पार्नु भएको थियो भने कार्यक्रम सेवा केन्द्रका सचिव श्री गिरी प्रसाद गुरुङ्गले संचालन गर्नुभएको थियो ।