Friday, September 28, 2012

Zipline - Yet another adventure in Pokhara - पोखरामा साहसिक जिप फ्लायेर संचालन



Enjoy this promotional video of Zip Flyer Nepal






A Brave New World of Sky Adventure is here

Dream it Dare it do it

600 Meters Vertical Drop

1.8 KM Long

140+ KM/Hour Speed

The world's most incredible zipline! 
Get excited and gear up. Set your sight on exploring completely new varieties of adventure activities that will push your adrenalin to the max! Challenge your spirit as you take on thrills, excitement and fun as you have never experienced before.

Just Imagine
The moment of madness, the feeling of utmost excitement, the sense of being free! Flyer though the clear, beautiful, picturesque vistas with the Annapurna range ahead and the dense green forest canopy below… It will without doubt be the most awesome experience that, before this, did not even know you could have!!

Zip- Flyer is not just Another Zipline
Consisting of a trolley mounted on a steel cable 1.8 KM in length, the ride descends 2000 vertical feet at an angle of 56%. With resulting speeds of over 90 miles per hour, this makes it the most extreme zipline ride in the world. A ride of this magnitude has never been built before, and we assure you that this ride will truly be a unique experience.


ZipLine Safety First 
Safety first is our credo. Safety has been the leading criteria in our development of the Zip-Flyer ride. This system by Zip-Flyer LLC, USA is designed with the most advanced technologies and had delivered a state-of-the-art zipline ride. Ever part of this ride is designed to provide unparalleled ride, comfort and Safety, and the entire system is manufactured and precision engineered to equal or surpass standards set by agencies such as ANLS B77 Tramway, ASTM, and TV SUD codes.



Important Instructions Note

Duration: 2.5 hours

Weight Limit: 35 KGs to 140 KGs

Closed-toed shoes is mandatory

Your adventure includes pickup and drop from Lakeside

"ENJOY THE COMPLETE HANDS-OFF ADVENTURE DOWN THE TERRAIN OF SARANGKOT"


               For Bookings                     Book Online @

 Bookings Pokhara         Bookings Kathmandu              http://www.highgroundnepal.com   

+977-61-466349/50      +977-01-4701281                  [email protected] highgroundnepal.com   

   Or get in touch

With your neatest authorized HighGround Adventures agent. << contact me below.

Thursday, September 27, 2012

Police activities program in Pokhara

 जिल्ला प्रहरी कार्यालय कास्की र क्षेत्रीय प्रहरी कार्यालय पोखराको संयूक्त आयोजनामा पोखरा उद्योग बाणिज्य संघको हलमा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री राजेन्द्र सिंह भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीहरु र प्रहरी अधिकृतहरु विच अन्तरकृया कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा प्र.ना.म.नि. राजेन्द्र सिंह भण्डारीले सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुलाई प्रशिक्षण र निर्देशन दिनुका साथै सहभागीका जिज्ञासाहरुको संवोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्र.ब.उ. श्री रोमेन्द्र सिंह देउजाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ. श्री शैलेश थापा क्षेत्रीले स्वागत मन्तव्य गर्नु भएको थियो । कार्यक्रममा कास्की जिल्ला स्थित सम्पूर्ण सामुदायिक सेवा केन्द्रका अध्यक्षहरुले मन्तव्य राख्नु भएको साथै उहाँहरुले मन्तव्यका क्रममा सामुदायिक सेवा केन्द्रका भावी योजना र चुनौतीहरुको बारेमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा कास्की जिल्लामा क्रियासिल सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति तथा अन्य केन्द्रहरु समेतका अध्यक्ष, संस्थापक अध्यक्ष, निर्वतमान अध्यक्ष, कार्य समितिका पदाधिकारीहरु, जिल्ला प्रहरी कार्यालय मातहतका सिनियर प्रहरी अधिकृत र कार्यरत सामुदायिक प्रहरी समेत अं. १०० जनाको उपस्थिति रहेको थियो ।

Man with Drugs Caught-लागू औषध सहित मानिस पक्राउ

मिति २०६९/०६/१० गते बिहान १०:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. – ८ महेन्द्रपुलमा जिल्ला गुल्मी हुगाँ गा.वि.स. वडा नं. ४ घर भई हाल पोखरा ४ सिद्धार्थचोक डेरा गरी बस्ने वर्ष २३ को राजु खडकालाई लागू औषध कानून नियन्त्रण कार्यान्वयन ईकाई कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले आफनो शरिरमा लुकाई छिपाई राखेको नर्फिन ईन्जेक्सन १७ थान, डाईजापाम ईन्जेक्सन १७ थान, फेनरागन ईन्जेक्सन १७ थान सहित पक्राउ गरिएको । निजलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, September 26, 2012

अस्थायी प्रहरी पोष्ट सुन्दरीडाँडाको स्थापना -Establishment of a Temporary Police Post in Sundari Dada of Lekhnath

        आज मिति २०६९/०६/०९ गते     कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. ११ सुन्दरीडाँडामा अस्थायी प्रहरी पोष्ट सुन्दरीडाँडाको एक समारोहका विच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा उदघाटन भयो । सो समारोहमा स्थानीय समाजसेवी, आमा समूह, पत्रकार महासंघका पदाधिकारीहरु, वन उपभोक्ता समिति, अन्य संघ संस्थाका प्रतिनिधि, प्रहरी अधिकृतहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
  सुन्दरीडाँडा ईलाका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान रहेको र उक्त स्थान नजिकको प्रहरी यूनिटबाट केही टाढा रहेको हुनाले पर्यटक र स्थानीय जनताको सुरक्षामा प्रभावकारी योगदान पु¥याउन विगत लामो समय देखि प्रहरी चौकी स्थापनाको आवश्यकता महसुस भएकोमा यस क्षेत्रका प्र.ना.म.नि. ज्यू तथा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्र.ब.उ. ज्यूको विशेष पहल, जिल्ला सुरक्षा समिति कास्कीको निर्णय साथै स्थानीय जनताको आग्रह एंव सहयोगमा सो अस्थायी प्रहरी पोष्टको स्थापना हुन सकेको हो ।
  उक्त प्रहरी पोष्ट संचालनका लागि हाल खाली रहेको वडा कार्यालय भवन प्रयोगमा ल्याईएको अन्य श्रोत  साधन स्थानीय आमा समूह, वन उपभोक्ता समूह एवं  जनसमुदायबाट उपलव्ध गराईएको हो । उक्त स्थानमा तत्काललाई प्रहरी हवल्दार १ सहित ५ जनाको प्रहरी जनशक्तिले आजैका मिति देखि सेवा प्रदान गर्नेछ ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, September 20, 2012

अस्थायी प्रहरी पोष्ट पामेको स्थापना-Establishment of a Temporary Police Post in Pame, Lakeside

      आज मिति २०६९/०६/०४ गते  कास्की जिल्ला कास्कीकोट गा.वि.स. वडा नं. ६ पामेमा अस्थायी प्रहरी पोष्ट पामेको एक समारोहका विच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा उदघाटन भयो । सो समारोहमा स्थानीय समाजसेवी, आमा समूह, विभिन्न संघ संस्थाका प्रतिनिधि, फेवा यूवा क्लवका पदाधिकारीहरु र प्रहरी अधिकृतहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
   पामे ईलाका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य रहेको र उक्त स्थान नजिकको प्रहरी यूनिटबाट केही टाढा रहेको हुनाले पर्यटक र स्थानीय जनताको सुरक्षामा प्रभावकारी योगदान पु¥याउन विगत लामो समय देखि प्रहरी चौकी स्थापनाको आवश्यकता महसुस भएकोमा यस क्षेत्रका प्र.ना.म.नि. ज्यू तथा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्र.ब.उ. ज्यूको विशेष पहल, जिल्ला सुरक्षा समिति कास्कीको निर्णय साथै स्थानीय फेवा यूवा क्लव समेत जनसमुदायको आग्रह एंव सहयोगमा सो अस्थायी प्रहरी पोष्टको स्थापना हुन सकेको हो ।
    उक्त प्रहरी पोष्ट संचालनका लागि आवश्यक भवन लगायत अन्य श्रोत  साधन स्थानीय फेवा यूवा क्लव र जनसमुदायबाट उपलव्ध गराईएको हो । उक्त स्थानमा तत्काललाई प्रहरी हवल्दार १ सहित ५ जनाको प्रहरी जनशक्तिले आजैका मिति देखि सेवा प्रदान गर्नेछ ।

जिल्ला प्रहरी कार्यालय, कास्की