Thursday, September 20, 2012

अस्थायी प्रहरी पोष्ट पामेको स्थापना-Establishment of a Temporary Police Post in Pame, Lakeside

      आज मिति २०६९/०६/०४ गते  कास्की जिल्ला कास्कीकोट गा.वि.स. वडा नं. ६ पामेमा अस्थायी प्रहरी पोष्ट पामेको एक समारोहका विच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा उदघाटन भयो । सो समारोहमा स्थानीय समाजसेवी, आमा समूह, विभिन्न संघ संस्थाका प्रतिनिधि, फेवा यूवा क्लवका पदाधिकारीहरु र प्रहरी अधिकृतहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
   पामे ईलाका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य रहेको र उक्त स्थान नजिकको प्रहरी यूनिटबाट केही टाढा रहेको हुनाले पर्यटक र स्थानीय जनताको सुरक्षामा प्रभावकारी योगदान पु¥याउन विगत लामो समय देखि प्रहरी चौकी स्थापनाको आवश्यकता महसुस भएकोमा यस क्षेत्रका प्र.ना.म.नि. ज्यू तथा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्र.ब.उ. ज्यूको विशेष पहल, जिल्ला सुरक्षा समिति कास्कीको निर्णय साथै स्थानीय फेवा यूवा क्लव समेत जनसमुदायको आग्रह एंव सहयोगमा सो अस्थायी प्रहरी पोष्टको स्थापना हुन सकेको हो ।
    उक्त प्रहरी पोष्ट संचालनका लागि आवश्यक भवन लगायत अन्य श्रोत  साधन स्थानीय फेवा यूवा क्लव र जनसमुदायबाट उपलव्ध गराईएको हो । उक्त स्थानमा तत्काललाई प्रहरी हवल्दार १ सहित ५ जनाको प्रहरी जनशक्तिले आजैका मिति देखि सेवा प्रदान गर्नेछ ।

जिल्ला प्रहरी कार्यालय, कास्की

Friday, September 14, 2012

रातको समयमा धारिलो हतियार द्वारा हत्या


  मिति २०६९/०५/२७ गते राति ८:३० बजेको समयमा कास्की जिल्ला, पोखरा उ.म.नपा. वडा नं.–१ वगर स्थित मन कुमारी गुरुङ्गको घरमा डेरा गरी बस्ने कास्की जिल्ला, ल्वाङघलेल गा.वि.स. वडा नं.–२ बस्ने माया कुमारी बि.क.को छोरी वर्ष– ३० की चन्द्र कुमारी सुनारलाई निजकै डेराकोठामा कास्की जिल्ला, ल्वाङघलेल गा.वि.स. वडा नं.–४ स्थायी वतन भई हाल पोखरा–१७ विरौटा बस्ने वर्ष–४८ को लक्षु कुमार गुरुङ्गले चक्कु लगायत अन्य घरेलु हतियार प्रहार गरी सख्त घाईते बनाएकोमा निजलाई तत्काल उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी, पोखरामा लगिएको, सो अस्पतालवाट थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराई रहेकोमा निज घाईते चन्द्रा सुनारको सोही चोट पिडाको कारणले ऐ.२८ गते बेलुका ५:३० बजेको समयमा मृत्यु भएको । निज लक्षु कुमार गुरुङ्गलाई घटनाको सुचना पाउनासाथ वडा प्रहरी कार्यालय वगरवाट खटीएको प्रहरी टोलीले घटनास्थलमै पक्राउ गरीएको । मृत शवलाई प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पोखरामा पुर्याईको ।   साथै निज लक्षु कुमार गुरुङ्गलाई कर्तव्य ज्यान मुद्धामा सम्मानित कास्की जिल्ला अदालतवाट म्याद थप अनूमति लिई थप अनुसन्धान कार्य भई रहेको ।

    मिति २०६९/०५/२९ गते ।  
District police office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

सर्पले डसी छोराको मृत्यु आमा द्वारा आत्महत्या

मिति २०६९/०५/२७ गते सांझ ८:३० बजेको समयमा जि।स्याङजा आलम देबी गा.बि.स.वडा नं.-८ बस्ने बिना सुनारको छोरा अ. बर्ष.५ को भरत सुनारलाई आफ्नै घरमा सुतीरहेको अवस्थामा सर्पले टोकेको र निजलाई
उपचारको लागि वालिङ हेल्थ पोष्टमा ल्याएकोमा सो हेल्प पोष्टमा उपचार हुंन नसकी थप उपचारको लागि मिति २०६९/०५/२८ गते बिहान मणिपाल शिक्षण अस्पताल पोखरामा ल्याईएको, उपचारको क्रममा निज भरत सुनारको मिति २०६९/०५/२८ गते १:३० बजेको समयमा मृत्यु भएको, छोराको मृत्युको पिडाले बिह्वल भएकी आमा बिना सुनार सोही दिन अ. ४:०० बजेको समयमा पोखरा-११ नारायण स्थान मन्दिर नजिक रहेको सेतीनदीको नहरमा हामफालेकी, निजलाई खोजतलास गर्ने क्रममा पोखरा उ.म.न.पा.वडा नं.-१२ सितलादेबीमार्ग स्थित सेतीको नहरमा अ. १७:३० बजेको समयमा मृत शव फेला पारी उक्त शवको घट्नास्थलको प्रारम्भिक कारबाही पुरा गरी शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पोखरामा राखिएको.निजको छोराको मृत शव मणिपाल शिक्षण अस्पताल पोखरामा रहेको ।

 स्मण रहोस निज बिना सुनारको पति खुम बहादुर सुनारको गत साल क्यानसरबाट मृत्यु भएको ।

मिति २०६९/०५/२९ गते
 जिल्ला प्रहरी कार्यालय कास्की ।

चोरीका सामान सहित पक्राउ

चोरीका घटनाहरु
मिति २०६९/०५/१३ गते राति जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-९ स्थित बसन्त श्रेष्ठको घरबाट ल्यापटप-१,घडी -१, नोकिया मोबाईल १
मिति २०६९।०५।२३ गते राति कास्की पोखरा उ.म.न.पा.वडा नं.-९ स्थितTrinity Education Foundation  को कार्यालयबाट ल्यापटप थान-१, मिनि ल्यापटप थान-३ र DVD Player थान-१ ।
HTC मोबाईल(१, Casio
२०६९।०४।२७ गते राति पोखरा-९ न्यूरोड स्थित Front Link International Education
मिति २०६९/०५/२३ गते राति पोखरा -९ न्यूरोड स्थित रंगबिर सिंहको कोठाबाट नोकिया मोबाईल चोरी भएको मिति २०६९/०५/२० गते राति पोखरा -९ न्यूरोड स्थित निराजन उपाध्यायको मोबाईल सेट(१, सुटकेस(१ चोरी भएको ।

*मिति २०६९/०४/०२ गते जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(८ नागढुंगा बस्ने किरण बन्जराको घरबाट नगद रु.१२,०००।-, सामसुङ ग्यालेक्सी मोबाईल-१ चोरी भएको ।
*गत श्रावण महिनामा पोखरा-९ नयाबजार बस्ने संजय राईको कोठाबाट E71मोबाईल १ चोरी भएको ।
कार्यालयबाट ल्यापटप थान-१ चोरी घरबाट ल्यापटप-१, भिडियो क्यामरा-१,Sony चोरीका बरामद सामानहरुस्
१.HTC लेखिएको मोबाईल -१

२.Lenovo लेखिएको ल्यापटप-१

३.Ink tech लेखिएको मिनि ल्यापटप-२

४. सोनी भिडियो क्यामरा थान-१ ।

५. सामसुङ मोबाईल थान-१ ।

६. Dell लेखिएको ल्यापटप थान-१ ।

७. E7 लेखिएको नोकिया मोबाईल थान-१

उक्त चोरीको घटनामा सलग्न ब्यक्तिहरु जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(९ नयाबजार बस्ने बर्ष(१७ को साजन ठकुरी, ऐ. ऐ. बसपार्क बस्ने बर्ष(१६ को राजु भुजेललाई कास्की जिल्ला अदालतबाट मिति २०६९/०५/२६ गते देखि लागु हुने गरी म्यादथप अनुमतिलिई अनुसन्धान बसपार्क बस्ने बर्ष(२९ को बुद्वि बहादुर सार्कीलाई समेत पक्राउ गरी अन्य अनुसन्धान कार्य भई रहेको ।
जिल्ला प्रहरी कार्यालय कास्की ।

Thursday, September 13, 2012

GOIP प्रविधिवाट अवैध कल वाईपास गर्ने पक्राउ


अबैधानिक  तवरबाट
GSM 0ver Internet Protocol (GOIP) गरी ठगी तथा राजस्व छलीको मुद्दामा सलग्न ब्यक्तिहरुलाई खोजतलासको क्रममा मिति २०६९/०५/२७ गते दिन :०० बजेको समयमा समयमा केन्द्रिय अनुसन्धान व्युरो जिल्ला प्रहरी कार्यालय कास्की र एन सेलको प्राविधिक सहितको टोलीले जि।कास्की पोखरा उ...पा.वडा नं.(९ संगममार्ग स्थितबाट ८ पोर्टको GOIP सहित बिभिन्न उपकरण तथा रु.१,१३,०००।( बराबरको रिचार्ज कार्ड र नगद रु.१,१०,४००।( सहित निम्न मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।

निम्न:
  • जि.गोरखा बुङकोट गा।बि।स।वडा  नं.(०७ घर भई हाल जि.कास्की पोखरा...पा.वडा नं.(०९ संगममार्ग डेरागरी बस्ने  टिकाराम ढकालको नातीध्रुबराज ढकालको छोरा बर्ष(२२ को तिर्थराज ढकाल ।
  • जि.कास्की सिद्व गा.बि..वडा  नं.(४ घर भई जि.कास्की पोखरा  ...पा.वडानं.(०९ संगममार्ग  डेरा गरी बस्ने शिव बहादुर सिंहको छोरा बर्ष(२० कोबिनोद  सिंह ।
  • जि.पर्बत तिलाहार गा.बि..वडा  नं.(९घर भई जि.कास्की पोखरा  ...पा.वडा नं.(०२ बिन्ध्याबासीनी डेरा गरी बस्नेबर्ष(२५ को केशव गौतम ।
बरामद सामानको बिबरण :

पोर्टको न्इक्ष्ए लेखिएको सि..8E16TD12076995 को सिमबक्स थान(१, HP-G700 लेखिएको कालो रङको सि.. CND814058G को ल्यापटप थान(१, USB लेखिएको २ र केही नलेखिएको १ गरी Card reader थान(३, Bluetooth Device थान(१६, Su-kam लेखिएको मोडेल 800VACOSMIC को Invoter थान(१, Invatubular लेखिएको ब्याट्री थान(१, सामसुङको मोडेल LS19A300BS/XS को मनिटर थान(१, कि बोर्ड थान(२, मोडेल ATX-550W भएको CPU थान(१, बिनोद सिंह नामको Standard Chartered बैकको खाता नं.Npr18-2378345-01 भएको चेकबुक थान(१, बिनोद सिंह नामको Standard Chartered बैकको भिषा कार्ड(१, पेन्ड्राईभ थान(१, TP-Link लेखिएको मोडेल TL-R402M र मोडेल TD-W8951ND भएको राउटर थान(२, तिर्थराज ढकाल र बिनोद सिंह नामको नागरिकता थान(२, Ncell को डिभाईस थान(१ (Ncell सिम सहित) कम्प्युटरको माउस(१, ल्यापटपको चार्जर(१, ईन्टर कनेक्सन तार ६ वटा, रातो कालो Bluetooth लेखिएको मोडेल(म्छज्ञघण् को सिम नभएको मोबाईल(१, Ative लेखिएको मोडेल A998 को सिम नभएको मोबाईल(१, Nokia लेखिएको मोडेल N87को NcellNTC को सिम भएको मोबाईल थान १ 
जिल्ला प्रहरी कार्यालय, कास्की
 मिति  २०६९।०५।२८ गते ।