Wednesday, August 15, 2012

Vehicle Accident in Hemja, Kaski,Nepal सवारी दुर्घटना

Vehicle Accident in Pokhara,Hemja

Vehicle Accident in Pokhara,Hemja
कास्की हेम्जा ६ सुईखेत फाँट स्थित म्याग्दी चोकमा फेदीबाट पोखरा तर्फ आउने क्रममा ग.१.ख. २२७२ नं. को बसले बाटो काटन लाग्दा पैदल यात्री म्याग्दी म¥याङ्ग – ५ घर भई हाल कास्की हेम्जा ७ बस्ने वर्ष अं. ८० कि स्वस्तिका जुगजालीलाई ठक्कर दिंदा घाईते भई तत्काल प.क्षे. अस्पताल पोखरामा ल्याई उपचारको क्रममा ऐ. ११:३० बजेको समयमा मृत्यु भएको, उक्त बसले महिलालाई ठक्कर दिए पश्चात अनियन्त्रित भई ग.१.त. ७८३ नं. को ट्याक्टरलाई ठक्कर दिंदा बसमा सवार ४ जना मध्ये कास्की हेम्जा– ५ याम्दी बस्ने अं. वर्ष २० को विनोद पाण्डेको उपचारको क्रममा १२:०० बजे मणिपाल अस्पतालमा मृत्यु भएको र अन्य ३ जना सोही अस्पतालमा उपचार भईरहेको, निजहरुको अवस्थामा मध्यम रहेको र ट्याक्टर चालक कास्की हेम्जा ४ बस्ने अं. वर्ष ४७ को गोविन्द त्रिपाठी पनि घाईते भई मणिपाल अस्पतालमा लगि उपचार भईरहेको, निजको अवस्था सामान्य, सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र बस र टयाक्टर घट्नास्थलमा रहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Sunday, August 12, 2012

तरकारी फलफूल ढुवानी इकाईको अध्यक्षमा टिकाराम

 नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफुल ढुवानी इकाई समितिको विशेष भेला आईतबार सम्पन्न भयो ।उक्त भेलाको प्रमुख अतिथि केन्द्रिय महासचिव रुद्र बहादुर खत्री ले मजदुरहरु संगठनमा एकता बद्ध भई लाग्न आव्हान गर्नु भयो । कार्यक्रममा केन्द्रिय सदस्य तथा अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्ग , नेपाल टे«ड यूनियन महा संघ जिफण्ट जिल्ला अध्यक्ष लिला बहादुर कार्की र केन्द्रिय शिक्ष विभाग सदस्य तुलसी दाहाल लगाएतका अतिथिहरुले मन्तव्य दिनु भयो ।
उक्त भेलाले टिकाराम अधिकारी को अध्यक्षतामा ७ सदस्यीय कमिटि गठन ग¥यो । जसमा सचिवमा मुक्त बहादुर राई, सहसचिवमा चेतनाथ अर्याल, कोषाध्यक्षमा राजु अधिकारी, सदस्यहरुमा क्रमश: अनिल परियार, मन बहादुर दर्जी र अर्जुन भुजेल रहनु भएको छ ।
नन्दलाल घर्ती को अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन सचिव टिकाराम अधिकार ले गर्नु भयो । स्वागत मन्तव्य सहसचिव चेतनाथ अर्यालले गर्नु भएको कार्यक्रममा ढुवानी इकाईका सम्पूण मजदुरहरुको उपस्थिती रहेको थियो ।

Wednesday, August 8, 2012

Marijuana Stops programme completed-गांजा फंडानी कार्यक्रम सम्पन्न

Marijuana Stops programme completed-गांजा फंडानी कार्यक्रम सम्पन्न

Marijuana Stops programme completed-गांजा फंडानी कार्यक्रम सम्पन्न

Marijuana Stops programme completed-गांजा फंडानी कार्यक्रम सम्पन्न
 मिति २०६९ साल श्रावण २३ गते मंगलवारका दिन यस सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्की, कास्की जिल्लामा क्रियाशिल रहेका सामुदायिक प्रहरी सेवा केन्दहरु, पृथ्वीचोक, बैदाम, माटेपानी, लेखनाथ, वडा प्रहरी कार्यालय बगर कास्की, लागु औषध नियन्त्रण आमा समुह पोखरा, पोखरा उप–महानगरपालीका १ मा रहेका सहारा, नमुना, हरिचोक, शिद्धार्थ, शंकरटोल, रत्ना आमा समुह, परियार सेवा समाज, मनकामना सहकारी महिला समुह, जागरुक युवा क्लव पोखरा १ कस्सेरी, हेम्जा गाविसको कार्यालय, हेम्जा गाविसमा क्रियाशिल रहेका आमा समुहहरु रामजनकी, नमुना, देउराली, ईन्द्रणी, राधाकृष्ण, कमलजैसी, देविस्थान, कालिका, डहरेदेउराली, तिब्रीकोट, गौरीशंकर, हेम्जा, सृजनशिल आमा समुह, बैदेशिक सामुदायिक अध्ययन केन्द्र (PLC), बैदेशिक सामाजिक संस्था (MSDO) लगाएतका कार्यालय संघ÷संस्थाहरुको सहभागितामा कास्की जिल्लाको हेम्जा गा.वि.स.को ९ वटै वडाहरुमा लगाईएको गांजा खेति फंडानी गरियो ।
साथै फंडानी गरिएको अं.३ ट्रक गांजा वडा प्रहरी कार्यालय बगर परिसरमा ल्याई संकलन गरिएकोले पुनः एक कार्यक्रमका बिच जलाई नष्ट गर्ने कार्यक्रम रहेको ।

Sunday, August 5, 2012

Second days also Cleaning Environment program held in pokhara-दोस्रो दिन पनि पोखरा सरसफाई जारी

        रोट¥याक्ट क्लव अफ अन्नपुर्ण, रोटरी क्लव अफ पोखरा अन्नपुर्ण र हेरालो प्रतिष्ठानको संयुक्त आयोजनामा शुरु भएको सरसफाई कार्यक्रम अन्तर्गत शनिवार पृथ्वीचोकदेखि जिरो कि.मीसम्मको सरसफाई कार्यक्रम हेरालो प्रतिष्ठान पोखराका अध्यक्ष रोश गुरङको अगुवाइमा सम्पन्न भएको छ । पोखरा उपमहानगरपालिकाका फोहोरमैला विभाग व्यवस्थापन प्रमुखको उपस्थिति रहेको उक्त सरसफाई कार्यक्रममा पद्य नर्सिङ्ग होम, सि.वि.सी पोखरा, पृथ्वी खुकुरी क्लव, पृथ्वी होटेल संघ, प्रगतिशील नारी समुह, नयाँवजार युवा क्लव, दरवारथोक युवाक्लव, शान्ति दर्शन टोल विकास समिति, सामुदायिक सेवा केन्द्र पृथ्वीचोक ससस्त्र प्रहरीवल कालीका गण, सिन्जो कलेज साउथ कोरीया लगायतको सहभागीता रहेको कुरा  रोट¥याक्ट क्लव अफ अन्नपुर्णका अध्यक्ष रोट¥याक्टर विवेक घिमीरेले वताउनु भयो ।

Cleaning Envirement program held in pokhara-पोखरामा सरसफाई कार्यक्रम

 रोट¥याक्ट क्लव अफ अन्नपुर्ण, रोटरी क्लव अफ पोखरा अन्नपुर्ण र हेरालो प्रतिष्ठानको संयुक्त आयोजनामा आजदेखी पोखराको पृथ्वी चोक आसपासको क्षेत्रमा दोस्रो चरणको सरसफाई कार्यक्रम हेरालो प्रतिष्ठान पोखराका अध्यक्ष रोश गुरङको अगुवाइमा सुरु गरीयो ।

रोटरी इन्टरनेसनल डिष्टीक ३२९२ को रोट¥याक्ट डिष्टीक कमिटि चेयर रोटरीयन किरण लाल श्रेष्ठले कोरीयन स्वयम सेवकलाई कुचो र सावेल प्रदान गरेर उद्घाटन गरीएको सो सरसफाई कार्यक्रम साउन २० गते पृथ्वी चोकदेखी जिरो किलोमीटर सम्म, साउन २१ गते पृथ्वी चोकदेखी नयाबजार हुदै पुरानो कर कार्यलय सम्म, साउन २२ गते पृथ्वी चोकदेखी नागढुङ्गा सम्म हुने कुरा रोटरी क्लव अफ पोखरा अन्नपुर्णका अध्यक्ष रोटरीयन डिल्ली प्रसाद शर्माले बताउनु भयो ।

सो सरसफाई कार्यक्रममा पद्यम नर्सीङ्ग होम, सि.वि.सी पोखरा, पृथ्वी खुकुरी क्लव, पृथ्वी होटेल संघ, प्रगतिसील नारी समुह, नयावजार युवा क्लव, दरवारथोक युवाक्लव, शान्ति दर्शन टोल विकास समिति, सामुदायिक सेवा केन्द्र पृथ्वीचोक ससस्त्र प्रहरीवल कालीका गण, सिन्जो कलेज साउथ कोरीया लगायतको सहभागीता रहेको कुरा  रोट¥याक्ट क्लव अफ अन्नपुर्णका अध्यक्ष रोट¥याक्टर विवेक घिमीरेले वताउनु भयो ।