रोट्याक्ट डिष्टिक ३२९२ अन्तर्गत जोन ४ मा पर्ने क्लवहरुको संयुक्त आयोजना तथा रोट्याक्ट क्लव अफ अन्नपूर्णको संयोजकत्वमा जोनल फेलोसिप प्रोग्राम रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट्याक्ट विवेक घिमिरेको सभापतित्वमा सम्पन्न भयो । रोट्याक्ट डिष्टिक कमिटी चियर रोटरियन किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो फेलोसिप कार्यक्रममा रोटरी क्लव अफ अन्नपूर्णका अध्यक्ष रोटरियन डिल्ली प्रसाद शर्मा, रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष केशव आचार्य, इनरह्वील क्लव अफ अन्नपूर्णका निवर्तमान अध्यक्ष इनरह्वील सरसिज पालिखे, रोटरी क्लव अफ अन्नपूर्णका पूर्व अध्यक्ष तथा रोटरी रोट्याक्ट रिप्रेजेन्टेटीभ रोटरीयन इश्वरप्रसाद कर्माचार्य, पूर्व अध्यक्ष रोटरियन दिनेशशंकर पालिखे, सचिव रोटरियन कल्याण कर्माचार्य, रोट्याक्ट डिष्टिक लिडरहरु रोट्याक्ट पुनम गिरी बाँस्तोला, रोट्याक्ट सन्दीप बहादुर कार्कीको उपस्थितिमा रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष रोट्याक्ट सृजना भुर्तेल,रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट्याक्ट विवेक घिमिरे, रोट्याक्ट क्लव अफ पोखराका अध्यक्ष रोट्याक्ट कपिल श्रेष्ठ, रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष रोट्याक्ट सन्तोष गुरुङ्ग, रोट्याक्ट क्लव अफ पोखरा मिड टाउनका उपाध्यक्ष रोट्याक्ट किसन सुनारले रोटरी वर्ष २०१२।१३ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जोन ४ का जोनल रोट्याक्ट रिप्रेजेन्टिटिभ रोट्याक्टर निकेश प्रसाद कर्माचार्यले यस वर्षका सबै योजनालाई संयुक्त रुपमा सफल पार्न आह्वान गर्नुभएको थियो । सोही अवसरमा रोट¥याक्ट क्लव अफ पाटन साउथका पूर्व अध्यक्ष रोट¥याक्टर महेश्वर श्रेष्ठलाई ब्लड क्यान्सर भएको र उहाँको उपचार भारतमा भइरहेको हुँदा सहयोगार्थ १५ हजार संकलन भैसकेको र केही क्लवहरुले भोलिसम्ममा आफ्नो क्लवको सहयोग पठाउने कुरा रोट¥याक्ट क्लव अफ अन्नपूर्णका सचिव रोट¥याक्टर सन्तोष बरालले बताउनुभयो । सो कार्यक्रम जोन ४ का जोनल सेक्रेटरी रोट¥याक्टर कृष्ण खड्काले संचालन गर्नुभएको थियो
Saturday, July 14, 2012
Friday, July 13, 2012
Shining Boarding School Pokhara,Nepal साइनिङ स्टारमा विद्यार्थीहरुलाई सम्मान
लेकसाइड बैदाम स्थित साइनिङ स्टार आवासीय मा.वि.ले एक विशेष भोजसहितको कार्यक्रमका साथ प्रवेशिका परीक्षा २०६८ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । उक्त विद्यालयबाट विगत ६ वर्षदेखि प्रवेशका परीक्षामा सहभागी भएर परीक्षार्थीहरु शतप्रतिशत उत्तीर्ण हुँदै आएका छन् ।
विद्यालयका प्राचार्य नारायण प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले विद्यार्थी सफल हुनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने कुराको चर्चा गर्नुभयो । उहाँले विद्यार्थीहरु अनुशासनको दायरामा रहेर अध्ययन गर्ने हो भने उनीहरुको भविष्य उज्वल हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि लगायत विशिष्ट अतिथि एन प्याब्सन कास्कीका सहकोषाध्यक्ष शिवदत्त तिवारी, अभिभावक संयोजक प्रसाद गुरुङ्ग, गुणराज आचार्य, समाजसेवी गणेशबहादुर ढकाल, विद्यालय व्यवस्थापन समिति सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
विद्यालयका प्रशासक रामराज पहारीले खादा ओढाएर र प्राचार्यले टिका प्रदान गरेर विद्यार्थीहरुलाई हौसला तथा शुभकामना दिनुभएको उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले स्वागत मन्तव्य तथा शिक्षक नारायण मरासिनीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Thursday, July 12, 2012
Lighting and Seti Flood Details,kaski,Nepal
![]() |
Lighting and Seti Flood Details ( kaski) |
१) चट्याङ:
(क) जि. कास्की पुम्दीभुम्दी गा.वि.स. २ स्थित बिश्व शान्ति स्तुपा नजिक डेरा गरी बस्ने वर्ष २२ को राजकुमार तामाङको कोठामा अचानक चट्याङ पर्दा सोही कारणले निज बेहोश भई निजका साथीहरुले उपचारको लागि प.क्षे. अस्पतालमा ल्याएको, ICU मा राखी उपचार भईरहेको, अवस्था गम्भिर ।
(ख) जि. कास्की धिताल गा.वि.स. वडा नं.६ डडाली गाउंमा १९ः३० बजेको समयमा चट्याङ पर्दा निम्नानुसारको क्षती भएको ।
- जि. कास्की धिताल ६ बस्ने वर्ष ६० कि तुलसी ढुंगाना( गम्भिर घाईते
- ऐ.ऐ. बस्ने वर्ष ३४ को देवी प्रसाद ढुंगाना ( सामान्य घाईते
- ऐ.ऐ. बस्ने सदासर ढुंगानाको २ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने सिता ढुंगानाको १ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने कल्पना ढुंगानाको १ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने पुष्पराज ढुंगानाको १ वटा भैसी मरेको
- ऐ.ऐ. बस्ने हरिश्चन्द्र गौतमको राईस मिलको बिजुलीको मिटरबक्स क्षती भएको ।
| Boat bat Resuce District Police Office Kaski |
|
| Boat bat Resuce District Police Office Kaski |
|
२) बाढी:
(क) २०६९/३/२७ गते २३:३० बजेको समयमा पोखरा(१ गाईघाट स्थित याम्दी खोलामा बाढी आई ऐ.ऐ.मा रहेका सुकुम्बासी बस्तीका ६२ वटा घर हरु मध्यै ४ वटा घरहरुमा पानी पसेको, अन्य घरमा केही नभएको, त्यहां रहेका सम्पुर्ण मानिसहरुलाई यस र्कायालयबाट प्र.नि. रमेश प्रशाद श्रेष्ठ र व.प्र.का. बगरबाट प्र.नि. भुवनेश्वर तिवारीको कमाण्डमा प्रहरी टोली खटिई गई उद्दार गरी नजिकै रहेका घर, प्रतिक्षालय र पाटीहरुमा राखिएको, मानविय तथा चौपाया क्षती नभएको , ६२ वटै घर जोखिममा रहेका ।
(ख) मिति २०६९।३।२७ गते अपरान्ह देखि परेको अविरल र्वषाको कारण २०६९/३/२८ गते बिहान ०१:०० बजेको समयमा सेती नदीमा आएको बाढीले जि. कास्की पोखरा १० रामघाट स्थित सुकुम्बासी बस्तीमा रहेका अं. २०/२२ वटा घरहरु डुवानमा परेको भन्ने खवर प्राप्त हुना साथ यस र्कायालयबाट प्र.नि. रमेश प्रसाद श्रेष्ठ, व.प्र.का. रामबजारबाट प्र.ना.नि.को कमाण्डमा, नेपाल प्रहरीको प.क्षे.स.प्र.गण पोखराबाट प्र.स.नि.को कमाण्डको च्भकअगभ त्भबm सहित जम्मा ३५ जना तथा सशस्त्र प्रहरी बल कालिका गण र स्थानिय जनता समेत उद्दार कार्यमा संलग्न भएका, सो बाढीको कारणबाट जोखिममा परी ज्यान जोगाउनको लागि घरको छत र रुखमा चढी हार गुहार मागि बसेका व्यक्तिहरुलाई नेपाल प्रहरीको पहलमा फेवातालबाट डुंगा ल्याई डुंगाको सहयोगमा डुवानमा परेका ७ वटा घर परिवारका १६ जना बालबालिका र १३ जना बयस्क गरी जम्मा २९ जना मानिसहरुलाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा ल्याई राखिएको, उक्त उद्दार कार्य ०१ः१५ बाट शुरु भई ०३ः०० बजे सम्पन्न भएको, साथै डुवानको कारणबाट ७ घर परिवारका लत्ता कपडा तथा खाध सामाग्री क्षति भएको, केही बंगुरहरु समेत हराई रहेका, २९ वटा बंगुरको खोर भत्किएको, , २६ वटा घरहरु डुवानमा परेको, अन्य घरहरुका मानिसहरु केही समय अघि नै उक्त स्थान छाडि अन्यत्र गई बसेकाले अन्य थप मानवीय क्षती हुन नपाएको, सो घटनामा निम्न लिखित मानिसहरुलाई उद्दार गरिएको । (उद्दार सम्बन्धी फोटोहरु यसै साथ संलग्न रहेको !
- उद्धार गरिएका मानिसहरुको बिवरण:
- चन्द्र बहादुर बि.क.
- मिन बहादुर बि.क.
- सजिना बि.क.
- शिकिर बि.क.
- कुमारी श्रेष्ठ
- अक्षय कुमार श्रेष्ठ
- अतित श्रेष्ठ
- अजय श्रेष्ठ
- अश्मिता श्रेष्ठ
- धनु प्रसाद श्रेष्ठ
- पवन पाण्डे
- धन प्यारी मगर
- ढाडे मगर
- रहना मगर
- यमुना मगर
- शान्ता भुजेलमतिकला पुन
- धन ब. पुन
- दल ब. पुन
- गंगा पुन
- सन्जोग पुन
- विर्ख कुमारी मगर
- बिष्णु मगर
- अलिल मगर
- मनरेखा रोक्का
- विर भद्र रोक्का
- किरण रोक्का
- अजय लिम्वु
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा माईक्रो बस इकाईको भेला बुधबार सम्पन्न
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पोखरा माईक्रो बस इकाईको भेला बुधबार सम्पन्न भयो ।
उक्त भेलाको प्रमुख अतिथि केन्द्रिय सदस्य तथा अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले अहिलेको जटिल अवस्थामा सम्पुर्ण पोखरा माईक्रो बस मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा एकता बद्ध भई लाग्न आव्हान गर्नु भयो । कार्यक्रममा संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री ले व्यवसायी र मजदुर बिचको सम्बन्ध बारेमा प्रष्ट पार्दै भेलाको शुभकाना दिनु भयो ।
भेलाको उक्त भेलाले रामचन्द्र पौडेल को अध्यक्षतामा ७ सदस्यीय कमिटि गठन गयो । जसमा उपाध्यक्षमा बिष्णु भण्डारी, सचिवमा अरुण गुरुङ्ग, कोषाध्यक्षमा नन्द बहादुरपुन, सदस्यहरुमा क्रमश: रमेश चौधरी र प्रकार अधिकारी रहनु भएको छ ।
सोहि भलाले रामचन्द्र पौडेल को अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन अरुण गुरुङ्ग ले गर्नु भयो । कार्यक्रममा ३९ जना पोखरा माईक्रो मजदुरहरुको उपस्थिती रहेको थियोे ।

Sunday, July 8, 2012
फिर्के स्थित सार्वजनिक जग्गामा तारबार लगाइयो
सुगम गहन मार्ग फिर्के स्थित अतिक्रणमा परेको करीब २ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्नका लागि तारबार लगाइएको छ ।
सुगम गहन मार्ग टोल विकास संस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी बल कालिका गणका १५ जना सशस्त्र प्रहरी जवान तथा स्थानीय बासिन्दाको सहयोगमा उक्त तार बार लगाइएको हो ।
तारबारको लागि नागरिक समाज पोखरा ७ बाट आर्थिक सहयोग प्राप्त भएको जानकारी सुगम मार्ग टोल विकास संस्थाका कोषाध्यक्ष शारदा गिरीले जानकारी दिनुभयो ।

Subscribe to:
Posts (Atom)