Saturday, June 2, 2012

विविए विद्यार्थी संगठनको अन्तरक्रिया कार्यक्रम


विविए विद्यार्थी संगठन जनप्रिय बहुमुखी क्याम्पसको एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रबैंक पोखराका म्यानेजर भोलानाथ बराल र सिटी डेभलपमेण्ट बैंकका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले अहिले बैंक तथा वित्तिय संस्थाको आवश्यक क्षेत्राधिकार र चुनौति बारेमा बोल्नुभएको थियो ।  उहाँहरुलाई क्याम्पस प्रमुख माधव वियोगीले खादा लगाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा विविए विद्यार्थी संगठन र विविए संकायका संयोजक कृष्णबाबु बरालले मायाको चिनो प्रदान गर्नुभएको संगठनका कोषाध्यक्ष सन्तोष अधिकारीले जानकारी दिनुभयो ।  अन्तरक्रिया कार्यक्रम सविन बरालको अध्यक्षतामा भएको थियो भने संचालन संगठनका सचिव क्षितिज बरालले गर्नुभएको  ।

Step By Step H.S.S Pokhara,Nepal(स्टेप बाई स्टेप उच्च मा.वि.मा विदाइ कार्यक्रम सम्पन्न)


       स्टेप बाई स्टेप उच्च मा.वि. मासबार, पोखरामा विज्ञान तथा ब्यवस्थापन संकायका कक्षा १२ को परिक्षा पुरा गरेका विद्यार्थीहरुलाई एक समारोहका विच विदाई गरियो । विद्यालयका प्राचार्य श्रीमती निर्मला बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विदाई भएर जाने विद्यार्थीको तर्फबाट कल्याण पराजुलीले भविश्यमा थप मेहेनत गर्ने अठोट गर्दै आफूले अध्ययन गरेको विद्यालयलाई सधैं स्मरण गर्ने प्रतिवद्धता ब्यक्त गरे । विद्यालयका संस्थापक निर्देशक एवं हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले विशेष अतिथीको तर्फबाट पूर्व विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्दा मिलेको सफलतामा विद्यालयको अमूल्य योगदान रहेको स्मरण गर्दै खुसी ब्यक्त गर्दै विद्यालयमा सिकेका राम्रा कुराहरुलाई ब्यवहारमा प्रयोग गर्न अनुरोध गर्नुभयो । विद्यालय प्राचार्य निर्मला बरालले विद्यार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दै उज्जल भविश्यको कामना गर्नु भयो । कार्यक्रम विद्यालयका संयोजक कमल सापकोटाले संचालन गर्नुभएको थियो ।

बचत तथा ऋण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


       अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं व्यवस्थापनमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
       संस्थामा आवद्ध विभिन्न कार्यक्षेत्रभित्रका ५५ जना शेयर सदस्यहरुबीच भएको बचत तथा ऋण सम्बन्धी अन्तरक्रिया कार्यक्रम संस्थाका अध्यक्ष निता बरालको अध्यक्षता एवं शिक्षा उपसमिति संयोजक सीतादेवि क्षेत्रीको संयोजकत्वमा भएको थियो ।
       उक्त अन्तरक्रिया कार्यक्रममा बचत सेवा तथा ऋणको भाखा नाघ्दा संस्था एवं सदस्यहरुलाई पर्ने असर तथा ऋण नियमित असुलीबाट फाइदाका बारेमा सदस्यरुलाई जानकारी गराइएको थियो ।
       कार्यक्रममा संस्थाका अध्यक्ष निता बराल, ऋण उपसमिति संयोजक पवित्रा के.सी. लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा संस्थाका सचिव कमलादेवि गिरीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Leo Club Library Donated (लियो क्लव अफ चौतारी पोखराद्वारा पुस्तकालय स्थापना)


       लियो क्लव अफ चौतारी पोखरा स्याङ्गजाको आरुखर्क स्थित श्री जनसहयोग भद्रनारायण प्रा. वि. मा पुस्तकालयको स्थापना गरेको छ । लियो क्लव र उक्त विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चको समन्वयनमा उक्त पुस्तकालयको स्थापना भएको हो ।
      विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा लियो दिलिप शाक्य, लियो राम थापा, लियो रत्न क्षेत्री, भुतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पौडेल, कुम वहादुर क्षेत्री, विद्यालयका प्राचार्यले लगायतले बोल्नुभएको थियो ।
       क्लवका अध्यक्ष लियो महेन्द्र रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव लियो विक्रम थापाले गर्नु भएको थियो ।

A guy goes for hunting is self accident due to of gun blast.(बन्दुक पड्किई घाईते)


कास्कीको भरतपोखरी गा.बि.स.वडा नं.( स्थित मुलपानीको जंगलमा कालिज मार्न भनि भरुवा बन्दुक लिई हिडेका ऐ। बस्ने बर्ष(२० का सरोज आचार्य, ऐ। बस्ने बर्ष(२२ को अशोक आचार्य, ऐ। बस्ने बर्ष(२१ को आशिष पौडेल, ऐ। बस्ने बर्ष(२० को सुबास लामीछाने ले.न.पा.वडा नं.(१२ स्थाई वतन भई भरतपोखरी( बस्ने बर्ष(२३ को सुजित मोहन पौडेल मध्ये सरोज आचार्यले आफैले बोकी हिंडेको अवस्थामा बाटोमा अचानकलडी सो बन्दुक पड्किन गई निज सरोज आचार्य घाईते भएको भन्ने प्रारम्भिक सुचना यस कार्यालयमा प्राप्त हुंना साथ यस कार्यालयबाट प्र।नि। समेतको प्रहरी टोली घट्नास्थल चरक अस्पतालमा गई बुझ्दा उल्लेखित ब्यक्तिहरु सोही गा।बि।स।वडा नं।( स्थित मुलपानी जंगलमा तित्रा सिकार गर्न हिंडेको अवस्थामानिजहरु मध्ये असोक आचार्यले बन्दुक बोकि हिंडेकोमा निज अचानक लडी बन्दुक ठोक्किई पड्कन गई निजको पछाडि हिंडेका शरोज आचार्यको पेटमा बन्दुकको छर्रा लागी घाईते भई निजको पोखराको चरक अस्पतालमा उपचार भई रहेको अन्य जना सहित सो बन्दुक समेत यस कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको