Saturday, June 2, 2012

बचत तथा ऋण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


       अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं व्यवस्थापनमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
       संस्थामा आवद्ध विभिन्न कार्यक्षेत्रभित्रका ५५ जना शेयर सदस्यहरुबीच भएको बचत तथा ऋण सम्बन्धी अन्तरक्रिया कार्यक्रम संस्थाका अध्यक्ष निता बरालको अध्यक्षता एवं शिक्षा उपसमिति संयोजक सीतादेवि क्षेत्रीको संयोजकत्वमा भएको थियो ।
       उक्त अन्तरक्रिया कार्यक्रममा बचत सेवा तथा ऋणको भाखा नाघ्दा संस्था एवं सदस्यहरुलाई पर्ने असर तथा ऋण नियमित असुलीबाट फाइदाका बारेमा सदस्यरुलाई जानकारी गराइएको थियो ।
       कार्यक्रममा संस्थाका अध्यक्ष निता बराल, ऋण उपसमिति संयोजक पवित्रा के.सी. लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा संस्थाका सचिव कमलादेवि गिरीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Leo Club Library Donated (लियो क्लव अफ चौतारी पोखराद्वारा पुस्तकालय स्थापना)


       लियो क्लव अफ चौतारी पोखरा स्याङ्गजाको आरुखर्क स्थित श्री जनसहयोग भद्रनारायण प्रा. वि. मा पुस्तकालयको स्थापना गरेको छ । लियो क्लव र उक्त विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चको समन्वयनमा उक्त पुस्तकालयको स्थापना भएको हो ।
      विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा लियो दिलिप शाक्य, लियो राम थापा, लियो रत्न क्षेत्री, भुतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पौडेल, कुम वहादुर क्षेत्री, विद्यालयका प्राचार्यले लगायतले बोल्नुभएको थियो ।
       क्लवका अध्यक्ष लियो महेन्द्र रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव लियो विक्रम थापाले गर्नु भएको थियो ।

A guy goes for hunting is self accident due to of gun blast.(बन्दुक पड्किई घाईते)


कास्कीको भरतपोखरी गा.बि.स.वडा नं.( स्थित मुलपानीको जंगलमा कालिज मार्न भनि भरुवा बन्दुक लिई हिडेका ऐ। बस्ने बर्ष(२० का सरोज आचार्य, ऐ। बस्ने बर्ष(२२ को अशोक आचार्य, ऐ। बस्ने बर्ष(२१ को आशिष पौडेल, ऐ। बस्ने बर्ष(२० को सुबास लामीछाने ले.न.पा.वडा नं.(१२ स्थाई वतन भई भरतपोखरी( बस्ने बर्ष(२३ को सुजित मोहन पौडेल मध्ये सरोज आचार्यले आफैले बोकी हिंडेको अवस्थामा बाटोमा अचानकलडी सो बन्दुक पड्किन गई निज सरोज आचार्य घाईते भएको भन्ने प्रारम्भिक सुचना यस कार्यालयमा प्राप्त हुंना साथ यस कार्यालयबाट प्र।नि। समेतको प्रहरी टोली घट्नास्थल चरक अस्पतालमा गई बुझ्दा उल्लेखित ब्यक्तिहरु सोही गा।बि।स।वडा नं।( स्थित मुलपानी जंगलमा तित्रा सिकार गर्न हिंडेको अवस्थामानिजहरु मध्ये असोक आचार्यले बन्दुक बोकि हिंडेकोमा निज अचानक लडी बन्दुक ठोक्किई पड्कन गई निजको पछाडि हिंडेका शरोज आचार्यको पेटमा बन्दुकको छर्रा लागी घाईते भई निजको पोखराको चरक अस्पतालमा उपचार भई रहेको अन्य जना सहित सो बन्दुक समेत यस कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको

Nepal Redcross Society Pokhara (उपशाखा १०, ११ द्वारा वृक्षारोपण तथा गोडमेल सम्पन्न)


नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ द्वारा उपशाखा भवनको आसपासमा विश्व वातावरण दिवस २०६९ को अवसर पारेर सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा एक समारोह विच वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न ¥यो सो वातावरणीय सम्रक्षण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति एवं कार्यक्रमका प्रमुख अतिथी रामप्रसाद ज्ञावली तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीका पूर्व महामन्त्री एवं रामबजार सोसाईटी यू.के.का सल्लाहकार महेश गुरुङलाई खादा लगाई स्वागत गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रामप्रसाद ज्ञावलीले उपशाखा १०, ११ ले मानवीय सेवाका साथसाथै वातावरण स्वच्छ राख्ने काममा लागि परेकोले अन्य उपशाखाको तुलनामा यो उपशाखा सक्रिय रहेको वृक्षारोपण कार्यले मानव जिवनलाई नभै नहुने अक्सीजन उत्पादन गर्न मद्दत पु¥याउने विचार ब्यक्त गर्नुभयो कार्यक्रममा विशिष्ठ अतिथि महेश गुरुङले पूर्व समयको रेडक्रसका गतिविधिको स्मरण गराउनुहुँदै रेडक्रसलाई मानवीय सेवामा लाग्ने सोच गरि कार्यक्रम अघि बढाएकोमा हाल उपशाखाहरुका कार्यक्रमले जिल्लालाई सहयोग पुगेको विचार ब्यक्त गर्दै रामबजार सोसाइटी यू.के.ले टोल सुधार समिति रामबाजर १०, १५ मार्फत उपशाखा १०,११लाई एम्बुलेन्स प्रदान गरेकोमा त्यस कार्यले अझ सशक्त रुपमा उपशाखा १०,११ मानवीय सेवामा लागेको जानकारी पाएको बिचार ाख्नुहुदै बडा नं. १० भित्र वटा पोलिक्लिनिक खोल्ने यू.के.वासीको विचार रहेको जानकारी गराउनु भयो उक्त कार्यक्रममा उपशाखा १०, ११का महिला समितिका अध्यक्ष शिता तिमिल्सिना, युवा सर्कलका अध्यक्ष सन्तोष सिग्देल लगाएतका बक्ताहरुले वातावरण सम्रक्षण गर्नु सबै नागरिकको कर्तब्य भएको विचार ब्यक्त गर्नुभएको कार्यक्रममा उपशाखा १०,११ कार्यक्रम सभापति सम्मर बहादुर श्रेष्ठले उपशाखा १०,११ ले मानवीय सेवाका साथ साथै वातावरण स्वच्छ राख्न कपुर निमको वृक्षारोपण गरिएको बताउनुभयो साथै रामबजार
सोसाइटी यू.के.बाट प्राप्त एम्बुलेन्स सेवाले बर्षको समयमा रु. २०० ०५५÷– बचत गरी करिव ३५० जना विरामीहरुलाई सेवा गरेको जानकारी गराउँदै वृक्षारोपण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण उपस्थित सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो उक्त कार्यक्रम उपशाखा १०,११का सचिव वालाकृष्ण
शर्माले संचालन गर्नुभएको थियो

गण्डकी र धौलागिरीको नागरिक समाज राष्ट्रपतिलाई स्मरण–पत्र दिन काठमाडौं जाने


गण्डकी र धौलागिरी अञ्चलको विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नागरिक अगुवाहरुले राष्ट्रपति डा. रामबरण यादवलाई भोली आइतबार स्मरणपत्र मार्फत ध्यानाकर्षण गराउने भएका छन् । प्रतिनिधि मण्डलले जेष्ठ २१ गते आइतबार दिउसो १ बजे राष्ट्रपति भवन काठमाडौंमा स्मरणपत्र बुझाउने भएको हो । बर्तमान असहज राजनैतिक परिस्थितिमा सम्बिधानका संरक्षक राष्ट्रपतिले राष्ट्रलाई उचित निकास दिन प्रतिनिधि मण्डलले आफ्नो अवधारणा राख्न लागेको हो । यसै क्रममा प्रतिनिधि मण्डलले बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ । यद्यपी प्रधानमन्त्रीसंग भेट हुने समय भने तय हुन सकेको छैन । उक्त प्रतिनिधि मण्डलमा गण्डकी र धौलागिरी अञ्चलका मनाङ बाहेक नौ जिल्लाबाट मानवअधिकारकर्मी, उद्यमी ब्यवसायी,पत्रकार, कानुनवीद र नागरिक अगुवाहरु गरी लगभग ४५ जनाको सहभागीता रहने छ ।कार्यक्रमका सहजकर्ता नेपाल उद्योग वार्णिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीका अनुसार पोखराबाट उक्त प्रतिनिधि मण्डलमा स्वयं मुल्मी लगाएत मानव अधिकारबादी टेकनाथ बराल र सुरेन्द्र थापा मगर, बरिष्ठ लोक गायिका हरिदेवी कोइराला, नेपाल पत्रकार महासंघ कास्कीबाट बद्रि विनोद प्रतिक र राज बहादुर गुरुङ, लायन्स अन्तराष्ट्रिय ३२५ ‘बी १’ का दिपक श्रेष्ठ रहनु भएको छ । त्यसैगरी टोलीमा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष गंगाधर पराजुली, पोखरा उद्योग वार्णिज्य संघका कृष्णमोहन श्रेष्ठ, पर्यटन परिषदका टिकाराम सापकोटा, हानका उपाध्यक्ष हरि शर्मा गैरे, चर्चित महिला पर्यटन ब्यवसायीलक्की कार्की, पोखरा जेसिसका अध्यक्ष सन्तोष पोखरेल, सामुदायिक सेवा कास्कीका अध्यक्ष सीता गुरुङ तथा पत्रकारहरु माधव शर्मा, दिपेन्द्र श्रेष्ठ र रिता गुरुङ